~मोहन दुवाल~
माटोलाई मनमा भिजाउँदै
तलतल र्सर्दै जाने स्वभावले
जराहरू कसैले नदेख्ने गरी
आफूलाई मिलाउँदै गर्छन्-
माटो सँगसँगै उनीभित्रका मनहरू ।
पानीका बुँदहरूको सहारा खोज्दै
पानीसँगै घुलमिल गर्ने यिनको बानीले
जराहरू पानीलाई आफू नदेखाउने गरी
हर्ुकाउन सिक्दै गर्छन्-
पानी सँगसँगै उनीभित्रका र्स्पर्शहरू ।
रूख, बुट्यान र फूलहरूको भावना चुम्दै
आफूलाई आफ्नैपनमा ढाल्दै जाने अभ्यासले
जराहरू कसैको कुरामा भर नगरी
आफूलाई आफ्नै जीवनक्रममा ढाल्न सिपालु छन्-
प्रकृतिर्-गर्भका सिर्जनारूपी जराहरू ।
जाडो र गर्मी पनि आफूलाई लुकाउँदै
शीत-ताप छल्न सक्ने सीपले
उनी तपश्वीले झैं आफूलाई सधैं लीन गरी
आफ्नो तप देखाउने गर्छन्-
यसैले त उनी देखेर छक्क पर्छन् मौसमहरू ।
जराहरू लुक्छन् माटोका गर्भमा
माटोकै र्स्पर्शमा सिर्जना फुलाउँछन् जराहरू
कस्तो आफ्नो अस्तित्वमा रम्न जानेका जराहरू
सिर्जनाका लहरहरूको मनमोहकता छामिरहेछन् उनीहरू-
म हेरिरहेछु एकटकले आज जराहरू ।
(स्रोत : मधुपर्क, चैत्र २०६३)