~चन्द्रकला नेवार~
सुनसानको बाहुपासमा आबद्ध
वातावरण –
जम्दै गएको साँझ
धिप-धिप मैनबत्ती
कालो हिउँ
फेरि पग्लन्छ।
केके अल्झिन्छ
केके डुब्छ
उही क्रम दोहोरिन्छ
विश्वास
अनुगामी बन्छ।
सुनसान पछ्यौरी
मौनताको चित्कारले
धुजाधुजा पार्छ
शब्दहीन विस्फोटले
कता हो कता पुऱ्याउँछ
थाहा नै हुँदैन।
छाती चिरेर देखाउन सक्दी हुँ
भन्ने थिएँ,
हेर, विस्फोटले कस्तो क्षति पुऱ्याउँछ!
– “चक्रव्यूह” कविता सङ्ग्रहबाट सभार
(स्रोत : रचनाकार डट कम)