कविता : फर्केर जानुछ घरैमा…

~इश्वर देवकोटा~

कलिलो हाम्रो यो जीवन बित्नेभो रहरै रहरमा,
गास र बास काँ होला कोहि छैन आफ्नो यो शहरमा ।।

गाँउघर छाडी हिडेको मनमा सपना बोकेर,
रमाइलो भाथ्यो पहिले त शहरको झिलमिल देखेर ।।

पहिलो बास नै पेटिमा साउने झरिमा रुझेर,
फर्केर जानुछ अब त हिजोको दुखलाइ बुझेर ।।

मागेर खानु बाध्यता पछि त रहर नै भइहाल्यो,
बेलामा बुद्धि नपुग्दा समय खेर गइहाल्यो ।।

सम्झन्छु अझै नि त्यही दिन गल्लिमा कुकुरले टोकेको,
रक्ताम्मे शरिर भैराथ्यो चोर भनि पुलिसले कुटेको ।।

मन्दिर, पाटि पौवामा बसेर रात काटियो,
साथिलाइ सत्य बोले नि धेरैलाइ सजिलै ढाटियो ।।

मागेर मात्र के पुग्थ्यो पैसाको लोभमा फसियो,
बगलि मार्दा बाटोमा मामाघर कति दिन बसियो ।।

छुटेको दिनमा रमाइयो, अर्को दिन झन धेरै कमाइयो,
चुरोट र रक्सि त सामान्य अरु नि के के जमाइयो ।।

धुवाँले फोक्सो खाएको हामीलाइ के मतलव हुन्थ्यो र
त्यही नै सुन्दर संसार थ्यो कस्को पो अर्तिले छुन्थ्यो र ।।

नाङ्गो थ्यो खुट्टा खाली थ्यो आङ,
हात थापी हिँडदा झारिन्थ्यो दाम ।।

अहिले त भन्छन गरेर खा, भनिदेउ साथि म कहाँ जाम ।।
वितेका दिन गैगयो फर्केर भेट्न आउँदैन,

बुझ्नु छ साथि तिमीले त सडकमा जिन्दगी पाइँदैन ।।
रुदै छन् बाबु र आमा त तिम्रै तस्विरमा हेरेर,

फर्केर जानुछ घरैमा गाउँघरकै साथिलाइ सम्झेर ।।
फुल जस्तै फुलेर तिमि नि संसारमा सुवास छर्नेछौ,
देशका लागी बाँचेर देशैका लागी मर्नेछौ ।।

– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा झाराङ

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.