~दिक्षा बस्नेत~
प्यारी गुराँस,
बर्षौ बित्यो, तिमीलाई थाहा नै छ! म तिम्रै बाल सखी, तिमिसंग दुख सुख बाड्दै जीवनका ३ दशक् तिम्रै सेरोफेरोमा बिताएकि तिम्री मित्र, अझ भनौ भने काँचो उमेरमा नै मेरा खुट्टालाई चाहिने जमिन छोडी म आफ्नो गृह जिल्लाबाट टाढिएकी!!.
किनकि मेरो भाग्यमा म जन्मिएको जिल्लामा जमिन छुट्याइएको थिएन, हामी सबै कर्मका दासी रहेछौ गुराँस, मलाइ तिम्रै वरीपरी फुलेर तिमि संगै मुस्कुराउन कर्मले दिएन, समय र परिस्थितिले डोरयाउदै अहिले तिमिबाट धेरै टाढा अमेरिकासम्म ल्याईपुराएको छ। आज यो आलेख उनै नेपाल आमाकी आस्था बनेर, ति अग्ला हिमाली चुचुरालाई सौन्दर्य छर्दै, रास्ट्रीय फुल भनेर चिनिने “गुराँस” मा समर्पित गर्न चाहन्छु।
गुराँस,
तिमीलाई यो पनि थाहा छ! आज म ढकमक्क फुलेको चेरीको बोटमुनि बसी तिमीलाई यो चिट्ठी लेख्दै छु, तिमि कती अप्ठ्यारा भिर, पाखा पहरा, अनि छहरामा फुलेर आफ्नो देशको अस्तित्व बचाउन सक्षम छौ, तिमीले आफ्नो मन्द मुस्कानका साथ् फक्रिएर ति सेताम्य देखिले हिमालाई आफ्नो सौन्दार्य पस्किरहेकी देखेर तिम्रो धर्यताको बयान कसरी गरौ म ? गुराँस, तिमीलाई पनि सुनाखरी हुन मन लाग्थ्यो होला होइन? जुन हजारौले सौन्दर्यको बयान गर्छन, तिमीलाई पनि शिरिष भएर फुल्न मन लाग्छ होला है, जसको सौन्दर्यको बयान गर्दै उपन्यास समेत लेखियो। तिमीलाई पनि त (मनि प्लान्ट) भएर करोडौ खर्चेर बनाएको अलिसान महलमा सजिन मन लाग्थ्यो होलानि! अनि तिमिलाइ पनि लाखौ युबायुबतिको प्रेमको प्रस्ताबि गुलाब बनेर सजिन मन लाग्थ्यो होला तर तिमि हजारौ वर्ष देखि गुराँस भएर अप्ठ्यारा पाखा पखेरु र भिरमा फुलेर आफ्नो अस्तित्व कायम राख्न तल्लिन भएकोमा म कुन शब्दले बयान गरु तिम्रो!
प्यारी गुराँस,
पैसा र भविष्यको चिन्ताले मानिसलाई चाहिने भन्दा बढी अनैतिक बनाउछ भनेको सुनेकी थिए। अमेरिका पुगेपछि त्यो रोग सबै नेपालीमा सर्छ जस्तो लाग्यो। त्यो रोघको घाउलाई यहा आएर नियन्त्रण गर्न मिल्दैन, किनकि काम नगरी खान पाइदैन, काम गर्यो पैसा मिल्छ। पैसा पायो मानिसको जात बढी मात्तिएर नेपाली राजनीति अमेरिकामा गर्छ। कत्तिले सेवा भावले गरेका छन् त कोहिले भने पद र खादा अनि अहमताको भारी बोक्दै अरुको ब्यग्तिगत जिबनको चरित्र हत्या गर्न समेत पछी पर्दैनन्। त्यसैले तिमि यो नसोच गुराँस सबै मानिस सु-बिचारले भरिएका हुदैनन्, बिशाल समुन्द्रको छेउमा बसेर कुलो भन्दा सानो मन भएका मान्छे यहाँ भेटिन्छन! सबै तिमि जस्तो अटल बनेर भिर, पाखामा फुल्न सक्दैनन, तर म त तिम्रो नजिक को साथि थिएन नि होइन र? तिमिले नै जिबनको यो पहाडी थुम्को सम्म उक्लिन साथ् दिएकी थियौ, म चेरी होइन सधै गुराँस भइ तिम्रै पछाडी चिनिन सकु, किनकि तीमी अप्ठ्यारामा फुल्न सक्ने भएर नै तिम्रो कठोर अस्तित्व कसैले चोर्न नसके झैँ अप्ठ्यारो पार्न खोज्नेका लागी अप्ठ्यारोमै फुलेर हास्ने साहस तिमीसंग देखेर तिमीलाई नै यो संदेश पठाउँन मन लाग्यो।
अन्त्यमा,
गुँरास , जीवनका असिम बोझ र थकाइका बेदनामय कथा धेरै छन् । जो नेपाली चेलीहरुका दर्दनाक कथाहरु पढ्छु ,चिसो आशंकाले मुटु झस्किन्छ। त्यसैले तिमीले आफ्ना चेलीहरुलाई गहकिलो छात्ती बनाइ फराकिला बाटा रोज्न सन्देश देउ है!! किनकि अब दाइजोको निहुमा नेपाली चेली जिउदै जल्नु हुदैन, बोक्शीको निहुमा मलमुत्र ख्वाइउनु हुदैन, सुत्केरी अबस्थामा बडेमाको भारीले आङ् खस्ने रोगीभइ आफ्नै श्रीमानको हेलाको पात्र बन्नु हुदैन, यी सबै कुराको निराकरण गर्न प्रयास तिमीले गर्छ्यौ भन्दै यो सन्देशका साथ् अहिले बिदा मागे है!!
उही तिम्री साथी
दिक्षा बस्नेत