संस्मरण : कविशिरोमणि : लेखनाथ पौड्यालका केही सम्झना

~रोचक घिमिरे~

वर्णमाला खारेर कनीकुथी नेपाली अक्षर पढ्न सक्ने भएपछि आमाले पढ्ने गरेको \’गोरखा शिक्षा तेस्रो पुस्तक\’ मैले पनि पढ्न थालेँ । त्यहाँ छापिएको \’पिँजराको सुगा\’ कविता मेरी आमा लय हालेर पढ्दै मलाई सुनाउने गर्थिन् । त्यसको एउटा पङ्क्ति \’भन्दछ तेस्रो आत्माराम पढोपढो जी ! राखो नाम !\’ ले हामी आमाछोरा दुवैलाई आकषिर्त पार्दथ्यो । घरमा बोलाउने मेरो नाम आत्माराम थियो र त्यस कवितामा पनि आत्माराम छापिएको थियो ! म छक्क पर्दथेँ । त्यसमाथि \’यो तँलार्इर्र्नै भनेको हो, राम्रो सँग पढ्\’ भनेर आमा मलाई झन् ढुक्क पार्थिन् । यसरी मेरो नामै किटेर कविता लेख्ने मान्छे को होला – भनेर मलाई बालसुलभ खुलदुली पर्‍यो । त्यहाँ लेख्ने मान्छेको नामचाहिँ छापिएको थिएन । धेरैपछि पिताद्वारा थाहा पाएँ त्यसका लेखक ठूला कवि पण्डित लेखनाथ पौड्याल हुन् भन्ने कुरा ! १९७८ सालमा गोरखा भाषा प्रकाशिनी समितिबाट राममणि आ.दी.को सम्पादनमा छापिएको त्यो पुस्तक आज पनि मसँग छ । त्यहाँ \’पिँजराको सुगा\’ छापिएको पानामा ठाउँ ठाउँमा आफ्नो सिकारु कलमले लेखेको \’आत्माराम\’ अक्षरले अचेल मलाई विगतका ती दिनको मीठो सम्झनामा एकोहोर्‍याएर आनन्द मग्न पार्ने गर्दछ । कविशिरोमणि लेखनाथ पौड्यालले नेपाली साहित्यलाई लगाएको गुन त र्सवविदित छ नै, यस पङ्क्तिकारका पितालाई प्रगतिको ढोकासम्म पुर्‍याउनेहरूमध्ये उनी पनि प्रमुख थिए भन्ने चाहिँ सीमित व्यक्तिहरूलाई मात्र थाहा छ । थाहा पाउनेहरू कतिपय त बिती पनि सके ।

कविशिरोमणि र मेरा पिता सोमनाथ घिमिरे व्यासको सर्म्पर्क एउटा अनौठो संयोगबाट हुन पुगेको थियो । त्यही संयोगले नै रामेछापको एउटा दर्ुगम गाउँका पहाडिया पण्डित सोमनाथको परिवारलाई राजधानी काठमाडौंमा बसोबास गर्ने अवसर जुरेको थियो । रामेछापको भाषा पाठशालाका शिक्षक सोमनाथ घिमिरेलाई आफ्नै गाउँ गहिराथोकका नरबहादुर खत्रीले जग्गासम्बन्धी मुद्दा हाले । त्यही मुद्दाको तारेखमा २००० सालमा काठमाडौं आएर आफ्नै जिल्लाको सुँदारपानी गाउँका कप्तान तेजबहादुर कार्कीको गैह्रीधाराको घरमा पाहुना भएर बसे सोमनाथ । मुद्दा निम्ति केही दिन बस्नुपर्ने भयो । त्यसैबेला भीमशमशेरकी बुहारी-रामशमशेरकी पत्नी समुद्रकुमारी राणाले टङ्गाल दरबारमा सप्ताह पुराण लगाउने भइछन् । ब्राहृमणहरूको खोजीका क्रममा तेजबहादुरको सिफारिसमा सोमनाथलाई पनि त्यस सप्ताहमा बस्ने मौका जुरेछ । त्यस सप्ताह महापुराणका मुख्य वाचक पण्डित लेखनाथ पौड्याल रहेछन् । उनको पुराणवाचनको शैली र भावभङ्गीमा चित्ताकर्ष थियो र श्रोताहरू प्रभावित भएर सुनिरहेका थिए । सप्ताहको तेस्रो दिन पुराण भन्दाभन्दै घाँटी दुखेर स्वर सुकेर अस्वस्थ भएछन् लेखनाथ । उनको वाक्य नै नखुलेपछि त्यही पुराणमा वरण भएका ब्राहृमणहरू मध्येबाट नै एकजनालाई वाचक छानेर काम चलाउने निर्ण्र्ाागरिएछ । कमाण्डर इनचीफ पद्मशमशेरसहित ठूलाठूला जर्नेल, कर्नेल, तिनका श्रीमती र भाइभारदारहरू पुराण सुन्न आउने हुँदा केही तलबितल पर्‍यो भने अनिष्ट हुन्छ भन्ने डरले उपवाचक उमानाथसहित सबै पण्डितहरू पुराणवाचक बन्न हच्किएछन् । अन्त्यमा नपत्याई नपत्याई पहाडिया पण्डित सोमनाथ घिमिरेलाई सोधिएछ- \’कसो पण्डितजी ! सकिन्छ वाचक भएर श्रीमद् भागवत महापुराण सुनाउन -\’ सोमनाथले निर्धक्कसँग भनेछन्-\’मेरा पिता पनि पुराणवाचक हुन्; मैले पनि बनारसमा पढेर आई रामेछापमा शिक्षकको जागिर खाए पनि गाउँगाउँमा पुराण भन्ने काम गरेकै छु, त्यहाँ भन्ने पुराण र यहाँ भन्ने पुराण एउटै हो उस्तै हो भने किन नभन्नु – भन्छु !\’ त्यसपछि माइला गुरुज्यू-हेमराज पाण्डेसहित पण्डित लेखनाथहरूका अगाडि १ अध्याय भागवत् अर्थसहित भन्न लगाइएछ ।

पुराणवाचन सन्तोषजनक नै देखिएपछि चौथो दिनदेखि वाचक लेखनाथको ठाउँमा काम चलाउ भएर बसी पुराण भन्न लगाइएछ सोमनाथलाई । सप्ताहको साङ्गेसम्म नै उनले भन्नु परेछ । उनको वाचनकलाबाट समुद्र कुमारीसहितका राणा परिवार कति प्रभावित भएछन् भने एकवर्षछि २००१ सालमा कप्तान तेजबहादुरमार्फ सोमनाथ घिमिरेलाई रामेछापबाट झिकाइ शिक्षकको जागिरबाट राजीनामा दिन लगाई समुद्रकुमारीले आफ्नो दरबारमा पुराणवाचक पण्डितमा नियुक्त गरिछन् । यति मात्र होइन फेरि अर्को सप्ताह लगाएर उनैलाई वाचक बनाएर नयाँ घरजग्गा-गाई-गोठ सहित दान दिइछन् समुद्रकुमारीले । टङ्गाल गहनापोखरीको त्यसै नयाँ घर प्रवेशको साइतका बेला सोमनाथको परिवार २००३ सालमा रामेछापबाट आई काठमाडौं बसाइँ सरेको थियो । लेखनाथ भीमशमशेरकी कान्छी पत्नी सीता महारानीका पण्डित थिए भने सोमनाथ सीता महारानीकै बुहारी समुद्रकुमारीका पण्डित भए । लेखनाथले तेजशमशेर राणाबाट घरजग्गा दान पाएका थिए भने सोमनाथले समुद्रकुमारी राणाबाट ! यस्तो समानता भएका, सासू-बुहारीको दरबारका यी दर्ुइ पण्डितमा सम्बन्ध सर्म्पर्क हुनु स्वाभाविकै भयो । त्यसमाथि पनि लेखनाथसँगैको घटना तारतम्यबाट आफू सदरीया भएर नेपाल खाल्डो निवासी हुन पाएकोमा सोमनाथको उनीप्रति कृतज्ञता भाव हुनु पनि स्वाभाविकै थियो ।

समुद्रकुमारी राणा र मेरा पिता सोमनाथबाट पाएको जानकारी, अनि आफैंले देखेका घटनाहरूका आधारमा लेखनाथको जीवनका केही झल्याक झुलुक तस्बिर यहाँ प्रस्तुत गर्नु सान्दर्भिक ठहरिएला । भीमशमशेरको दरबारमा केटाकेटी र महिलाहरूलाई पढाउने काम पहिले पण्डित भूरमणि गर्दथे । उनी सोझो सरल प्रकृतिका भएकाले केटाकेटीहरू काबूमा आउन सकेनन् । समुद्रकुमारीकी सासू भीमशमशेरकी माहिली पत्नी वदन दिव्येश्वरीले आफ्नो दरबारका हजुरिया पण्डित सदाशिव दीक्षित -डा.हेमाङ्ग दीक्षितका हजुरबुवा) लाई केटाकेटी पढाउने एकजना गतिला पण्डित खोजिदिन भनिन् । सदाशिवले आफ्नो छोराछोरी पढाउन घरमा पोखराका एकजना विद्यार्थी राखेको छु उनी सारै मापाका छन् उनैलाई ल्याइदिन्छु भनी लेखनाथलाई भीमशमशेरको टङ्गाल दरबारमा १९६८ सालमा प्रवेश गराएका थिए । लेखनाथ भीमशमशेरका छोरा यज्ञसमशेर, नातिहरू वसन्तशमशेर, सुवर्ण्र्ााशेर, महावीरशमशेर, सत्यसमशेर, मनशमशेरसहित बुहारी छोरीहरू समुद्रकुमारी, टुकुमैया आदिलाई संस्कृत, नेपाली, धार्मिक कथा आदि पढाउँथे । कतिलार्इर्र्त अक्षरारम्भ पनि गराए उनले । भीमशमशेरका केटाकेटी पढाउने सर्न्दर्भमा लेखनाथले १९६८ सालतिर पञ्चतन्त्रलाई संस्कृतबाट नेपालीमा अनुवाद पनि गरे । तर २००४ सालमा मात्र त्यो पुस्तक प्रकाशित भयो । त्यो पुस्तक भीमशमशेरलाई र्समर्पण गर्दै लेखनाथ यस्तो लेख्छन्-

हुनुहुन्थ्यो महाराज भीमशम्शेर भूपति
जस्को प्रोज्वल देखिन्थ्यो र्सवदा न्यायपद्धति
वहाँको प्रेरणाद्वारा लोक कल्याण खातिर
भाषामा लेखिएको यो पञ्चतन्त्र मनोहर !
वहाँकै कर्ीर्तिको दिव्य पताका तुल्य भैकन
फर्फाओस् भनी गर्छर्ुुद्धासाथ र्समर्पण

लेखनाथ बेलाबेला सीता महारानीको दरबार सीता भवन -अहिलेको बालमन्दिर, नक्साल) जान्थे र कहिलेकाहिँ टङ्गाल दरबारमा समुद्रकुमारीकहाँ पनि आउथे । समुद्रकुमारी विशेष तिथि पर्वमा ब्राहृमण भोजन गराउथिन् । लेखनाथ भान्सामा खान बस्थे-भोजन चाँदीका थाल कचौरामा पस्किएको हुन्थ्यो । एकपटक तरकारी मुखमा हाल्ने बित्तिकै झोक्किएर उनले सोध्ो-\’आज कोही राणाजी मरेको छ कि क्या हो – समुद्रकुमारीले भनिन्-\’कोही मरेको छैन ! किन र पण्डित बाजे -\’ \’अनि किन तरकारी अलिनो त -\’ लेखनाथले भनेपछि ढिके नून पिंधेर भान्से बजैले रिकापीमा टक्र्याइन् । लेखनाथको क्रोधको पारो फेरि भान्से बज्यैसँग यसरी बढ्यो-\’काँचो नून खाने गोरू देख्यौ मलाई -\’ यस्तो स्वभाव थियो लेखनाथको । \’एकादशी कहिले बाजे -\’ भनेर कसैले सोध्यो भने-\’मेरो घ्याम्पोमा जहिले चामल सकिन्छ त्यही दिन एकादशी !\’ भन्थे । यस्तो ठट्टा गर्न पनि पोख्त थिए उनी ! २००८ साल असार २९ गते राजा त्रिभुवनबाट लेखनाथले मासिक रु.२०० सहित \’कवि शिरोमणि\’ उपाधि पाए । यसबाट लेखनाथको परिवारमा हर्षत छायो नै आफ्नै दरबारका पण्डितलाई यसरी कदर गरिएकोमा सीता भवन र टङ्गाल दरबारमा पनि खुशियाली देखिन्थ्यो । त्यसै दिन लेखनाथ सीता महारानीकहाँ दाम राख्न आउने भन्ने खबर सीता भवनबाट टङ्गाल दरबारमा आयो । सीता महारानीले त्यस अवसरमा उपस्थित हुन बुहारी समुद्रकुमारीलाई पनि डाकिछन् ।

समुद्रकुमारीका दरबारबाट उनका परिवारसहित मेरा पिता सोमनाथ पनि सीता भवन जाने सुइँको मैले पाएँ । त्यो दाम राखेको हर्ेन जाने ढिपी मैले पनि गरें । पिताजी नआउँदै समुद्रकुमारीको मोटरमा घुसेर सिटमा बसें । त्यो बेला भरखर १० वर्षलागेको थिएँ म । सबैजना सीता भवन गएर बैठक कोठामा बस्यौं । सीता महारानी, समुद्र कुमारी र उनका नातेदार राणा परिवारहरू कौचमा विराजमान थिए । अरू छेउको भुइँको गलैचामा बसेका थिए । यत्तिकैमा लेखनाथ पण्डित बाजे आएको खबर आठ परियाले ल्यायो । सीता महारानीले भित्र बोलाउने आदेश दिइन् । कालो शेरवानी कोट, सेतो सुरुवाल, मक्खी बुट्टे टोपी लगाएका निधारमा श्रीखण्ड चन्दनको त्रिपुण्ड घसेका, लठ्ठी बोकेका लेखनाथ त्रिभङ्गी हिंडाइमा सेतो लामो दारी हल्लाउँदै बैठक कोठाभित्र पसँे । लठ्ठी ढोकाको कुनातिर ठड्याएर सीता महारानीको अगाडि उभिए । शेरबानीको तल्लो जेबमा हात घुसारी चाँदीका तीनचारओटा डबल झिकेर भुइँमा फालेर अँजुली आकार बनाएका दुवै हात घुँडा अगाडिबाट तलमाथि गर्दै उनले यी शब्द बोले- \’श्री ५ सरकारबाट मलाई कवि शिरोमणिको मान र भत्तासमेत बक्सियो । त्यही खुशियालीमा दाम राख्दै भिक्षुक स्वस्ति गर्दछ !\’ सीता महारानीले खुशी लाग्यो भन्दै भर्ुइमा खसेको डबल टिप्न भनिन् लेखनाथलाई । उनले ती डबल टिपेर फेरि गोजीमा घुसारे । यत्तिकैमा सीता महारानीले एउटी सुसारेलाई इशारा गरिन् ।

चाँदीको छाप्री, किस्ती बोकेकी सुसारे अघि सरेपछि लेखनाथलाई टीका र माला लगाएर थैलीमा केही दक्षिणा पनि दिइन् सीता महारानीले । यसपछि लेखनाथ पण्डित बाजेको त्यस्तो मान बढेकोमा त्यहाँ उपस्थित सबैले हर्षप्रकट गरे । लेखनाथले सीता महारानीकहाँ दाम राखेको त्यो दृश्य ताजै छ मेरो आँखामा आज पनि । उनले बोलेका वाक्य केही तलमाथि परे पनि भाव चाहिँ त्यस्तै थियो । अहिले म सोच्छुर्-भर्खर प्रजातन्त्र आएर निरङ्कुश राणा शासन सकिएको बेला छ-श्री ५ त्रिभुवनले कविशिरोमणिको मान दिएका छन्; तर दाम राखेर दर्शन गर्न पुग्छन् लेखनाथ राणा श्री ३ भीमशमशेरकी पत्नी सीता महारान्ाीकहाँ ! आजको र्सार्वभौम अधिकार सम्पन्न स्वाभिमानी पुस्ताका दृष्टिमा लेखनाथको यस्तो व्यवहार अनौठो लाग्न सक्छ ! तर त्यो बेलाको समाज र लेखनाथका दृष्टिमा यसलाई आर्श्चर्यको विषय बनाउनु पर्ने कारण देखिँदैन । जुन परिवेशबाट अघि बढ्दै संकटको भुमरीमा गोता मार्दै कास्कीको अर्चलेबाट सदर राजधानी आएर पहिले कमाण्डर इनचीफ; पछि प्रधानमन्त्रीसमेत भएका भीमशमशेरलाई रिझाउने मौका लेखनाथले पाए अनि टङ्गाल दरबारकै भरथेगबाट उनको प्रगतिको ढोका खुल्यो, त्यस्ता आफ्ना हितैषी अथवा उन्नतिका कारकहरूका सामु यस्तो विनम्रता र आस्था पर््रदर्शन अस्वाभाविक र अनुचित होइन कि – विचारणीय छ । पछिसम्म पनि लेखनाथको सीता भवन र टङ्गाल दरबार जाने क्रम चलिरहेकै देखिन्थ्यो ।

२०१८ सालतिर सीता भवनबाट र्फकंदा लेखनाथ गहनापोखरीस्थित हाम्रो घरमा पिताजीलाई भेट्न आएका थिए । पिताजीलाई त्यो बेला बराबर भारतको कलकत्ता जाने काम पर्दथ्यो । लेखनाथले कलकत्ताबाट एउटा टेक्न हुने राम्रो लठ्ठी ल्याइदिन भनेका रहेछन् र त्यही लिन उनी आएका रहेछन् । पिताजीबाट त्यो नयाँ लठ्ठी लिएर आफ्नो पुरानो चाहिँ छोडेर उनी गएका थिए । त्यो पुरानो लठ्ठी पुर्‍याउने निहँुमा ठमेलस्थित कवि शिरोमणिको घरमा म र्सवप्रथम गएको थिएँ । त्यो बेला \’रचना\’ पत्रिकाको प्रकाशन तयारी चलिरहेको थियो । मैले मौकाको फाइदा उठाउँदै \’रचना\’ निम्ति एउटा कविता मागे । तर कविशिरोमणिलेे नयाँ कविता आफूसँग नभएकोले पछि दिने आश्वासन दिएर बिदा गरे । पछि एकदर्ुइ पल्ट उनको घर गए पनि कविजी कहिले सुतेर आराम गरिरहेका र कहिले सञ्चो नभएकाले भेट्न नपाइ र्फकनु पर्‍यो । यसरी कवि शिरोमणिको कविता \’रचना\’मा छाप्ने संयोग नजुरेकोमा अहिले पनि मलाई थकथक लाग्दछ । जे होस् नेपाली वाङमयमा आफ्नो अकाट्य छाप छोड्ने महान् स्रष्टा कविशिरोमणि लेखनाथ पौड्याललाई नजिकबाट हर्ेन र केही जान्न पाएकोमा भने आफूलाई गौरव लाग्नु स्वाभाविकै हो । उनको समेत कारणबाट आफ्नो परिवार काठमाडौँवासी हुन पाएकोमा ती विख्यात काव्यशिल्पीप्रति झन् श्रद्धाले अनायास मेरो शिर निहुरिन्छ ।

रोचक घिमिरे(मधुपर्क)
गहनापोखरी, टङ्गाल
काठमाडौं

(स्रोत : मधुपर्क – पुष २०६३ : वर्ष ३९ : अंक ८ : पूर्ण अंक ४५१ Vol.39 No.8 – December – January 2006 / 07)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.