नैतिक कथा : सल्लाह

~अज्ञात~

एकादेशमा एक राजा थिए । उनलाई रोग लाग्यो । धेरै वैद्य-चिकित्सकलाई देखाए । तर, कसैले उनको रोग निको पार्न सकेनन् । यस्तैमा एक वैद्यले सल्लाह दिए, ‘राजालाई त्यस्तै वातावरणमा निको हुन्छ, जहाँ हरियो नै हरियो होस् । राजाले देख्ने सबै कुरा हरियो हुनुपर्छ ।’

राजाले आफ्नो आसपासका सबैकुरा हरियो बनाउन लगाए । कपडा हरियो लगाउन थाले । उनले प्रयोग गर्ने सरसामाग्री हरियो बनाइयो । कतिसम्म भने, उनले खाने खाना पनि हरियो बनाइयो ।

एक पटक त्यही बाटो भएर एक साधु हिँडिरहेका थिए । उनले राजाको दरवारमा हरियो नै हरियो देखे । आखिर उनले मन थाम्न सकेनन् । र, त्यसबारे जिज्ञासा राखे । तब, राजा बिरामी भएको उनले थाहा पाए र सो बाट मुक्त हुनका लागि हरियो रंग सर्वत्र प्रयोग गरिएको थाहा पाए ।

उनी राजाकहाँ पुगे र भन्न थाले, ‘महाराज, तपाईं कुन कुन कुरालाई हरियो रंगमा बदल्नु हुन्छ ? हरेक चिजलाई बदल्न संभव छैन ।’

राजाले सोधे, ‘त्यसो भए के गर्ने त ?’

‘हरेक चिजलाई हरियो रंगमा बदल्न संभव छैन’ साधुले सुझाए, ‘बरु राम्रो त यो हुन्छ कि, हरियो चस्मा लगाउनुहोस् । तपाईंले देख्ने सबै कुरा हरियो देखिनेछ ।’

This entry was posted in नैतिक कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.