~चेतनारायण लामिछाने ‘जिज्ञासु’~
१. नेपाली साहित्य र कलामा २०६३ को राजनैतिक परिवर्तन र राजकीय नियन्त्रणबाट मुक्त भएको समाजको प्रभाव छ । कतिपय लेखनमा ती अभिव्यक्ति सोझैभेटिन्छन् । परिवर्तनलाई सोझैव्यक्त गरिरहनु नपर्ने र सृ्क्ष्म रचना गर्नुपर्छ भन्ने कतिपय लेखकहरूका रचनामा पनि त्यो मुक्तिको प्रभाव सांगठनिक परिवर्तन,विषयवस्तुका चुनौति अनि पाठकहरूका मागबाट व्यक्त भइरहेको भेटिन्छ ।
२. अहिलेको नेपाली साहित्यको मूल शक्ति पाठक हो । लेखकका परम्परागत विचारका व्दन्द, मैले यस्तो मात्र लेखेको हुँत्यस्तो कहाँलेखेको हुँर भनेर आफूलाई जोगाउँन निजी ट्रेन्च बनाइ हिड्ने लेखकहरूले विस्तारै यथार्थ स्वीकार गर्न थालेको अवस्था हो ।
३. अहिले अध्ययनको व्यापकता बढेको छ । संसारमा चलेका विचार र साहित्य अनि सिध्दान्त सोझै पढिन्छन् । विषयहरूअन्तर्पाठी वा “इन्टरडिसिप्लिनरी”भएका छन् । नेपाली साहित्यमा त्यसको सोझैप्रभाव परेको देखिन्छ ।
४. नेपालको सिर्जनात्मक सँस्कृतिका परम्परागत रूप र लक्षणाहरूको परिवर्तनशील र आन्दोलित समयका गतिशीलतासँग साम्य हुँदा नेपालमा प्रस्तुति सँस्कृति वा “पर्फमेन्स कल्चर” एक महत्वपृ्र्ण शक्ति भएको छ र यसको वृत्त फराकिलो हुँदैछ ।
५. एउटा छोटो प्रस्तुतिमा साहित्यका मोड र प्रवृत्तिहरूको परिचय लेख्नु सजिलो कर्म होइन । तर प्रवृत्तिको चर्चा गर्नको निम्ति साहित्यमा देखिएका मोड र प्रवृत्तिहरूलाई ऐतिहासिक र समयले जन्माएका सामाजिक, राजनैतिक अनि साँस्कृतिक आन्दोलनहरूलाई आधार मान्न सकिन्छ । त्यही समाज र परिवेशमा बसेको र त्यस विषयमा चाख र अध्ययन भएको अनि संलग्न व्यक्तिले साहित्यमा अमुक समयमा चलेका धाराहरूको विषयमा आफना धारणा राख्ता अनेकौँआधारहरूलिन सक्छ ।
६. कुनै समयमा के के लेखिए, कस्ता साहित्यिक आन्दोलन भए, कुन किसिमका कृतिहरू लेखिए अनि सम्बन्धित विषयका अध्येता, पाठक र लेखकहरmका कस्ता धारणा रहे त्यसको आधारमा सैध्दान्तिक आधारहरू तयार गर्न सकिन्छ । मैले विस्तृत सन्दर्भ, प्रसङ्ग अनि कृतिहरूका नामहरूलिएर यो परिचय तयार गरेको छैन । अध्ययन, अनुभृ्ति, वैचारिक आधार र साहित्येतर विषयले पारेका प्रभावको आधारमा यो अध्ययन गरिएको छ ।
७. साहित्यका प्रवृत्तिको अध्ययनको आधार विधाहरूलाई मानिआएको देखिएको छ । नेपाली साहित्यमा पनि विधालाई आधार मानेर प्रवृत्तिको अध्ययन गर्ने समालोचकीय परम्मपरा छ । अहिले पनि नेपाली साहित्यका प्रवृत्तिको छलफल गर्दा विधालाई आधार मानिएको छ ।
८. नेपाली साहित्यमा साहित्यको विधागत अधययन गर्दा अब मानक—केन्द्रित भएर गर्न सकिदैन भन्ने देखिएको छ । कस्तो रचना साहित्यिक हो, कस्ता रचनाहरूआधिकारिक सङ्कलनमा राखिनु पर्छ, पढाइनु पर्छ, कसका रचनालाई स्थान दिनु पर्छ, कसतो समीक्षा मात्र समीक्षा हो भन्ने कुराका छलफल हुन्छन् मानकमा । नेपाली साहित्यमा मानकमाथि विशेष सैध्दान्तिक र समालोचकीय छलफल ब्यापक रूपमा भएका छैनन् । तर सिर्जनात्मक लेखन र वैचारिक उथलपुथलबाट मानकहरूमाथि प्रश्नचिन्ह उठेका छन् ।
९. कविताको कुरा गरौँ। नेपाली साहित्यमा अहिलेसम्म काव्येतर मानिएका विषय अव काव्यका विषय भएका छन् । कविता अमुक विषयमा मात्र लेखिनु पर्छ भन्ने मान्यता अब छैन । कविताको विषय जे पनि हुन सक्छ । अग्रज कविहरूले छानेका विषयको पुनराबृत्ति नेपाली काव्यमा हुनै पर्छ भन्ने समय अब सकिदै गएको देखिएको छ । उदात्त र अनुदात्तको भेद अनि काव्यिक भाषा र हिजोकै काव्य मात्र नेपाली काव्य हो भन्ने धारणमाथि चुनौति आएको छ ।
१०. नेपालीइतर मातृभाषा भएका नेपाली कविहरूले नेपाली काव्यमा ल्याएको परिबर्तन मानकभञ्जन पनि हो र एक बलियो काव्यिक प्रवृत्ति हो पनि हो । विभिन्न जातीय संस्कृति र काव्यिक परम्पराहरूबाट अहिलेको नेपाली काव्यमा पुनर्जागरण आइरहेको छ ।
११. नेपाली साहित्यमा अग्रज लेखकहरूको सम्मान गर्ने प्रवृत्ति सकिएको छैन । गत बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटाको र अहिले युगकवि सिध्दिचरण श्रेष्ठ,काशिबहादुर श्रेष्ठ अनि भीमनीधि तिवारीको सतबार्षिकी अनि अनेकौँबरिष्ठ कविहरूका मानसम्मान निकै उत्साहसाथ सम्पन्न हुनु त्यसका उदाहरण हुन ।
१२. नेपाली कवितामा युवा कविहरूले काव्यिक प्रयोग गरेका निकै उदाहरणहरूछन् । काव्यिक आन्दोलनहरूका नामहरूपनि अनेकौँछन् । माओबादी आन्दोलन (२०५३—२०६३) का दशकमा चलेका काव्यिक आन्दोलनहरू र तिनका सङ्कथनहरूमा त्यो समयको सोझो राजनैतिक प्रभाव परेको देखिँदैन । काव्यिक आन्दोलनका घोषणाहरूबाट थाहा हुन्छ । सामाजिक संचेतना भएका काव्यमा पनि विषयगत लेखन मात्रै भए । समग्रमा, आन्दोलनको राजनैतिक रूपले प्रभावकारी बैचारिक सङ्कथनहरूको प्रयोग भएको देखिएन ।
१३. नेपाली काव्यमा परम्परागत रूपहरूको प्रयोग अत्यधिक भयो । गजल सबैभन्दा लोकप्रिय र धेरै युबाहरूले पत्रपत्रिका, साइबर फेसबुक र गोष्ठीहरूमा प्रयोग गरिआएको ब्यापक काव्यिक रचना भएको छ । यस विधाले बहस जन्माएको छ । कति समीक्षकहरूयस लेखनलाई गंभीर कविता विधा मान्दैनन् । समर्थकहरूयसलाई एउटा ठृ्लै आन्दोलन मान्छन् । जापानी हाइकु कविता लेख्ने चलन पनि धेरै देखेको छु । तिनमध्ये अत्यन्त थोरै मात्र हाइकु कविता हुन् भन्ने देखिन्छ । नेपाली काव्यमा सहअस्तित्वको एउटा बलियो परम्परा छ । धेरैथरिका काव्यधाराहरूका समानान्तर रूपले अभ्यास भइरहेका हुन्छन् यहाँ। नयाँविषय, क्रान्तिकारी विचार र भाव व्यक्त गर्ने छन्दोवध्द कविताहरू पनि लेखिँदैछन् ।
१४. “गजलांमृत” मात्र होइन गजलेतर कविताका सङ्कलनहरूप्रकाशित हुने क्रम पनि धेरै बढेको छ। स्तरियताको प्रश्न पनि उठेको छ । कवितालाई एक बलियो र प्रभावकारी विधाको रmपमा थोरैले मात्र निर्बाह गरेको देखेको छु ।
१५. कवितालाई अप्ठेरो समय र इतिहासका सन्दर्भहरूबाट निस्केका युबाहरूले आफनो अभिव्यक्तिको माध्यम छानेको भेटिएको छ । क्यान्टोनमेन्टमा बसेका माओबादी लडाका युबायुवतीले मार्मिक, क्रान्तिकारी र वेदनामृ्लक काव्य लेखेका छन् । माओबादी मानिएका र युध्दमा मारिएका र बन्दी हुँदा यातना दिएर मारेका युवायुवतीहरूले लेखेका काव्यहरूप्रकाशित भएका छन् । तिनका काव्यमा इतिहास र पात्र, भावना र विश्वास अनि मर्म र कर्मको बलियो संयोग भेटिन्छ ।
१६. उपन्यास विधा नेपालमा अहिले निकै पढिन्छ । पत्रकार, प्राज्ञ, जनजाति संचेतना भएर लेख्ने, दलित बर्गका उपन्यासकारहरूले लेखेका उपन्यासहरूअहिले निकै चाखले पढिन्छन् । तिनले उठाएका विषयहरू समकालिन र मानवकर्मजनिन छन् । तिनमा निर्बैयक्तिक र वैयक्तिक, समकालिन र ऐतिहासिक दुबै किसिमका अनुभवहरूले विषयवस्तु छनौटमा प्रभाव पारेका छन्। प्रयोगबादी चिन्ताभन्दा औपन्यासिक कथोपकथन र कथाधार तिनमा बढी देखिन्छ । समय संचेतना तिनको मृ्ल आधार हो । नेपाली उपन्यासमा भृ्मि वा थलो अनि त्यसमाथि समयभित्र सशरीर गरिने यात्राहरूका चित्रण भएका छन् । गाउँबाट सहरतिर गरिने सशरीर यात्रा अनि फेरि सहरबाट गाउँतिर गरिने भावनात्मक स्मृतिका यात्राका चित्रण छन् तिनमा । युध्दभृ्मिमाथिका यात्रा, कुनै जातिको इतिहास र मिथकभित्रका परिभ्रमण अनि नायकले गरेका बैचारिक र यथार्थिक यात्राहरूदेखिन्छन अहिलेका उपन्यासमा ।
१७. उपन्यास र राज्य संरचनाको सम्बन्ध छ । उपन्यास रूपरचना हो । अथवा यसले साझा र निजी अनुभवहरूलाई बृहत्तर क्यानभासमा लगेर रूपरचना गर्छ । आजको व्दन्दकालिन नेपाली समयमा उपन्यासहरूले स्वीकार गरेको चुनौति के हो अनि ती व्यक्ति र भृ्खण्ड, समय र परिवर्तन, व्यक्ति र तिनका निजी दशाहरूलाई कसरी उपन्यासमा रूप दिन्छन् र दिन सक्छन् भन्ने प्रश्न उठेका छन् । नेपाली उपन्यासकारका यी चुनौति हुन ।
१८. नाटक र रङ्गमञ्च अहिले नेपाली साहित्यमा निकै बलियो भएर आएको विधा हो । नेपाली नाटक र मञ्चको इतिहासमा नाटकीय पाठ र मञ्चको अत्यन्त नजिकको सम्बन्ध भएको बेला हो यो । व्दन्दकाल, मानिसको जीवनमा आइपरेका नाटकीय परिवर्तन, नाटकीय ढङ्गले पछि जाने प्रवृत्ति, राजनैतिक विरोध र समर्थन जनाउँन प्रयोग गरिने अङ्ग नाटक, प्रोसेनियम वा मञ्च नाटक, खुला सडक र कचहरी नाटकका अनेकौँरूपहरूनिस्केका छन् । क्षेत्रीय नाट्यमञ्च चेतना अहिलेको शक्तिसाली प्रयोग भएको छ । मेरा नाट्लेखन र मञ्चका अनुभवहरू छन् । लेखेको छु ।
१९. मानक भङ्ग हुँदै गएको अवस्था हो अहिले । लेखकहरू अखबारमा लेख्छन् । पत्रकारहरू साहित्यिक मर्महरू खोजेर, पात्रहरूका अवस्थाको चित्रण गर्छन् । अज्ञात, अलिखित, अवोल, विस्मृत, उपेक्षित, पीडित, शोषितहरूका कथा अखबार र दृश्यसंचारमा आइरहेको अवस्थामा हिजोको एकल काल्पनिक, अतिरञ्जक र एउटा सिध्दान्त लिएर त्यसैबाट मात्र जीवन हेर्ने साहित्यको रूपरचनामा चुनौति आएका छन् । तर पनि साहित्यिक लेखक र अखबार पाठकका सम्बन्धमा अनेकौँउतार चढाव आइरहन्छन् । म यो सबै व्दन्द र चित्रणलाई नेपाली लेखकले एउटा चुनौतिको रूपमा लिनुपर्छ भन्ने विश्वास गर्छु। अनुभव छन् ।
२०. लेखनमा निजत्वको प्रयोग बढ्न थालेको छ । यसको निकै प्रयोग र छलफल साहित्यकारहरूले लेखेका सङ्कथनहरूमा भएको देखिएको छ । त्यो एक निवन्धात्मक प्रयोग हो । संस्मरणको विधा हो त्यो । अबको लेखनमा “म” को प्रयोग अनि संस्मरण लेखनले अनुभृ्तिका बृत्तहरूफराकिलो पार्न थालेको छ । यो नेपाली साहित्यको मात्र चरित्र होइन ।
२१. नेपाली साहित्यमा समालोचना निकै चर्चामा आएको विधा हो । नेपाली समालोचनामा अनेकौँविचारले प्रभावित पारेको इतिहास छ । माक्र्सबादी र गैह्रमाक्र्सबादी विचारको बहस पुरानै हो । समले “नियमित आकस्मिकता” जस्तो सिध्दान्तमाथि छलफल गरेको र किताब निकालेको इतिहास छँदैछ । तेस्रो आयाम आन्दोलनको प्रभाव सन् साठीका दशकमा यतातिर चक्रबातजस्तै गरेर आयो । धेरै छलफल भए । “रूप—रेखा”, “रचना” जस्ता पत्रिकाका पुराना फायल हेर्ने हो भने यो कसरी यहाँछलफलमा आयो भनेर थाहा हुन्छ । पछि युबाहरूले काठमाडौँ र बाहिर पनि यसको छलफल गरेकै हुन् । अहिले पनि प्रकारान्तरले भइरहेकै छ । लीला लेखनको छलफल भएका यस आन्दोलनसम्बन्धी किताब र रचना प्रकाशित भएका छन् । समालोचनामा पश्चिमी चिन्तन, चित्रकला र सङ्गीतको प्रभावका छलफल भएकै हुन । प्राध्यापकीय समालोचना भनेर छलफल पनि भएका छन् । आधुनिकताले व्यक्ति र उसको जगतको सम्बन्ध असहज छ भन्ने मान्छ । ऊ पात्र परिचित स्थानमा पनि बिरानो भएर बस्छ, अनि उसको पर्यावरण र परिवेश छ र छैनको व्दैत सम्बन्ध मानेको छ आधुनिकताले । त्यसको प्रभाव नेपाली परिवेशमा हुँदा अनेकौँ छलफल जन्मेका हुन । लेखक आफैँले, आफ्नै लेखनमा ल्याएका र भोगेका परिवर्तन विचारजनिन थिए र छन् । एउटा मात्र शक्तिसाली उदाहरण लिन्छु । पारिजातको सकम्बरीदेखि मानुषीसम्मको महायात्रामा त्यो देख्न सकिन्छ । माक्र्सबादी विचारले व्याख्या गरेको साहित्यमा यो “मोडर्निस्ट” दृष्टिको फरक व्याख्या छ ।
२२. तर अहिले आएर नेपाली समालोचना र साहित्य चिन्तनमा उत्तरआधुनिक चिन्ता सबभन्दा बलियो देखिएको छ । उत्तरआधुनिकताका पश्चिमी सैध्दान्तिक बहसहरूकै नैरन्तर्य भएका छन् अरूतिर पनि । पश्चिमी माक्र्सबादीहरूको दृष्टि चाखलाग्दो छ । उनीहरूले उत्तरआधुनिकतालाई साहित्यमा सोझै आलोचना गरे, तर छोड्न सकेनन् अध्ययनको निम्ति। तिनले व्यापक अध्ययन गरेका छन् । नेपालमा उत्तरआधुनिकताको बहस पार्टी बहसजस्तो हुन लागेको छ । उत्तरआधुनिकतालाई अत्यन्त अग्रगामी चिन्तन भन्ने समीक्षक र यो पूँजीबादीको खेल हो, यो घोर निरासाबादी हो, नकारात्मक हो, इतिहासलाई पछिल्तिर धकेल्ने चिन्तन हो भन्ने माक्र्सबादी, माओबादी साहित्य चिन्तकका बिचमा अहिले छलफल छन् । तर सधैँझैँ आ—आफना लेखन चलेकै छन् । मलाई दुबै थरि बिचारमा केही अतिरञ्जना छन् तर तिनले सामयिक चेतनाका छलफल भने उजागर गरेका छन् भन्ने लाग्छ । विचारको छलफल “पार्टी—पार्टी”मा सीमित गर्नु हुन्न । त्यसलाई खुला छलफल गर्दै पाठकसम्म पुर्याएर स्वतन्त्र छाडिदिनु पर्छ । एकल विचार कुनै चिन्तनको पनि आधार हुन अब सक्तैन ।
२३. साहित्य समीक्षामा साहित्य सिध्दान्तहरूको प्रयोगका चरित्र झन्डै एकै प्रकारका देखिएका छन् । साहित्य सिध्दान्तहररूलाई साहित्य पाठभन्दा बढी महत्व दिने प्रबृत्ति बढ्यो भने त्यसले एउटा गंभीर प्रभाव पार्न सक्छ । सिध्दान्तको वौध्दिकतामा र पश्चिमी विचारका संरचनावर्ती र उत्तरवर्ती विचारहरूका परेड लगाएर अमूक कृतिको समीक्षा गरियो भने जीवन र साहित्य अनि सामाजिक परिवर्तन र उथलपुथलका सम्वेग र अभिव्यञ्जना साहित्यमा र त्यसको अध्ययनमा अलिक कमजोड र गौण हुँदै जान्छन भन्ने देखिएको छ । हामी बिच यस विषयका बहस भइरहेका छन् । यो बहस बाहिर पनि भएको छ।
२४. नेपाली साहित्यको व्यापकता हेर्दा अनि यसभित्र जनजाति कवि लेखकहरूले अनि नेपाली भाषी युबायुबतीले नयाँप्रयोग गरेर लेखेको देख्ता लाग्छ नेपाली भाषाको व्यापकता बढेको छ । अङ्ग्रेजी भाषाको उदाहरण लिनु पर्छ । तर यहाँएकाध समस्या छन् । नेपाली भाषा सर्वग्राह्य हुन, सबैले आ—आफना किसिमले लेख्न उही पुरानो व्याकर्ण र हिज्जे युध्दले समस्या पारेको छ । विव्दानहरूहरेक चार—पाँच बर्षमा ब्रम्हास्त्र लिएर हिज्जे युध्द लड्न निस्कदा निकै अन्योल सिर्जना भएको छ । यही बिचमा (मैले “बिच” अलग पारिसकेको छु) सिर्जनशील लेखन र व्याकर्णको सम्बन्धको विषयमा केही काम भइहाल्नु पर्ने भएको छ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)