कविता : नसकिने असन्तोषको लडाई

~इश्वर देवकोटा~

हे आफु तर्सनेहरु किन अरु तर्साउछौ
यी निर्दोष जनमा किन बम बर्षाउछौ |
रगतको पोखरीमा तिम्रा भाइ बहिनि,
अबोध आमा र बाबा छट्पटीए के गर्ने |

के ताप्छौ आगो आफ्नै घर जलाई
के नाफा खोज्छौ देश आफ्नै डढाई|
सकिन्न यो कहिल्यै असन्तोष को लडाई,
नखोज भो खुशी अब आफन्तै मराइ |
2069-Baisakh 18
-2012-04-30

– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा जराङ

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.