~भावना पाठक~
कसले बचाउँछ तिमीलाई खराब नजरबाट
यति राम्री भएर तिमी निस्कियौ भने घरबाट
म हुन्छु तिम्रो सधैंको साथी सुख दुख मसँग साट
केही प्रब्लम भए भन हेल्प लिन सक्छौ म बाट
केही परे तिमीलाई भन हेल्प लिन सक्छौ म बाट
गाजल लगाई आँखामा बन्छ्यौ परी जस्तै
वागको महक फूल र तिमी लाग्छ मलाई उस्तै
आउने जाने टक्क अडिन्छन तिम्रो सामु पर्दा
तिम्रै मात्र नाम लिन्छन तिम्रै मात्र छ चर्चा
केही परे तिमीलाई भन हेल्प लिन सक्छौ मबाट
तिमी छौ र त म छु यहाँ तिम्रै माया छ मनमा
तिमी बाहेक अरु मेरो हुनेछैन यो जीवनमा
डाउट भए तिमीलाई भने हुन्छ नमानी डर
अब तिम्रो लागि मै हूँ धेरै नखराबाजी नगर
केही प्रब्लम भए भन हेल्प लिन सक्छौ मबाट
शब्द : भावना पाठक
स्वर : सुगम पोखरेल
सङ्गीत : अर्जुन पोखरेल
चलचित्र : पलाँश