~रमेश कालाथोकी ‘कङ्गाल’~
नगर भो सम्झौता त्यो देशै जान्छ भने
नेपालीलाई लडाएर देशै खान्छ भने
चाहिदैन यस्तो नारा नेपाली भई बाच्नु पर्छ
भारतबाट पलायको सङ्घीयता फाल्नु पर्छ
के खोज्दै छन् नेताहरुले देशलाई चिरा पारी
विस्तारवादले नेपाली भूमि खायो सीमा सारी
बचाउ भन्दै नेपाल आमा हामीसग रुन्छिन्
देश फुटाउन विस्तारवादी महाजाल बुन्छन्
सिङ्गो देश काफी हुन्छ विकास गर्ने भए
नेपाली भन्न पाउदैन सङ्घीयतामा गए
जातीय राज्य होइन सिङ्गो नेपाल रोजौँ
प्यारो देशलाई बचाउन नयाँ बाटो खोजौँ
जोशले होइन नेताहरू सोचाइको काम गर
सङ्घीय राज्य लागु गर्ने कत्तिभर नपर
खेद्नु पर्छ अवसरवादीलाई देश टुक्राउन खोजे
दुई करोड नेपालीले सिङ्गो नेपाल रोजे
खबरदारी होशियार देश टुक्राउने दलालहरु
बलिदान नै चढाउँछौँ देशका लगी हामीहरु
सेती खायौ गण्डकी खायौ खान थल्यौ देश पनि
नेपाल नै नरहे बच्ने छैन कोही पनि
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )