~चोमु शेर्पा “खुशी”~
म चाहान्छु मलाई सम्झेर ती आँखामा आँसु नझरोस्
तिमी दुखेको खबर मेरो कानले अब सुन्न नपरोस्
बिगत कहिल्यै बर्तमान हुन सक्दैन त्यसैले
त्यो सुन्दर मनले बिगत सम्झेर गुनासो नगरोस्
परिस्थिति यस्तै भयो जसका कारण भायौं टाढा
रंगिन होस् जीवन कामना छ पिडाले नभरोस्
सुनेकी छु साचो माया त्याग र समर्पण मै हुन्छ रे
हामीले समर्पण गरेको माया कहिल्यै नमरोस्
– चोमु शेर्पा “खुशी”
मैवाखोला-४ साँघु ताप्लेजुङ
हाल दमक-१, झापा नेपाल