कविता : खै यहाँको सरकार ?

~रूपा पुन~

आज
किन किन ?
जिन्दगी दुःखी रहेको छ
भित्रभित्रै पोलिरहेको छ
छटपटाइरहेको छ
पीडा र बेदनाले यो मन
रोइरहेको छ
कसरी आफ्नै जन्मदाताले
८ वर्षे कोपिलालाई फक्रिन नपाउँदै
घाँटी निमोठी सुवास लिन्छ ?
कसरी आफ्नै दाजुले
आफ्नै बहिनीले अस्मिता लुट्छ ?
कसरी आप्mनै नालनाताका
हकदारहरूले उनको
विश्वनियतामाथि
कुठराघात गरी, सहयोग
सहानुभूति, मानवीयता र
प्रेमको झुठो खोल ओढी
बलात्कार गरी हत्या गर्छन्
किन ? किन ? किन ?
यिनीहरूको मोलतोल हुन्छ ?
किन हत्यापछि
आत्महत्याको
चरित्रहीनको
बिल्ला भिराइन्छ ?
बलात्कृतको घाँटी चुडाइन्छ
जिउँदै मट्टीतेल खनाएर
जलाइन्छ ?
किन ? किन ? किन ?
बलात्कारी खुलेआम
बहादुरीको श्रीपेज लगाएर
अर्को कोपिला र फूलको खोजीमा स्वतन्त्र
घुम्छ ?
सज्जन एवं
चरित्रवानको
लालमोहर लगाएर
किन ? किन ? किन ?
क्षतिपूर्तिले
चेलीको मोलतोल
वर्र्ग वा तह छुट्टाएर
स्वाभिमान
अस्तित्व र पहिचान
माथि खेलवाड गरिन्छ ?
किन ? किन ? किन ?
विदेशी भूमिबाट फर्केकी
चेली स्वदेशी भूमिको
अध्यागमनमै लुटिन्छिन्
खै यहाँको कानुन ?
खै यहाँको सरकार ?
हुन त यहाँ किन खोज्नु कानुन र सरकार ?
यिनीहरूको आँखामा त
पट्टी बाँधिएको छ
यिनीहरूलाई आमालाई बेचेर खाने
बानी बसेको छ

–बाग्लुङ

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ९ – Jan. 9, 2013 – २०६९ पौष २५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.