गजल : फूलको सुबासमा भेटे

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

बसन्त ऋतुको बहार तिमी,तिमिलाई फूलको सुबासमा भेटे ।
इन्द्रेणि द्वारको संघार तिमी,तिमिलाई जूनको मधुमासमा भेटे ।।

झरनाको मधुर संगीतभित्र,पहरा गुन्जने मिठो गीतभित्र ।
प्रभातकालको मल्हार तिमी,तिमीलाई बिहानी प्रकाशमा भेटे।।

कहिले शितल बादलझै लाग्छौ,कहिले चन्चल हावाभै भाग्छौ ।
प्रऋतिको अनुपम् उपहार तिमी,तिमिलाई धर्ती आकाशमा भेटे ।।

सम्झनामा रम्ने बिपना जस्तै,पन्खबिना उड्ने सपना जस्तै ।
कल्पनाको चोखो संसार तिमी,तिमिलाई मिठो आभाशमा भेटे ।।

हाल : लण्डन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.