~चोमु शेर्पा “खुशी”~
जब कोही कसैको जन्म हुन्छ, त्यहींबाट शुरु हुन्छ जीवनको संघर्ष त्यस्तै एक परिवारमा जन्मिएका सन्तान थिए बुद्ध । बुद्धले धर्तीमा पाइला टेकेपछिको श्वासप्रश्वास जस्तो कठिन चुनौतीको सामना त गर्न सके तर उनले पाउनुपर्ने मुख्य कुरा आमा नै बिधाताले उनीबाट खोसिदियो।त्यो अबोध बालकलाई के थाहा, जुन कुराको उनलाई जरुरी थियो त्यही कुरानै उनीबाट सदाका लागि अदृश्य भएर गएको ! जन्मपश्चात् आमालेझै माया,ममता र स्पर्श नपाए पनि उनका फुपू, हजुरबा र हजुरआमाको स्नेह पाए । बुद्धले शिशु अबस्था लाई बिस्तारै पार गरेर बाल्यबस्थामा प्रवेश गर्दै गए । उनको वाल्यावस्था शुरु भएसँगै उनको अर्की नयाँ आमा आईन् । उनको हेर बिचार गर्ने जिम्मा पनि नयाँ आमाले नै लिइन् । बच्चा रुँदा, बिरामी हुँदा के गर्ने, कति बेला के खुवाउँने ,कुन कुराले खुशी हुन्छ यावत कुराहरु आमा नै नबनेकी नयाँ आमालाइ भरपूर ज्ञान थिएन । कहिलेकाही त धेरै रुने–कराउँने बेलामा फकाउँन छोडेर एकतिर लडाएरसम्म राख्थिन् । हुन पनि नयाँ आमा नयाँ दुलही जो आफ्ना दुलाहासँग भन्दा बढी काखमा नानी च्याप्नु पर्दा खुशी नहुनु पनि स्वाभाविक नै थियो । बिस्तारै बुद्धले स्वतन्त्रता र उनले पाउँनुपर्ने सामान्य अधिकारसम्म पाउँन छाड्यो ।
रुँदा–रुँदै आवाज सुकेर प्राण जान खोज्थ्यो, तर पनि के माया लाग्थ्यो र ममताबिहिन आमालाई । यस्तै यस्तै परिस्थितीसँग जुध्दै उनी दुई बर्षको हुँदा हजुरआमा र हजुरबाबासँग गोठमा बस्न थाले । शारीरिक बिकासका लागि स्वतन्त्र भएर कुद्ने, खेल्ने र रमाउँनुपर्ने बेलामा उनी गोठभित्र थुनिए । हजुरबा र हजुरआमाको माया–स्नेह पाए पनि उनी अरु साथीहरुसँग खेल्न पाउने अधिकारबाट भने बन्चित भए । टाट्नामा बाँधिएको पाँडा, बाछा र बाख्राको पाठानै उसका साथी हुन्थे । हजुरबुबा–आमा घरमा गैसकेपछि जंगलमा घाँस काट्ने र गाईभैंसी हेर्ने जिम्मेवारी पनि थपिए । गाईभैंसीको दूधले उसको शरीर हृस्टपुस्ट र गाला रातो भैसकेका थिए । तर उसका अनेक रहर, चाहना र अधिकार भने धेरै दूर थिए । उसलाई कति डर लाग्दो हो कोही नभएको घनाजङ्गलको बीचमा भएको सानो गोठमा दिनरात एक्लै बिताउनुपर्दा ! उसका रहरहरु सबै टाट्ना र बाँसको खाँबोमा अडिएर समाप्त हुन्थे । कति बेला त ऊ खेल्दा खेल्दै बाछोको खुट्टामा पुग्दा बाछोको खुट्टाले हानेर उतानो पारिदिन्थ्यो । फेरि ऐया भनेर रुँदै–कराउदै जङ्गलै थर्काउने गथ्र्याे । तर त्यहाँ उनको अबोध चित्कारलाई सुनीदिने र लड्दा उठाउने कोही थिएनन् । आफै धित मर्ने गरि रुन्थ्यो, त्यहीं निदाउँथ्यो । फेरि पाडा–बाछाले कुल्चेपछि ब्युँझेर रुन्थ्यो । बल्लतल्ल त्यहाँबाट मुक्त भएर गई गोठमुनि गोबरमा लट्पटिदै त्यही गोबरमा निदाउँथ्यो । अनि बेलुका आएर हजुरआमाले बल्ल बुद्धलाई उठाउँथिन् । बिहान देखिको भोको पेट, त्यही माथी निधार फुलिने गरि खाएको बाछोको लातले शरीर पुरै गलेर शिथिल भैसकेको हुन्थ्यो ।
हजुरआमाले किन त्यहाँ सुतेको भनेर सोध्ने गर्थी । तर हजुरआमाको कुरा अलिअलि बुझेतापनि तोते बोलिमा स्पष्ट जवाफ दिन कहाँ सक्थ्यो र ! तुवाँलो भित्र आकाशमा ओझेल परेको पहाड माथिको घाम झै मलिन थियो उसको अनुहार । गोबरले टालिएर ठस् ठस् गनाउने शरीर । हजुरआमाले गोठको दायाँपट्टि बारमा भएको सोत्तर काटेर ल्याईन् र उनको शरीरको गोबर पुछी दिएर गोठको बिचमा लडाएर राखिको मुढामा आगो सल्काईन् । आगो बिस्तारै सल्किन थाल्यो । आगोको राप बुद्धमा परेपछि थाकेको उनको जीउ पुरै निदाउँछ । हजुरआमा त्यतिन्जेल सम्ममा खोल्सीबाट ढुङ्रोमा पानी लिएर आएर पानी बिसाउदै “नानी ए ! किन निदाइस उठ“भनी । अघिनै निदाइसकेकाले उसले आवाज सुनेन । त्यसपछि चिसिएको पहेलो मकैको भात र दुध तताएर हजुर आमाले किच्चिएको हलुङ्गेको थालमा हालेर दिइन् । भोक लागेको सुरमा मीठो–नमिठोको केही मतलब नगरी नपोखाइकन खाएर अलि तगडा भयो र हजुर आमालाई तोते बोलीमा प्रश्न गर्न थाल्यो । हजुरआमा भने आफ्नै काममा ब्यस्त थिईन् । नातिको साथी हजुर आमा र हजुरआमाको साथी नाति भएर कुडो, घाँस, पानी दिएर गाईभैंसी दुहुन थाले । बाख्रा खोरमा हुलेर सबै काम सकुन्जेल साँझ झमक्क परिसकेको थियो ।
हजुरआमाले हतार हतार धन्दा सकेर मुढामा बलिरहेको आगोमा मुडा र ढुङ्गा मिलाएर चुल्हो जोडीन् । ढुङ्ग्रोबाट मकैको चामल पखालेर बसाले र अघेना छेउमा लडिरहेको बुद्धलाई ओछ्यान मिलाइदिईन् । लामो सास तान्दै थचक्क बस्दै पटुकीको टुप्पोमा भएको सानो थैली खोलेर सुर्ती निकालीन् गोठ्को खाँबोमा झुण्ड्याएको मकैको खोस्टा उक्काएर एक खिली बेरीन् र धुवाँ उडाउदै अगेनामा बसालेको भात चलाउन थाली । भात पाक्ने बित्तिकै सिस्नुको दाल बनाई । खड्कुडोमा दूध उमाल्न थाली । पकाउँने र उमाल्ने सबै काम सकेपछि अलिकति मुडा सारेर आगो ओझेल बनाउदै बुद्धलाई उठाउन थाली तर ऊ त्यति सजिलै कहाँ उठ्थ्यो र । कर गर्दै उठाएर खाना र दूध दिई । निन्द्रामा आँखा मिच्दै भात खान थाल्यो । भातसँगै दिनभरी खेल्दा हातमा टाँसिएको गोबर पनि खायो र हात भित्ताको सोतरमा पुछ्यो । हिउँद होस या बर्खा,पानी छोइसक्नुको चिसो भएकोले कति दिन त होइन महिनौंसम्म उसलाई नुहाइ दिएनन् । यसरी नै उनी बिस्तारै बनजङ्गल सङ्गै मीत लाएर,ती भएका जंगली बनस्पतिहरु नै साथी बनाउँदै गोठमै पाँच बर्षका भए ।
उता सौतेनी आमा र बाबाकी छोरी जन्मेर पाँच महिनाकी भई । पाचौं बर्षमा प्रबेश गर्दा बुद्धप्रति बाबा र आमालाई माया बढे झंै भयो । पढाउन पर्छ भन्ने बाहानामा घरबाट लिनलाई उसका बाबा आए । बाबाको अनुहार परिचित भए पनि भुतदेखि तर्से झैं तर्सिए । उनलाई थाहा थियो कि त्यो माया गर्ने मान्छे नभई धेरै यातना दिने मान्छे हो भनेर । अस्तिको दसैंमा घर जाँदा भात पोखाएको निहुमा थप्पड्ले लड्ने गरी हानेको र पानी बोक्न नसकेर लडेर धारामा जर्किन फुट्दा सिस्नुपानीले कुटेको भुलेको थिएन । त्यसैले बाबा आको देख्ने बित्तिकै भागेर रुदै टाट्नो पछाडी रातु गाइको बाछो बान्ने ठाउमा घाँसले छलेर लुके। एकैछिन पछि बाबा तगारो खोलेर गोठ भित्र छिर्यो । बुद्धको मुटु झन झन डरले धड्किन थाल्यो ।
“कता गयो त्यो सिगाने? “भन्दै खोजी भयो । हजुरआमाले पनि नपढा भन्न त कहाँ सक्थ्यो र ।
“नानी आइजा, तँलाई स्कुल पठाउने रे । अब जा गोठमा धेरै बस्नु हुँदैन । एक दुई दिन मा त म पनि आइहाल्छु नि ।“हजुरआमाले त्यति भन्दा पनि ऊ बाहिर आएन । फेरि बाबाले थप्दै भने “आउछस् कि तेरो लादी निकालुँ हाँ ?”
बुद्ध डराउँदै बाहिर आएर रुँन थाल्यो ।
“फेरि तँलाई कसले कुटेर रोईस् ?“बाबाले झपार्यो । त्यतिन्जेलसम्म हुँ हुँ आवाज पनि बन्द भएर हिक्क हिक्क मात्र भयो ।
“अब हिंड “ भनेर अगाडि गाई गोरुलाई लखेटेको झंै गरि उनलाई अघि लखेट्न थाले । हजुरआमाले रोके पनि हुन्थ्यो भन्ने आश गर्दै फर्की फर्कि हेर्दै असिनाका दाना झरे भन्दा ठूला ठूला दाना आँखाबाट झार्यो । जाने मन नभए पनि बोल्न सकेन । अचानक “त्यही छस्? छिटो हिड “भन्ने बाबाको आदेश आयो । एता उता आफू खेलेको, आपूmले बनाएका साथी, जुन बाँस, तगारो, फरिको, टाट्नो, गोठ्को बार, पाडो, बाछो, अनि बाख्राका पाठाहरुलाई एकपटक नियालेर हेर्यो ।
“बाबु यसको खेलौना पनि लगिदेउ ।“हजुरआमाले माथिबाट चिच्याईन् ।
हजुरआमाको कुरा सुनेपछि अलि सास तान्दै रोकिन्छ बुद्ध ।
“पर्दैन अब ठूलो भैसक्यो यसको खेल्ने उमेर गयो ।”
बाबाको जवाफ सुनेर फेरि उ निरास हुँदै अगि बढ्यो ।
धेरै समयको हिडाइ त्यस् माथि सानो ज्यान, खाली खुट्टा हिंड्नुपर्ने, बल्ल तल्ल घर पुग्नै लाग्दा माटाका डल्लाहरु खादै हुर्केको ठाउँ हेरेर चित्त बुझायो । खेतीपातीको उब्जनीले चार महिना धान्न मुस्किल हुने विकट ठाउँ, मोटरबाटो र बिजुलीबत्तीको असुबिधाको बिचमा हुर्कदै गरेको एक बालक बुद्ध अर्को हजुरआमाको तोङ्बा नतानी निन्द्रै नलाग्ने बानी थियो उसको । हो त्यही घर अनि त्यही हजुरआमा उस्को मनसपटलमा घुमीरह्यो । अलिकति मुस्कुरायो र गोठको हजुरआमा छोडेर आएको दुःख भुलेर अर्को हजुरामा तिर ध्यान मोडियो । एकै छिनमा आवाज आयो “घर आउदैनस् ??
सानीआमासँग झस्केर तर्स्यो । त्यसपछि घरतर्फ लाग्यो । अब उनको कामको भार पनि बढ्दै गयो । उनको भागमा पानी ओसार्ने, बहिनीको हेर बिचार, घर कसिङ्गर लगाउँने र लुगा उठाउने । दिन, हप्ता हुँदै महिना बित्दै झन्–झन् उनको काम थपिंदै गयो । बहिनी रोइन भने पनि लौरी त्यही सानो ढाड्मा बर्सिने, पानी पोखिए पनि हजार शब्द गालीले नपुगेर झन् कुटाइ नै खानुपर्ने । सानो हात, राम्रोसँग बोल्नसम्म आउदैन कसरी याद गर्नु ती आमाका आदेशहरु ? बाबाले काम अह«ाएर जान्थिन् र काम पूरा नभएको देखेर कुटपिट गर्थिन् । यसरी दिनैको कुटाइले अब उनको शरीरको मासु कुटेर पनि नदुख्ने भैसकेको थियो । बिचमा छिमेकीहरु जो अलि कमलो मनको थिए, तिनीहरुले सम्झाउँने कोसिस गर्थे । केटाकेटी हो त्यस्तो गर्नु हुँदैन, स्कुल पठाउँनु,यति नजिकै स्कुल छ भनेर सम्झाउथे । तर मेरो गोरुको बारै टक्का भने झै आफ्नो कुरा बाहेक अरु कसैको सुन्दैनथिन् । कानुन के हो ? त्यो गाउँमा थाहा हुन्नथ्यो । न त मानव अधिकारवादी पुग्थे, न त बाल संरक्षण सँस्था खोलेर बालबालिकाको अधिकारका लागि आवाज उठाउँने त्यहाँका शिक्षक शिक्षिका नै बोल्थे । उनीहरु त अपरान्ह एक बजेको छुट्टीमा पनि आफैं कस्को घरमा मीठो जाँड छ, कस्को घरमा दिन्छ त्यतैतिर मस्त हुन्थे । कोही अलि कानुनको कुरा गर्न खोजे उनका बाबा र सानीआमा उल्टै मेरो रगत, मेरो सन्तान, मैले जे गर्दा नि हुन्छ, अरु कोहीको अधिकार छैन भनेर धक्कु लडाउँथे । दिनदिनैको यातना सहन नसकेर बुद्ध कहिले बेहोस हुन्थ्यो, कहिले सिस्नोपानीले कुटेर बेहोस बनाइन्थ्यो । यस्तो हुँदाहुँदै शरीर पातलो, जुम्रा नै जुम्रा ज्यूभरी । मायाले नुहाइ दिनेसम्म कोही हुन्नथ्यो ।
तर उनी कहिल्यै स्वतन्त्र भएर एक मुस्कान हाँस्नसम्म पाएनन् । एकदिन मन परेको साथीसँग खेल्न पाएनन् । एक छाक खुशी हुँदै मिठो गाँस खान पाएनन् । तर पनि बाँची नै रह्यो । बिरामी भएर अन्तिम चरणमा पुगे पनि उपचार नहुँदा कैयौपटक त मृत्युका मुखमा पनि नपुगेको होइन । तर दुख भोग्न लेखेपछि भाग पूरा नभै त कहाँ जाँदो रहेछ र कष्ट झेलेर भए पनि बाँचिने रहेछ । सुकुटी झैं सुकेको ज्यान मधुरो र गहिरो खाडलमा पुरिन लागे झैं हेर्दै अस्ताउँन लागेको जुन झैं मधुरो आँखा अनि हिड्ने बेला पनि दायाँ र बायाँ ठोकिने कम्जोर खुट्टाहरु जस्ताका तस्तै सुकेर ढल्न लागेको थोत्रो रुख झैं भएको एक शरीर आठ बर्षको भएको भयो । तर उसले कहिल्यै स्कुलमा पाइला टेक्न पाएन । उनको स्कुल नै घरायसी काम र भाइ बहिनीको गोठालो भैदियो । दिनहरु बित्दै गएर यसरी नै चलिरहेको थियो ।।
गाउँमा एकदिन एक सँस्थाले खानेपानीको ब्यबस्थापन गर्नका लागि धारा निर्माण र गाउँमा पानी बितरण टोली खटाएको थियो । म पनि त्यो टोली गाउँमा आएपछि गाउँकै उत्थान हुने भो, केही मात्रामा गाउँ शिक्षित हुने भयो, पढेका मानिसको हुल गाउँमा बस्न आएको छ, केही कुरा त बुझ्नु पर्यो झैं लागेर उनिहरुसँग सम्पर्क बढाएँ । यसरी नै दिनै नया कुरा सिक्ने र घुलमिल हुने अवसर मिल्यो । त्यही टोलिका इन्जिनियर “रमण शाही “। उनीसँग म हरेक नजानेका कुरा सोध्ने र बुझ्ने उनैको काम सघाउँने, गाउँमा उसलाई निशुल्क खाने बन्दोबस्त मिलाउने र गाउँ घुमाउँने गर्न थाले । एकदिन गाउँ घुम्ने क्रममा थियौ रमण सर अनि म । बाटो निकै अफ्ठ्यारो ,बिहानी पख तुसारो जमिरहेको थियो । एकजना कोही आउँदै गरेको दृश्य हामीले टाढैबाट देख्यौं । ठूलो भारी डोकोमा ज्यानले थामी नथामी ल्याउदै थियो, बिस्तारै हामी पनि त्यतै हानियौं । नजिक पुगेर हेर्दा बुद्ध थियो । मसँग त उनी बोल्दैन थिए । किनकि उनीलाई माया गरेको देखेर र धेरै नजिक भएको देखेर उनका बाउ आमाले बोल्नै बन्देज लगाएका थिए । उसलाई मात्र हेराहेर भयो अनि खाली खुट्टा तुसारोले पोलेको आभास पनि छैन उनलाई तर पनि हिडिरहेका थिए । सकि नसकी पाइला चाली रहेका थिए ।
उनी केही पर पुगेपछि मैले रमण सरलाई भनें उनी यो गाउँमा अलि फरक र भिन्न परिस्थितिमा हुर्केका बालक हुन् ! हुनत यहाँ काम सबैले नै गर्छन् तर हरेक कुरामा उनी पीडित छन् । उनलाई उद्धारको खाँचो छ । जुन आजसम्म कसैले पहल गर्न सकेको छैन । म पनि करिव एक दशक यता रोजगार कै शिलशिला मा यता आएकी थिएँ । पेशाले एक स्वास्थ स्वयंसेवक थिएँ ! पहल कदमी लिन नखोजेको पनि होइन र अभिभावकलाई नसम्झाएको पनि हैन उनको हालत वास्तविकता र यथार्थमा सबै बताएपछि केही हिड्दै गरेको पाइला रोकि उभिएर खुइय सुसेली काडेर केही सोचौंला भनेर एकैछिन सोचमग्न देखिनु भो र फेरि हिड्नु थाल्नु भो रमण सर ।।
रमण सर को सहयोगमा रमण सरको साथीकोमा पुर्याउँने काम मेरो खर्च सबै रमणको भनेर सल्लाह भयो । बल्ल तल्ल हजुर आमालाई फकाएर बुद्धलाई बा आमा खेताला गएको मौका पारी गैरीधारासम्म ल्याउँन लगाई त्यहाँबाट भगाएर एकैचोटि बोकेर ६ घन्टाको बाटो हिंडेर बस चड्ने ठाउँ पुगियो ।
बस चढेर १२ घन्टा पछि बिर्तामोड पुगि सामान्य लुगाफाटोको बन्दोबस्त गरी रात्री बस चढी नुवाकोटको यात्रामा हानियौं । रमण सरको चिठ्ठीमा लेखेको ठेगानामा पुर्याएर म साहुनीको जिम्मा लगाउँदा साहुनीले छोरा छोरी छैन म राम्रो हेरचाह गरेर राख्छु भन्ने बाचा गरेपछि म फर्कन लागें । ऊ रुन थाल्यो । मैले मिठाई किनेर नरोइ बस्नु भनेर फकाएँ, ऊ मानेपछि म हिडें । त्यतिबेला बुद्ध सात बर्षको मात्र थियो ।
गाउँ कहिल्यै परिवर्तन भएन । उही सोच उही तरिका म पनि जहाँको त्यही रहें । सोंच गरे परदेश जाने, गाउँमा उन्नति गर्न सकिएन । केही हुन्छ कि त हो यहि सोचमा काठमाडौं आएँ । त्यहाँ आएर राहदानी बनाएर केही दिनमा मेनपावर पुगि आवश्यक प्रक्रिया मिलाएँ । त्यसपछि भिजा आउँन धेरैदिन कुर्न‘पर्ने भएपछि मलाई नगरकोट जान मन लाग्यो । बुद्ध कस्तो भयो होला ! बुद्धलाई भेट्न मन लागेको थियो । रमण सरलाई पनि भेट्न मन खुब थियो । फोनको सुबिधा कुनै कुनै ठाउँमा हुन्थ्यो । चाबहिलको चौकमा भएको टेलिफोन बुथमा गएर सानो चिट गोजिबाट निकालेर हेरें । रमण सरको नम्बर थियो । डायल गरें तर सम्पर्क हुन सकेन । अनि म पाँचबर्ष पछि त्यही ठाउँ गुम्बा चौक खोज्दै पुगें । तर त्यहाँ संरचना परिवर्तन भएर बेग्लै भएको थियो । कसैगरि चिन्न सकिनँ । घर अनि सोधें मेरो मानसपटलमा चन्द्रमुखी भन्ने नाम घुमी रहेको थियो । त्यही नाम गरेको मान्छे कहाँ बस्छ भनेर एक वृद्धलाई सोधेँ त्यै पनि थाहा नभएको कुरा बताउँनुभो । सबैसँग सोधें, तर बताएनन् खै किन हो निरास हुँदै म काठमाडौ फर्किए । सात बर्षको हँुदा बुद्धलाई त्यहाँ ल्याएर छोडेको थिएँ । अब मनमा पहिरो जान थाल्यो, कहाँ कसरी के गर्दै होलान् साच्चिकै रमण सरले गद्दार गर्न‘ भएको त होइन ? मनमा अनेक तरिकाका प्रश्नको ओइरो लाग्यो, छट्पटी भयो तरपनि आपूmलाई सम्हालेर बसें । २० दिनपछि मेरो भिजा आयो । अरुको नोकर हुन परदेशमा आफ्नो देश छोडी लागियो ।
दुःख सुख गर्दै परदेश पसेको पनि दुई बर्ष पुराभयो । तर एउटा कुराको खट्पटी मेटिएको छैन । उहीँकुरा सधैं घुमी रहन्छ । मनमा कहिल्यै शान्ति र चैन भएन बुद्ध कहाँ होला के गर्दै होला ? मै गलत मान्छेको बिश्वासमा परेकी ! उसले कति दुःख पायो होला म सधैं सोची रहन्थें केही भोगाइ केही परिस्थितिका कारण परदेश बसेर धेरै पैसा नकमाए पनि धेर थोर ज्ञान बटुलेको थिएँ । अब अलि अलि गर्दै जम्मा गरेको पैसा उनको खोजिमा लगाउँछु र उस्को अवस्था बुझेर मात्र अरु काम गर्छ‘ भन्ने सोचेर अझै एक बर्ष काट्नु पर्ने छ खाडिमा । संधैं यस्तै कल्पना गर्दै दिनहरु बिस्तारै बित्दै गर्दा खाडी छोडेर आफ्नो मातृभ”मी फर्किने दिन पनि आयो । अरु केही होइन आफ्नै सामान आफूलाई आवश्यक पर्ने सामग्री पोको पारेर म मनमा अनेक कुरा खेलाउँदै काठमाडौं एयरपोर्ट उत्रें । त्यहाँबाट सिधै ट्याक्सी चढेर बसपार्क नजिक एक होटलमा पुगें । जहाँ म परदेश जानु अगाडि नै बसेको थिएँ । होटलमा पसेर कोठाको बन्दोबस्त मिलाएर खाना अर्डर गरी नुहाउँन छिरें । त्यसदिन होटेलको खाना खाएर ओछ्यानमा पल्टेको थिएँ, कति बेरसम्म निद लागेको थिएन ।
अरुको भन्दा नि म बुद्धकै बारेमा सोच्थें बढी । त्यो दिन अबेर निदाएँ । भोलिपल्ट म सबेरै गाउँ तर्फ लागें । दिवा सेवाको बस टिकट लिएर झोला बोकेर बस चढें मनभरी कौतुहल थियो । उनी यो बेला पनि त्यही भएको भए । जहाँ उनलाई मैले छोडेको थिएँ !!
पश्चाताप भै रहेकै थियो । उनकी हजुरआमालाई के जवाफ दिउँ ? अनेक प्रश्न मनमा बोकेर लगभग १२ घन्टा पछि म धरान उत्रीएँ । त्यहाँ पुग्दा पुरै बजार झलमल्ल बलेको भएपनि प्राकृतिक उज्यालो भने हराएर निष्पट्ट अँध्यारो भएको थियो । रात छिपिंदै थियो त्यहाँका चानचुने चोरहरु सल्बलाउँन थालेका हुन्छन् भन्ने सुनेको थिएँ । मनमा एक प्रकारको डर बोकेर एक होटलमा पुगें । यसरी नै भोलि बिहानै उठेर पहाड्को जिर्ण बाटो फेरि घन्टौं यात्रा गर्न‘छ । सामान्य रुपमा त्यो रात काटेर सबेरै पहिलो बस चढें । ६ घन्टाको यात्रामा धनकुटा हुँदै बसन्तपुर पुगें त्यसपछि पुरै १२ घन्टा पैदल यात्रा गरेर बल्ल तल्ल म गाउँ पुगें ।
गाउँ निकै परिवर्तन भै सकेको रहेछ । तीन बर्षमा पनि, अचम्मित भएँ । धारा बनेछ, गाउँमा बिजुली बत्तीको सुबिधा आएछ । रोड खनेको रहेछ । एकछिन त लाग्यो आफ्नो कुटि नै भुलें । घर जिर्ण भएर भत्किन लागेको रहेछ, चाबी तोडेर भित्र पसें । सबै ओढार झैं थियो । त्यो कालो ओढारमा सुत्न सकिनँ । छिमेकीको शरण लिएँ । सबै तिर हल्ला भयो, कमाएर आको खुवाउँने कुरा नि भयो । म धेरै नबोल्ने भएका कारण पनि रमाइलो भएन सायद । अब एक दुई गर्दै दिन बित्न थाले । मेरो कुटि मर्मत गरि सकेर बस्न थालें । अनि बुद्धको हजुरआमा पनि आएर सोधिन् तर मैले थाहा छैन भन्न नि सकिनँ । यो अवस्थामा छ भन्न नि सकिनँ । अचल मूर्ति जस्तै नाजवाफ भएँ तरपनि राम्रै छ सान्त्वना त दिएँ । अब भेट्ने इच्छाशक्ति जाहेर गर्नु भो । भेटाउँने बाचा पनि बाधें, औशीपूर्णीमा लाग्ने बजार थियो । एकदिन बजार गएँ । निकै नै ठूलो भएछ, पहिले सानो चौरमा लाग्ने बजार अहिले धेरै पसलहरु बनी सकेका रहेछन् ।
मेरो मोबाईल खराब भएको थियो । एउटा पसलमा गएर सोधें, मेरो मोबाइलको समस्या बताएँ । “एकैछिन पख्नुस् है हजुर”। भर्खरै किशोर अवस्थामा प्रवेश गरेका फुच्चे बोले । अनुहार हेर्दा कतै देखे, कतै चिने, कतै जानेको झै लाग्यो त्यो मुहार एकपटक सोधें के नाम हो भाई घर कता हो ?? मिजासिलो स्वरमा “मेरो घर छैन यहि साहु नै मेरा आफन्त, यहि साहु मेरा परिवार हुन्” एकै सासमा जवाफ् आयो । म अचम्मित भएँ । “अनि के हो नाम ?“ बुद्ध भन्थे हजुर तर खै कसरी भयो ? मुसुक्क हाँस्दै भनें मेरो मोबाईल बनाउँन समय लाग्छ भन्दै थिए किन किन धेरै कुरा सोध्न मन लाग्यो । भिड बढी भएका कारण उनी बोल्न भ्याएनन । म पनि मोबाईल बनाएको पैसा हातमा थमाएर बाटो लागें । म झन सोचमा परें उन्को नाम पनि बुद्ध ! सायद अब त बुद्ध पनि यस्तै उमेरका भए होला ! यस्तै भए कि कस्ता भए होला । त्यो सोच मात्र रह्यो मेरो । फेरि बजार नभएको बेला खास भिड नहुने भएकाले म त्यही पसलमा गएर घन्टौं गफ गर्न थालें उनीसँग उनको समय नभए पनि काम गर्दै मेरो कुराहरु सुन्दथे ! मेरो दुःख र सुखका कुरा सुनाउँदा कतै उनको नि सुनाउँछन् कि झैं लाग्यो । कुरा गर्दै जाँदा धेरै दुःखका कुरा सुनाए । तर पनि उनले आफ्नो बारेमा भन्न चाहेनन् । एकदिन कुरै कुरामा म पनि अनेक दुख कष्ट झेलेर एक्लै कोही नभएको टुहुरो हुँ भने पछि अब हामी साथी भयौं । उनी करिब १५ बर्षका झैं थिए । म सित उमेरले नमिले पनि भावनात्मक साथी भयौं हामी । म प्रायजसो प्रत्येक दिन त्यही पसलमा हुन थालें । एकदिन उनले भने “कसैलाई नभन्नुस ल म हजुरलाई एउटा कुरा भन्छु“ “अँ भनन के कुरा हो ?” उनले थप्दै गए “थाहा छ ?” म नुवाकोटमा मेरा बा आमादेखि छुट्टाएर कस्ले हो पुर्याएको रे ! म झसङ्ग झस्कें । शीरदेखि पैतालासम्मको रौं ठाडा भएर शरीरको सबै भागमा बिबिरा आए । मैले अचम्मित भएर सोधें “अनि कसरी तिमी यहाँ आएको ?? “तत्काल सोधेँ जवाफ्मा काहानी लामो छ हजुरले अरुलाई नभन्नुस है भनेर आग्रह गर्यो । मैले सहर्ष भने म कहिल्यै कसैलाइ अफ्ट्यारोमा पार्ने काम गर्दिनँ ।
“त्यसैले त हजुरलाई मेरो आफन्त ठानेको त भन्दै उनी नुवाकोट पुगेको त्यति याद छैन घरको सबै काम गर्न‘पथ्र्यो । सानै थिएँ निन्द्रा लागेर भुइँमा सुते पनि फुटबल जस्तै हान्थे । कति रोएँकराएँ, मेरो कुरा सुन्ने कोहि भएन । सहन नसकेर भाग्ने कोसिस गरें । अध्याँरोमा धेरै डर लाग्यो सकिनँ । दैनिक यातना, खाना खान पनि बासी मात्र पाइन्थ्यो, लुगा च्यात्तिएको थियो । जाडो थियो, कति जाडोमा एउटा तन्नामा डल्लो परेर भर्याङ् मुनि कुकुरसँग सुत्नु पथ्र्यो ।“
यति भनी सक्दा मेरा आँखा रसाई सकेका थिए । मनमा पश्चातापको आगो दन्किदै थियो । “जसो तसो त्यहाँबाट भाग्ने निर्णयमा त पुगे कोहि छैन कहाँ जाने सधैं माग्न आईरहने पण्डित बालाई हेर्थें । म नि बरु यसरी नै बाँच्छु झैं लाग्थ्यो । वरपरका बच्चा खेलेको लुकेर हेर्थें । देखे भने कुटाइ खानुपथ्र्यो । एकदिन बाजे फेरि आउँनुभो मलाई नि जानु छ हजुरसँग भन्दा मेरो गाला हात खुट्टामा भएका सुम्ला र मरेको मासु नियालेर कहाँ जाने भनेर सोध्नुभयो । म नि हजुरसँगै जान्छु नि भने मलाई मालिक्नीले सधंै दक्षिणा दिन चैं पठाउँनुहुन्थ्यो । बेलुका यसो कुकुर लिएर बाहिर आउँनु तिम्रो भाग्य ठूलो छ भन्दै हात समाएर भने । त्यो दिन खुशीको सिमानै रहेन एक्लै मुसुक्क हाँसेछु क्यारे मालिक्नी उफ्रिदै कुचो लिएर आइन् । तीन बर्ष भो काम गरेको अझै था छैन के गर्न‘ पर्छ सिकाउँनु पर्छ ?? कराएर मेरो मुुस्कान त्यही बिलिन भए । काम पनि गर्दै रमण सरले हो मलाई यहाँ ल्याउँनु भएको ।”
म अचानक छाँगाबाट झरे झंै भएँ । बिजुलीको झड्का लागे झैं भयो ।
कसरी चिन्यौ ? मैले प्रश्न गरें, उनले भने “म बसेको घरमा एक दुई महिनामा आउँनु हुन्थ्यो नि त । म त्यहाँबाट भागेर कलङ्कीमा गएको थिएँ पण्डित बाजेले एउटा बोरा र एउटा कचौरा दिएर चौकमा माग्नलाई ठाउँ बनाएर दिनु भयो । दिनै मेरो मागेर बित्यो कसैले कति गालि गर्थे, कसैले एक दुई पैसा झारेर जान्थे, कसैले भएको पैसा सबै लान्थे । म माग्न थालेदेखि आकाशे पुलमुनि मेरो बास हुन थाल्यो । बाजेले जुटको बोरा त दिनु भएको थियो, तन्ना भन्दा त तातो हुन्थ्यो । सुरु सुरुमा कति डर लाग्यो एक्लै सुत्न । कुकुर पनि थिएन तर त्यहाँ रातभरी नै गाडी मान्छे कुद्ने र बिजुली बलीरहन्थ्यो । मेरो बानी पर्दै गयो । एक होटेलमा खाना खान्थें, कुनै बेला खाते भन्दै गाली गर्थे । पहिले पैसा देखाउँने गर्थें, त्यस्को जति आउँछ त्यति दिनु भन्थें । दिन बित्दै जाँदा त्यहाँका सबैले मलाई चिन्न थाले । एक दिन एकजना दाइले मेरो पसलमा काम गर्छस ? सानो चिया पसल छ चिया नपोखाई अरु पसलमा पुर्याउँनु पर्छ तँलाई म खान बस्न नि दिन्छु । त्यसरी भने पछि खुशी हुँदै हुन्छ भनें । त्यही दाइले मेरो हजामकोमा लगेर कपाल काटेर राम्रो लुगा किनिदिनु भयो । त्यसपछी मैले चिया पसलमा काम गर्न थाले । पसल–पसलमा चिया बोकेर पुर्याउनु पर्ने, गिलास लिन जानुपर्ने । मेरो नाम सबैले खाते बनाएको भएतापनि अब भने सबैले बुद्ध नै बोलाउँने गर्थे । धेरैले माया गर्थे यसरी नै एक बर्ष बित्यो । बिस्तारै मान्छेको बोली चाली सिक्दै गएँ । ए बी सी डी नआएपनि म अंग्रेजी बोल्न थालेको थिएँ । प्राय सबै पसलेहरु चिनेको थिएँ ।
कम्प्युटर र मोबाइल बनाउँने एक दुई जना दाइहरु हुनुन्थ्यो । तीन तला माथी चिया खाईसकिन्जेल कुर्न‘ पथ्र्यो । गिलास लिनको लागि त्यतिन्जेलमा उहाँहरुले गर्ने काम मजाले नियालेर हेर्थें । हँुदाहँुदै निकै जान्ने भएँ । त्यहाँ गएको बेला सबै सामानको नाम सोध्थें । चिया पसले साहुजी पनि कोहि नभएको एक्लो हुनुन्थ्यो । म नै उनको साथी भएँ । उहाँसँग मनमा लागेका सबै कुरा भन्थें । मलाई बेलुका भएपछि लेख्न सिकाउँनु हुन्थ्यो । एकदिन अचानक त मोबाईल बनाउँन खुब रहर गर्छस् त सिक्छस ? भन्नुभयो म खुशी हुँदै अङ्गालो हालेर हुन्छ भनें । खानाको बेलामा चिया नखाने समय पारेर मोवाईल बनाउँन सिकाउँनु भो मलाई । आफ्नै छोरा जस्तै मान्नुहुन्थ्यो । जीवनमा सबै भन्दा बढी माया गर्न‘भयो उहाँले बिच–बिचमा अँ ए होर ? भन्ने जस्ता कुराले साथ दिदै म सुनी रहेको हुन्थें उनले थपे । एकदिन अचानक भनी सक्दा के भयो ? मैले प्रश्न गरें । चिया पिउँन रमण अङ्कल आउँनुभयो उहाँले चिन्नु भएन । तर मैले त्यो अनुहार भुलेको थिइनँ । आफ्नो परिवार हुँदा पनि घरबेटी आन्टीसँग मस्ती गर्न आउँनु हुन्थ्यो । होर ? मैले अचम्मित हुँदै फेरी सोधें । हो नि मैले रमण अङ्कल भनेर बोलाएको छक्कै पर्न‘ भो कसरी चिन्यौ ?? प्रश्न गर्न‘भो म बुद्ध भन्दा अचम्मित मान्दै किन भागेको कहाँ गएको अहिले त ठूलै भईछस् भन्दै ढाड्मा धाप मार्न‘ भो । त्यो दिनदेखि अङ्कल बेला बेला निस्किनु हुन्थ्यो । अनि मेरो सीप बारे पनि जानकार हुनुभएपछि एक जना उहाँको सालो पर्ने हुँनुदोरहेछ । अनि चिनाउँनु भो । रमण अङ्कलले एकदिन तिम्रो गाउँ मलाई थाहा छ जान्छौ ?? रमण अंकलको कुरा सुनेर म हेरेको हेरेकै भएँ । केही जवाफ भएन । त्यसै ठिङ्ग उभिएँ । तिमी सात बर्ष हँुदा आएको यता अहिले १२ को भयौ । तिम्रो आफन्त म चिन्छु । भन्दा झन छक्कै परें । अनि किन मलाई छुट्याएर ल्याउनु भा त ? मैले प्रश्न गरें अनि सबै सम्झाउँछु भन्दै जानु भो अनि साहु बालाई म बा भनेर बोलाउथें । बाले एकदिन बोलाउँनुभयो । ओए केटा याँ आइज त .. हेर तँलाइ म यत्तिकै राख्न सक्दिन “अब तँ पनि जा गाउँतिर म पनि जान्छु यहाँ को पसल पनि बेच्ने निर्णय गरेको छु” भन्नुभयो । म केही बोल्न सकिन । उता रमण अङ्कलले सबै कुरा बालाई भन्नु भएको रहेछ । मोबाइल कम्प्युटर बनाउँन सिकेको नि लगभग दुईबर्ष बितेछ । त्यसपछि तँलाई प्रमाण पत्र नि निकाली दिउँला, बाँचेछु भनें तेरो प्रगति हेर्न आम्ला भन्नुभयो । एकदिन टिकट लिएर रमण अङ्कल आउँनु भो मलाइ जान मन छैन तपाईं नै मेरो आफन्त हो भनेर जिद्दी गरे पनि बा मान्नु भएन । अब तैंले काम गरेर मलाई पाल्नु पर्छ यहाँ काम गर्दा पैसा हुँदैन धेरै दोकान छ । गाउँमा पैसा हुन्छ मैले भनेको मान ।
साहु बा को यस्तो कुरा सुनेपछि मैले केही भन्न सकिनँ । रुन मन लाग्यो पाँच बर्ष छोरा झैं भएर बसेको कसरी पठाउँन सकेको जस्तो पनि लाग्यो । तर मेरो पाल्ने पालो यो कुराले मलाइ जिम्मेवार बनायो र यसरी यहाँ आएँ ।
रात परिसकेको थियो । बुद्धको कुरा सुन्न मन हँुदा हुँदै अब मेरो पसल बन्द गर्छ‘ भन्ने आवाजले झस्कायो । हुन्छ बाँकि भोलि सुनौला भनेर म घर आएँ । यसरी नै भोलिपल्ट पनि म त्यहाँ नै गएर बसें । जाँदा अलिकति काम सकेछ उस्ले त “भाइ” म बोले पछि ए आइपुग्नु भयो भन्दै कसैलाई त भन्नु भएन नि मेरो कुरा ? मलाइ सोध्यो । अहँ ! छैन भनेको मैले जवाफ् दिएँ । अनि रमण अङ्कल खै त देख्दिन त पहिल्यै मैले सोधेँ ? कहिलेकाहीँ आउँनु हुन्छ । उहाँको सालोको जिम्मा छ यो पसल अहिले सामान लिन जानु भएकोछ इन्डिया । त्यसपछि फेरि सोधें अनि किन गाउँमा कसैलाई चिन्न नचाहेको त ?? किन कि मैले सबैलाइ चिनें मलाई माया गर्ने कोहि रहेन त्यहाँको मान्छेसँग कुरा गरे नजानिंदो पाराले मेरो वास्तविकता थाहा पाएँ । मेरो बा आमाका सन्तान ६ जना रहेछन् । खान लाउँन नि पुग्दैन रे मेरो अलि धेरै कमाई भएपछि जम्मा गरेर अलि पछि चिनिन मनछ । यति भने पछि फेरि सोधें तिमीलाई नुवाकोट पुर्याउने चिन्छौ ?? भन्दा चिन्दिन अङ्कलले सबै भन्नु भएको छ सम्पर्क नभएर धोका भएको भन्नु हुँदै थियो । जो भएपनि उहाँकै कारण म आज यो ठाउँमा छु नत्र मैले त्यहाँ पुगेर दुख गरे पनि भागेर पनि यति काम सिक्न कहाँ पाउथें होला र ! जे होस दुख भए पनि बिगतलाई भुलीसकें अब बालाई पनि बोलाउदै छु यसपल्ट भेट्न जान पाईन । यति भने पछि मलाइ लाग्यो म प्रती उनको धारणा राम्रै रहेछ यसरी उनी आज आफै बुझ्न सक्षम भएको देखेर आँखा रसाएको पत्तै भएन ।
मेरा हर्षका दिनहरु बित्दै गए । परिवारसँग पनि राम्रो सम्बन्ध राख्दै गए । पछि उनले पसल नजिकै कोठा राखेर आफ्ना भाइ बहिनी पनि पढाउँन थाले । बाबा आमा पनि अहिले सचेत छन् । उनको चर्चा सारा गाउँमा भयो । यसरी एक उदाहरणको पात्र बनेर समाजमा आज उभिएको छ । बुद्ध साँचिकै गौतम बुद्ध झैं ज्ञानि असल जीवनमा खुशीसँग सम्झौता गर्नुपरेपनि । जिन्दगीमा जतिसुकै दुःख कष्टको सामना गर्नुपरे पनि । जिन्दगीमा एकदिन अवश्य सफलता हासिल गर्न सकिन्छ । त्यसका लागि अरुबाट पाएको साथ र सहयोगको सहि सदुपयोग गर्दै, आफू सदैव लगनशील हुन जरुरी हुन्छ ।
– चोमु शेर्पा “खुशी”
साघु ८ ताप्लेजुंग