कुमार धमलाका पाँच हाइकुहरु

~कुमार धमला~

१
कालो गुलाब
नयनभरी आँसु
बन्यो गजल।

२
थाहै नपाई
मुटु टुक्र्याइदियौ
फूलको थुँगाले।

३
जिन्दगी एक
रहस्यमयी गीत
गाउन बाँकी।

४
मान्छे बौलायो
पशुहरू ब्यूँझिए
मानिस बन्न।

५
बैँशको फूल
हतारमा फुल्दछ
ओइलाउन।

(स्रोत : साहित्यसरिता डट अर्ग)

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.