खगेन्द्र संग्रौला झन्डै ६ दशकदेखि आख्यान र गैरआख्यान दुबै विधामा निरन्तर कलम चलाइरहेका छन् । उनले नेपाली समाजमा व्याप्त विभेदको विरुद्ध आफ्नो लेखनमा प्रगतिशील स्वर भरिरहेका छन् । आख्यानको माध्यमबाट संग्रौलाले निमुखा पात्रको दुःख, पीडा र सकसलाई मात्र अनावरण गरेका छैनन्, परिवर्तनको नयाँ क्षितिज पनि देखाएका छन् । नेपाली आख्यानमा संग्रौलाको हस्ताक्षर गाढा देखिन्छ । संग्रौलाका दुई उपन्यास, पाँच कथा सङ्ग्रह, पाँच निबन्ध सङ्ग्रह र थुप्रै अनूदित कृति प्रकाशित छन् । यस अङ्कमा उनै जोदाहा आख्यानकार संग्रौलासँगको कुराकानी प्रस्तुत छ :
तपाईँले बाल्यकाल र युवाकालमा समाजमा देख्नु–भोग्नुभएका चरित्रहरूलाई आफ्नो आख्यानमा कति जीवित राख्न सकेँ भन्ने लाग्छ आफ्नो समयका कुनैकुनै चरित्र आख्यानमा आउनै सकेनन् भन्ने पनि लागेको छ कि ?
– तपाईँले बाल्यकाल र युवाकालमा मेरो मानसमा अन्तरङ्ग रूपले अङ्कित चरित्रहरूको कुरा गर्नुभएको होला । तीमध्ये ज्यादै कमलाई मैले आप्mनो आख्यानमा जीवित राख्न सकेको छु । बाल्यकालका मेरा संस्मरणहरूमा उल्लेख भएका जाने दमिनी, झिल्की लिम्बुनी र घारे सम्धिनीजस्ता चरित्रहरू आख्यानका विशिष्ट र जीवन्त पात्र हुनसक्दा हुन् तर ती केवल मेरा लघु संस्मरणहरूका सङ्क्षिप्त चर्चामा सीमित भए । लेख्न मन लागेको बेला समय र वातावरण भएन । समय र वातावरण भएको बेला मस्तिष्कका छिद्रहरू खुलेनन् वा जाँगर लागेन वा अल्छी गरेँ । सुनेका, देखेका र धेरथोर सङ्गत गरेका कतिपय वास्तविक चरित्रहरूबारे लेख्न नसेकेकोमा मलाई अहिले थकथक लागेको छ । ती हुन्— आदर्श कम्निस्ट मानिएका चरित्रहरू रत्न वान्तवा र एकदेव आले । एकताका सबै जातका कम्निस्टहरूद्वारा दानवीकरण गर्न भगीरथ प्रयास गरिएका पुष्पलाल श्रेष्ठ र अहिले उनै ढोँगी जीवहरूद्वारा देवत्वकरण गर्न प्रतिस्पर्धा गरिएका उनै पुष्पलाल श्रेष्ठ । र, जीवनको धूलीकणबाट उठेका दलित मुक्तिका योद्धा रूपलाल विश्वकर्मा । रूपलालको चरित्रमा मैले बिछट्टको विरोधाभास देखेको थिएँ । उनमा पहिले घृणाको तहमा दुई कुराप्रति अरुचि थियो । पहिलो, आपूmलाई अछूत ठान्ने तागाधारी बाहुन । दोस्रो, आपूm वञ्चित भएको पढाइ र डिग्रीधारी बुद्धिजीवी । पछि उनी आपूmलाई सर्वाधिक मन नपर्ने उनै दुई कुरामा रूपान्तरित भए । उनमा सनातनी बाहुनको जस्तो श्रेष्ठताको अहङ्कारको भूत चढ्यो । र, स्वाँगे बुद्धिजीवीको अभिनय गर्दै उनले माक्र्सवादी दर्शनमा संशोधन प्रस्ताव अघि सारे । उनको चिन्तन र चरित्रमा निहित यो लघुताभास, उच्चताभास र विरोधाभासको चित्रण बडो चाखलाग्दो हुँदो हो । तर क्षण गुम्यो र गुमेको क्षणसँगै मेरो यो रहर फगत अर्थहीन अतीत हुनपुग्यो ।
आख्यान आपैmँमा एक सांस्कृतिक कर्म हो । तपाईं कथा लेखनको मैदानमा सक्रिय हुँदा तत्कालीन समकालमा कस्ता–कस्ता कथा–प्रवृत्तिसँग तपाईंहरूको सन्दर्भ थियो ? प्रतिद्वन्द्वीसँगको सबैभन्दा चर्को लडाइँ कुन कुरामा हुन्थ्यो ?
– सङ्घर्ष कथाको भाव, भाषा र प्रयोजन तीनवटै कुरामा थियो । अकथा भन्दै कथालाई कथानकबाटै च्यूत गर्न र कथाको स्वत्व हरण गर्न खोज्ने एकथरी थिए । फ्रायडवाद भन्दै केवल भद्दा यौनको बीभत्स चित्र निर्माण गरी फ्रायडकै बदनाम गर्ने अर्काथरी थिए । अस्तिŒववाद, विसङ्गगतिवाद, शून्यवाद आदिको नाममा कथाबाट जीवनको जीवन्त, सिर्जनशील, सरस र गरिमामय पाटोलाई निषेध गर्न घुँडा धस्ने अझ अर्काथरी थिए । यी तीनवटै प्रवृत्ति आख्यानको जीवनदायी र आनन्ददायी चरित्रविरोधी थिए, जसकाविरुद्ध जति सकिन्थ्यो त्यति जुधियो ।
प्रगतिशील धारामा तपाईंको कथा लेखन सुरू हुने बेलामा तपाईंका अगाडि नेपाली साहित्यमा के कस्तो आदर्श आख्यान थियो ? कुन–कुन लेखकबाट प्रभावित हुनुहुन्थ्यो ? देशबाहिरको कथा लेखन कत्तिको प्रेरक बन्न सक्यो ?
– आमा, दिदी र भाउजुले सुनाएका भूत–प्रेत, वनझाँक्री र बोक्सीका कथा मेरो जीवनका प्रारम्भिक कथा हुन्— मलाई साँच्ची नै अत्याउने कथा । आनन्ददायी कथाको हकमा दन्त्य कथाकार बोधविक्रम अधिकारीबाट ममाथि कथाको प्रभाव सुरु भयो । त्यसपछि कथापथमा आदर्शवादी कथाकार गुरूप्रसाद मैनाली भेटिए । त्यसपछि मलाई रमेश विकलका जीवनमुखी यथार्थवादी कथाको प्रेरक र सुखद सङ्गत प्राप्त भयो । त्यसपछि मल्लबन्धुका कथा पढेँ । मेरो कथा पठन र लेखन यात्रामा त्यसपछि एकपछि अर्को गर्दै विदेशी कथाकारहरू मुन्सी प्रेमचन्द, किस्न चन्दर, तोल्सतोय, चेखोब, म्यक्सिम गोर्की, मोपासाँ, ओ हेनरी, लु स्युन आदि आए । यी कथाकारहरू मेरा लागि जीवनको आनन्दको मुहान र प्रेरणाको प्रकाश दुबै बने ।
प्रसिद्ध दक्षिण अफ्रिकाली कथाकार चिनुआ अचेबेलाई सोधिएको ‘उपन्यास किन लेख्नुहुन्न ?’ भन्ने एउटा प्रश्नमा उनले भनेका थिए, ‘मसँग उपन्यास लेखेर ऐøयासी गर्ने समय छैन, दक्षिण अफ्रिकालीले छोटा कथाकै हतियार चलाउनुपर्ने बेला छ ।’ अचेबेले कथालाई
साम्राज्यवादी प्रभुत्वको प्रतिरोध गर्ने हतियारका रूपमा लिएको देखिन्छ । नेपालका सन्दर्भमा कथा विधा सामन्तवादी संस्कृति र साम्राज्यवादी प्रभुत्वविरोधी साधन बन्न सक्ने देख्नुहुन्छ ?
– चिनुआ अचेबेले उपन्यास लेखन कर्मलाई कुन सन्दर्भमा ‘ऐøयासी’ वा विलास भनेका हुन् मलाई थाहा छैन । मलाई यो भनाइ अनौठो र असङ्गत लाग्छ । जीवनका अन्तरबाह्य नानावली जटिलताहरूको समग्र र सविस्तार चित्रण गर्ने सामथ्र्य उपन्यास विधामा मात्र छ । उपन्यास लेखनलाई ‘ऐøयासी’ कर्म ठानेर उपेक्षा गर्दा जीवनको समग्र एवं सविस्तार अभिव्यक्तिको सामथ्र्यबाट साहित्य वञ्चित हुन्छ । हो, छोटा कथा एकै बसाइमा लेख्न र पढ्न सकिन्छ । कथाका पाठकहरू अपेक्षाकृत धेरै हुन्छन् । यस अर्थमा कुनै पनि अन्तर–बाह्य प्रभुत्वको विरोध गर्न कथा छरितो हतियार हुनसक्छ । तर कथामा जीवनको जे अटाउँदैन, त्यो अटाउने उपन्यासमा मात्र हो । त्यसैले उपन्यास ‘ऐøयासी’ वा विलासको विधा किमार्थ होइन, बरु यो त अति रोचक, आवश्यक र उपयोगी विधा पो हो । मलाई लाग्छ, कुनै पनि प्रभुत्वको विरोध गर्न कथामात्र होइन, साहित्यिक अभिव्यक्तिका सबै विधाको उपयोग गर्नु जरुरी हुन्छ ।
लेखनको सबैभन्दा ऊर्जाशील समय तपाईंले चरित्र निर्माण (चित्रण) मा नै बिताउनुभएको देखिन्छ । सुरू सुरूमा आख्यानमूलक चरित्र निर्माण गर्नुभयो, कथा र उपन्यासमा । पछि गैरआख्यान (निबन्ध र अखबारी लेखन) विधामा पनि तपाईंले चरित्रमाथि नै धेरै कलम चलाउनुभयो । तपाईंको लेखन मन पराउने धेरै पाठकहरू पनि तपाईंको लेखनमा आउने चित्रणको प्रशंसा गरिरहेका हुन्छन् । चरित्र चित्रण र चरित्र निर्माणको दुनियाँमा तपाईं कसरी रमाउन पुग्नुभयो ? यसको महत्ता के हो ?
– तपाईँको प्रश्नमा दुईवटा कर्म विचारणीय छन्— ‘चरित्र चित्रण’ र ‘चरित्र निर्माण’ । झट्ट हेर्दा पर्यायवाचीजस्ता लागे पनि यी कर्मको अर्थ वा प्रयोजन फरक छ । चरित्र चित्रणको अर्थ जीवनको दृश्यमान यथार्थको हुबुहु कलात्मक प्रस्तुति हुनसक्छ । तर ‘चरित्र निर्माण’ले आख्यानकारको जीवन–आदर्शअनुरूप चरित्र निर्माण गरिने कर्मलाई इङ्गित गर्छ । यो कर्ममा ‘गाँठी कुरोचाहिँ जगत्लाई फेर्नु हो’ भन्ने माक्र्सेली दर्शनको सार बोल्छ । कथा वा उपन्यास किन रुचिकर, आनन्ददायी र स्मरणीय हुन्छन् भने तिनमा जीवनको कथा कहिन्छ । त्यो कथा जसमा जीवनका सपना र आकाङ्क्षा, सङ्घर्ष र सङ्ग्राम, उकाली र ओराली, जय र पराजयको चित्रण गरिन्छ । कथा लेखनको साधनामार्पmत् मैले चरित्र चित्रण र चरित्र निर्माणको कला सिकेँ । पछि निबन्ध र अखबारी लेखनमा मैले यो सीप वा कला प्रयोग गरेँ । यो प्रयोगको अभिप्राय यी भिन्नभिन्न विधामा आप्mनो अभिव्यक्तिलाई रुचिकर तुल्याउनु हो ।
तपाईं जुन बेलामा तनहुँ, लमजुङ र चितवनतिर बस्नुहुन्थ्यो, त्यो समयका तपाईंका कथामा लेखनको गुण र मात्रा दुवैमा तीव्रता थियो । सामाजिक यथार्थको जमिनसँग तपाईंका कथाले जरा गाडेका थिए । तर तपाईं पुनः काठमाडौं आउनुभएपछि लेखिएका कथामा अघिल्लो समयको जस्तो यथार्थको आत्मसात कम भएको भनिन्छ । पछिल्लो समयमा तपाईंले आख्यानभन्दा गैरआख्यानमा बढी समय दिनुभयो । कतिले त यसलाई लेखक नै यथार्थसँग कम भिजेको वा निम्नवर्गसँगको सङ्गत पातलिएको अर्थमा पनि लिन्छन् । तपाईं आफैले चाहिँ यसलाई कसरी आत्मसमीक्षा गर्नुभएको छ ?
– तपाईँको प्रश्नको म आपैmँ विश्वस्त हुनसक्ने उत्तर मसँग छैन । त्यसैले म यहाँ केवल काम चलाउ उत्तर दिनमात्र सक्छु । झन्डै डेढ दशक तनहुँ, लमजुङ, चितवनमा छँदा मेरो कथा लेखनको मात्रा तपाईँले भन्नुभएभैmँ तीव्र थिएन । बरु काठमाडौँ फर्केपछि पो तीव्र भयो । आयो कुरा अब गुणवत्ताको । सत्य हो, काठमाडौँ बाहिर छँदाका मेरा कथामा कथातŒव बाक्लो छ, काठमाडौँ फर्केपछिका कथामा कथातŒव किञ्चित् पातलियो र विचारतŒव बाक्लियो । यसरी कथातŒव बाक्लिनु र पातलिनुमा कथाको विषय, सन्दर्भ र प्रयोजनको पृथकताको प्रभाव होला । यसकालका मेरा कतिपय कथाको त कथानक नै विचार रहेको छ । एउटा सत्य के हो भने म शहर कम बुझ्छु । ग्रामीण जीवनबारे मेरो समझ किञ्चित सूक्ष्म र गहन हुनाको कारणले अघिल्लो चरणका मेरा कथामा यथार्थको चित्रण अपेक्षाकृत जीवन्त हुनगयो होला । यसलाई भने तपाईँले भन्नुभएभैmँ कथाकारद्वारा यथार्थको कम वा बेसी आत्मसात गर्ने क्रियासँग गाँसेर हेर्न सकिएला । अँ, आख्यानको विशिष्ट संरचनामा नअटाएका अनुभूति र अनुभवहरूलाई व्यक्त गर्न मैले निबन्धको सहारा लिएँ । अभिव्यक्तिको यो विधागत परिवर्तन यथार्थसँग काटिने कुरासँग बाह्र हात परको साइनो पनि छैन । बरु मेरो आपैmँसँगको एउटा कटु अनभुव के छ भने ठाडो भाषामा गरिने अखबारी लेखनको अम्मलले एक प्रकारले मेरो आख्यानको भाषालाई नै ध्वस्त पारिदियो । र, मेरो कथालेखनमा झन्डैजसो पूर्णविराम लाग्यो ।
तपाईंका कथा जनजीवनका आर्थिक–सामाजिक–सांस्कृतिक समस्यामा बढी केन्द्रित देखिन्छन् । प्रेम र यौन जीवनको जटिलता र व्यापकतालाई आख्यानमा अभिव्यक्त गर्नुभएको पाइन्न । यो प्रगतिशील लेखन धारामै एउटा खड्केको विषय भएको छ । प्रेम र यौन जीवनका विविधतालाई प्रगतिशील कोणबाटै पनि व्यक्त गर्न सक्नुपर्ने हो । हाम्रो कथा लेखनमा यो कतै ‘मिसिङ’ भएको पाटो जस्तो लाग्दैन ?
– मेरो विचारमा यो प्रश्नको उत्तर नेपालको कम्निस्ट चिन्तन र व्यवहारको सङ्कीर्णता, खोट वा सीमाभित्र खोजिनुपर्छ । सनातनी नेपाली कम्निस्ट चिन्तनमा हिन्दुमार्गी शुद्धता र महेन्द्रीय राष्ट्रवादी सङ्कीर्णता घोलिएको छ । त्यसैले कम्निस्ट चिन्तनबाट प्रत्यक्ष रूपले प्रभावित हाम्रो प्रगतिशील साहित्यमा यौन र प्रेमलाई प्रवेश निषेध छ । यौन र प्रेमलाई अशुद्ध, अपवित्र वा अनावश्यक विषयका रूपमा हेरिन्छ । कम्निस्ट सङ्गठनमा अनाबद्ध भए पनि लाल वामपन्थी आन्दोलनको सदस्य हुनाले मेरो चिन्तन र सिर्जनामा पनि स्वभावतः यो रुढ र सङ्कीर्ण चिन्तनको प्रभाव छ । यौन र प्रेम जीवनका अभिन्न अङ्ग हुन् । यी जीवनलाई सरस, सुन्दर र आह्लादक तुल्याउने तŒव हुन् । मैले माथि उल्लेख गरेका नेपाली कम्निस्ट चिन्तनका दुईवटा रोगबाट मुक्त नयाँ पुस्ताले कथाको यो ‘मिसिङ’ तŒवलाई यथोचित ठाउँ दिनेछ ।
आफ्नै जीवनमा पनि तपाईं प्रेममा पर्नुभए होला । समाजको अर्थ–राजनीतिक ढाँचाका कारण प्रेमलाई हामीकहाँ न सहज रूपमा लिइन्छ, न सहज रूपमा प्रेम सफल नै हुन्छ । आफ्नो प्रेम जीवनको गैरआख्यान हामीलाई बताइदिनुस् न, जुन कतै वैध ठानिए होला, कतै अवैध भनिँदै लाञ्छित गरिए होला !
– सबैको जीवनमा भैmँ मेरो जीवनमा पनि प्रेमका एकाध कथा–किस्सा नरचिएका होइनन् । तर तिनको नियति लु स्युनको एउटा गद्य कविताको शीर्षकभैmँ भयो— ती प्रभातका कोमल र निर्दोष कोपिला गोधूलिमा निर्ममतासाथ निमोठिए । कारण धन बढी हुनु र धन कम हुनुको द्वन्द्व थियो । ऊबेला नारीमा स्वतन्त्रता र आत्मनिर्णयको आकाङ्क्षा राख्ने स्वत्व र निजत्वको चेतना उतिविधि सबल थिएन । अथवा भनूँ, कमसेकम जो मेरा भावुक प्रणयकथाका परीहरू थिए तिनमा स्वत्व र निजत्वको चेतना सबल थिएन । आप्mना प्रेम–प्रकरणहरूबारे यहाँ म यतिमात्र भन्छु । उज्ज्वल प्रसाईँ मेरोबारेमा केही लेख्दैछन् । उनले छिटै नै लोकलाई मेरा यी प्रेम प्रकरणहरूको बेलिबिस्तार सुनाउलान् ।
आजभोलि बजारमा प्रेम कथा लेख्ने वा त्यसको प्रचार गर्ने ऋतु जस्तै चलिरहेको छ । यो फास्टफुड प्रेमको जमानाजस्तो छ । आजभोलिका प्रेम कथाहरू पढ्नुभएको छ ? तिनमा के खड्केको पाउनुहुन्छ ? आजभोलिका युवाहरू कस्ता प्रेमकथाहरू लेखून् भन्ने चाहनुहुन्छ ?
– पढ्न खोजेको हुँ, तर धेरैजसो पढिसकिएनन् । साधनाको स्तर र रचना–प्रक्रियाका दृष्टिले यी कथित प्रेमकथा मालअड्डाका ख्यासख्यासे तमसुकजस्तै हुन् । बिल्कुल प्रायोजित, कृत्रिम, हाटहुटे र हपपते । तसर्थ बेकारका खोस्टा । प्रकाशकको कारिन्दा भइखाने सम्पादकले पाठकीय बजारको मुड हेरेर विषय चयन गर्छ । उसले लेखकलाई ‘राम्रो पारिश्रमिक’को मीठो वचनले लोभ्याउँछ पनि । र, खरायोले बच्चा पाएभैmँ लेखक भटाभट प्रेमकथाको सृष्टि गर्छ । मेरो विचारमा यसरी अर्थपूर्ण, गहन र सुन्दर साहित्यको सिर्जना किमार्थ हुँदैन । यसरी त केवल साहित्य नाउँको ‘जङ्क फुड’ अर्थात् साहित्यको झ्यासझुसे खान्कीमात्र तयार हुन्छ । सक्कली र सारभूत साहित्यको विषय–चयन र रचना त स्रष्टाको अन्तःप्रेरणा वा आन्तरिक हुटहुटीबाट पो हुन्छ । चेखोभका शानदार प्रेमकथाहरू यस्तै प्रायोजित र कृत्रिम चेष्टा तथा द्रव्यमुखी लालसाका परिणति हुन् र ? ती त स्वस्पूmर्त अन्तःप्रेरणाका प्रतिफल पो हुन् । मलाई थाहा छ, अर्ती–उपदेशबाट गतिलो साहित्य जन्मिँदैन । तथापि तपाईँको जिज्ञासाको प्रत्युत्तरमा म यति भन्छु— युवाहरूले नेपालको समकालीन सन्दर्भमा चेखोभीय बान्कीका बिछट्टका प्रेमकथाहरू रच्न यत्नशील रहनु राम्रो हो ।
तपाईंले आफूले लेख्न चाहेका तर नसकेका प्रेम कथाहरू पनि हुँदा हुन् ! अहिले फेरि युवा वयमा फर्कने मौका पाउनुभयो भने खगेन्द्र संग्रौलाले कस्ता प्रेम कथा लेख्नुहुन्थ्यो होला ?
– यो बिल्कुल काल्पनिक गन्थन हो । समयको तरङ्गसँगै प्रवाहित भएर बुढिने र सकिने जिन्दगी न फर्किन्छ न त लेखकको सिर्जनशीलताको मिति गुज्रिएपछि उसका अलिखित प्रेमकथाहरू लेखिन्छन् । यस्तो असम्भव कल्पना म कहिल्यै गर्दिनँ ।
अहिलेको प्रकाशन बजार र त्यसबाट प्रभावित लेखकहरू यथार्थवादलाई सरापेर प्रचार बटुलिरहेका छन् । यथार्थवादी लेखनलाई खिसिटिउरी गर्नेहरूको चुरीफुरी बढिरहेको छ । तपाईं बजारको घोडा चढेर दौडिरहेको यो साहित्य दुनियाँलाई कसरी हेरिरहनुभएको छ ?
– हो, समकालीन साहित्यमा यस्तो बकबक सुनिन्छ । र, यस्ता एकाध बकबकेहरूको चुरीफुरी बढ्दो पनि छ । यो बकबक वास्तवमा साहित्यमा जीवनद्वेषी प्रवृत्तिको द्योतक हो । के सामाजिक यथार्थवादलाई निषेध गरेर साहित्यमा असामाजिक अयथार्थवादलाई बढावा दिने हो ? के यथार्थ जीवनको जीवन्त प्रतिबिम्बनबाट साहित्यलाई विमुख तुल्याउने हो ? के साहित्यको लोकोपयोगी पक्षलाई परित्याग गरी यसलाई केवल लहड र सनकमा सीमित तुल्याउने हो ? म त भन्छु, साहित्यमा यो बकबक क्षणभङ्गुर बकबास हो । मैले नेपाली साहित्यमा यस्ता अनेक क्षणभङ्गुर पानीका फोका उठेका र फुटेका देखेको छु ।
प्रत्यक्ष सहभागी भएर नेतृत्व गर्ने तहमा तपाईं राजनीतिक सङ्गठनमा (मूलतः) होमिनुभएन, तर पाँचदशकदेखि कुनै न कुनै रूपमा नेपालको कम्युनिस्ट आन्दोलन र बौद्धिक जगतको माक्र्सवादी धारामा डटेर लडिरहनुभएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक उपलब्धि र सीमालाई कसरी समीक्षा गर्नुभएको छ ?
– कम्निस्ट आन्दोलनले नेपाली राजनीति र साहित्यमा अगणित, पददलित, बहिष्कृत र वञ्चितजनको जीवनको महत्ता स्थापित गरेको छ । गणतन्त्र, सङ्घीयता र समावेशनको भूमि निर्माण गर्नमा मूलतः यही आन्दोलनको योगदान त छ । मैले माथि कतै उल्लेख गरेभैmँ हिन्दुत्वको दुराग्रही शुद्धता र महेन्द्रीय राष्ट्रवादको नश्लीय सङ्कीर्णता यस आन्दोलनका भयानक रोग वा सीमा हुन् । अहिले यी रोग र सीमाबारे हाकाहाकी आलोचनात्मक चर्चा प्रारम्भ भएको छ । यो सुखद् कुरा हो ।
खगेन्द्र संग्रौलाको टाउको पुरस्कार बाँड्ने चौकाहरूतिर लाम बसेन । खगेन्द्र संग्रौलाका खुट्टा सुविधाहरूको मञ्चतिर उक्लन सकसक गरेनन् । खगेन्द्र संग्रौला मालिकहरूका सामुन्ने कहिल्यै जम्लाहात गर्न गएन । ऊ सडकमा बसिरह्यो र सधैँ आफ्नो विवेकको हतियारले सिर्जनामार्फत् लडिरह्यो । यसरी लड्नु र लडिरहनु सजिलो त पक्कै थिएन । खास खास घटना वा कठिनाइहरूले बेलाबेला उसलाई पनि कमजोर त बनाउँदा हुन् ? त्यस्ता कुनै स्मरणीय घटना छन् ?
– थुप्रा छन् । तर तिनलाई सूत्रमा वा सङ्क्षेपमा अर्थपूर्ण ढङ्गले व्यक्त गर्न कठिन छ । जीवनलाई फर्केर हेर्दा लाग्छ, मेरो जीवनको नागबेली यात्रा तनावदेखि तनावसम्मको कथा हो । जीवनको ऊध्र्वमुखी यात्रामा सबैभन्दा कठिन कुरा निकट प्रियजन खासगरी पत्नी र सन्ततिका अपेक्षा, आँसु र गुनासाहरूप्रति निर्मम हुनु हो । एकदुई दिन होइन जीवनभरि उदात्त आदर्शको वेदीमा निरङ्कुश सत्ताको आखेट, ताडना र अपमान सहन बडो गाह्रो छ । तर प्रियजनका इच्छा–आकाङ्क्षाप्रति निर्मम हुन त्योभन्दा कता हो कता गाह्रो छ । सत्ताले सुराकी गर्दा, लखेट्दा, थुन्दा वा बेपत्ता पार्न वा मार्न खोज्दाका कष्टकर क्षणहरूमा प्रियजनहरूका आँखामा प्रकट हुने असुरक्षा वा आतङ्कको भाव सम्झँदा मेरो अन्तरमा अभैm बेचैनीको चक्रवात उठ्छ । झन्डैझन्डै भित्रभित्रै गलेर मनोबल ढल्न खोजेका क्षणहरूका सम्झनाहरू मेरो मनमा ताजै छन् । कुन्नि, यी तिक्त तर अर्थपूर्ण सम्झनाहरू कुनै दिन लिपिबद्ध होलान् कि…
हुन त तपाईं अहिले पनि कुनै टिनेजरभन्दा कम सक्रिय हुनुहुन्न । तर उमेरका कारण पनि तपाईं अहिले शान्त भएर सोच्नु हुँदो हो । आफ्नै जिन्दगीको फर्केर समीक्षा पनि गर्नुहुँदो हो । एकान्तमा वा एक्लै बस्दा आफैले आफैलाई सान्त्वना दिने गर्वलायक योगदान कुन हो ? अनि आफैले आफैसँग प्रायश्चित गर्ने घटनाहरू पनि केही छन् कि ?
– सान्त्वना शब्दमा निरीहताको भाव गुन्जिन्छ । आपैmँले आपैmँलाई के को सान्त्वना दिनु ? अनि योगदान ? गर्व गर्न लायकको मेरो त्यस्तो योगदान खै के नै छ र ? मलाई जन्म दिने, दृष्टि दिने र पखेटा लगाइदिने समाजको एक अङ्गको नाताले समाजको नियति सुधार्ने मेसोमा मैले आप्mनो जीवनका केही ऊर्जाशील क्षणहरू अर्पण गरेँ । बस्, कुरा त्यत्ति हो । मलाई आप्mनो जीवनप्रति न त उत्रो गौरवको भावना छ न खास ग्लानि नै छ । मेरो जीवन एक साधारण मानिसको साधारण जीवन हो । इतिहासले जुराइदिएको परिस्थितिको सीमाभित्र आप्mनो सामथ्र्यले भ्याएसम्म मैले केही चेष्टा गरेँ हुँला । कुरा त्यत्ति हो । हो, आपूmसँग भने मेरा अनेक गुनासा छन् । आखिर गुनासा जसका पनि त हुन्छन् । जीवन साँच्ची नै खोजेजस्तो र रोजेजस्तो हुँदैन । विरल संयोगले पाएको जीवनलाई उपलव्ध परिस्थिति, साधन र अवसरहरूका सीमाभित्र सकभर अर्थपूर्ण ढङ्गले भोग गर्ने वा उपयोग गर्ने हो । मैले त्यो गर्ने चेष्टा गरेँ । बस्, कुरा सकियो ।
तपाईं नेपाली कम्युनिस्ट आन्दोलन र यसको नेतृत्वको चर्को आलोचना गर्नुहुन्छ । जुन आन्दोलनसँग तपाईंले सबैभन्दा धेरै आशा गर्नुभएको थियो, जुन आन्दोलनलाई तपाईंले आदर्श देख्नुभएको थियो, जुन आन्दोलनको वैश्विक सन्दर्भ (माक्र्स, लेनिन, माओ) द्वारा तपाईं प्रेरित पनि हुनुहुन्थ्यो, त्यसले अपेक्षित मति नलिएका कारण नै तपाईं आलोचनामा कलम चलाइरहनुभएको हो भन्ने कुरा बुझ्न सकिन्छ । आजको नेपाली वामआन्दोलनमा आशावादी हुने ठाउँ कहाँकहाँ देख्नुहुन्छ ?
– म नेपाली कम्निस्ट आन्दोलनको निरपेक्ष आलोचक होइन । कम्निस्ट चिन्तन, आदर्श र नैतिकताका दृष्टिले आन्दोलनमा जे आलोच्य छ म केवल त्यसको आलोचक हुँ । कम्निस्ट आन्दोलनको प्रकृति र प्रवृत्ति हेर्दा आशावादी हुने ठाउँ छैन, तरुण पुस्ताले कष्टसाध्य यत्नद्वारा ठाउँ बनाउनु छ । हाल अस्तिŒवमा रहेका कम्निस्ट नामका पार्टीहरू पार्टीको नाम, झण्डा, अन्तर्राष्ट्रिय गीत र परिवर्तन एवं क्रान्तिसूचक निष्प्राण अलङ्कारहरूमा मात्र कम्निस्ट हुन् । कम्निस्ट आन्दोलन भयावह वैचारिक–नैतिक स्खलन र नग्न अवसरवादको पर्याय बनेको छ । यो सङ्कटकाल आदर्शको बीउ जोगाउने बेला हो । जीवनमा आशा अमर छ । त्यसैले घोर निराशाको याममा पनि मानिस आशाकै सहाराले बाँचिरहन्छ । म फेरि दोहो¥याउँछु— आशावादी हुने खासै ठाउँ छैन । आलोचनाशील एवं सिर्जनशील विवेक, सङ्घर्ष र उत्सर्गद्वारा आशावादी हुने ठाउँ बनाउनु छ ।
(स्रोत : कथालय – अङ्क १ – साउन–असोज, २०७४)