~लक्ष्मण वियोगी~
मनकाे फूल उडिगयाे पात डालीमाथि
भरकाे घर बनाएकाे रैछु जालीमाथि
बतासले सुसेल्दा झन झनै दुख्छ मुटु
यही मुटु पाे पग्लिएर बग्याे कालीमाथि
बिते धेरै रात ती सम्झनाकाे बत्ती बाली
पिरतीकाे घाउ राखेर गयाै थालीमाथि
छाया खेल्छ बयेलीमा घामकाे ज्याेतिमुनि
प्रित रुन्छ कल्पिएर जूनकाे लालीमाथि
दाेबाटाेकाे फूलबारीमा फूल टिप्ने धेरै
टिप्नेहरु त कहाँ पुगे चाेट मालीमाथि
(स्रोत : रचनाकारको ब्लगबाट सभार)