~गोविन्दप्रसाद आचार्य~
कोटी कोटी सलाम छ
आऊ, प्रेमले चुम्बन देऊ
न्यानो अभिवादन छ
यी बस्तीलाई उज्यालो देऊ
स्वीकार गर, साँच्चै हृदय बोलिरहेछ
क्रान्ति जीवनको आशा
विश्व छटपटाइरहेछ
क्रान्ति डाकेको हो
बाजको राज हट्नु पर्छ
कति सुत्नु यो काँडाको ओछ्यानमा ?
त्यसैले त क्रान्ति आउनु पर्छ
मर्नेहरू मरे एक छिन छट्पटाएर
बाँच्नेहरू मरिरहेछन् हर समय छटपटाएर
झमम्क साँझ पर्दै आयो
अन्धकारले रिसाएर दिनको शरिर टोकेर
मूल नशाबाट रगत तन्तनी तानिरह्यो
दिन चिच्याउँदै थियो विचरो हात खुट्टा जिउ तानेर
रगतमा लत्पतिँदै धर्तीको काखमा
लमतन्न परेर बिदाइ लियो
सन्तानहरू लाशमा आँसु चुहाउँदै
बदला तताउँदै थिए
भित्रैबाट पर्वत पल्टाउने जोश तताउँदै थिए
भन्नेहरू भन्दै थिए– आपूmलाई मरे भन्नेहरू
साँच्चै बाँचिरहेछन् सधै रोए
भन्नेहरू साँच्चै हासिरहेछन्
मरे भन्नेलाई जिन्दावादका ज्युँदा आवाजभित्र खोज
मर्नु र बाँच्नुको अर्थ
समानता र असामनताभित्रका रेखामा खोज
धुन सबैले बजाए
मिठो–नमिठो बजेका धुनभित्र खोज
फलहरू धेरै पाके कस्तो ?
स्वाद मात्र चाखेर रोज
घामले धेरै ताते
सेलाउनुको अर्थ सोध
आउन धेरै आए
बदला लिनेलाई औचित्य सोध
क्रान्ति आउँदा काँखको शिस नखोस्नु है
क्रान्ति गाउँदा कलामा जागृति मुछ्नु है
एक रात बास बस्न हैन
सधै सधै बस्नु पर्छ
घर भाँडिएका छन्
बराबर पस्किनु पर्छ
एक समय यस्तो आउँला
क्रान्ति स्वागतमा पहाडले बाटो छोडेर
पर पर जाने अनुमति दिइरहेछ
पहाड सोझो बाटो देखाइदे
क्रान्तिले एउटा युग बोकेर आउँछ
बुद्धका हाड नक्कली शान्तिको धुनीलाई
क्रान्ति आफ्नो अपमान मानिरहेछ
विभत्स हत्याको दृष्य देखेर
साँच्चै क्रान्ति आफै चकित परिरहेछ
इतिहास क्रान्तिले पढ्यो
ज्यादतिमा नाम देख्दा पुर्पुरो समाइरहेछ
बाबुआमाको प्यारमा बाँच्नेहरू
सधैभरि दूधभात पाउने छैनौ
यस्तो आउने छ समय
तिमी हाम फाल्दै त्यसका पछि पछि दौडिने छैनौ
तिमीलाई त्यो उत्साहले कहिल्यै थकाइ लाग्ने छैन
बाबुआमाको प्यार त्यसैतिर फर्किने छ
कहिल्यै निशाको चिन्तनले भित्र चिमोट्ने छैन
पातहरू झरेर सुक्दै कुहिएको देख्छौ
त्यसमा जीवनको अर्थ गाँस्नेछौ हो
पात भर्छन् जीवन मर्छ
तुलना दिलैदेखि चित्त बुझाउनेछाँै
जीवन दिनेहरू जीवन रोपिरहेछन्
बाँच्नु पर्नेहरू मरिरहेछन्
साँच्चु पर्नेहरू भत्किरहेछन्
भत्काउनु पर्नेहरू साँचिरहेछन्
विचार झरे सुन्दर सपनाका
इतिहास कसैले लेख्ने छैनन्
सपनाहरू रातभरि तँछाडमछाड गर्दै आए
विपनाभरि सम्झन सिकाएन
क्रान्तिको जामा लगाएर भ्रम आयो काखमा लिए
साँच्चै क्रान्ति आयो, निमोठ्न सकिनँ
जामा क्रान्तिको थियो
भ्रमलाई काखबाट फ्याँक्न सकिनँ
बाटो पहिल्याउँदै थियो, हात फैलाउँदै थियो
झन झन् टाढा पुगेछ
आउँला आउँला भन्दै औला भाची भाची दिन गन्दै थिएँ
क्रान्तिले बाटो बिर्सिएछ
औधी मायाँ गर्ने क्रान्ति
किन किन टाढा भइरहेछ ?
खाई बिराएको केही थिएन
किन किन आज बिरानो भइरहेछ
चाहन्छु क्रान्ति नानीलाई
त्यो एकादेशको कथा भन्नु नपरोस्
त्यो बाटो हेर्दा हेर्दै थाकेका आँखाहरू
अन्धकारमा हराउन नपरोस् ।
ज्यानमाराका भोज भतेरमा पक्कै छैनस् होला
रगतको नशा पिएर बुढाबुढीको घाँटी थिच्न पुगिनस् होला
आस्थाका टुप्पी काटेर बाजेको चित्त दुखाउन पुगिनस् होला
नानीको खोसेर वमगोला बोकाउने इच्छा गरिनस् होला
झुपडीमा आगो लगाएर
सुत्केरीको नानी खोसेर बल्ल बल्ल भए पनि
बम बोक्ने आदेश दिइनस् होला
हिँड्दा हिँड्दै साना भाइको खुट्टा भाँचियो
खाडल खनेर जिउँदै पुरिनस् होला
बैनीले हिँड्दा हिँड्दै थाकेर ओठ मुख सुकाएका बेला
पानी माग्दा रगत पिउने आदेश दिइनस् होला
रातारात सुतिरहेकालाई घर गाउँ छोडाएर
विचल्लीमा पारिनस् होला
साँच्चै बम पड्कियो रे
पूmलको वासनामा बारूद गन्हाउदैन होला
साँच्चो भन्छु,
क्रान्तिको इतिहास पढ्ने मन छैन
साँचो भन्छु,
क्रान्ति छातिमा बन्दुक तेस्र्याएर इच्छा फेरिन सक्दैन
हुन्छ, बाध्यताले भन्छु
मन हुन्न भनिरहेछ
बोलीमा मन मिसिएको छैन
हुन्छ भन्नु परिरहेछ
बन्दुकको बाध्यता बोलिरहेछ
भित्र त्रासको आगोले पोलिरहेछ
मसँग छैन शब्द शब्दमा बन्दुक बोलिरहेछ
शब्दमा मेरो आवाज छैन
को हो ? को हो ?
बन्दुकसँग मेरै आवाजमा बोलिरहेछ
मन फेर्ने क्रान्ति आइजा
हृदयको ढोका खोलिदिन्छु
सधै सधै बसे पनि प्रेमले बस्न दिन्छु,
आइजा क्रान्ति सधै सधै मिठा मिठा कुरा गरौँला
पराइको नानी रूँदा आफ्नै सम्झिएर
प्रेमले काख काखमा नाच्न÷खेल्न दिउँला
आइजा मसँग तागतको बिउ छ
छर्दै जानु पर्छ, दिउँला
रातमा आए उज्यालो बालेर
यता भन्दै बाटो देखाइदिउँला
आउँदा चेतनाको मिठो पानी लिएर आउनू
तिर्खा लागेको छ, धित मारेर पिउँला
तर्सिएकी बुढी आमा ढोका खोल्न डरालिन्
सम्झाई बुझाई प्रेमले खाना पकाउ भन्नु पर्ला
क्रान्ति तिनी खुशी होउन् मात्र
मोही माग्दा दही दिनेछिन्
क्रान्ति तिनले विश्वास गरून्
जाडोका बेला तातो दूध पिउँनु÷देलिन्
क्रान्ति लुगा लगाएर कसैले
ढिकी जाँतो भत्कादिएछ
थाक्रामा फेलेका काक्रा खाएर थाक्रो उखेलिदिएछ
काक्राको बिउ छैन, अर्को साल रोप्ने के हो ?
मनभरि चिन्ता खेलिरहेछ
रोप्न नपाए बारीको अर्थ छैन
बुट्यान बनाइदिए हुन्छ
यस्तै यस्तै समस्याका बाघले मलाई झम्टिरहेछन्
कहिले नङ्ग्रा देखाउँछन्, कहिले दाह«ा देखाउँछन्
सधै सधै मभित्र समस्याका बाघले
दाह«ा नङ्ग्रा देखाउँदै तर्साइरहेछन्
नक्कली मान्छेका अनुहार देख्दा विश्वास टाँसिन पुगेछ
नक्कली मान्छेसँग अलिकति भावना गासिन पुगेछ
जालो र भ्रम फाल्दाफाल्दै जीवनले खुट्टा कमाइसकेछ
जति फाल्यो उति कहाँबाट थुप्रिरहेछ ?
बलात्कार पवित्र हुन सक्दैन
चिहान क्रान्तिको स्वागत हुन सक्दैन
रगतले झिजेको माटो मात्र क्रान्तिको बाटो हुन सक्दैन
धर्ति नाम्लो लगाएर बोक्ने यथार्थ कल्पना हुन सक्दैन
हत्केलामा हिमाल नचाउने गफ जति गर्न सक्छौ,
सूर्यमाथि पैतलाले टेकेका गफ जति गर्न सक्छौ,
क्रान्तिका आँखा छन्
बारीमा सिस्नो नरोप्दा हुन्छ
स्वार्थमा खुशीको जलप लगाएर
दिवा सपनामा पेखेटा फिँजाउँदै उडेका गफ नगर्दा हुन्छ
क्रान्तिले ढाँटको निम्ता धेरै पायो
पापी मनका विक्षाक्त लड्डु धेरै खायो
अग्ला रूखको फल झार्न फुच्चे बालक वल देखाइरहेछ
कहिले ढुङ्गा फाल्छ
कहिले सानो झटारो फाल्छ
फल खस्दैन, बिचरो हारिरहेछक
यस्तै बालकका हारहरू, ब्यर्थै ब्यर्थैका प्रहारहरू
तातो दुध थुकौँ कि निलौँका उखानहरू
जे त होला, जस्तो होलाका सफलताहरू
फुटेको भाग्य टाल्ने प्रतिज्ञा गरिरहेछन् ।
काल्पनिक योजनाहरू फाइफुल्याइँ फुटेको कर्म
सुर्धाने गफ गरिरहेछन्
हिजोका दिन आँसुका भए
रोई रोई रोगाएर बिते
उधारो आशा बाँडियो
विश्वास थु थु थुक्नु पर्ने बनेर सडे
मात्र मर्नु मार्नुले विश्वास पलाउन सक्दैन
ज्वालामुखी फुटाउने रहर उडन्ते चाहनामा पूरा हुन सक्दैन
क्रान्ति आउँदै थियो
कसैले बीच बाटोमा तर्साएछ
क्रान्ति सङ्घारभित्र पस्न खोज्दै थियो
कसैले सातो खाएर बेसरी हप्काएछ
घडी हेर्यो रातमा हिड्न सकेन
अतिथिलाई विष खुवाएको देखेर क्रान्ति नजिक आउन सकेन
मर्ने त सजिलै मरे, बाँच्नेको टिठ लागिरहछ
मर्न अह«ाउनेहरू डराएर कता कता लुकेको देख्दा
विचारलाई अलिकति होश खुवाउन मन लाग्छ
पीडाले पोल्छ, क्रान्तिभित्र बोल्छ
जरा टेक्दै झाङ्गिँदै मुन्टा फैलाउदै चारैतिर फैलिल्छ
क्रान्ति मल्हम, क्रान्तिले अनुहार धप्प बाल्छ
धप्प बलेको अनुहार क्रान्तिको हुन्छ
बाटो त्यसै बन्दैन, पाटो त्यसै फल्दैन
माटो त्यसै गल्दैन, पूmल त्यसै फुल्दैन
काँडा त्यसै झर्दैन, पात त्यसै हल्लिन
ऋतु डाक्नु पर्छ ऋतु भाग्नु पर्छ
पछ्याई लखेटाई पाइला पाइलामा टेक्दै हिड्नु पर्छ
क्रान्ति तालीको स्वागत माग्दैन
क्रान्ति गालीको वास्ता गर्दैन
क्रान्ति कसैको मुख सिलाउन आउँदैन
क्रान्ति कसैको मुख छाडा र मनपरी चिलाउन आउँदैन
क्रान्तिको स्वागत बाटोभरि लाश ओछाएर हैन
क्रान्ति कात्रोले छोपेको लाश हेर्ने आउँदैन
क्रान्ति बुद्धको शालिक हेर्ने आउँदैन
क्रान्ति महलका मालिक हेर्न आउँदैन
क्रान्ति आउँछ, खेर गएको पसिना बटुल्दै
क्रान्ति आउँछ, खोसिएको जीवन असुल्दै
धर्ति टुक्राउने मन छैन
भावना भुटाउने मन छैन
कसैलाई तर्साएर भावना गाँस्ने मन छैन
कसैलाई घिच्चाएर मेरो पङ्क्तिमा तान्ने मन छैन
खन्चुवालाई मिठो खुवाएर पाल्ने मन छैन
आडम्बरका स्वाङ देखेर विचार फेर्ने मन छैन
एउटा दिन यस्तो आउला, जसको कहानी सुन्दा
निदाएका नानीहरू दोहोर्याउन अनुरोध गर्लान्
कथा यस्तो बन्ला, सुन्दा सुन्दै शिशिर वशन्तमा झैँ हरियो बन्ला
क्रान्तिका सन्ततिहरू अमर गाथामा हैन, अजय शक्तिमा रहुँन्
गोठालाका बाँसुरी धुनभरि क्रान्तिका भाका रन्किरहुन्
मर्नेलाई सहादत र स्वाबासको सम्मान
भ्रान्तिलाई रगत चढाएर हैन
क्रान्तिलाई स्वागत गर, विश्वासलाई घाइते बनाएर हैन
नानीलाई मायाँ गर, बेसरी चिमोटेर हैन
नानीलाई फकाउँने गर, विष चटाएर हैन
हो, खेत नखन्नेले मिठो खायो, खन्नेको खोसेर खायो
पापीले लास दास बनायो, साँच्चै जीवन मजाले चुसेर खायो
हो, खातेहरू हो जीवन छ उज्यालोे छ
चित्त बिथोलिएछ ।
सधै सडकको बास, सधै अर्काको आस
जीवन पोखिएछ
सास्तिको भारि बोकेर निराशाको तारिफ गरेर
भित्रको उज्यालो आशा मरिसकेछ
यौटा हिड्नु पथ्र्यो, अर्कै बाटो हिडिएछ
अघि अघि जानु पथ्र्यो, पछिपछि फर्किएछ
समयले बाजा बजायो, बेसुरको गीत गाइएछ
दुःखका आँसुहरू, क्रान्तिलाई सन्देश बनिरहेछन्
जुटिएका पसिनाहरू, क्रान्तिलाई निम्ता गरिरहेछन्
तिमी कुच्चो लगाउँछौँ, फोहर कहिल्यै मेटिएन
तिमी जीवन दिन्छौँ, लिएको दिन देखिएन
तिमी पूmल टिप्छौँ, खुशी छौ
तर आपूm चुडिएको थाहा पाएनौ
तिमी धार लगाउँछौ, तर आपूm भुत्तिएको होश पाएनौ
तिमी अर्कालाई देवता बनायौ
आपूm देवता पापी बनिरहेछौ
तिमीलाई भोक लाग्छ, पहिले अर्कालाई खान दियौ
तिमीलाई रोग लाग्छ
अर्काको उपचार गर्ने ठूलो सेवक भयौ
धन कमायौ, मन कमायौ, सधै सधै कङ्गाल बनिरहेछौ
साँच्चै धनि छौ तन अर्कालाई चढायौ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क १५ – Feb. 26, 2014 – २०७० फागुन १४ गते, बुधबार )