समीक्षा : उपन्यास लेखनमा देखिएको प्रयोगवादी धार र स्तरीयताको प्रश्न

~कृष्ण अविरल~

साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकषिर्त गर्ने विधा हो उपन्यास । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्री र लेखकस्वका कसीमा राखेर मूल्याङ्कन गर्दा उपन्यास विधा सबैभन्दा लोकप्रिय रहेको देखिन्छ । स्तरीय उपन्यास प्रकाशित हुँदा पाठकले खोजीखोजी पढ्ने गरेको पाइन्छ । यद्यपि सिर्जनागत दृष्टिले उपन्यास विधा जति उर्वर हुनुपर्ने हो त्यति हुन सकेको छैन । सङ्ख्याकै दृष्टिले हर्ेदा पनि वर्षा एक हातको औँलामा गन्न पुग्ने गरी समेत स्तरीय उपन्यास प्रकाशित हुन सकेका छैनन् । गिरीशबल्लभ जोशीद्वारा लेखिएको “वीर-चरित्” -वि सं. १९६०) लाई आधुनिक आख्यान विधाको अहिलेसम्मको प्रमाणित जेठो पर्ूखा मानिएको छ । त्यस आधारमा हर्ेर्ने हो भने नेपाली उपन्यासले एक सय तीन वर्षो आयु गुजारिसकेको छ । विश्वका अन्य भाषा-साहित्यको विकास क्रमसँग दाँजेर हर्ेदा कुनै पनि साहित्यिक विधा फस्टाउनका लागि यो आयु कम होइन तर एक सय तीन वर्षो अवधिमा देखिएको प्रयोग, शिल्प, सङ्ख्या आदिका दृष्टिले हर्ेर्ने हो भने नेपाली उपन्यास विधा सन्तोषजनक स्थितिमा रहेको देखिँदैन । अझै पनि नेपाली उपन्यासका पाठकले स्तरीय उपन्यासको कुरा गर्दा उनै विश्वेश्वरप्रसाद कोइराला, लैनसिंह बाङ्देल, गोविन्द गोठाले, विजय मल्ल, पारिजात, लीलबहादुर क्षेत्री आदिलाई सम्झनुपर्ने बाध्यता छ । पारिजातपछि महिला उपन्यासकारहरूको उपस्थिति लगभग खडेरीकै अवस्था छ । विभिन्न विधामा प्रयोग भए पनि हास्य विधाको उपन्यास अहिलेसम्म र्सार्वजनिक भएकै छैन । पछिल्लो चरणमा उपन्यास लेखनलाई निरन्तरता दिने उपन्यासकारहरू हुँदै नभएका चाहिँ होइनन् । उत्तरआधुनिक प्रयोगवादलाई मलजल गरिरहेका डा. ध्रुवचन्द्र गौतमले अब्बल कोटिका उन्नाइसवटा उपन्यास प्रकाशित गरिसकेका छन् तर उनको “अलिखित”ले मात्रै पाठकीय आकर्षा बटुलेको छ । “एक अभिनवको यात्रा”, “पागल बस्ती”, “तरुनी खेती” लगायतका उपन्यासमार्फ रामै्र चर्चा कमाएका सरुभक्त, “शरणार्थी”, “आधाबाटो” र “राधा”मार्फ लीला लेखनको प्रयोग गरिरहेका कृष्ण धरावासी, “आकाशगंगाको तिरैतिर”, “नन्दिता”, “एक्काइसौं शताब्दीकी सुम्निमा” लगायतका उपन्यासमार्फ प्रगतिशील-प्रयोगवादी धारलाई ऊर्जा प्रदान गरिरहेका प्रदीप नेपाल आदिले पनि लेखनलाई निरन्तता दिइरहेकै छन् । “द्वन्द्वको अवसान”, “उर्त्र्सग प्रेम” मार्फ राम्रै चर्चा बटुलेका राजेश्वर देवकोटाले पछिल्लो पटक “डबली” र्सार्वजनिक गरे । पत्रकार नारायण वाग्लेको “पल्पसा क्याफे” ले २०६२ को मदन पुरस्कार नै पायो । “स्खलन” मार्फ आहुति, “जुनकीरीको सङ्गीत” मार्फ खगेन्द्र संग्रौला, दर्ुर्भिक्ष, आत्महन्ता आदि मार्फ नारायण ढकाल, “र्सवजा” मार्फ तेराखले पनि राम्रै सम्भावना देखाएका हुन् तर यतिले मात्रै नेपाली भाषाको उपन्यास लेखन समृद्ध भएको मान्न सकिन्न । “पल्पसा क्याफे” मार्फ उपन्यासकारको परिचय बनाएका पत्रकार नारायण वाग्ले भन्छन् “नेपाली भाषा साहित्य समृद्ध छ भनेर जुन गर्व गर्र्छौँ, त्यसअनुसार उपन्यास लेखिएकै छैन ।” यद्यपि कतिपय उपन्यासकारहरू स्तरीय उपन्यास कम लेखिएको पत्याउन तयार छैनन् । यस्तै मध्येमा पर्छन् उपन्यासकार सरुभक्त । “एक सय तीन वर्षो अवधिमा सङ्ख्यात्मक रूपमा कम लेखिए होलान् तर राम्रा लेखिएका छन्” शून्यवादी उपन्यासकारको परिचय बनाएका उनी अगाडि भन्छन् “स्तरीयताको कसीमा राखेर हर्ेर्ने हो भने हाम्रो विकासको गति सन्तोषजनक छ ।” उपन्यासको चर्चा गर्दा पुरानो पुस्ताको मात्रै प्रशंसा र नयाँ पुस्ताको अवमूल्यन गर्ने प्रवृत्त्रि्रति उनी असन्तुष्ट छन् । उत्तरआधुनिक शैलीमा उपन्यास लेखिरहेका डा. धु्रवचन्द्र गौतम चाहिँ नेपाली उपन्यासको गुणात्मक स्तरप्रति त्यति सन्तुष्ट छैनन् । “प्रविधिलाई जसरी सिर्जनालाई भित्र्याउन नसकिने रहेछ” उनले भने “गुणात्मक स्तरमा जति हुनुपर्ने हो त्यति हुन सकेन ।” प्रयोगवादी उपन्यासमा आफ्नो बलियो उपस्थिति जनाएका डा. गौतमले नेपाली उपन्यासकारहरू विश्वचेतनासँग परिचित भएको बताउँदै भने “टेलिभिजनका दर्शक बनेका साहित्यका पाठकलाई हामीले आकषिर्त गर्न सकेका छैनौं ।”

घटेका छैनन् पाठक

बीस वर्षघिसम्म पनि मनोरञ्जनका साधनहरू सीमित थिए । त्यतिखेर मानिसहरू ज्ञानआर्जनका लागि मात्र नभई फर्ुसद बिताउनका लागि पनि पुस्तक पढ्थे तर अहिले व्यस्तता वर्तमानको जीवनशैली बनिसकेको छ । विद्युतीय तरङ्गमार्फ घरका कोठाचोटामा सहजै भित्रिने सिनेमाले मानिसहरूलाई पर्याप्त मनोरञ्जन दिएको छ । सिनेमाका सिडी, इमेल, इन्टरनेट सहरिया मानिसहरूको अभिन्न अङ्ग बनिसकेको छ । यसैलाई आधार बनाएर कतिपय मानिसहरूले साहित्यका पुस्तक पढ्ने पाठक घटेको निष्कर्षनिकाल्ने गरेका छन् तर वास्तविकता त्यस्तो देखिँदैन । व्यस्तताको बीचमा फर्ुसद निकालेर पढ्नुपर्ने भए पनि पाठकमा उपन्यास आकर्षा कम भएको छैन । बरू पाठक खारिएका छन् । खारिएका ती पाठकको अपेक्षा लेखकहरूले पूरा गर्न सकेका देखिँदैन । उपन्यासमा यस्तो आकर्षाको जादु छ, जसले जुनसुकै वर्ग र तहका पाठकलाई आकषिर्त गर्ने क्षमता राख्छ । पाठकले आफ्नो बौद्धिक हैसियतअनुसार बुझ्न सक्ने, बुझ्नका लागि साहित्यका अन्य विधामा जस्तो बौद्धिक कसरतको आवश्यकता नपर्ने, कथानक हुने आदि कारणले उपन्यासप्रति पाठक मोहित हुने गरेका छन् । उपन्यासकार सरुभक्तकै शब्द सापटी लिएर भन्ने हो भने “मानव जीवनको व्यापकतालाई अँगाल्न सक्ने नैर्सर्गिक, गुरुत्वाकर्षा क्षमता, र्सवाधिक संवाद आदिका कारण उपन्यासमा पाठकका मन तानिने गरेका छन् ।” बीस वर्षता भएको प्रविधिको विकाससँगै जनसङ्ख्या पनि बढेको छ । त्यसैले पनि पाठक घटे भन्न नमिल्ने तर्क उपन्यासकार कृष्ण धरावासीको छ । “पुस्तक पढ्ने पाठक घटे भन्नु बेकारको कुरा हो” मोफसलमा बसेर राजधानीका पाठकलाई आफूतिर आकषिर्त गर्न सफल उपन्यासकार धरावासी भन्छन् “बरू उपन्यासकारहरूको पाठकसम्मको पहुँच विस्तार हुन सकेको छैन ।” साहित्यिक पुस्तकको विज्ञापनका लागि विश्वमा अपनाइने उपायहरूलाई नेपाली साहित्यमा भित्र्याउन नसकिएको उनी बताउँछन् । ह्यारी पोटरकै शैलीमा विज्ञापन गर्ने हो भने कुनै पनि राम्रो कृतिले अपेक्षा गरेभन्दा बढी पाठक पाउने उनको विश्लेषण छ । पत्रकार नारायण वाग्ले पनि साहित्यका पाठक घटे भन्ने तर्क पत्याउन तयार छैनन् । “नेपाली साहित्यका पाठक पर्याप्त छन्, उनीहरूको अपेक्षालाई साहित्यकारहरूले न्याय गर्न सकेका छैनन्” वाग्ले भन्छन् । विज्ञापनकै कारण आफ्नो उपन्यास पल्पसा क्याफे ११ हजारप्रति बिकेको अनुभव उनले सुनाए । सहरी जीवनको अंग बनिसकेका डिपार्टमेन्ट स्टोरहरूलाई साहित्यिक पुस्तकको बिक्रीका लागि उपयोग गर्न नसकेको बताउने उनले भने “नेपाली साहित्यमा बजार विस्तार र पाठकसम्म पुग्ने उपायको खोजी हुन सकेको छैन ।” सरलपन, कल्पनाशीलता, रोचकता आदिका कारण आमपाठकले उपन्यास विधालाई मन पराउने गरेको पाइन्छ । गीत, कविता, नाटक आदिका गरी डेढ दर्जनभन्दा बढी पुस्तक र्सार्वजनिक गरिसकेका उपन्यासकार सरुभक्तको अनुभवमा समेत उपन्यास सबैभन्दा लोकप्रिय विधा हो । “अहिलेसम्म मलाई भेट्न आउनेहरू मध्ये ९५ प्रतिशतभन्दा बढीले सबैभन्दा पहिला उपन्यासकै चर्चा गर्ने गरेका छन् ।” मानव सभ्यताको सुरुवातदेखि नै मानिस आख्यानप्रेमी भएको र रामायणजस्ता पौराणिक कवितात्मक कृतिहरूलाई समेत आख्यानकै रूपमा मानिसले सम्झने गरेको उदाहरण दिँदै उनले भने, “उपन्यासमा गुरुत्वाकर्षा छ ।” साहित्यिक पुस्तकका पाठक घटे भन्ने फोस्रो चर्चाबाट सबैभन्दा बढी प्रकाशकहरू प्रभावित भएका छन् । यसको असर लेखकहरूमा परिरहेको छ । बिक्री नहुने कारण देखाएर प्रकाशकहरूले हात नहाल्ने र लेखक आफैँले प्रकाशनको खर्च धान्न नसक्ने भएकोले पनि उपन्यास लेखन प्रभावित भइरहेको छ । प्रकाशकहरूको हचुवा विश्लेषणका कारण पनि सम्भावना भएका लेखकहरू समेत उपन्यास लेखनमा हात हाल्न अग्रसर भएका देखिंदैनन् । लेखिरहेका कतिपयले लेख्नै छाडेका छन् । उपन्यास लेखनलाई निरन्तरता नदिने प्रभावशाली उपन्यासकारहरूमा पिटर जे कार्थक -प्रत्येक ठाउँ प्रत्येक मान्छे), मदनमणि दीक्षित -गालब र माधवी), असित र्राई -नयाँ क्षितिजको खोज), परशु प्रधान -सबै बिर्सिएका अनुहार र रात जो पग्लन्छ), मोदनाथ प्रश्रति -देशभक्त लक्ष्मीवाई र चोर), सरला जोशी -विवशता), किशोर नेपाल आदि पर्छन् । २०५१ सालमा विश्वदीप मासिक पत्रिकामा धारावाहिक रूपमा प्रकाशित भएको नेपालको उपन्यास पत्रिका बन्द भएसँगै स्थगित भएको छ । शंकर कोइरालाको “त्रिभुवन” अधुरै रह्यो । इन्द्रबहादुर र्राई -आज रमिता छ) चाहिँ उपन्यास लेखन चटक्कै छाडेर समालोचनामा सक्रिय भएका छन् ।

समस्याको चुरो

आख्यान विधाकै कथा, निबन्ध लेखनका लागि उतिसारो धर्ैयताको आवश्यकता पर्दैन । तात्कालिक आवेग र पत्रपत्रिकामा प्रकाशित गर्ने मोहका लागि पनि सिर्जना गरिन्छन् तर उपन्यास लेख्न त्यो समय पर्याप्त हुँदैन । उपन्यास लेखनमा घटनाक्रम, चरित्र, विषयवस्तु र विचारहरूको तारतम्य मिलाउनुपर्ने हुन्छ । त्यसका लागि लामो समय लाग्ने मात्रै होइन, लेखकमा धर्ैयको समेत जरुरत पर्छ तर व्यस्त जीवनशैलीका कारण अधिकांश लेखकहरू त्यो धर्ैय राख्नै सक्दैनन् । उपन्यासलाई आधुनिक गद्यको महाकाव्य भन्न रुचाउने उपन्यासकार डा. धु्रवचन्द्र गौतम भन्छन् “उपन्यास लेख्नका लागि चाहिने धर्ैयता जुटाउने सामर्थ्य कमै लेखकहरूमा हुने भएकोले पनि नयाँ उपन्यासकार जन्मिन सकेका छैनन् ।” वास्तविकता हर्ेर्ने हो भने पाठक कम भएका कारणले स्तरीय उपन्यास कम लेखिएका होइनन् कि पाठकको रुचिअनुसारका स्तरीय उपन्यास कम लेखिएका कारणले पाठक कम भएका छन् । पाठकको रुचिअनुसारको स्तरीय उपन्यास लेख्ने हो भने बिकाउ हुन सक्ने अनुभव छ, कृष्ण धरावासी र नारायण वाग्लेको । “पढिदिएनन् भनेर पाठकलाई गाली गरेर मात्रै हुँदैन” उपन्यासकार धरावासी भन्छन्, “हामी लेखकहरू बहकिएर गनथन मात्रै लेख्छौँ भने पाठकले किन पढ्छन् -” वास्तवमा नेपाली उपन्यास लेखन यही प्रश्नको उत्तर खोज्न नसकेर अल्मलिएको छ । पाठकको रुचिका बारेमा र्सर्वेक्षण गर्ने, उनीहरूको रुचि पहिल्याएर सोहीअनुसारका उपन्यास लेख्ने काम हुन सकेको छैन । उपन्यासकार सरुभक्तचाहिँ नयाँपुस्तामा उपन्यास लेखनको चेतनाको कमीले पनि नयाँ उपन्यासकारहरू अपेक्षितरूपमा आउन नसकेको बताउँछन् । “विधागत लोकप्रियताका कारण लेख्न रहर गर्नेहरूको सङ्ख्या ठूलो छ तर त्यसका लागि आवश्यक पर्ने अध्ययन भने थोरैमा मात्रै देखिन्छ” सरुभक्त भन्छन् । उनका अनुसार उपन्यास साधनाको विधा हो । लेखनक्रममा थुप्रै चुनौतीहरू आउँछन् । लेखकमा त्यसलाई सामना गर्ने क्षमताको जरुरत पर्छ । उनले भने “उपन्यास लेखनका चुनौती स्वीकार्ने क्षमता थोरैमा मात्रै देखिन्छ ।” राम्रो उपन्यासकार हुन सक्ने सम्भावना भएका तथा लेखनको प्रारम्भिक चरणमा उपन्यासकारको चिनारी बनाएका लेखकहरू नै समालोचक बन्नु पनि स्तरीय उपन्यासको कमी हुने प्रमुख कारण हो । “उनीहरूले आफूले पनि स्तरीय उपन्यास लेखनलाई निरन्तरता दिएनन् नै, लेखिएका अरू उपन्यासकारहरूलाई समेत समालोचकीय कलमले मार्गदर्शन गर्न सकेनन्” साहित्यकार प्रकाश सायमी भन्छन् । इन्द्रबहादुर र्राई, कृष्णचन्द्रसिंह प्रधान, शंकर लामिछाने, डा. कुमार प्रधान, चित्तरञ्जन नेपाली, शिव अधिकारी, सानु नेपाली -सिक्किम) आदि यसका ज्वलन्त उदाहरण हुन् । त्यही मेसोमा देखिएका डा. गोविन्दराज भट्टर्राई चाहिँ झण्डै ३० वर्षछि तेस्रो उपन्यास “सुकरातका पाइला” लिएर देखापर्दैछन् । समालोचकीय परम्परा स्वस्थ हुन नसक्नु पनि अपेक्षितरूपमा स्तरीय उपन्यास नलेखिनुको अर्को कारण हो । आफ्नो मन परेको लेखकलाई चाहिनेभन्दा बढी उचालेर टुप्पीमा चढाउने अनि इतर विचारको लेखकलाई खोइरो खनेर रसातलमै पुर्‍याउने समालोचकीय संस्कारले गर्दा राम्रा उपन्यासकारहरू पीडित भएका छन् । यसको ज्वलन्त उदाहरण गोविन्द गोठालेको “अर्पणा” हो । “पल्लोघरको झ्याल” मार्फ राम्रै चर्चा कमाएका गोठालेको अर्पणा समालोचकहरूको उपेक्षाको सिकार भयो । त्यसपछि गोठालेले अर्को उपन्यास लेखेनन् पनि । सरुभक्तको पहिलो उपन्यास “एक अभिनवको आत्मकथा” -२०४४) पनि त्यसै मेसोको अर्को उदाहरण हो । विषयवस्तु र प्रयोगका दृष्टिले हर्ेर्ने हो भने “एक अभिनवको यात्रा” सरुभक्तको अहिलेसम्मकै अब्बल कोटिको उपन्यास हो तर त्यसबेला समालोचकहरूले “कामै नलाग्ने कृति” भनेर टिप्पणी गरेका थिए । गलत समालोचनाको सिकार भएका उपन्यास थुप्रै छन् । कतिपयले त त्यसै कारणले पनि उपन्यास लेख्नै छाडेका छन् । प्रकाश सायमी भन्छन् “सम्भावना भएका थुप्रै लेखकहरू समालोचकहरूको चखण्डी खेलको सिकार भएका छन् ।”

व्यावसायिक प्रकाशकहरूको अभाव

लक्षित पाठकसम्म पुस्तक पुर्‍याउन सक्ने व्यावसायिक तथा दक्ष प्रकाशन गृहहरूको अभाव हुनुले पनि अपेक्षितरूपमा उपन्यास प्रकाशित हुन नसक्ने अर्को कारण हो । सरकारी स्तरका साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठानले पाण्डुलिपि छनोट गर्दा स्तरलाई भन्दा राजनीतिक पहुँचलाई प्राथमिकता दिने गरेको आरोप अधिकांश लेखकहरूको छ । प्रकाशित भएका पुस्तकको विज्ञापन गर्ने, बजार प्रतिस्पर्धामा खरो उत्रने अभ्यास ती निकायबाट हुन सकेको छैन । साहित्यको बिकाउ विधाको रूपमा रहेको उपन्यास लेखनलाई प्रोत्साहन गर्ने हो भने ती निकायको पनि आर्थिक अवस्था सुदृढ हुने निश्चित छ । छिमेकी भारतमै हर्ेर्ने हो भने पनि उपन्यास लेखेरै गुजारा गर्ने व्यावसायिक उपन्यासकारहरू प्रशस्तै छन् । राम्रा उपन्यासकारहरूलाई प्रकाशन गृहहरूले नै अग्रिम पेश्की दिएर उपन्यास लेख्नका लागि प्रोत्साहित गर्ने गर्छन् । राम्रा लेखक हात पार्न प्रकाशन गृहहरूबीच “शीतयुद्ध” नै हुने गर्छ । बजारको कमी नभए पनि नेपाली साहित्यमा भने त्यो अभ्यास सुरु हुनै सकेको छैन । दैनिक रोजीरोटीको खर्चबाट पैसा बचाएर उपन्यास प्रकाशित गर्नुपर्ने बाध्यताबाट हाम्रा उपन्यासकारहरू अझै मुक्त हुन सकेका छैनन् । यसले पनि नेपाली उपन्यास लेखनको क्षेत्रफल फराकिलो हुन सकेको छैन । पुस्तक प्रकाशित भएपछि आधुनिक सञ्चार प्रविधिको उपयोग गरेर गर्न सकिने विज्ञापनको अभ्यास पनि अपेक्षितरूपमा हुन सकेको छैन । वास्तवमा भन्ने हो भने नेपाली उपन्यासकारहरू विमोचनको सस्तो र परम्परावादी विज्ञापन शैलीभन्दा माथि उठ्न सकेका छैनन् । लक्षित पाठकको पहुँचसम्म पुस्तक पुर्‍याउने अभ्यास सुरु भएकै छैन । हाम्रा अधिकांश राम्रा उपन्यासहरू यिनै कमजोरीको सिकार भएका छन् । प्रदीप नेपालको “एक्काइसौँ शताब्दीकी सुम्निमा” र “नन्दिता”, आहुतिको “स्खलन”, नयनराज पाण्डेको “उलार” आदि यसका ज्वलन्त उदाहरण हुन् । ती उपन्यासले जति चर्चा पाउनुपर्ने थियो, त्यो हुनै सकेन । विषयवस्तु र प्रयोगका दृष्टिले स्तरीय देखिएको झापाली लेखक रश्मीशेखरको “जोहिना” कोशी तरेर काठमाडौँ आइपुग्नै सकेन । बरू सस्ता उपन्यासले आवश्यकताभन्दा बढी चर्चा पाइरहेका छन् । लेखकहरूबीच हुने मन्थन, विचारविमर्शले पनि लेखन ऊर्जा प्रदान गर्ने गर्दछ । अझ विदेशतिर त पाण्डुलिपिलाई नै लिएर छलफल अन्तक्रिर्या गर्ने गरेको पाइन्छ तर हामीकहाँ त्यसप्रकारको बौद्धिक अभ्यास अपेक्षितरूपमा हुन सकेको छैन । उदाहरणका लागि डा. धु्रवचन्द्र गौतम र उहाँले अपनाउँदै आएको उत्तरआधुनिकशैलीको अनुकरण गरिरहेका गोविन्द गिरी प्रेरणा बीच पनि संवाद, अन्तक्रिर्या भएको देखिँदैन । यसकारणले पनि स्तरीय उपन्यास लेखनले ऊर्जा पाउन सकेको छैन ।

उपन्यासलेखन र महिला

नेपाली साहित्यका अन्य विधालाई हर्ेदा महिलाहरूको उपस्थिति बाक्लै देखिन्छ । शिक्षा र पारिवारिक स्वतन्त्रताको अवसरमा विद्यमान असमानताका बाबजुद नेपाली साहित्यमा देखिँदै आएको महिलाहरूको उपस्थितिलाई कम आँक्न मिल्दैन । पाठककै कुरा गर्ने हो भने उपन्यास पढ्ने ठूलो वर्ग महिला नै देखिन्छ । यद्यपि उपन्यास लेखनको फाँटमा भने महिला उपस्थिति साह्रै नगन्य छ । नेपाली आख्यानमा योगमायालाई अग्रज मान्ने गरिन्छ । नेपाल भाषामा त झन् आख्यान विधाको सुरुवात नै महिलाबाट भएको विश्वास गरिन्छ । मोतीलक्ष्मीको “हृदय” नेपाल भाषाको पहिलो उपन्यास मानिन्छ । यस आधारमा हर्ेर्ने हो भने उपन्यास लेखनमा महिलाहरूले गतिलो फड्को मारिसक्नुपर्ने हो तर विविध कारणले महिला उपस्थिति एकदमै नगण्य देखिन्छ । प्रभावशाली महिला उपन्यासकारको नाम लिँदा उनै पारिजातलाई सम्झनुपर्ने हुन्छ । उनको देहावसानपश्चात् उनको अनुपस्थितिलाई पर्ूर्ति गर्न सक्ने प्रभावशाली महिला उपन्यासकार देखिएका छैनन् । त्यसो त बानिरा गिरिले “कारागार” र “निर्बन्ध” उपन्यासमा राम्रो सम्भावना देखाएकी थिइन् तर उनको लेखनले निरन्तरता पाउन सकेन । आठ-नौ वटा उपन्यास र्सार्वजनिक गरिसकेकी शशीकला मानन्धरले आमपाठकमा प्रभावशाली छाप छाड्न सकिनन् । “मालती” र “एउटा यस्तो आकाश” उपन्यासकी उपन्यासकार भागीरथी श्रेष्ठ पछिल्लो चरणमा कथामै सीमित भइन् । राम्रो सम्भावना भएका आख्यान लेखिकाहरू वेञ्जु शर्मा -देहमुक्त), प्रेमा शाह -आकाश विभाजित छ), शोभा भट्टर्राई -अन्तहीन) हरू पनि सहलेखनमै सीमित भए । सामाजिक उपन्यास लेखनमा सक्रिय गीता केशरीका उपन्यासले पनि पाठकमा खासै छाप छोड्न सकेनन् । प्रयोगवादी लेखिका भन्न रुचाउने इन्दिरा प्रर्साईंका “उसको लोग्ने र म”, “कालो बिरालो” जस्ता उपन्यासले पनि उतिसारो चर्चा पाउन सकेनन् । कालिङपोङकी पुष्पा शर्मा एक मात्र उपन्यास “अदृष्य व्यथा” पनि मेची तरेर नेपाल भूमिसम्म आइपुग्नै सकेनन् । सुस्मिता नेपाल “मेरो छातीका कोलाजहरू”मै सीमित भइन् । “विवशता” उपन्यासमार्फ बलियो सम्भावना देखाएकी चितवनकी सरला जोशी अपेक्षित पाठक नपाउँदा निरुत्साहित भएर गजल लेखनतिर लागेकी छिन् । उनको त्यो उपन्यास बनारसबाट प्रकाशित भएको थियो । बरू नेपाली मूलकी भारतीय लेखिका बिन्दिया सुब्बाका उपन्यासले केही हदसम्म भए पनि पाठक बनाएका छन् तर उनको उपन्यासलेखनले पनि निरन्तरता पाउन सकेको छैन । पछिल्लो चरणमा देखिएका उन्नती बोहरा ‘शिला’को “सिक्काका दर्ुइ पाटा” र मनीषा गौचनको “वल्लीको डायरी”को भने पाठक प्रतिक्रिया आइसकेको छैन । आख्यान विधाकै कथाकारितामा भने महिलाहरूको उपस्थिति राम्रै देखिन्छ । देवकुमारी थापा, माया ठकुरी, गीता त्रिपाठी, नीलम कार्की “निहारिका” आदि कथा विधाका प्रभावशाली महिला हस्ताक्षर हुन् तर पनि उनीहरूले उपन्यास विधामा हात हालेका छैनन् । किशोरावस्थामै “मौन जीवन” -२०५१) र “नियतिको खेल” -२०५३) नामका दर्ुइवटा उपन्यास र्सार्वजनिक गरेकी नीलम अहिले आफैँ ती उपन्यासको नाम लिनै चाहन्नन् ।

नेपाली उपन्यास र प्रयोग

नेपाली भाषामा उपन्यासको सुरुवात तिलस्मी, आद्रुकताबाट सुरु भएको छ । गिरिशबल्लभको “वीर चरित्”का बारेमा समालोचक कृष्णचन्द्रसिंह प्रधानले भनेका छन् “तिलस्मी भएर पनि यथार्थ, काल्पनिक भएर पनि सत्य, चामत्कारिक भएर पनि वास्तवबोधी, रहस्यमय र पहेलीजस्ता अनौठो घटनाहरूले भरिएर पनि परिस्थितिसापेक्ष छ ।” वास्तवमा तिलस्मी कथानक शैली अपनाउनु त्यसबेलाको बाध्यता पनि हो । त्यस यता नेपाली उपन्यासमा विभिन्न प्रयोग भएका छन् । वि.सं. १९९१ मा प्रकाशित रुद्रराज पाण्डेको उपन्यास “रूपमती”बाट सुरु गरेको आदर्शोन्मुख यथार्थवादलाई पछ्याएर विष्णुचरण श्रेष्ठको “सुमति”, भवानी भिक्षुको “आगत” -२०३२), ध.च. गोतामेको “घामका पाइला” -२०३५) आदि देखा परे । रूपनारायण सिंहले वि. सं. १९९३ “भ्रमर” बाट भित्र्याएको स्वच्छन्दतावादी धारामा अच्छा र्राई रसिकको “लगन” र “दोभान” -२००५), शिवकुमार र्राईको “डाक बंगला” -२०१४), तुलसीराम कुँवरको “जीवन” -२०२०) लगायतका उपन्यास प्रकाशित भए । त्यसैगरी वि.सं. २००४ सालमा लैनसिंह वाङ्देलको “मुलुक बाहिर”बाट सुरु भएको सामाजिक यथार्थवादी धारामा उनकै माइतघर -२००५), “लंगडाको साथी” -२००८), भुवनेश्वर कोइरालाको “वैकुण्ठको महल” -२०१३), लीलबहादुर क्षेत्रीको “बर्साईं” -२०१४), लीलध्वज थापाको “मन” आदि रहेका छन् । वि.सं. २०११ सालमा प्रकाशित हृदयचन्द्रसिंह प्रधानको “स्वास्नी मान्छे” ले भित्र्याएको प्रगतिवादी धारामा “मञ्जरी” -२०१६) दौलतविक्रम विष्ट, “खैरिनीघाट” -२०१८) शंकर कोइराला, “आशा माया” -२०२५) डी.पी. अधिकारी, “महत्ताहीन” -२०२५) पारिजात, “चेतनाको पहिलो डाक” -२०२७) खगेन्द्र संग्रौला, “अविरल बग्छ इन्द्रावती” -२०४०) रमेश विकल आदिलाई प्रभावशाली मानिन्छ । पछिल्लो चरणमा खगेन्द्र संग्रौला, आहुति, नारायण ढकाल, प्रदीप नेपाल आदिले यस धारालाई निरन्तरता दिँदै आएका छन् । समकालीन उपन्यासकार कृष्ण धरावासीकै शब्द सापटी लिने हो भने “आकाश गंगाको तिरैतिर” जस्तो द्वन्द्वमाथि लेखिएको अर्को प्रभावशाली उपन्यास छैन । गोविन्दबहादुर मल्ल गोठालेले “पल्लो घरको झ्याल” -२०१६) मार्फ भित्र्याएको मनोविश्लेषणवादी धारामा विजय मल्लको “अनुराधा” -२०१८), धुस्वाँ सायमीको “गंकी” -२०२१), विश्वेश्वरप्रसाद कोइरालाको “तीन घुम्ती” -२०२५), तारिणीप्रसाद कोइरालाको “र्सपदंश” -२०२६), भवानी भिक्षुको “पाइप नं. २” प्रभावशाली मानिन्छन् । नेपाली उपन्यासमा सबैभन्दा बढी झाँगिएको प्रयोगवादी धारा हो । इन्द्रबहादुर र्राईको “आज रमिता छ” -२०२१) देखि सुरु भएको यो धारामा पारिजातको “शिरीषको फूल” -२०२२), दौलतविक्रम विष्टको “चपाइएका अनुहार” -२०३०), धु्रवचन्द्र गौतमका “डापी” -२०३३), “अलिखित” -२०४०) “अग्निदत्त±अग्निदत्त” -२०५४), पिटर जे कार्थकको “प्रत्येक ठाउँ प्रत्येक मान्छे” -२०३४), शिव अधिकारीका “विदिशा” -२०४३), “चेष्टा” -२०४५), “आखेट” -२०५२), सरुभक्तका “एक अभिनवको यात्रा” -२०४४), पागलबस्ती -२०४८), तरुनी खेती -२०५४), मदनमणि दीक्षितको “भूमिसुक्त”, “माधवी” आदि पर्दछन् । पछिल्लो चरणमा कृष्ण धरावासीले लीलालेखनमार्फ प्रयोगवादी धारालाई मलजल गरिरहेका छन् ।

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.