कविता : म भित्रको म

~बिनु के.सी.~

शताब्दियौँदेखि उपेक्षित र अपहेलित म
त्यही संस्कार र संस्कृतिमा जन्मी, हुर्किएकी म
म भित्र निःश्वास छटपटी, आँशु, पीडा छ
र, पनि मेरो जीवन छ
म भित्र दबिएको आवाज छ
र, त्यो पर्खालभित्र कैद छ
मेरो जीवन अब आवाजविहीनहरूको आवाज
र, शब्दविहीनहरूको शब्द बनेर बोल्नेछ
विकट छ मेरो जीवनको यो सानो यात्रा
आशाको छालमा पौडिरहेको छ
धर्म, संस्कार, रीतिरिवाज
अनि, हाम्रो परम्परादेखि
म अछुतो पनि छैन
किनकि त्यही परिवेशमा हुर्की बढेकी म
रूढिवाद र अन्धविश्वासका विरूद्ध
आवाज उठाउने कोही भएन
म भित्रको म
केवल आक्रोश र छटपटी बोकी
सङ्घर्ष गर्न म सँगै दौडिरह्यो
सक्छु कि मैले म भित्रको म लाई त्याग्न
त्यही उत्साह र उमङ्गसित
यात्रा गरिरहेछु
वैचारिक रूपमा सङ्घर्ष गर्न नसक्दा
समयको पानामा मेरै नाम लेखियो
कालान्तरमा त्यही सङ्घर्ष
प्राप्तिको नाममा
आज अन्त कतै भेटियो….

(काठमाडौँ)

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क १९ – March 26, 2014 – २०७० चैत्र १२ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.