कथा : प्रेम र बिश्वास

~दिपा धिताल~

ओहो! रक्षा कता हो ? के छ खबर ?

कसैले आकाशवाणी गरेर बोलाएझै लाग्यो । को रहेछ मेरै जस्तो नाम गरेको ब्यक्ति, पछाडि फर्केर हेरे ।

रक्षा केहो बिर्सियौ ? हामी संगै स्कुल पढेको के त । हेर कति चाडैं बिर्सिएकी म कल्पना क्या !

अरे, तिमी कल्पना ?

हो नि तिमिले त बिर्सिछौ क्यारे

अनि कसरी सम्झनू त यतिका बर्ष पछि भेट भएको । फेरि तिम्रो त रुप रङ्ग नै बदलिएछ । अँ , किन नबदलियोस त अब, यी हेर न छोराछोरी साथमा छन् । तिम्रा पो अझै कापी किताब हातमा छन् , के गर्नु अफ्नो त जिन्दगी यस्तै भयो ।

कल्पना तिम्रो ठट्टा गर्ने बानि त अझै उस्तै है ? रुप रंग बदलिएपनी बानी त बदलिएको रहेनछ नि ।

अनि, रक्षा तिम्रो उटपठ्याङ् गर्ने बानी नी ! तिमि त क्या खतरा नै थियौ है ?

होर कल्पना सम्झिरहेकी रहिछ्यौ त मैले (हाँस्दै) भने ।

कसरी बिर्सनु रक्षा तिमी सँगै बाल्यकालमा बिताएका ती क्षणहरु । फेरि तिमी हाम्रो कक्षामा अरु साथी भन्दा अलि भिन्न थियौ । तिम्रो बिचार सोच अलि फरक थियो । उटपठ्याङ् गरेर सबैलाई हँसाउथ्यौ तर जति उटपठ्याङ् गथ्र्याै उत्तिकै गम्भीर पनि थियौ । कापी किन्ने पैसा नभएर स्कुल जान छोडेको च्यान्टेलाई तिमिले तिम्रो बाबाले फि तिर्ने भनी दिएको पैसाले च्यान्टेलाइ कापी कलम किनिदिएर स्कुल गएको । पछि घर बा आमा संग पैसा हरायो भनेर रुने तिमी नै त हौ नि ।

ए…ए हो त है कल्पना

अनि अहिले त्यो च्यान्टे कहाँ छ ? के गर्दै छ ?

के गर्नु नि रक्षा एस .एल . सि दिएपछी तिमी त पढ्नको लागि शहरतिर झर्यौ हामी त उहीँ हो नि, बा आमाले पढाउन सकेनन् । गाउँमा अरु के नै गर्न सकिन्थ्यो र घाँस ,दाउरा ,पानी ,पधेरो ,बनपाखा । त्यही त हो नि ।

अनि ,कल्पना यतिका बर्ष पछि भेट भएको छ यहि बाटो मै उभिएर कुरा गर्ने ? जाऊँ न त्यही पर होटेलमा चिया खादै गफ गरौंला ।

साहुँजी चिया ल्याइदिनुहोस् न !

कति होला चिया ?

चार कफ ।

अनि,कल्पना .. बाबू नानी त ठुलै बनाइ सकिछ्यौ है ?

भए नि !

प्रगती त तिमिले नि गरेकै छ्यौ बाबुनानी यति ठुला भईसके छन् ।

खै रक्षा केलाई प्रगती भन्नू केलाई दुर्गती भन्नू मैले आज सम्म बुझ्न नसकेको कुरा यहि हो । कल्पनाले लामो श्वास फेर्दै भनी ।

बहिनी यि चिया,

साहुँजी यी नानी बाबुलाई अनि मेरो साथी कल्पनालाई के छ अरु नास्ता पनि ल्याइदिनुन है ? मैले त भर्खर खाएकी ।

हुन्छ बहिनि ।

साहुजी चिया छोडेर आफ्नो कामतिर लाग्छ ।

अनि , कल्पना बाल्यकालका कुरा त सम्झायौ तर, तिम्रो जिबनको बारेमा त केही भनिनौ त । बिहे कहाँ भयो ? कहिले गर्यौ को संग भयो ? म त अचम्ममा परे तिमी संग आज यसरी एक्कासी भेट हुँदा । मैले त चिन्ने थिएन तिमिले त बिर्सेकी रहिनछ्यौ अझै पनि ।

किन नचिन्नु त रक्षा तिमी उस्तै ,उस्तै त रहिछ्यौ अलिकति अनुहारको रंग भने बदलिएको रहेछ । बनमा ऐसेलु खान जादा काँडाले कोतरेका दागहरु मेटिएछन् । उसले हाँस्दै भनि…।

कति रमाइलो थिए है ती दिनहरू । कल्पना आज यत्तिका बर्षपछि भेट भएको छ ठट्टा गर्न छोड । मैले सोधेको प्रश्नको जबाफ देऊ न बरु । मैले गम्भीरताका साथ भने ।

रक्षा आजभोली म रुन छाडिसकेँ । पीडा बोकेर हिंड्न् छाडिसके ।आँसु र तिम्रो जस्तो गम्भीरताले साथ दिदो रहेनछ । जीवन भनेकै यहीँ हाँसो, ठट्टा,भ्रम त रहेछ नि । कल्पना के कुरा गर्दैछ्यौ तिमी यस्तो ? जीवन भनेको संघर्ष हो । र त्यसमा मिसिएको हाँसो ,खुसी,आँसु ,दुख,सुख नै जिबनको मिश्रण हो । त्यति नि भएन भने जिन्दगी जिउनुको नै के मजा भयो र हैन र ? के भएको हो तिमिलाई भन त पहिला ? अनि,बसाई कता छ ? के गर्दै छ्यौ ? रक्षा जिबनमा कतिखेर के हुन्छ भन्ने कुरा थाहाँ नै हुदोरहेनछ । थाहँै नभएर बित्दा रहेछन् जिबनका घट्नाहरु । कल्पना थाहाँ छ मलाई कतिपय जिबनमा घट्ने घट्नाहरु पहिल्यै थाहाँ हुने भए ,घट्ना नै घट्ने थिएनन् नि हैन र ?

हो रक्षा हुन तर ..

तर ..के कल्पना भन न म तिम्रो बाल्यकालको देखिको साथी हुँ । आफ्ना जिबनका कुराहरू बाड्न सक्छ्यौ । मनमा गुम्सिएका कुराहरू बाड्ने हो भने मन हलुका हुन्छ । फेरि म तिम्रो टाढाको साथि पनि त हैन नि ।

रक्षा मलाई थाहाँ छ तिमी कस्तो ब्यक्ति हौ भनेर तिमिलाई नभनेर म कसलाई भनुली र हेर न ! तिमि एस .एल . सि दिएपछी पढ्नको लागि शहरतिर झर्यौ हामी त उहीँ हो नि बा आमाले पढाउन सकेनन् । गाउँमा अरु के नै गर्न सकिन्थ्यो र घाँस ,दाउरा ,पानी ,पधेरो ,बनपाखा,गाइबाख्राको ग्वाला त्यही त हो नि । साथीहरू पढेको देख्दा खुसी लाग्थ्यो तर आफू पढ्न नपाउदा त्यो भन्दा बढी दुख्ख पनि । धेरै कर गरे बा आमालाई पढ्नको लागि तर मेरो बा आमाले छोरी मान्छे पढ्न हुँदैन अर्काको घर जाने मान्छे भनेर मेरो आग्रह लाई नकारे । हातमा पैसा नभएपछि कसरी पढ्न जानू । पढाई त्यतिमै सिमित रह्यो । दिनहरु त्यसै बित्दै थिए । एकदिन काम विशेष ले शहर जादा बाटो मै हिड्दै गर्दा एउटा अपरिचित ब्यक्ति संग परिचय भयो । त्यो बेला दाइले इन्डिया बाट भर्खर फोन ल्याइदिनु भएको थियो । परिचय हुने क्रममा हाम्रो एकअर्काको फोन साटासाट पनि भयो ।

कहिलेकाहीँ उसले मेरो मोबाईलमा फोन गथ्र्यो । सामान्य कुरा हुन्थ्यो । फोन गर्दागर्दै एकअर्काको मनका कुराहरू र दुखसुख्खका भावनाहरु पनि साटासाट भए । कुराहरू गर्दागर्दै प्रेम भएको पत्तै भएन त्यसपछि हामीले बिस्तारै भेट्न् पनि थाल्यो । संगै मर्ने संगै बाच्ने भनेर कसम खायौं । उसको नाम सन्दीप । सन्दिप संग प्रेम कसरी भयो थाहैँ भएन ।

उसको घर तराई रहेछ , र त्यही शहरको एउटा अफिसमा काम गर्दो रहेछ । उ तराईको म पहाडको भए पनि हाम्रो माया भने बिस्तारै झन्झन् गाढा हुँदै गयो । मिठा,मिठा सपनाहरू बुन्न थाल्यौं । अन्त्यमा बिहे गर्ने निर्णयमा पुग्याँै । .

मलाई बा आमाले क्याम्पस पढ्न नदिए पछि निकै रिस उठेको थियो । त्यही झोकमा मैले बिहे गर्दैछु भनेर बा आमालाई नि भनिन । मैले बा आमालाई घरमा भनिसके हुन्छ गर भन्नुभएको छ ,हामी बिहे गरेर पछि घर जाने कुरा गर्यो सन्दिपले ।
मैले माया, प्रेममा सबैभन्दा बढी बिश्वास देखे । र त्यसपछि हामी मन्दिरको भगवान साक्षी राखेर जुनिजुनी सगैं मर्ने सगैं बाच्ने बाचाकसम खाएर बिबाह बन्धनमा बाधियौ ।

त्यसपछि लाग्यो यो संसारमा सबैभन्दा खुसि ब्यक्ति म नै हुँ । र मलाई त्यो खुशी दिने ब्यक्ति अरु कोहि नभएर त्यही मेरो जिबन साथी सन्दीप नै हो । त्यतिखेर प्रेम यति मिठो हुँदो रहेछ रक्षा जुन त्यो प्रेमको अगाडी चौरासी ब्यन्जन पनि फिका हुँदोरहेछ । त्यही सन्दिपको प्रेममा म हराएँ । सन्दिपले राम्रो अफिसमा काम गथ्र्यो । कमाई पनि राम्रो थियो । घरमा बा आमाले मलाई पढाउन नसकेपछि सन्दिपले भन्यो कल्पना तिमिले नि पढ्नु पर्छ । सन्दिपको कुराले म अत्यन्तै खुशी भए र प्लस टु मा भर्ना पनि भए । सोचे जिबनमा पढ्ने इच्छा पूरा पनि हुने भयो । सन्दिप जस्तो साथी सग भेट भएर ।

दिनहरु बित्दै गए । मेरो पेटमा सन्दिपको नासो पनि हुर्कदै गयो । मैले उसलाई जन्म दिए । हाम्रा खुशिका दिनहरु झनझन नजिक आए । मैले बाबुलाई हुर्काउदै गए । सन्दिप आफ्नो काममा नै ब्यस्त रहन्थ्यो । बाबू जन्मिदा सम्म सन्दिपले एकपटक मात्र आफ्नो घर लगेको थियो मलाई । घरमा पनि सबैजना कुरा बुझ्ने हुनुहुदो रहेछ । मलाई खुशी लाग्यो । एउटी छोरी मान्छे जन्मघर छोडेर पराइ घर गएपछि उसले पराइ घरमा पनि जन्मघरै माया ममता खोजेकी हुन्छे र आफुले पनि बुहारी हुनुको कर्तव्य निभाउन सक्नुपर्छ भन्ने लाग्यो । त्यो मैले नि सन्दिपको घरमा पाए र सकेजती निभाउन खोजे । तर सन्दिप जागिरको शिलशिलामा घर बाहिर बस्ने हुँदा ,मैले नि उतै पढ्न भएकाले सन्दिपको घरमा धेरै समय बस्न पाईँन ।

तर रक्षा …..ऊ बोल्दाबोल्दै रोकिई । आँसु आँखा वरिपरि टिलपिल गरेर भुइँ तिर झर्न थाले । उसको गला अबरुद्ध भयो । मैले कल्पनाको हात समात्दै भने .. तर कल्पना के भयो सन्दिपलाई त ठिक छ नि ? कहाँ छ ऊ ? अहिले के गर्दै छ ? रक्षा सन्दीप कहाँ छ । के गर्दै छ मलाई केही थाहाँ छैन । मैले उसलाई खोज्न पनि छाडिसके । र म थाकि पनि सके । अब मलाई उसको साथको कुनै आस छैन । म अब यि नानी बाबुहरुको भबिष्यको खोजीमा छु ।

जीवन,समय ,भाग्य सधै एकै हुँदोरहेनछ र त्यो सधैं,सबै भागमा नि पर्दोरहेनछ । सब क्षणिक मात्र हुदोरहेछ । मैले जिबनमा सबैभन्दा एउटै भुल गरे त्यो हो सन्दिप प्रतिको बिश्वास । बिश्वास ? के सन्दीपले जीउँदै छोड्यो तिमिलाई ? उफ…. मैले लामो स्वास फेर्दै भने किन कल्पना ? किनकी सन्दिपले आज मेरो बिश्वास लुटेर लग्यो रक्षा मैले उसलाई गरेको प्रेम धेरै भएछ क्यारे त्यसैले ऊ मलाई छोडेर गयो । कल्पनाले आँसु झार्दै भनी । मैले पनि आँसु थाम्न सकिन । एउटी नारीको पिडामा आँसु झरिरहदा अर्कि नारी कसरी चुप रहन सक्थी र उसको आँसुलाई साथ दिए मैले पनि । भनिन्छ कुनैकुनै पिडाहरुलाई आँसुले धोयो भने पखाल्छ रे ।

अनि कल्पना छोडेर जाने त गैसक्यो ऊ बाट तिमिले पाउनुपर्ने अधिकार छ नि ! त्यो मागिनौ ?

रक्षा मैले उसबाट पाउनुपर्ने अधिकार जिबनभर साथ ,सहयोग माया थियो त्यो पनि रहेन भने मलाई उसको सम्पत्तिको केही आशा छैन । म त्यति कमजोर नारी पनि हैन रक्षा । म सग गरेर खान सक्ने दुई हात ,खुट्टा छन् । अस्तित्व बेचेर खानु भन्दा बरु म जीउँदै मर्न तयार छु । तर मैले नि कमाउन सक्छु । केही काम गरेर खान सक्छु यी नानी बाबू छन् यिनिहरुको जिन्दगी सुन्दर बनाउन सक्छु । त्यसैले रक्षा मलाई उसको सम्पत्तिको कुनै आशा छैन र म माग्दा पनि माग्दिन । अहिले मैले सिलाईकटाई गर्दैछु । यसैमा मेरो दैनिकी बितिरहेको छ । जिबनयापन गर्न सहज भइरहेको छ । नानी सानी छे । बाबुलाई यहीँ शहरको एउटा बोर्डिङ स्कुलमा भर्ना गरेकी छु । जीवन यसै बितिरहेछ ।

कल्पनाका कुरा सुनिरहदा म सपनामा छु कि बिपना पत्याउनै सकिन । एकछिन सोचे साच्चै यो कल्पना नै हो त ? उसको मायामा यो त्याग, समर्पण, सहनशीलता , यो बिश्वास । उसलाई सन्दीपको सम्पत्तिको कुनै आशा छैन । लोभ मोह छैन । आशा थियो त । प्रेम र बिश्वास को ।ंयो पनि लुटेर लग्यो । कस्तो साहसिक नारी । कती आत्माबिश्वास लिएर हिडेकी । अक्सर यस्ता साहसिक नारी कमै हुन्छन् हाम्रो समाजमा । एकपटक मनमनै कल्पनालाई सलाम ठोके । र भने कल्पना पिर नगर प्रेम त देवता सम्झेर ढुङ्गालाई पनि गर्छन् मानवहरु तर विवेक हराएका मान्छेहरु बिश्वास भन्दा बढी प्रेम गर्छन् र बाटोमै हराउँछन् । सन्दिप आज तिमिलाई छलेर तिमी संग हराएको छ । तिमिलाइ ठूलो धोका दिएको छ । तिमिप्रती बिश्वासघात गरेको छ । तिमिले सच्चा चोखो माया गरेकी छौ । आउँछ एक दिन ऊ तिम्रै सरणमा आउँछ । तिम्रो माया खोज्दै आउँछ । तिमी आफ्नो अस्तित्व मुठ्ठीमा राखेर हिंड । आमा हुनुको कर्तब्य निभाउनु । बस् यति भए जीवन चलिहाल्छ । ढुङ्गाको हृदयलाई आँसुको के अर्थ । तर तिम्रो आँसु कमजोरताको भने होईन । साहस छ तिम्रो आँसुमा पनी ।

सन्ध्या भर्खरै ढल्कदै थियो आफ्नै गतिमा । डाँडाँपाखाहरु गोधोली सन्ध्याको घामका डामहरुले रंगिन भएका थिए तर मेरो मन भने कल्पनाको जिबनको कथाले एकातिर अँध्यारो भएको थियो भने अर्कोतिर उसको साहसिपन देखेर खुशी भैरहेको थियो । किनकि महिलाहरूले जस्तोसुकै परिस्थितिमा पनि आफुले आफैलाई । कमजोर ठान्नुहुदैन भन्ने कल्पनाको अनुहारको रङ्गले स्पष्ट पारेको थियो ।

त्यतिकैमा कल्पनाले फ्याट्टै सोधिहाली के हो रक्षा अब त बिहे गर्ने बेला नि भयो तिम्रो नगर्ने ? हुन त बिहे गरेर नि के नै सुख हुँदोरहेछ र । उल्टै दुखको भकारी बोकेर हिड्नुपर्छ । स्वतन्त्र छौ ।जहाँ नि घुम्न र डुल्न पाएकि छौ । संसार बुझेकी छौ । यहि ठिक छ । हेर,कल्पना जीवन जिउन सजिलो पनि छैन तर जिबनलाई राम्ररी बुझेर हिडियो भने अप्ठ्यारो पनि छैन । हो म तिमिले भने जस्तै स्वतन्त्र छु । खुशी छु । सन्तुष्ट छु । तिमीलाई पनि थाहाँ छ यहाँ समाजले मनलाई भन्दा बढी संस्कारलाई प्राथमिकता दिन्छ । हो बिहे पनि एउटा संस्कार हो । तर यसलाई संस्कारमा मात्र सिमित गर्न सकिदैन । जीवन जिउने एउटा आधार हो । बिहे गर्नुपर्छ । तर ,अझै पनि हाम्रो समाजमा समानताको शङ्खघोष नभइरहेको भान भइरहेछ । अझै पनि समाज एकाध शताब्दीसम्म पुरातन संस्कारकै वरपर घुमिरहेको छ । थरिथरिका जिब्राहरू हामीसँगै छन् । छोरी ठुली भए पछि बिहे अझै गरेकी छैन ? अझै भएको छैन उसको बिहे ? भनेर अनेक प्रश्नहरु बर्साउने,कुरा काट्ने हाम्रो समाज छ । छोरी भएपछी बिहे उमेरमै गर्नुपर्छ सन्तान छिटै जन्माउनु हुर्काउनु पर्छ भन्ने बिध्यमान सोच भएको मान्छेहरु अझैसम्म छन् यहि समाजमा । समय परिवर्तन भयो हरेक कुराहरु बदलियो । राजनिती बदलियो । समाज बदलियो । संस्कार बदलियो । यी हेर हामी हिड्ने यि बाटोहरु बदलिए तर छोरीलाई हेर्ने नजर र सोच कत्तिपनी बदलिएको छैन हाम्रो समाजमा । तिमी पनि त्यही छोरी हौ तर म छोरी हुँ । लोग्ने मान्छे साथमा नभइ घर गृहस्थ चलाउन ,सन्तान पाल्न गाह्रो हुन्छ भनेर निरीह भई बसेकी भए तिमिले झनै दुख पाउने थियौ आफ्नो साहस र आत्मबिश्वासका साथ अगाडी बढिरहेकी छ्यौ । अझै अगाडी बढ् । संघर्ष गरे जिबन सुन्दर बन्छ । अब हाम्रो भेट पनि भैरहन्छ । केही अप्ठ्यारो परेमा मलाई सम्झनु । म सधैं तिम्रो साथमा छु । यस्तै हो रक्षा जिन्दगी भनेको मैले सबै भोगेर यहाँ सम्म आएकी छु । अप्ठ्यारो परेमा तिम्रो साथ अबश्य माग्नेछु । साथी त हरबखत चाहिन्छ नै । अबश्य नै जिवन यात्रा हो यो यात्रामा कहाँ कतीवेला के हुन्छ पत्तै हुँदैन । हुन्छ त कल्पना मलाई नि घर पुग्न अबेर हुन्छ । अर्को पटक भेटौंला फेरि ।

समाप्त …।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.