कथा : बाध्यतामा अल्झिएका जिन्दगी

~दीपक थापा टोप~

प्राइभेट अफिस चिटिक्क परेको कोठा छ । एक छेउमा टेबलमाथि पुरानो कम्प्युटर अर्को छेउमा एक सेट सोफा । सुनसान कोठा, गर्मीको समय, पंखा घुमिरहेको छ । दिनेश कर्चीमा बसेर एकनासले टोलाइरहेको छ, सोचिरहेको छ त्यी बाटोमा सधैजसो देखिने बौलाहीको बारेमा । बौलाहीलाई उसले अफिस आउँदा-जाँदा सधैं देखिरहेको हो ।

जति नै गर्मी होस् या जाडो उनलाई कुनै आपत्ति थिएन ।

दिनेश मनमनै सोच्छ मान्छेको जिन्दगी दुई दिनको त्यसमाथि मस्तिष्कले नै काम नगरेपछि समाजको अगाडि बाँच्नुको अर्थ के नै रह्यो । तर पनि मर्नुभन्दा बौलाउनु बेस भन्छन् । सोच्दासोच्दै अफिसमा उसको मेनेजर आइपुग्छ । केही समयको कुरापश्चात् दुवैनिस्कन्छन् ।

पुनः भोलिपल्ट अफिस आउने क्रममा त्यही ठाउँमा बसेर बौलाहीले हिजो अस्तिको भन्दा बिल्कुलै फरक क्रियाकलाप प्रस्तुत गर्दै थिइन् । कहिले हाँस्थिन, रुन्थिन् पनि । ती बौलाहीको यस्तो क्रियाकलापले दिनेशका अफिसतिर दौडिएका पाइला एकैछिन रोकिए । बौलाहीको आवाज उसले कतै सुनेको जस्तो लाग्यो । उसले ती बौलाहीलाई परैदेखि नियाल्यो तर ठम्याउन सकेन ।

ऊ अफिस पुग्दा पनि मनमा यिनै कुरा खेलिरहन्छन् । काम गर्न सक्दैन र बहना बनाएर घर र्फकन्छ । लुगैसहित पलङमा पल्टिएपछि फेरि सोच्न थाल्छ त्यही बौलाहीलाई र एकाएक झस्किन्छ । बौलाहीको आवाज उसको कानमा एकतमासले गुन्जिरह्यो । यो बोली पहिले कतै सुनेजस्तो लाग्न थाल्यो । ऊ धमाधम बिर्सिसकेको अतीतलाइ खोतल्न थाल्छ । निकै बेरपछि उसले केही सम्झन थाल्यो।…गाउँको उसको पहिलाको… दिनेशको परिवार सहर पसेको पनि धेरै भइसक्यो । उसले माविसम्मको अध्ययन गाउँबाटै पूरा गरेको थियो । गाउँले स्कुलमै दिनेश र रूपाको गहिरो सम्बन्ध बसेको थियो । सूगै स्कुल आउने जाने हाँसखेल गर्ने गर्दै दिनहरू बितिरहेका थिए । रूपाको परिवारलाई तल्लो जातिको भनेर गाउँलेहरूले हेला गर्ने गर्थे । सायद त्यसैले पनि दिनेशको परिवारलाई उनीहरूको संगत स्वीकार्य थिएन । बेलाबेलामा दिनेशको बाबाले रूपासूगको सम्बन्ध तैंले तोड्नुपर्छ भन्ने खालको दबाब दिन्थे । यस्ता कुरालाई दिनेशचाहि बेवास्ता गरेर टारिदिन्थ्यो ।

रूपा दिनेशलाई धेरै माया गर्थी । उसका निम्ति जिन्दगीको सबथोकै दिनेश थियो । त्यस्तै नै थिइन् दिनेशका लागि रूपा । ती दुई जोडीको सम्बन्ध यति धेरै चर्चामा आयो कि अब त झन् कसै गरी पनि यी छुटि्टएर बाँच्न सक्ने स्थिति थिएन । किनकि दिनेशले रूपालाई भित्र्याउन नसके पनि रगतको सिन्दूर, प्रेमको उपहार दिइसकेको थियो ।

यति धेरै कुराहरू दिनेशको परिवारको कानमा पर्न थालेपछि त्यो सम्बन्ध छुटाउनकै निम्ति उसको परिवारले गाउँ छोडेका थिए । दिनेशले सहर जाने बेलामा चाँडै नै रूपालाई लिन आउछू भन्ने आश्वासन दिएर बिदा भएको थियो ।

सहरमा पसेपछि पनि रूपाको माया र सम्झनाले नसताएको त कहाँ हो र । तर समय बित्दै गएपछि उसको मनका घाउहरूमा खाटो बस्दै गयो । पछि-पछि उसले सहरतिरै पनि धेरै रूपाहरू फेला पार्न थाल्यो । गाउँको रूपालाई बिस्तारै बिर्सन थाल्यो । तर बिचरी रूपा धेरै समयसम्म दिनेश आफूलाई लिन आउने बाटोभरि प्रतीक्षाको नयनहरू बिच्छयाइरही । धेरै समय हुदा पनि दिनेश नआएको र कुनै खबरै नपाएपछि रूपा दिनेशको मायामा पागल बन्दा र समाजको अमानवीय व्यवहार, घृणाको पात्र बनेपछि उसको कलिलो मन मष्तिस्कमा गहिरो चोट परेको थियो । त्यस्तै मनोदशामा उसको दिमागले पनि काम गर्न छोडेको थियो । यसरी बौलाहीको रूप लिई सडकका गल्लीगल्ली चहार्न थालेकी रहिछिन् दिनेशकी रूपा । साँच्चै त्यही रूपा आजभोलि दिनेश अफिस आउने-जाने बाटोमा बौलाहीको रूपमा उभिएकी छे । जुन रूपालाई दिनेश धेरै माया गथ्र्यो अरू के-के गथ्र्यो । तर आज उसले तिनै मायालु रूपालाई नजिकैबाट नियाल्दा पनि चिन्न सकेको थिएन । किनकि पहिलेको रूपा र अहिलेकी रूपामा धेरै फरक थियो । बैंस थिएन, मनै लोभ्याउने जीउ थिएन, इष्र्यालाग्दो सिंगारपटार थिएन ।

धेरै बेर अतीतलाई सम्झेपछि दिनेश झसङ्ग न्रि्राबाट ब्युँझेझैं गरी हतारहतार त्यही अफिस जाने बाटोतर्फदौडन्छ एकनासले चिच्याउदै…. तर दिनेशले पहिलेको ठाउँमा ती रूपालाई देद्यदैन, भेट्दैन । धेरैबेर खोजिरहन्छ ती बौलाही रूपालाई परतिर हेर्दा काही गाडीको जाम देख्छ । सशंङ्कति हुदै त्यतैतिर लाग्छ, साँच्चि नै एउटा ट्याक्सीले बिचरी बौलाही रूपालाई ठक्कर दिएपछि सडकको छेउमा मरणासन्न अवस्थामा देख्छ । हतारहतार रूपालाई बोकेर दौडाउँदै अस्पताल पुप्याउँदापुप्याउँदै रूपाले बीच बाटोमा नै यस धर्तीबाट बिदा लिन्छिन् । बौलाही भए पनि मर्ने बेलामा उनको मुखबाट शब्द निस्कर्न्र्छ दिनेश म त्रि्रो खुसी देख्न चाहन्छु त्रि्रो काखमा मर्न चाहन्छु ।

यतिबेला दिनेश मन सम्हाल्नै सक्दैन रूपाको लासमाथि धेरै बेर रोइरहन्छ धिक्कार गर्छ आफूले आफैंलाई । केही मान्छेको सहयोग लिएर मृतशरीरलाई अन्त्येष्टि गर्छ प्रेमको चिनो ,अनि अन्तिम उपहारस्वरुप चढाउँछ केवल दुइ थोपा आँसु….

दीपक थापा टोप
– पाला-५ बाग्लुड।
हाल अल खयाम कतार

(स्रोत : ईलम्जुङ् डट काम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.