कविता : डुब्न नदिऔं देश

~हेमबहादुर गन्धर्व~

देश आज
प्रत्येक घण्टा घण्टामा
प्रत्येक मिनेट मिनेटमा
र, प्रत्येक
सेकेन्ड सेकेन्डमा डुबिरहेको छ
भनिन्छ
देश डुब्न समुन्द्र्र फर्केर
आउनुपर्छ
देश डुब्न सुनामी उर्लेर
आउनुपर्छ
तर त्यो
झुटो नियम मात्र रहेछ
खोटो निमय मात्र रहेछ
किनकि
निरंकुश चुलिंदै जाँदा
निरंकुशतामा पनि देश डुब्दोरहेछ
अधिनायकत्व हुलिंदै जाँदा
गणतन्त्रमा पनि देश डुब्दोरहेछ
अर्थात्
कानुन मिच्दा पनि
देश डुब्दोरहेछ
संविधान भाँच्दा पनि
देश डुब्दो रहेछ
त्यसैले हामी
देशप्रेमीहरूले देश बचाउनुपर्छ
राष्ट्रप्रेमीहरूले राष्ट्र जोगाउनुपर्छ
किनकि
देशले नै हाम्रो अस्तित्व बोकेको छ
देशले नै हाम्रो अभिलेख बोकेको छ
देशले नै हाम्रो अग्रगमन बोकेको छ
देशले नै हाम्रो अधिकार बोकेका छ ।
देश डुब्दा हामी डुब्छौं
र, हामी डुब्दा देश डुब्छ
अर्थात्
देश नै हामी हौं
र, हामी नै देश हो
त्यसैले
कसैको सत्ता स्वार्थमा आज
कसैको सत्ता षडयन्त्रमा आज
फस्न नदिऔं देश
डुब्न नदिऔं देश ।

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २८ – May 29, 2013 – २०७० जेष्ठ १५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.