कविता : चन्द्रकला

~जैकी मोजाहु~

मनै त हो
ट्रक रोक्कियो,
देब्रे छेउ त्रिशुली
पहाड कोत्रेर
बनाइएका २-३ संख्याका
झोपरपट्ट
खीर पस्कँदै….
अहा क्या मीठो ….
मैले खीरलाई भन्या हैन
पुक्क गुलाबी गाला
रसिलो/हँसिलो/निर्दोष/खाइलाग्दो
अदभूत मुस्कान
एक प्लेट ?……..
थाहा छैन/कसरी जुधे नयनहरू
भो…..,
थप्ने कि….?
भो पर्दैन- ….. बरु कति नि-
१० रूपैयाँ ।
तिम्रो नाम….?
भन्नु पर्या छैन ।
भन्दा खेरि…?
भन्नु पर्या छैन ।
मतलब ?
भनें त -भन्नु पर्या छैन
किन नि ?
तिम्ट्रक डाइबरहरूको के भरोसा
झूठा/निष्ठुरी/फटाहा/धोकेबाज
त्यसो नभन ।
माया लाउँछौ ?
…. अझै थप्ने कि ?
माया लाउँछौ भने ।
फेरि जुध्छन् आँखाहरू
…भो भो यस्तै ठीक्क छ ।
नैपथ्यबाट आवाज….चन्द्रकला !!!
जान्छे ।
बाई ! म फेरि आउँछु ।
ट्रक गुड्छ ……

————-ओ

—————–रा

———————-लो

—————————-तिर

….चन्द्रकला !!!
….चन्द्रकला !!!
….चन्द्रकला !!!
….चन्द्रकला !!!
ट्रकले भित्ता ठोक्छ ।

——ग

———-ल्

————–र्या

——————ङ

———————गुर्

————————–लु

——————————-ङ
————————————….

त्रिशुलीको बगरमा घाइते ट्रक डाइबर….
क्रन्दन/छटपटाइ/उकुसमुकुस/उत्तेजना
……..चन्द्रकला !!!
……..चन्द्रकला !!!
……..चन्द्रकला !!!
मलमपट्टी गर्दैछिन् चन्द्रकला ।

————-
३० नबम्भर, २००५
शारजाह, युएइ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.