कविता : मृत्यु मलामी

~जय प्रकाश ‘विवश’~

म मृत बाँचेको छु
आफ्नै संसारको मृत्युमा मलामी हुने तयारीमा छु .
हो म मरेको छु आफ्नैको घातले आफ़्नैको बातले साच्चै म मरेको छु
आफ्ना सपनाको मलामी , म आफै हुनु, मेरो बाध्यता भएको छु
झुटो संसारको झुटा मान्छेको जालमा आफु राख्दै
उसकै खुसीको प्रार्थना गर्दै .
हो म मरेको छु
बाच्नुको अर्थ मलाई किन तितो लाग्छ
बचनहरु पनि अब त खै झुटा पो लाग्छन
मुटुका बात पनि सुनियो
बचनका बाचा पनि सुनियो
सर्बस्व आफ्नो गुमाएर हास्नेका कुरा पनि सुनियो
कुराका लागि मात्र थिए कि ?
बिस्वासका धेरै कसम सुन्दा कान बैरिएका बोकेर बाच्दैछु
झुटो बिस्वासको कसमसंग साटेका साथहरु
मनमा संगालेर रित्तो बाँच्नु भन्दा मरेको जाती लाग्छ |
दधिची बन्न खोज्नेका अघि शुभकामना मात्र प्रकट गर्दै
रोएर बस्नु पनि भएन,
पागल दरिनु भन्दा
आउ संगै मरौं , संगै जाउ मलामी पनि |
यहि संसारमा घातको चोटमा रम्नु भन्दा, त मर्नै जाती
मरेर कम्तिमा अस्तित्व बच्ला |
त्यसैले महका बातमा जीवन त्यसै बिताउनु भन्दा
घातको चोट सहनु भन्दा आउ साथी मेरो मलामी संगै जाउ ||

आत्मिय कुराको घुमाईमा अल्मलिने समय छैन
धोकेबाजहरुको संसार उनीहरुलाई छोड्दै जाँदै छु साथी म
सबैबाट टाढा
संधैको लागि ,
कहिल्यै फर्किन्न ||
त्यसैले साथी आउ यो झुटो संसार भन्दा राम्रो प्रेमिल संसारमा जाउ
जहाँ कसैले झुठो केहि हुन्न विश्वास गर्न सकिन्छ मान्छेले मान्छेको
जहाँ केहि पर्खाल हुन्न
तिमि निर्धक्क बाच्न पाउछौ आफ्नो
जहाँ कोहि दधिची हुंदैन, आफ्नो जीवन बाच्न मान्छे स्वतन्त्र हुन्छ ||

खस्रा कुराको मिठासमा अल्मल्लिदा छुराको उपहार पाउनु भन्दा
बरु जानै जाती धेरै टाढा
तिमीलाई त फुर्सत नहोला ब्यस्त मान्छे आधुनिक जमानाको
समयको चालमा चल्ने मान्छे तिमि त |
बिबाहको मण्डपबाट निस्कने सानो फुर्सद मिल्यो भने
आउ है मेरो मलामी संगै जाउला
मलाई सारै रहर छ आफ्नो मलामी जाने ||

बिन्ति आउ है तिमि||
आउ जाउ त्यो संसारमा
तिमि फुर्सदमा भए
मलामी मेरो तिमि खुसीमा बाच्दै गर्दा मा आफै आफ्नो मलामी गएको हेर्छु
रहर छ मेरो तिमि पनि मेरो अन्त्यस्टीमा उपस्थित भएको हेर्ने
बिन्ति तिमि आउ है|
सानु तिम्रो आगमनले फेरी खुसि त पक्कै ल्याउदैन
तितो बिगत पक्कै हास्दैन, तै पनि तिमि आउ है प्रिय
मेरो मलामी हामी संगै जाउला ||

-आंखिभुई ८ संखुवासभा

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.