~बुलु मुकारूङ~
नेपालमा अहिले ९२ वटा भाषाहरू बोलिने गरिन्छ भन्ने तथ्या· देखिन्छ ।
राष्ट्रिय भाषा नीति तथा सुझाव आयोगको प्रतिवेदनअनुसार किराँत र्राई जातिका विभिन्न पाछा वा थरबीचमा पनि २९ वटाभन्दा धेरै भाषाहरू बोलिने गरिएको देखिइएको छ । यस तथ्यलाई मनन गर्ने हो भने पनि नेपालमा ९२ वटाभन्दा धेरै भाषा रहेको अनुमान गर्न सकिने आधार फेला पर्दछ । यी ९२ वटा भाषा समूहभित्र गर्न्धर्व भाषालाई सूचीकृत गरिएको देखिँदैन । यद्यपि, भाषा जस्तोसुकै स्थितिमा भए पनि कुनै न कुनै अवस्थामा रहेको हुन्छ भन्ने प्रमाण गर्न्धर्व जातिले बोल्ने भाषाले प्रस्ट देखाएको छ । नेपालमा पाइने जातिहरूमध्ये गर्न्धर्व जाति पनि एक हुन् । विशेष गरेर गर्न्धर्व जाति नेपालको पश्चिमाञ्चल गन्डकी क्षेत्रमा बसोबास गरेको पाइन्छ । तथापि नेपालको पर्ूवाञ्चललगायत सुदूर-पश्चिमाञ्चलमा पनि गर्न्धर्वहरूको बसोबास रहेको देखिन्छ । गाइने वा गर्न्धर्व भन्ने बित्तिकै यी जातिलाई गायन-वादनमा पोख्तरूपमा चिन्न सकिन्छ । यो उनीहरूको सामाजिक तथा साङ्गीतिक परिचय पनि हो । पर्ूवाञ्चलको भोजपुर जिल्लाको माङदिङ गाउँमा बसोबास -हाल धनकुटा तथा धरान) गर्ने गर्न्धर्वत्रय हीरालाल गर्न्धर्व बुढाथोकी (४२), श्रीमती सीता बैकार (३६) तथा सन्जय गर्न्धर्व (५०)सँग गर्न्धर्व भाषासम्बन्धी गरिएको टिपोटअनुसार गर्न्धर्व भाषाका केही शब्दहरू यहाँ प्रस्तुत छनः
गाइने वा गर्न्धर्व भाषाको स्थिति अत्यन्त नाजुक देखिएको छ । लोप हुन लागेका यस प्रकारका अनेकन भाषा-भाषीहरू हुनसक्दछन् । ती भाषाहरूलाई समयमै उचित किसिमले संरक्षण-पर््रबर्द्धन गरिनुपर्ने देखिन्छ ।
क) जनावरसम्बन्धी शब्दावलीः-
कुकुर-झुकिल, बिरालो-तावर, हाँस-दुसैलो, बाख्रा-मेवेख्रो, कुखुरा-पखाइलो, सुँगुर-धुसर, परेवा-वैली, भैंसी-काँइटी, गाई-लाब्दु, साग-धँसुवा, मुसा-डुसीरामे, माछा-डिमसाइलो, जुम्रा-घढ्यास ।
ख) जात-जातिहरूसम्बन्धी शब्दावलीः-
र्राई-धर्के, लिम्बू-चेप्वा, बाहुन-छाउने, नेवार-कोटी, दमै-रुमी, कामी-माखे, सार्की-छेकु, क्षेत्री-तर्ेर्सर्ीी
ग) अन्य वस्तुहरूसम्बन्धी शब्दावलीः-
खाट-खटुवा, पिरा-रिपिया, दौरा-रौदियाल, चोलो-लोचिया, टोपी-बिर्को, सुरुवाल-तसियाल, बाटो-टौबो, आगो-झिल्को, पानी-रिअनी, दाउरा-लाड्का, घर-खउलो, पैसा-फर्ुर्चुल, लुगा-छिर्को, पोते-रुड्का, चुरा-रुपियाँ, एउटा-तिऔ, भाँडा-छँडुवा, लग्यो-निसायो, गयो-निसायो, बस-तिम्सी, उठ-ठुआ, दिन्छ-हिचाउछ, दिँदैन-हिचाउँदैन, छ-अछ, छैन-ठिक्तैन, रिसायो-कोजियो, खुसी भो -चिदो भो, के-हेगे, पकाउदै-ओराल्दै, जान्छ-निसाउने, लिन-निसाल्न, लामो-लमुवा, सानो-टिक्टिके, रूख-रूखैलो, पात-लोस्टा, बोक्रा-कोब्रियो, फूल-लुफियो, पुच्छर-चुफियर, प्वाँख-तुब्लियो, पिउनु-मख्याउन, टोक्नु-कराप्नु, हर्ेर्नु-जिङ्नाउनु, सुन्नु-नुस्नु, जान्नु-नाच्नु, सुत्नुु-मिच्नाखेल्नु, मार्नु-लोटाउनु, मर्नु-लोट्यो, हिँड्नु-निसाम, आउनु-निसाउनु, पल्टन्ाु-टल्पिनु, बस्न्ाु-टिउसिनु, दिनु-हिचाउनु, भन्नु-समाल्नु, र्सर्ूय-खिल्टो, तारा-तोरुवा, ढुङ्गा-लुम्टो, बालुवा-राँटो, पृथ्वी-जम्राँटो, धुवाँ-खुवाँ, बल्नु-झिल्पियो, रात-तारी, तातो-ततुवा, चिसो-सिचियो, भरि-रभियो, रातो-तारो, हरियो-रहियो, पहेँलो-हँपेलो, सेतो-तेसो, कालो-लाको ।
घ) खाद्यन्नसम्बन्धी शब्दावलीः-
भात-दुताउरो, धान-खार्सर्ााकोदो-धुलिको, मकै-कोरे, गहुँ-मगैलो, आलु-हिले, गोलभेँडा-ताराली, खोर्सर्ाा-पिरिको ।
ङ) नातासम्बन्धी शब्दावलीः-
आमा-खिमा, बाबु-खिबा, बाजे-डुखाखिबा, लोग्ने-जौडा, स्वास्नी-जौडी, छोरा-छेउको, छोरी-छेउकी, मान्छे-मनुवा, बेहुला-खेउलो, बेहुली-खेउली, बिहे-खिया, नानी केटा-टिक्टिके, नानी केटी-टिक्टिकेनी ।
च) गायन-वादनसम्बन्धी शब्दावलीः-
मादल-घतिङ्गल, सारङ्गी-घुमाउरो, गीत-चुलाट, गायक-चुलाउने
छ) शरीरका अङ्गसम्बन्धी शब्दावलीः-
आँखा-जिङ्ना, नाक-नोखुवा, मुख-खोसर, कान-कनुवा, हात-हतुवा, टाउको कौटुवा, खुट्टा-खुरिगा, दाँत-कौडा, घाँटी-गटेवल, भँुडी-स्याउटिलो, आन्द्रा-ल्वान्द्रा, मुटु-रुटियो, लिङ्ग -पु)-सुलुवा, लिङ्ग -स्त्री)-गोमा, छाती-छतिवल, छाला-लछुवा, मासु-फिर्को, रगत-खुनियो, हाड-डढाइलो, बोसो-सोबियो, ज्रि्रो-रिब्जा, घुँडा-णुघियो, स्तन-सेतिलो ।
माथि उल्लेख गरिएका गर्न्धर्व भाषाका शब्दावलीहरू नमुनाका लागि मात्र टिपोट गरेर प्रस्तुत गरिएका हुन् । गर्न्धर्व जातिले बोल्ने केही भाषा पाल्सी अर्थात् उल्टा शब्द -भाषा) जस्ता पनि देखिन्छन् । हुन त भाषाका आ-आफ्नै प्रकृति र संरचना रहन्छन् । गर्न्धर्व भाषाका पनि आफ्नै भेग र शैली रहेका देखिन्छन् । जति सङ्गीत संस्कृतिमा गर्न्धर्व जाति सबल देखिन्छ त्यति भाषाका दृष्टिले देखिँदैन । प्राप्त भएका शब्दहरू सबै गर्न्धर्व जातिका बोलीचालीमा नभएका कारण पनि लोप हुने स्थितिमा पुगेको अनुमान गर्न सकिन्छ ।
(स्रोत : मधुपर्क, चैत्र २०६३)