~नवीन बस्याल~
देशका नेता सबै आफ्नै तालमा छन यहाँ
लुटेर खाने सबै कार्य कालमा छन यहाँ
राष्ट्रमा केही रोजगार छैन गरिबलाई
भ्रष्टाचारी यी सबै स्वार्थी चालमा छन यहाँ
मजदुरी गरी छाक टार्नेहरु मुलुकमा
बसी बसी खाने दुष्टको जालमा छन् यहाँ
गास बास कपासको ग्यारेन्टी खोज्दै विदेशी
समुद्रको सबै उम्लेको छालमा छन् यहाँ
बित्छ जीवन गरीबको सुखको आशमा
भ्रष्टाचारीहरु झनै मालामालमा छन् यहाँ
स्वर्गद्वारी खाल–२, प्युठान (हाल लखनऊ, भारत)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )