नेपाली प्यारोडी गीत : काइँल्यामा

~थरेन्द्र बराल~

देख्या’ कुरा काइँल्यामा भनिदेऊ रसैले
जिब्रो थुती काइल्यामा लाँदैन कसैले ।

पैसालाई दशा लागे घुस्यातिर मोड्छ
घुस्याहालाई दशा लागे अख्तियारलाई ढोग्छ
सरकारलाई दशा लागे बन्दुक छाडा छोड्छ ।

विकास गर्ने काइँल्यामा सरकारले राती
उस्को सधैं काइँल्यामा दशैंको फूलपाती

कस्तो बन्छ यो देशको विकास पाक्ने भाँडो
सर्कारलाई जनताभन्दा मन्दिर भयो घाँडो
गोली छमछम नाच्तै आउने नगरकोटे डाँडो ।

सरकार नि काइँल्यामा बोतलमा हाँस्तछ
बन्दुक गोली काइँल्यामा मन्दिरमा नाच्दछ ।

– राजगढ, झापा, हाल : काठमाडौँ

(स्रोत : फित्कौली डट कम)

This entry was posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.