कविता : बाढीमा स्वयं डुबेको छ नदी

~लक्ष्मण नेवटिया~

नदीले हाम्रो भए भरखरको सबै बगाइदियो
आरोप न लगाइनुस नदीलाईकी
अहिले नदी आफै डुबेको छ।

जबर्दस्तीको मानसुनको हसुराइ खुवाइले
अपच भएर बान्ता गरिरहेको छ
नदी आफै बिरामी परेको छ।

बाढीको अजिंगरले निलेको छ नदीलाई,
शिकारी छैन नदी
नदी आफै शिकार भएको छ।

चाहेर पनि पोख्न सकेको छैन
उसले आफ्नो मनको व्यथा
अरुको गल्तीको सजाय
नदीलाई भोग्नुपरेको छ।

अनेकौं चोट खाएर आर्तनाद गर्दैछ नदी
कसको कलमको स्याहीका कारण
आज आफै डुबेको छ नदी पहिचान गरौं,
नदीलाई अरु बदनाम न गरौं।

-लक्ष्मण नेवटिया, बिराटनगर-१२

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.