~धनहाङ्ग सुब्बा~
एक साँझ रोल कल परेडमा सार्जन्ट मेजरले अब हामीहरु चाँडै यो क्याम्प छोडेर सिंगापुर रियर हेड क्वार्टरमा जाँदै छौ, फर्कदै छौ । अहिले देखि नै तयार तयार हुँदै गर्नु भन्ने हुकुम सुनायो । तर यस भन्दा अघि नै बि.बि.सी. ले आकाशबाणीबाट र सबै भाषाका पत्रपत्रिकाहरुले मलायाले मरदेका (स्वतन्त्र) पायो, कम्यूनिष्ट आतंककारीहरुले आत्मा समपर्ण गरे, देशका संकटकाल र रातको कर्फयू फिर्ता लिएको, निषेधित र काला सीमाहरु स्थानहरु सबै खुला भएको घोषणा प्रचास प्रसार भई सकेका थिए । मलायाका विभिन्न प्रान्तहरुमा तैनाथ रहेका जम्मै स्वदेशी र विदेशी फौजहरु ओपरेसन एरियाबाट आफना आफना रियर हेड क्वार्टरमा फर्कन थाले । व्रिटिस अधिनस्थ फौजहरु हङकङ, सिंगापुर, ब्रुनाई र बेलायत तिर लैजाने योजना बन्न थाले । यस बेला हाम्रो बटालियनका कम्पनीहरु जोहर प्रान्तका अन्यत्र रबर वगानहरुमा छरिएर बसेका थिए । हाम्रो वटालियनको टेकनिकल हेड क्वार्टर जहाँ म काम गर्थे त्यो कुलाई बेसार रबर वगान भित्र थियो । क्याम्प वरिपरी रबरका ठूला–ठूला रुखहरु थिए । यसै बीचमा एउटा ठूलो पूरानो वंगला रबर बगान म्यानेजरको थियो । यही एक पछि सानो अफिस र एक पछि अफिसर्स मेस थियो ।
यसका वरिपरि तम्बुहरु टाँगिएका थिए । हामीहरु यँही तम्बु भित्र बस्थ्यौ । बंगला र तम्बुहरु परतिर एउटा पादङ (खेल मैदान) थियो जहाँ स्थानीय गाउले बजारे र हामीहरु फूटबल खेल्थ्यौ । कहिले कही सिभिल र मिलिटेरी माझ रमाइलो फूटबल म्याच हुन्थ्यो । दर्शकहरुका ठूलो भीड लाथ्यो । पादङ (खेल मैदान) का पारि पट्टि रबर वगानमा काम गर्ने श्रमिकहरुका निम्ति काठका धूराहरु थिए । जहाँ मले र इन्डियन श्रमिकहरु जो रबर वगानमा काम गर्थे, उनीहरु बस्थे ।
शनै शनै दिनहरु वित्दै गए । अघि रोल कल परेडमा सार्जन्ट मेजर गुरुजीले सुनाएको हुकुमको क्याम्प छोड्ने मिति तोकियो । विदावरी कार्यक्रमहरु शुरु हुन लागे । कुलाई जिल्ला छोड्न अघि त्यहाका वासिन्दाहरुका सम्मानमा एउटा विदाइ सलामी परेड हुने भयो । यसमा सेनाई रबर स्टेटमा तैनाथ हाम्रो “सी” कम्पनीले भाग लिने भयो । जसको अगुवाई मेजर जोनले गरेका थिए । विदाई सम्मान परेडमा सहभागी हुने जवानहरुको यूनिफर्म सिंगापुरबाट धुलाई गरेर ल्याइयो । कुुलाई बजारको सानो चौरंगी बाटामा विदाई परेड भयो । जसको सम्मान अपर्ण सलामी जिल्लापालले लिएका थिए । १०।१२ वर्ष अघि देखि तैनाथ गरेका गोरखालीहरु हरेक प्रान्तहरुबाट हट्दैछन् । तर त्यो देशले आज मरदेका (स्वतन्त्र) पायो, संकटकाल फिर्ता भए पछि सेनाको के आवश्यक्ता ? विदेशी सेनाहरु हट्नै पर्ने स्थिती आयो ।
तम्बुहरु उखालिदै छन् । जम्मा गरेर गाडीमा लादिदै छन् । यस बाहेक अन्य सामानहरुमा हातहतियार, लुगा फाटा, खाद्यसामाग्री र भाडा कुँडा सबै लाद्दै छन् । हेर्दा हेर्दै तम्बुहरु उखालिए पछि क्याम्प कति उजाड देखिदै छ । छोडी गएको बस्ती जस्तै उजाड र शिशिरमा पात झरेको नांगो रुख झै ।
स्थानीय मानिसहरु सित कति घनिष्ठ माया मोह जोडी सकेका थियौ । तर यो देश यो ठाउँ छोड्नै पर्ने बाध्यता । मेरा कतिपय मले, चिनियाँ र इन्डियन प्रहरी तथा गाउँ बजारका साथीहरु, चिन्हारुहरु सित विदा लिन थाले । बजारमा एउटा सानो चिसो पेय पसलका दुई दिदी बहिनीहरु विवि लिम र लिलि लिम थिइन । जहाँ म र मेरो साथीहरु चियाको समयमा चिसो पेय पिउन जान्थ्यौ । बरफको डल्ला बनाई त्यसमा फलको रस चुहाएर–डुवाएर पिउन दिन्थी कि शिशिका अन्य पेय पदार्थहरु । कति वर्ष देखि हामीहरु यहाँ चिसो पेय पिउदै आएका थियौ । खुशीले खुल्ला बातचीत गथ्र्यौ । यसरी यो दूर देशमा मनका व्यथाहरु भुल्थ्यौ । आप्mना देश घर र आफन्तहरुका सम्झनाहरु र वेदनाहरुलाई ख्याल ठट्टाहरुले ढाकी दिन्थ्यौ, महलम पट्टी बाँधी दिन्थ्यौ । यी साथीहरु जसले दूर देशमा माया र सहानुभूतिहरु दिन्थे आज छुटिन पर्दैछ । टाढा टाढा अलगिनु पर्दैछ । मनमा कता एउटा नमिठो सुइरोले रोप्दै छ । जानै पर्छ, छोड्नै पर्छ तर सम्झना र कल्पनाले छोड्दैन सँधै सँधै नजिकी रहन्छ । विदाईको दिन लिलि लिम, विवि लिम उनीहरुका साथीहरु सजु चेङ, शहीदा, एमबून, जहदा, जेन, जेनेट, सावित्री, शान्ति, उमा बाहेक मेरा प्रहरी र पत्र मित्रहरु पनि आएका थिए ।
विदाईको घडी सबैका मुखबाट “सलामत जलान” (शुभयात्रा), “जङगान लुपा” (न भूले), “झुम्पा लैन कली”(फेरी भेटौला) यी शब्दहरु सक्ने । प्रति उत्तरमा मैले भने –“सलामत टिङगाल”(बस है) । लिलि लिम भनी रहेकी थिईः
“गुनोङ बोले जातो
सङगाई बोले केरेङ
आवा पुन बोले लुपा समा साया
तापि साया ताबोले लुपा समा आवाक”
(भावार्थः
पहाड पल्टेर जाला
नदी सुकेर जाला
तिमीले भूल्न सक्छौ मलाई
तर म कहिल्यै भूल्न सक्तिन तिमीलाई ।)
भोलिपल्ट हामीहरुले कुलाई रबर वगान भित्रको क्याम्प छोड्यौ । सिङ्गापुर तिर लाग्यौ । थ्री टन गाडीमा चढेर त्यहाँबाट हाम्रो छोडेको क्याम्प पादङ (मैदान) श्रमिकहरुका धुरा हे¥यौ । बाटामा देख्यौ रबर वगान, भूइँ कटहर वगान, आयल पाम (सावुन बनाउने तेल) वगान, मलाया काम्पोङ (मलाया गावँ) र ससाना आतापले छाएका ससाना घरहरु । अब त जीवनमा मलाया देशका यी दृश्यहरु गायरै देख्न पाइएला । गाडीले जोहोर कज वे (पुल) ल्याई पु¥यायो । यो सिंगापुर र मलाया छुटिने पुल हो । सिंगापुर आएर केही महिना बसे पछि हामीहरु हङकङ लाग्यौ सदाका लागि फेरी फेरी सिंगापुर र मलायामा न फकर्ने गरी । वर्षौ विते । अहिले ती दिनहरुका सम्झना मात्र म सित छ । सम्झनाहरु एकेक समुन्द्रका छालहरु झैं मन भित्र उर्लिएर आउछन् फेरी क्षण भर छालहरु समुन्द्रका कै पानी सित मिसिन्छन् । त्यसरी नै मलायाका रबर वगान भित्रका क्याम्प जहाँ हामीहरु बसेका थियौ । क्याम्पका वरिपरी ठाडो उभिएका नरिबल सुपारी र फलफूलका रुखहरु, पादङ (खेल मैदान) र सानो बजारको तयो चिसो पेय बेच्ने पसल्नी लिलि लिमको सम्झना आँखा भरि भरि आउछ ।
-धनहाङ्ग सुब्बा, डाँडा गाउँ, धनकुटा ।