~बिभोर बराल~
दौडें, दौडें धेरै दौडें
सबैभन्दा छिटो दौडें
अरुलाई उछिन्ने होडमा
आँफैलाई छाडी दौडें
आफै भन्दा टाढा दौडें
न घाउ लागेको पत्तो भयो
न कदम कहिले सुस्त भयो
ठेस अनेक लागेपनि
सम्हालिंदै फेरी दौडें
साथी सबै छुटिसकेछन्
फर्किहेर्दा थाहालाग्यो
दौडिने नशामा फेरी
एक्लै भएपनि दौडें
दौडें, दौडें धेरै दौडें
सबैभन्दा छिटो दौडें
अरुलाई उछिन्ने होडमा
आँफैलाई छाडी दौडें
आफै भन्दा टाढा दौडें
Bibhor Baral ,
Tangal, Kathmandu, Nepal
(स्रोत: तन्नेरी डट कम – Issue 6 – Jestha, 2062)