गजल : गुनासो छैन

~जैकी मोजाहु~

तिमीलाई मेरो कुनै गुनासो छैन
सानो यो दिल टुट्यो अरू चासो छैन

तिमीले सोधेको जवाब सवै दिएँ
दुनियाँ हाँस्ने बाँकी कुनै हाँसो छैन

हजारौं पटक म भnुडिसकेको छु
संसारमा शायद अब पासो छैन

सक्दैन राख्न मोजाहु त्यो अमानत
जगत्मा यस्तो अब कुनै नासो छैन

शारजाह, युएइ
hac_zakir@yahoo.com

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.