~रश्मिला कवाङ ‘रश्मि’~
शरद ऋतुको आगमनसंगै
चिसो सिरेटो बहदै
मनै कठांग्रिने बिहानी
चारैतिर बेजोद हावाहुरी
हरेक हरिया रुखहरुका पातहरु हलाउदै
अनि भूईभरि पहेला पातहरुले बाटो सिङ्गरिदै
लाग्छ, यो समय रंगीन बहारको हो
नीलो आकाशभरि चंगाहरु उड्दै होलान गाउँमा
नवरात्री र घटस्थापनाको तयारी हुदै होला
तर ,म यहाँ बिरानॊ सहरमा मानवीय मेशिनजस्तै चलिरहेकी छु
झिसमिसेमै उठेर नित्यकर्म गरि उही सन्ध्यामा
लाग्छ,
विदेशमा कुनै दशैं हुन्नन्
कुनै मन्दिर हुन्नन् , कुनै पूजा हुन्नन्
तेसैले त यहाँ कुनै भगवान पनि हुन्नन्
अनि जमरा टिका नि हुन्नन्
हुन्छ त केवल, आभाष अनि अनुभूति
पिङ्गको झड्का सयचोटी मचिए पनि
दशैं, दशैं जस्तो लाग्दैन बिदेशमा
दुनियाभरि खुसियाली अनि शुभकामना आदानप्रदान हुदै गर्दा
म यता सप्ताको अन्तिम प़लहरु मनाईरहेकी हुन्छु
साथीहरु माझ पार्टी गरिरहेकी हुन्छु
अनि, बिगतका ताजा सम्झनाका ती सुन्दर पलहरु
एक एक गरि सम्झीरहेकी हुनेछु
आफ़्नॊ घरको आगन सम्झी मुस्कुराई रहेकी हुनेछु
विदेशको दशैं साचै भन्नुपर्दा सारै सुविधामुखी लाग्छ
स्वादिस्ट भोजन अनि रक्सीका फरक स्वादहरु
बिकाशका उचतम नमुनाहरु
स्वोतन्त्रताको अनुपम उदाहरण
तर पनि, विदेशमा दशैं, दशैं जस्तो लाग्दैन मलाई
मालश्रीको धून बजे नि , कर्णप्रिय लाग्दैन
सायद विदेशपन भनेको येही हो
आफ़्नॊ धरातल चाहेर नि छोड्न नसक्नु को परिणाम हो यो
संस्कार स्वोत झल्किने मन हो
र पनि,
रातॊ पहिरन, रातो टिका अनि पहेला जमरामा सझिने
दुष्प्रयास गरिरहेकी छु
नवरातको पललाई नया जागर बनाई उदाई रहेकी छु हर दिन
उषाको पहिलो भानुसंगै
हो, विदेशको दशैं येसरी नै आउने अनि जाने गर्छ हरेक साल
तर, यो सालको दशैं साचीकै अब देखि दशैं जस्तै हुनेछ
किनकी समयसंगै हिड्न जानिसके मैले
संसारमा जहाँ रहे नि रमाएर बाच्न सिकिसके अब
सायद , समयसंगै मेरो मन पनि अब बिरनॊ बनिसक्यो क्यारे
र त , बिरानॊ माटोसंगै रमाउन सिकीसके मैले
जीवनका आशाका रश्मिहरु हरेक बिहानीको भानुसंगै
उदाउन थाली सके
र उदाई रहने छु पनि …..
रश्मिला कवाङ “रश्मि”
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )