कविता : यात्रा

~देवेन्द्र कुँवर~

अघि बढेका छन् तिम्रा पाइला पछि हुन हुन्न अब
रोकिन्छ पाइला तिम्रो तब पूरा हुन्छ महान लक्ष्य जब
आउँछन् हजार बिध्न बाधाहरु तिम्रो हिंड्ने बाटामा
पन्छ्याउँदै जाऊ अडचनहरु मुक्तिगामी दस्ता छन् साथमा

जिताउन असत्यलाई अवसरवादको अनुयायी सारा लागे पनि
सत्यको जीत हुन्छ एकदिन जनता सारा जागे भने
तिम्रो विचार नबुझेर धेरैले खेदो खनेपनि
लड्दैजाऊ सधै तिमी जतिसुकै अवरोधहरु आएपनि

माकुराको जस्तैजालो अवसरवादी नि फिजाको छ
च्यातिन्छ जालो एक दिन पक्का जनसारा चिढाको छ
तोड्न खोज्छन् तिम्रो यात्रा अवसरवादी जोकोही पनि
विचार तिम्रो महान छ जाउ तिमी ज्वाला बनी

–बुटवल, रुपन्देही

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक ३ – Dec. 4, 2013 – २०७० मंसिर १९ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.