~अनमोलमणि~
मात्रै केही दिन हो
त्यसपछि त तिमीले पनि भुल्नेछौ मलाई !
जब अस्ताउनेछ घाम
भुल्नेछन् सबैले अघिल्लो दिन
जसरी भुल्छन् यात्रीहरु
आफ्नो छाया र पैतालाको डोब,
पक्कै बिर्सनेछन् सबैले मेरो उपस्थिति
जसरी बिर्सिन्छन् खहरेको भेल
र त्यसले भत्काएको पुरानो गोरेटो
जब बन्छ त्यहाा नयाा बाटो,
लेउ लाग्दै गएको तुलसीको मठ
सुक्दै गएको आागनको नीमको बोट
मेरै उमेरजस्तो मक्किादै गएको अम्बाको रुखले पनि भुल्नेछ,
रातभर खोकिरहने दमको रोगीजस्तो
त्यो बूढो कुकुरले भुल्नेछ
भुल्नेछ मलाई
त्यो मखमली फूलले पनि भुल्नेछ,
कब्जा खुस्केका ती पुराना झ्यालहरुले भुल्नेछन्
जहााबाट हेरेथो मैले पूर्वको क्षितिज
र, अस्ताउादो पहोलो घाम
भुल्नेछ त्यो सिरसिरे बतासले
जो मलाई छोएर तिमीसम्म पुग्थ्यो हरदिन
भुल्नेछ त्यो सुक्दै गएको खोलाले
जो बगिरहन्छ दुई किनार छुादै बेढंगले
जंगलको कुकुरडाइनोको लहराले भुल्नेछ
बिनाओत म भिज्दै हिंडेको त्यो झरीले भुल्नेछ
र मलाई भतभत पोलेको त्यो धूपले पनि भुल्नेछ,
भुल्नेछ मलाई म हिंडेको बाटोले भुल्नेछ
स्कुलको भााचिन लागेको बेन्ची र रङ खुइलिएको
मूलथामले भुल्नेछ
मास्टरजीको पावरदार चस्मा
र मेरो हत्केलामा सुम्ला पारेको
त्यो ताप्रेको सिर्कनोले भुल्नेछ,
कतै कुनै मित्रको एल्बममा रहेछ भने
पुरानो तस्बिर
खुइलिादै जानेछ त्यसको चमक
र एल्बमले भुल्नेछ
पक्कै भुल्नेछ !
मात्रै केही दिन हो आाखामा
सम्झनाको पछ्यौरी फरफराइरहने
मात्रै केही दिन हो मुटुमा
प्रेमको बतासले सुम्सुम्याएजस्तो गर्ने
यस्तो लाग्छ,
यता हिउामा पग्लिएर हराउनेछ मेरो
पैतालाको डोब
त्यही बेला ‘उता’ हराउनेछ
दोबाटोको दर्शन ढुंगामा बुढीऔाला ठोकिएर लागेको
मेरो रगतको दाग,
बस्,
त्यसपछि त तिमीले पनि भुल्नेछौ !
प्रकाशित : मंसिर १, २०७५
(स्रोत : कान्तिपुर-कोसेली)