समीक्षा : अनुवाद साहित्यमा महिलाको सहभागिता

~इश्वरमान रञ्जितकार~

ऐतिहासिक प्रमाणको आधारमा भन्ने हो भने नेपालीमा केही फुटकर अनुवादबाहेक पुस्तकाकारमा पहिलो अनूदित कृति हो-

कवि शक्तिबल्लभद्वारा संस्कृतमा रचित एवं उनैद्वारा नेपालीमा अनुदित नाटक हास्यकदम्ब ! यस कृतिको प्रकाशन काल हो वि.सं. १८५५ । तदनन्तर केही अनुवादकद्वारा केही रचनाहरू अनूदित भई प्रकाशित भएको पाइन्छ तर अनुवाद कार्यमा महिला सहभागिता भने तत्कालीन महारानी ललितत्रिपुरा सुन्दरीदेवी शाह -१८३२-१८८७) द्वारा वेदव्यासरचित महाभारतको अध्याय १-१३० सम्म भएको ग्रन्थ राजधर्मको अनुवाद गरेपछि थालनी हुन्छ तर यस ग्रन्थलाई ललितत्रिपुरा सुन्दरीदेवीको रचना नभइकन श्री ३ जंगबहादुरका एकजना रानीसाहेबको रचना हो भन्ने तर्क पनि बाहिर आएको पाइन्छ । उक्त अनुवादअघि गरिएको भए पनि तत्कालीन समयमा छापाखानाको सुविधा नहुँदा त्यसै थन्किरहेको ग्रन्थ धेरैपछि आएर जगदम्बा प्रकाशनद्वारा वि.सं. २०१९ मा आफ्नो प्रकाशनमालाको एक्काइसौं ग्रन्थको रूपमा प्रकाशित भई र्सार्वजनिक भयो । यसै ऐतिहासिक पर्रि्रेक्ष्यमा महिलाहरूद्वारा विभिन्न विधामा अनूदित ग्रन्थहरूको टिपोट विधागतरूपमा सङ्क्षिप्तमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

आत्मकथा तथा जीवनी साहित्य

कमला सांकृत्यायन- यिनले भारतका प्रभाकर माचवेद्वारा अङ्ग्रेजीमा लिखित राहुल सांकृत्यायन ः हिन्दी राइटर नामको ग्रन्थलाई राहुल सांकृत्यायन शर्ीष्ाकमा गरिएको अनुवाद र भारतकै हेम बरुवाद्वारा लिखत लक्ष्मीनाथ बेजबेओका ः असमीज् राइटरलाई लक्ष्मीनाथ बेजबेओका शर्ीष्ाकमा अनूदित ग्रन्थ साहित्य अकादेमी, नयाँ दिल्लीद्वारार् इ.स. १९८८ र वि.सं. २०५४ मा प्रकाशित भयो । पुनः यिनै सांकृत्यायनले भारतकै हीरालाल माहेश्वरीलिखित हिस्टोरी अफ राजस्थानी लिटिरेचरलाई राजस्थानी साहित्यको इतिहास शर्ीष्ाकमा अनुदित ग्रन्थ साहित्य अकादेमी, न्यू दिल्लीद्वारार् इ.सं. १९८७ मा प्रकाशन भयो ।

रीता उपाध्याय- यिनले ऐन प|mैंकद्वारा अङ्ग्रेजीमा लिखित डायरीलाई एन्ना प|mैंकको डायरी शर्ीष्ाकमा अनूदित ग्रन्थर् इ.सं. १९७३ मा प्रकाशित भयो तर यस ग्रन्थमा प्रकाशकको नाम उल्लेख गरिएको छैन । यिनै उपाध्याय र मीरा ठाकुरको सहसम्पादन र अनुवादमा असमीया भाषाका ७० महिला कवयित्रीहरूका ७० कविताहरू असमीया नारी कविका निर्वाचित कविता शर्ीष्ाकको सङ्ग्रह असम लेखिका संस्था, गुवाहाटीद्वारार् इ.सं. २००२ अक्टोबरमा प्रकाशित भयो ।

तारा लेप्चाः यिनले एस.पी. सेन गुप्तालिखित ग्रन्थलाई शरतचन्द्रः व्यक्ति औँ कलाकार शर्ीष्ाकमा अनूदित ग्रन्थर् इ.सं. २००१ मा प्रकाशित भयो । यसमा प्रकाशनको नाम उल्लेख गरिएको छैन ।

लक्खीदेवी सुन्दासः भारतकी बी. हृदयकुमारीलिखित बल्लत्तोलः मलयालम पोइट नामक ग्रन्थलाई बल्लत्तोल शर्ीष्ाकमा अनूदित ग्रन्थ साहित्य एकादेमी, नयाँ दिल्लीद्वारार् इ.सं. १९९५ मा प्रकाशित भयो ।

लक्ष्मीदेवी श्रेष्ठः यिनले जेनी मार्क्स नामको जीवनीको साथै ट्रान्ह दिन्ह वानलिखित न्युयेन वान ट्रवाइ शर्ीष्ाकको ग्रन्थसमेत गरी दुइटा अनूदित जीवनी प्रगति प्रकाशनद्वारा वि.सं. २०२७ र २०२९ मा प्रकाशित भएको पाइन्छ ।

इतिहास तथा संस्कृति

रीता-शिवमाया मैनालीः यी दर्ुइ महिलाले मोहन मैनालीको सह-अनुवादमा एकजना जापानी लेखक कियोको ओगुरीलिखित काठमाडौँ स्प्रिङ्ग द पिपल्स मुभमेन्ट्लाई जनता जागेको बेला शर्ीष्ाकमा गरेको अनुवाद ग्रन्थ हिमाल किताबबाट वि.सं. २०६० मा प्रकाशित भयो ।

सावित्री श्रेष्ठ- यिनले विश्वप्रसिद्ध क्रान्तिकारी चे गुएभराद्वारा लिखित एपिसोड्स अफ् द रिभोल्यूनसरी वार नामक ग्रन्थको क्रान्ति युद्धको कहाँनी शर्ीष्ाकमा गरेको अनुवाद अक्षलोक प्रकाशनद्वारा वि.सं. २०४७ मा प्रकाशित भयो ।

सुशीला मानन्धर- नरेन्द्रसिंह र राम राहुलको संयुक्त ग्रन्थ डन अफ भुटानलाई यिनीद्वारा भुटानको अरूणोदय शर्ीष्ाकमा अनूदित ग्रन्थ साहित्य गुठीद्वारा वि.सं. २०४९ मा प्रकाशित भयो ।

उपन्यास

सुश्री अञ्जना शर्माः बंगली लेखिका डा. तसलिम नसरिनद्वारा लिखित लज्जा शर्ीष्ाकको उपन्यास विष्णु सिलवाल विशालको सह-अनुवादमा सोही शर्ीष्ाकमा अनूदित ग्रन्थ जनसेवा प्रकाशनद्वारा प्रकाशित भएको छ तर पुस्तकमा प्रकाशन मिति भने उल्लेख छैन ।

कमला थापाः पेटिसिया सेनट जोन्सलिखित द टान्गलबुड सेक्रेट उपन्यासलाई रानीवनको रहस्य शर्ीष्ाकमा यिनीद्वारा अनूदित ग्रन्थ जीवनज्योति प्रकाशन दार्जीलिङबार्टर् इ.सं. १९६७ मा प्रकाशित भयो ।

ताहिरा नयरः यिनले पाकिस्तानी उपन्यासकार सिद्दिन सालिकको प्रेसरकुकुर शर्ीष्ाकको ग्रन्थलाई सोही मूल नाममै गरेको अनुवाद पुस्तक साहित्य गुठीबाट वि.सं. २०५१ मा प्रकाशित भयो । पुनः यिनले मोर्डन शर्ट स्टोरिज अफ पाकिस्तान शर्ीष्ाकको सङ्ग्रहलाई पाकिस्तानी आधुनिक कथाहरू नाम दिई अनुवाद गरेको पुस्तक साहित्य गुठीबाट नै वि.सं. २०५४ मा प्रकाशित भयो ।

नूतन सिंहः जर्मन उपन्यासकार योहान वल्फगाङ्ग फन गोय्थेको डियरमान फन फुन्फुचिस वारेन नामक उपन्यासलाई मूल जर्मन भाषाबाट अधबैँसे मानिस शर्ीष्ाकमा यिनीद्वारा अनूदित ग्रन्थ गोय्थे सेन्टर, काठमाडौँबाट वि.सं. २०५६ मा प्रकाशित भयो ।

विन्ध्या सुब्बाः यिनीद्वारा हिन्दी उपन्याकार जैनेन्द्रको त्यागपत्रलाई मूल शर्ीष्ाक त्यागपत्र नै राखेर अनूदित ग्रन्थ प्रकाशित भएको पाइन्छ तर उक्त पुस्तकको प्रकाशन र प्रकाशन मिति उल्लेख छैन ।

डा. शान्ति थापाः असमीया उपन्याकार अतुलानन्द गोस्वामीलिखित नामघरिया शर्ीष्ाकको उपन्यासलाई नामघरे शर्ीष्ाकमा यिनीद्वारा अनूदित ग्रन्थ नेपाली साहित्य प्रकाशन समितिद्वारार् इ.सं. १९७९ मा प्रकाशित भयो । पुनः यिनै थापाले अर्का असमीया उपन्यासकार होमेन बरगोहाइँद्वारा लिखित अस्तराग शर्ीष्ाकको उपन्यासलाई सोही मूलकै शर्ीष्ाकमा गरेको अनुवाद शाल्रि्राम प्रकाशनद्वारार् इ.सं. २००२ मा प्रकाशित भयो ।

श्रीमती सरयू र्राईः बेलायती महिला उपन्यासकार सार्लोट ब्रन्टीलिखित जेन एयर शर्ीष्ाकको उपन्यासलाई मूलकै शर्ीष्ाकमा यिनीद्वारा अनूदित ग्रन्थ पेन नेपालद्वारा वि.सं. २०५० मा प्रकाशित भयो ।

सरिता रिजालः यिनले जि.वि. अधिकारीसँगको सहअनुवादमा जे.के. रोलिङ्ग लिखित नामक अङ्ग्रेजी उपन्यासको हृयारी पोटर रहस्यमयी तहखाना शर्ीष्ाकमा अनूदित ग्रन्थ भकारी प्रकाशनद्वारा २०६३ मा प्रकाशित भयो ।

सावित्री सिलवालः बंगाली उपन्यासकार शरच्चन्द्र चट्टोपाध्यायलिखित देवदास शर्ीष्ाकको उपन्यासलाई सोही मूल शर्ीष्ाकमा अनूदित ग्रन्थ रायल नेपाल एकेडेमीद्वारा २०२२ मा प्रकाशित भयो ।

सुजता सिलवालः यिनले विष्णु सिलवालको सह-अनुवादमा रुसी लेखक म्लादिमिर नोवाकोवको लोलिता शर्ीष्ाकको उपन्यास सोही नाममै गरेको अनुवाद ग्रन्थ जनसेवा प्रकाशनद्वारा प्रकाशित भएको छ तर ग्रन्थमा प्रकाशन मिति भने उद्धृत गरिएको छैन ।

स्वस्तिका क्षेत्रीः यिनले शरच्चन्द्र चट्टोपाध्यायलिखित सती शर्ीष्ाक उपन्यासलाई मूल शर्ीष्ाकमा गरेको अनुवादर् इ.सं. १९९९ मा प्रकाशित भयो ।

कथा/कहानी

कृष्णकुमारीदेवी- पण्डितवर विष्णु शर्मा रचित संस्कृत ग्रन्थ पञ्चतन्त्रका केही कथाहरूको सँगालोलाई पञ्चतन्त्र शर्ीष्ाकमा अनूदित ग्रन्थ बाबु माधवप्रसाद शर्मा वाराणसीद्वारार् इ.सं. १९९६ मा प्रकाशित भयो ।

निलिमा घोषः प्रसिद्ध बंगाली साहित्यकार बङ्किमचन्द्र चट्टोपाध्यायका मूल बङ्गलाबाट अनूदित पाँचवटा कथाको सँगालोलाई बङ्किमचन्द्रका कथाहरू शर्ीष्ाकको ग्रन्थ प्रेसिडेन्सी लाइब्रेरी कलकत्ताबाट बेमितिमा छापियो ।

प्रकाश प्रधाना·र्ः इश्वरमान रञ्जितकार तथा डा. जनकलाल वैद्यको सह-अनुवादमा स्वयंले पनि अनुवाद गरेका नेपालभाषाको आफ्नै १४ वटा कथाहरूको सँगालो अपवाद शर्ीष्ाकको ग्रन्थ युगेश प्रधानाङ्गद्वारा वि.सं. २०६३ मा प्रकाशित भयो ।

भुवन ढु·ाना- पाकिस्तानका यास्मीन हमीद र असीफ अस्लाम फारुखोद्वारा सम्पादित १७ जना पाकिस्तानी महिलाहरूका कथा सो द्याट् यु क्यान नो मी नामक अङ्ग्रेजी कथासङ्ग्रहको तिमी मलाई चिन्ने छौ शर्ीष्ाकमा यिनीद्वारा अनूदित ग्रन्थ साहित्य गुठीबाट २०५६ मा प्रकाशित भयो ।

यसरी नै यिनले ऊर्दु लेखिका तेहरानी दर्ुरानीको ब्लासफेमी नामक अङ्ग्रेजी कथासङ्ग्रहलाईर् इश्वरनिन्दा शर्ीष्ाकमा अनूदित ग्रन्थ पनि साहित्य गुठीबाट २०५९ मा प्रकाशित भयो ।

भुवनेश्वरी सत्यालः यिनले विष्णु शर्माद्वारा रचित संस्कृत साहित्यको पञ्चतन्त्रका केही कथाहरूको पञ्चतन्त्रका रमाइला कथाहरू शर्ीष्ाकमा गरेको अनूदित कथासङ्ग्रह वनिता प्रकाशन, विराटनगर तथा बाल अध्ययन तथा विकास केन्द्रको संयुक्त प्रकाशनमा २०६२ मा प्रकाशित भयो । यस प्रकाशनअघि यिनले बालसाहित्यअर्न्तर्गत क्रिस्टिन मोक्तानद्वारा रचित ग्याल्पोज् जर्नी नामक रचनालाई ग्याल्पोको यात्रा शर्ीष्ाकमा अनुवाद गरेको पुस्तक सनबर्ड पब्लिसिंग हाउसद्वारार् इ.संं. १९९८ मा प्रकाशित भयो । यसरी नै बारबरा एम. जूसद्वारा लिखित आमा, डु यु लव मी – कथा पुस्तकको अनुवाद आमा मलाई माया गर्नुहुन्छ – लुसिया द ब्राइसद्वारा प्रकाशित भयो । यसपछि फेरि अज्ञात लेखकको ग्रन्थलाई अन्धा मान्छे र हात्ती शर्ीष्ाकमा यिनीद्वारा अनूदित पुस्तक सनवर्ड पब्लिसिंग हाउसद्वारा प्रकाशित भयो । फेरि लाउरी अ हृवाइट तथा स्टेवेन एल.स्पेन्सरद्वारा संयुक्तरूपमा लिखित बालबालिकाहरूका लागि मार्गदर्शन ठानिएको पुस्तक टेक केयर विथ योरसेल्फ नामक पुस्तिका आफ्नो हेरविचार आफैंले गर शर्ीष्ाकमा यिनीद्वारा अनूदित ग्रन्थ सेन्टर फर चाइल्ड स्टडिज एन्ड डेभलप्मेन्टद्वारा प्रकाशित भयो ।

कविता/काव्य

अलकानन्द सेन गुप्ताः बंगाली साहित्य मनिषी रवीन्द्रनाथ टैगोरका ५६ वटा गीतसङ्ग्रहलाई विश्वकवि टैगोरका प्रगीत शर्ीष्ाकमा मूल बंगलाबाट यिनीद्वारा अनूदित सङ्ग्रह प्रकाशन, विराटनगरबाट २०६० मा प्रकाशित भयो । पुनः टैगोरकै तीनवटा कथालाई बाल साहित्यको रूपमा रूपान्तरित काबुलीवाला शर्ीष्ाक ग्रन्थ वनिता प्रकाशनद्वारा २०६१ मा प्रकाशित भयो ।

पुष्पलता आचार्यः रतनकुमार पाण्डेद्वारा उर्दूमा रचित शेरे गुलदस्ता नामक काव्यलाई पुष्पकलश शर्ीष्ाकमा आचार्यद्वारा अनुदित काव्यसङ्ग्रह नन्दिनी आइ ए सी, नयाँदिल्लीबाट २०६० मा प्रकाशित भयो ।

माधुरी भट्टर्राईः यिनीद्वारा अनूदित अवधिभाषी कवि तुलसीदासकृत ग्रन्थ श्री रामचरित्र मानसको भावानुवाद रामायण २०४९ मा प्रकाशित भएको पाइन्छ तर त्यस ग्रन्थमा प्रकाशकको नाम उल्लेख गरिएको छैन ।

सीतादेवी रिमालः यिनीद्वारा अनूदित वाल्मीकि रामायणको सङ्क्षिप्त रूपान्तर रिमाल बर््रदर्शद्वारा २०६२ मा प्रकाशित भयो ।

नाटक

कल्पना घिमिरेः नाट्यविधाका एकल अनुवादिका घिमिरेले प|mान्सिसी नाटककार मोलिएरचित ला फोरबेरिस द स्कापाँ नामक नाट्य कृतिलाई मूल प|mेञ्च भाषाबाट स्कापाँको दाउपेच शर्ीष्ाकमा अनूदित ग्रन्थ प|mान्सिसी सांस्कृतिक केन्द्रद्वारार् इ.सं. १९८७ मा प्रकाशित भयो । यसैगरी विश्वविख्यात अस्तित्ववादी प|mान्सेली दार्शनिक जाँ पाल र्सार्त्रद्वारा प|mेञ्च भाषामा लिखित मोर्टस् सन्स सेपरचर नाटकलाई बिनाचिहानको मृत्यु शर्ीष्ाकमा यिनको अनूदित ग्रन्थ प|mान्सिसी सांस्कृतिक केन्द्रद्वारार् इ.सं. १९९१ मा प्रकाशनमा ल्याइयो ।

बालसाहित्य

अविदित आर्या- सुष्मा शाक्य यी दर्ुइजनाले तेन्जिङ गर्ेर्छर्ेेे सहअनुवादमा लोइड अलेक्जान्दरलिखित पुस्तकलाई राजाको फोहरा शर्ीष्ाक दिइएको अनूदित ग्रन्थ बालसाहित्य पर््रवर्द्धन केन्द्रद्वारा २०५७ मा प्रकाशित भयो ।

आगाथा पाखरिन थापाः अज्ञात लेखकको पुस्तक क्वीन अफ् द बर्डको चराहरूकी रानी शर्ीष्ाकमा अनूदित यिनको ग्रन्थ रिमझिम प्रकाशनद्वारा २०४६ मा प्रकाशित भयो ।

आर्जन दीक्षित- हिमाली दीक्षितः तारो याशिमाको ग्रन्थलाई यी दुइटीले संयुक्तरूपमा कागबाबु शर्ीष्ाकको अनूदित पुस्तक बालसाहित्य पर््रवर्द्धन केन्द्रबाट प्रकाशित भयो ।

श्रीमती कल्पना प्रधानः यिनीद्वारा अनूदित मेरो सानो घोडा तथा तीनवटा विदेशी कथाको सँगालो सेती परी काली परी शर्ीष्ाकको पुस्तक रत्नपुस्तक भण्डारद्वारा वि.सं. २०४० र २०५४ मा प्रकाशित भएको पाइन्छ ।

कृपा श्रेष्ठ- मियामा र्राईः यी दर्ुइले जुन घिमिरेको सह-अनुवादमा आर्नल्ड लोबेलको पुस्तकलाई मुसाको सुरुवा शर्ीष्ाकमा अनूदित ग्रन्थ बालसाहित्य पर््रवर्द्धन केन्द्रबाट वि.सं. २०५७ मा प्रकाशित भयो ।

कृष्णकुमारीः यिनीद्वारा अनूदित भारतीय वीर बाला शर्ीष्ाकको ग्रन्थ वि.सं. २०१३ सालमा प्रकाशित भएको देखिन्छ ।

पद्मा शाहः प्रजातन्त्रको नयाँ बिहानीमा बालसाहित्यको उत्थानको लागि विश्वप्रसिद्ध एसोप्स् फेबलबाट चुनिएका ४५ वटा बालसुलभ नीति कथाहरूको सँगालो इसप किस्सा कहानी शर्ीष्ाकमा अनूदित ग्रन्थ वि.सं. २००९ प्रकाशित भएको पाइन्छ ।

प्रेरणा दीक्षित- मन्दाकिनी कार्कीः यी दर्ुइले मनेश श्रेष्ठसँगको सह-अनुवादमा आर्नोल्ड लोबलको पुस्तकलाई फट्याङ्ग्रो घुम्न जाँदा शर्ीष्ाकमा अनूदित ग्रन्थ बालसाहित्य पर््रवर्द्धनद्वारा प्रकाशित भयो ।

मालती लाकौलः जे. शर्ेपाकृत माई ग्य्राण्डमदर सेज् नामक पुस्तकलाई मेरो हजुरआमा भन्नुहुन्छ शर्ीष्ाकमा यिनीद्वारा अनूदित ग्रन्थ सनबर्ड पब्लिसिंग हाउसद्वारा प्रकाशित भयो ।

सपनाः शेल शिल्भरस्टोनको दानी रूख शर्ीष्ाकमा यिनीद्वारा अनूदित ग्रन्थर् इ.सं. १९९९ मा प्रकाशित भएको पाइन्छ भने जापानिज चिल्ड्रेन्स फेवोराइट स्टोरिजबाट चुनिएका केही अनूदित कथाहरूको सँगालो जापानी बालकथाहरूको प्रकाशन नेपाल बाल मजदुर सरोकार केन्द्रद्वारा वि.सं. २०५८ मा प्रकाशित भयो ।

सम्झना सिंहः यिनले रुसी लेखक टल्स्टायका केही बालोपयोगी कथाहरूको टाल्स्टायका बालकथाहरू शर्ीष्ाकमा अनूदित सँगालो ट्रान्स रिप्रिन्टद्वारा वि.सं. २०६१ मा प्रकाशित भयो ।

र्सूर्यकलाः बंगली बालसाहित्यकार उपेन्द्रकिशोर राय चौधरीद्वारा लिखित टुनटुनीय ब्वाई नामक ग्रन्थको मूल बंगलीबाट यिनीद्वारा अनूदित टुनटुनीको किताब शर्ीष्ाकको पुस्तक साहित्य एकेदेमी नयाँ दिल्लीबार्टर् इ.सं. २००१ मा प्रकाशित भयो ।

विविधः

केशरी बज्राचार्यः भिक्षु महानाम ‘कोविद’ द्वारा नेपाल भाषामा लिखित नुगःलाई यिनीद्वारा बुद्ध हृदयमा रूपान्तरित ग्रन्थ नगरमण्डप श्रीकर्ीर्ति विहार, कर्ीर्तिपुरद्वारा वि.सं. २०५६ मा प्रकाशित भयो ।

महालक्ष्मी श्रेष्ठः जेनी मार्क्सलिखित कार्लमार्क्ससम्बन्धी संस्मरण र पत्रहरू शर्ीष्ाकको यिनको अनूदित ग्रन्थ विवेक सिर्जनशील प्रकाशनद्वारा २०६० मा प्रकाशित भयो ।

माथि उल्लेखित टिपोटबाट के देखिन्छ भने यसै लेखमा प्रस्तुत पुस्तक प्रकाशन मिति २००९-२०६३ सम्ममा गरी आधा शताब्दीभन्दा बढीको समयावधिमा असमी, अङ्ग्रेजी, उर्दु, जर्मन, नेपालभाषा, प|mेञ्च, बांगला, संस्कृत तथा हिन्दी भाषा गरी नौवटा भाषाहरूबाट ४९ महिला अनुवादकहरूले आठवटा विधामा गरी कुल ४७ वटा ग्रन्थहरू अनुवाद गरेको तथ्याङ्क पाइन्छ । अनुवादजस्तो दुरुह एवं निरस कार्यमा पनि पुरुषहरूसरह नै महिलाहरूको पनि महìवपर्ूण्ा भूमिका रहेको पाइन्छ । आगामी दिनमा पनि माथि उल्लिखित महिलाहरूलाई अग्रणी मानेर अनुवाद कार्यमा प्रगति गर्न सकेको खण्डमा नेपालीमा अनुवाद साहित्यको भण्डार निकै भरिने कुरामा सन्देह छैन ।

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.