गीत : बिती गयो नि रात

~म. बि. बि. शाह~

छटपट गरेर नै सधैँ बिती गयो नि रात
छटपट गरेर नै सधैँ…

दिनमा पनि कहाँ म पाउँछु र चैन
तसबीर उनकै सामने आएर दिनरात
छटपट गरेर नै सधैँ….

आई गयो वसन्त; गृष्म, वर्षा पनि
आँशु बनेर नै गयो शरद्को चाँदनी
आँशु बनेर नै गयो….

हेमन्तको बतासमा गयो निराश आश
शिशिरको तरूसरी सारा शरीर छ लाश
छटपट गरेर नै सधैँ….

शब्द : म. बि. बि. शाह
सङ्गीत तथा स्वर : नातिकाजी श्रेष्ठ
एल्बम : उसैको लागि-२

(स्रोत : गीतकारको गीत/गजल एल्बम “उसैको लागि-२” बाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.