गजल : र म छु !!

~शेखर ‘अस्तित्व’~

कुल्चिएको चाहना छ ! र म छु !!
तड्पिएको तिर्सना छ ! र म छु !!

छैन बत्ती आज कोठामा हजुर !
सल्किएको सम्झना छ ! र म छु !!

खाली बोतल, रित्तिएको जाम छ !
गुम्सिएको भावना छ ! र म छु !!

हातमा सिगरेट ! चारै तिर धुँवा !!
अल्झिएको कल्पना छ ! र म छु !!

आजको मेरो कमाई ? के भनूँ ??
चर्किएको सिर्जना छ ! र म छु !!

बुटवल–६
हाल : मुम्बई,
15-03-2014

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.