~मुक्तिनाथ घिमिरे ‘पथिक’~
उसले आस्थाको मन्दिर बनायो । स्वच्छ मनको पवित्र केन्द्रमा भावना र विवेकपर्ूण्ा अपेक्षित समभावले मन्दिर सिँगार्यो । प्राप्य सम्भावनाका समवेत फूलहरूबाट सम्झनालाई टपक्क टिप्यो र अजैविक आदर्शमय प्रतिरूप प्रतिमाको प्रतिष्ठापन त्यहीँ गर्यो जहाँ ऊ वाञ्छित थिई । उसले ठानेन सर्वोत्कृष्ट मानवीय अहम्लाई निकृष्ट मानवीय अहम्ले कुल्चिनेछ, थिच्नेछ, दल्नेछ, बटार्नेछ, निमोठ्नेछ र अभिशप्त कुठाराघातको बर्कोले घुम्लुङ्ग छोप्नेछ । उसलाई थाहा थियो तर्क, विवाद, नकारात्मक सोचाइ प्रेमका साधन होइनन् न त भित्र नै । ऊ आशावादी मात्र होइन निर्विकल्प, निश्चिन्त थियो । उसले मन्दिर निर्माणमा र प्रतिमा प्रतिष्ठापनको महायज्ञमा आफूलाई सामेल गराएर जीवनमार्ग चौडा गराएको छ ।
अपार आनन्दको अनुभवसँगै उसले गर्वबोध गर्यो तर गर्व व्यक्त गरेन र आवश्यक पनि ठानेन । समय बित्यो । उसका आशामा तुषारापात भएन । स्वणिर्म भविष्यको स्वर्गिक कामनालाई हार्दिक स्वागत गर्यो हृदयमा प्रवलित सम्झनामय भावनासँगै । भित्तामा झुण्डिएको महेन्द्र विद्याभूषणको ओजस्विता र सम्झनाको स्मित हाँसो समन्वित भएर एकाकार भए उसकै हृदयमा । उसले जरुरी ठानेन प्रेमले लपक्कै भिजेर पोखिनु । बस् उसले मात्र आदर्श आस्थाको मन्दिर बनायो र सम्भिmयोर्-कर्म गर तर फलको आशा नगर । एक मधुर रात्रिको प्रथम प्रहरमा नारी नाके स्वरको कम्पन कर्ण्र्ाावरमा ठोक्कियो- एक दूर स्थानबाट ।
स्वर अपेक्षित थियो तर स्वरको तार्त्पर्य अनपेक्षित मात्र होइन आकस्मिक पनि थियो । रातको सन्नाटामा निस्पट्ट कालबेलाको सूक्ष्म तर भयानक जानकारीले उसका संवेद्य इन्द्रिय लाटा भए । उसले साँच्चै महसुस गर्यो- आफ्नो भन्ने कोही नहुनु र सम्भावना पनि सम्झनाझैँ स्खलित हुनु कति कठोर छ सहनलाई । उसले मात्र सम्भिmयो- जीवन बाँच्नुको र्सार्थकता कसैले आफ्नो मान्नुमा छ । उसले सम्झनाको नाममा आँसु बगायो र श्रद्धाञ्जलि दियो आस्थाको मृत्युलाई । सुन्दछु- भूगोलपार्कको उत्तरपट्ट िचौरास्तामा बसेर बर्बराइरहने एक अज्ञात विक्षिप्त युवक त्यही प्रतिभाशाली मन्दिर निर्माता थियो ।
-तरहरा-२/८४, सुनसरी
(स्रोत : मधुपर्क, चैत्र २०६३)