नेपाली प्यारोडी गीत : ढुङ्गो देउता बनाईन्छ

~रबिन शर्मा चापागाईं~

मान्छेलाई भूत भनी ढुङ्गो देउता बनाईन्छ
ढुङ्गो माथि फूल चढाई पापहरु धुवाइन्छ |

भन्दैछु म आज सबै खराबी त्यो मित्रताको
पैले दियो जलाइन्छ पछि आगो लगाईन्छ |

हामीले युद्द जित्यौ भन्दै तक्माहरु भिर्छन् तर
लाखौँ चेली लुटिएको कथाहरु लुकाईन्छ |

जबदेखि सत्तामा नै तानाशाह हाबी हुन्छ
सरकारको बिरुद्दमा कलमहरु चलाइन्छ |

पिपाशु भैं किन बाँच्छौ भनन ए मान्छेहरु
सोच ! म्याद पुगेपछि ‘मृत्यु’ पत्र पठाइन्छ |

जहदा,नवलपरासी

(स्रोत : फित्कौली डट कम)

This entry was posted in नेपाली प्यारोडी गीत and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.