~भूपेन्द्र खड्का~
जब दिन ढल्दै गयो, तिमीलाई सम्झिएँ
जब दिल जल्दै गयो, तिमीलाई सम्झिएँ
तिम्रो खुसीको कुरा सुन्दा, केहीबेर त खुसी भएँ
जब दुख बढ्दै गयो, तिमीलाई सम्झिएँ
मेरो बारेमा कुरा गर्यौ रे, धेरै बेर त जीत ठानेँ
जब हार बढ्दै गयो, तिमीलाई सम्झिएँ
रचना : भूपेन्द्र खड्का
संगीत : प्रविण बराईली
स्वर : जगदिस समाल