~राजिन पनेरू~
लक्ष्मणप्रसाद गौतमको जन्म वि.सं. २०२० साल असोज २५ गते बागलुङ जिल्लामा पिता स्व. शशिधर गौतम र माता यमुना गौतको कोखबाट भएको हो । गौतमको स्थायी बसोबास चितवन जिल्लाको भरतपुरमा भए पनि हाल उनी कीर्तिपुरमा बसोबास गर्दछन् । नेपाली विषयमा एम्.ए. तथा विद्यावारिधि (पीएच्.डी) सम्मको औपचारिक अध्ययन गरेका गौतमले नेपाली पत्रकारिता विषयमा स्नातक तथा एकवर्षे शिक्षास्नातक सम्मको अतिरिक्त अध्ययन समेत गरेको पाइन्छ । हाल ः त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँमा सहप्राध्यापक पदमा सम्प्रति रहेका गौतमलाई नेपाली भाषा, साहित्य तथा समालोचनाको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न संघ–संस्थाबाट हालसम्म निम्नि लिखित पुरस्कार तथा सम्मान प्राप्त गरिसकिएको छ ः
१. नारायणी वाङ्मय पुरस्कार (२०५२) — नारायणी वाङ्मय प्रतिष्ठान, वीरगञ्ज
२. नवकविता सम्मान (२०५७) — नवकविता त्रैमासिक, काठमाडौं
३. दोभान प्रतिभा सम्मान (२०५९) — दोभान साहित्य प्रतिष्ठान, काठमाडौं
४. प्रतिभा पुरस्कार (२०६०) — चितवन साहित्य परिषद्
५. रत्नश्रेष्ठ पुरस्कार (२०६१) — रत्नश्रेष्ठ पुरस्कार गुठी, बाग्लुङ
६. रोहिणी अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट कृति पुरस्कार (सन् २००३—०४)अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङटन डी.सी., अमेरिका
७. अभिव्यञ्जना साहित्य सम्मान (२०६४) — अभिव्यञ्जना साहित्य प्रतिष्ठान, चितवन
८. कालिका स्रष्टा सम्मान (२०६५) — कालिका एफ्.एम्., चितवन
९. चिसाप कृष्णकुमारी स्मृति पुरस्कार (२०६६) — चितवन साहित्य परिषद्, चितवन
१०. तन्नेरी विशिष्ट साहित्य सम्मान, (२०६७)— तन्नेरी द्वैमासिक पत्रिका, काठमाडौ
११. रत्नश्रेष्ठ पुरस्कार (२०६७)(दोस्रो पटक) — रत्नश्रेष्ठ पुरस्कार गुठी, बाग्लुङ
१२. नेपाल विद्याभूषण— क (२०६७) — नेपाल सरकार
१३. अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट कृति पुरस्कार (सन् २०१०—२०११) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङटन डी.सी., अमेरिका
१४. नेपाली प्रज्ञा प्रतिष्ठान सम्मान, (सन् २०११) — नेपाली प्रज्ञा प्रतिष्ठान म्यानमार÷ बर्मा
१५. रामेश्वर विद्यापीठ सम्मान, (सन् २०११) — रामेश्वर विद्यापीठ, म्यानमार÷ बर्मा्
१६. अखिल म्यान्मादेशीय गोर्खा हिन्दु धार्मिक सङ्घ सम्मान, (सन् २०११)— अखिल म्यान्मादेशीय गोर्खा हिन्दु धार्मिक सङ्घ, म्यानमार÷ बर्मा
यस्ता पुरस्कार तथा सम्मानले सम्मानित गौतमका हालसम्म निम्न लिखित पुस्तकहरु प्रकाशित भइसकेका छन् ः
१. नन्दनको काव्यिक परिवेश — समालोचना (२०५२) — चितवन वाङ्मय प्रतिष्ठान
२. चितवनको साहित्य ः सर्वेक्षण र विश्लेषण —समालोचना (२०५२)— चितवन वाङ्मय प्रतिष्ठान
३. सान्दर्भिक समालोचना — समालोचनासङ्ग्रह (२०५७) — भुँडीपुराण प्रकाशन, काठमाडौं
४. समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण — समालोचना (२०६०) — साझा प्रकाशन
५. विज्ञान शब्दकोश (सह) (२०६०) — नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
६. नोबेल पुरस्कार विजेता साहित्यकार (सह) (२०६२) — रत्न पुस्तक भण्डार, काठमाडौँ
७. नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना, (२०६६), ओरियन्टल पब्लिकेसन, काठमाडौ
८. समकालीन नेपाली कविताका प्रवृत्ति (समालोचना, (२०६६), पैरवी प्रकाशन, काठमाडौँ
९. उत्तरवर्ती नेपाली समालोचना ः केही प्रतिरुप (समालोचना, (२०६८), पैरवी प्रकाशन, काठमाडौँ
१०. राजनीतिक आन्दोलन र समकालीन नेपाली कविता — (समालोचना), (२०६८),— रत्न पुस्तक भण्डार, काठमाडौँ
११. नेपाली कथाको इतिहास (सह) — (समालोचना), (२०६९) — नेपाल प्रज्ञा प्रतिष्ठान
१२. कविताको सैद्धान्तिक विमर्श (समालोचना),(२०६९) — पाठ्य सामग्री पसल, काठमाडौँ
यसका अतिरिक्त गौतमले मधूलिका, मारुनी, वागीश्वरी, मृगतृष्णा आदि विभिन्न साहित्यिक पत्रपत्रिका र स्मारिकाहरूका साथै निम्न लिखित कृतिहरुको सम्पादन गरिसकेका छन् ः
१. शब्दहरू अविराम यात्रामा संयुक्त कवितासङ्ग्रह (२०५७)
२. आख्यानपुरुष डा. धु्रवचन्द्र गौतम ः अभिनन्दन ग्रन्थ, (२०६०)
३. नेपाली यौनकथा, भाग–२ (२०६१)
४. समकालीन नेपाली द्वन्द्वकथा (२०६३)
५. अन्तर—संवाद अन्तर्वार्तासङ्ग्रह, (२०६५)
६. सनत रेग्मी ः संवादसन्दर्भ (२०६६)
७. रत्न बृहत् नेपाली समालोचना— सैद्धान्तिक खण्ड (समालोचना सङ्ग्रह, (२०६९)
८. रत्न बृहत् नेपाली समालोचना— प्रायोगिक खण्ड (समालोचना सङ्ग्रह, (२०६९)
अनुसन्धानको क्षेत्रमा समेत निपूर्ण गौतमले हालसम्म निम्नलिखित विषयहरुमा साना–ठूला अनुसन्धानहरु कुशलतापूर्वक सम्पन्न गरिसकेका छन् ः
१. चालीसको दशकका नेपाली गद्यकवितामा बिम्बविधान, लघुअनुसन्धान परियोजना, विश्वविद्यालय अनुदान आयोग २०५५ ।
२. पचासको दशकको पूर्वार्धका नेपाली कवितामा बिम्बविधान, लघुअनुसन्धान परियोजना, मानविकी तथा सामाजिक शास्त्रसङ्काय, डिनको कार्यालय, त्रिभुवन विश्वविद्यालय २०५६ ।
३. विज्ञान शब्दकोश, (सह.) विज्ञान शब्दकोशनिर्माण परियोजना, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०५९÷०६० ।
४. भवानी भिक्षुको काव्यिक परिवृत्त, नेपाल प्रज्ञा प्रतिष्ठान २०६७ ।
५. छन्दोबद्ध आधुनिक नेपाली कवितामा युगबोध, विद्वत्बृत्ति अनुसन्धान —नेपाल प्रज्ञा प्रतिष्ठान २०६७÷६८
६. कथा सिद्धान्त र नेपाली कथाको इतिहास, अनुसन्धान परियोजना—नेपाल प्रज्ञा प्रतिष्ठान २०६८
गौतमका हालसम्म माथि प्रस्तुत कृतिका अतिरिक्त सगर, नवकविता, मधूलिका, हिमाली गुराँस, नवमाधुरी, कवितामा चितवन, मिर्मिरे, तालिम दर्पण, कविता, राष्ट्रसन्देश, वागीश्वरी, बालसाहित्य, नरेन्द्र चापागाईं स्मृतिग्रन्थ समकालीन साहित्य, समष्टि, मधुपर्क, तन्नेरी, शब्दसिन्धु, शब्दयात्रा, शब्द संयोजन, अभिव्यक्ति, रचना, समकालीन नेपाली साहित्य, कान्तिपुर, अन्नपूर्ण पोष्ट, गोरखापत्र,नेपाल, गरिमा, मनोभाव आदि पत्रिकामा कथा, कविता, निबन्ध, संस्मरण, नियात्रा आदि फुटकर रचनाहरु प्रकाशित भइसकेका छन् । जसको विस्तृत विवरण यथाशक्य तल प्रस्तुत गरिएको छ :
१. भैरव अर्यालको हास्यव्यङ्ग्य यात्रा, कृति र प्रवृत्ति, भैरव स्मारिका, (२०६९),पृ.३९—५४ ।
२. बैरागी काइँलाको शरणार्थी विचार र माली गाउँमा चितुवा ः नवीन चेतनाको अन्वेषण, बह्मपुत्र, (१÷१,२०६९ पृ.३४—३७ ) ।
३. आस्तित्विक चेतना र युगीन यथार्थका बिम्बमय कविता ःमञ्जुका कविता, गरिमा, (३०÷३५८, २०६९), पृ. ४१—४२ं ।
४. समकालीन पाश्चात्य कविताका प्रमुख सम्प्रदाय, प्रक्रिया,(२६÷३६,सन्२०१२) ,पृ.४३—५४ ।
५. उत्तरवर्ती नेपाली नारीकविता लेखनमा नारीवादी चेतना, गरिमा, (३०÷३५५, २०६९), पृ ३४०—३५१ ।
६. उपन्यासमा नारीवादी चेतना समेतको अभिव्यक्तिःः नियतिचक्र, गरिमा, (३०÷३५५, २०६९), पृ.४२५—४२६ ।
७. आधुनिक उत्तरआधुनिक र समकालीन सिर्जना तथा समालोचना, मधूलिका, ( १५÷१२,२०६९ ), पृ.५७—६० ।
८. पश्चिमका केही महान् साहित्यकार ः पाश्चात्य अध्ययनको आयामिक ग्रन्थ, ताना शर्मा ः सङ्घर्ष र प्राप्ति,(२०६९ ) , पृ.२२६—२४१ ।
९. उपन्यासभित्र उपन्याससिद्धान्त ः अधिउपन्यास अर्थात् मेटानोभल, भर्चुअल रियालिटी र उपन्यासमा भञ्जन र प्रयोग, विपठनमा सुकरातको डायरी, ( २०६९), पृ.९२—९६ ।
१०. प्रतिबद्ध उपन्यासमा मानवीय विद्रुपताको चित्र, सेवा नेपाल , (११÷११,२०६९), पृ.३०—३६ ।
११. समकालीन नेपाली कथामा आञ्चलिकताको प्रयोग, समकालीन साहित्य, (१÷६७,२०६८), पृ.७२–८२।
१२. समकालीन नेपाली कवितामा राष्ट्रिय ध्येय, अन्तर्दृष्टि (१९÷३५, २०६८, पृ. १–१८)
१३. विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा वैचारिक चिन्तन, मनोभाव, (१७÷४२, २०६८, पृ.३१–४४)
१४. भीमनिधि तिवारीका कवितामा युगबोध, कविता, (९३, २०६८), पृ.७४–८९ ।
१५. समकालीन नेपाली कवितामा डायस्पोरिक चेतना, गरिमा, (२५÷३४१,२०६८), पृ.४८–५८ ।
१६. उपन्यासमा मनोविश्लेषणात्मक अध्ययनको विशेष ग्रन्थ, गरिमा, (२९÷३४६, २०६८), पृ.१७१–१७५।
१७. समकालीन नेपाली कवितामा सामूहिकताको अभिव्यक्ति, जनमत, (२८÷१६६,२०६८), पृ.५१–५३ ।
१८. समकालीनताको पाश्चात्य कविता सन्दर्भ, समकालीन नेपाली साहित्य, (११÷१, सन् २०११), पृ.९५–१०२ ।
१९. प्रसङ्गवश ः स्रष्टाहरुसँग साक्षात्कार, अभिव्यक्ति, (४२÷१५५,२०६०), पृ. ९–१२ ।
२०. युगीन यथार्थका जीवन्त काव्यबिम्ब ः तीर्थ श्रेष्ठका कविता, गरिमा, (२९÷३४६,२०६८), पृ. ४७–४८ ।
२१. समकालीन नेपाली नारीकविता लेखनको स्वरुप, नारी स्रष्टा ः चिन्तना र सिर्जना, ( २०६८) पृ. ११–३३ ।
२२. लघुकथाको सैद्धान्तिक स्वरुप र नेपाली लघुकथाको सन्दर्भ, समकालीन साहित्य, (६२÷, २०६७), पृ. १०१–११३ ।
२३. समकालीन समालोचना ः केही प्रश्न र थुप्रै उत्तरहरु, समकालीन साहित्य, (६३÷, २०६७), पृ.५४–७४ ।
२४. भवानी भिक्षुका कवितामा बिम्बविधान, समकालीन साहित्य,(६०÷२०६७),पृ.१११–११८ ।
२५. अनुसन्धानमा सामग्रीको अध्ययन, विश्लेषण र सामान्यीकरण, प्रज्ञा, (४०÷१०३, २०६७), पृ.१३८–१४४ ।
२६. पाश्चात्य साहित्यको विकास ः क्रमिक अनुरेखाङ्कन र प्रवृत्ति, वाङ्मय, (१४÷ , २०६७), पृ.६८–८४ ।
२७. उत्तरआधुनिक समालोचनामा कृतिविश्लेषणका पद्धति र प्रारुप, भृकुटी, (१०÷ , २०६७), पृ. ३८४–३९८।
२८. नेपाली साहित्यिक पत्रकारितामा मधुपर्कको योगदान, मधुपर्क, (४३÷५००, २०६७), पृ. ११–२०।
२९. निबन्धका प्रकार ः सैद्धान्तिक स्वरुपमा, मधुपर्क ( ४३÷४९२, २०६७), पृ.४–८ ।
३०. साहित्य र संविधान, गरिमा, (२९÷१, २०६७, पृ. १०९–११० ।
३१. मोतिराम भट्टको ‘अम्मलाष्टक’ःएक सङ्क्षेपण, शब्दयात्रा, (२÷२, २०६७), पृ. ५–७ ।
३२. ‘मधुपर्क’ को देवकोटा शतवार्षिकी विशेषाङ्कका परिधिमा, मिर्मिरे, (३९÷१, २०६७), पृ. २३९–२४७ ।
३३. महाकाव्यमा माओवादी सशस्त्र द्वन्द्व , मिर्मिरे, (३९÷११, २०६७), पृ.७८–७९ ।
३४. जनआन्दोलन २०४६ र आन्दोलन कविता एवम् समकालीन कविता सन्दर्भ, कविता, (८९÷२०६७), पृ. ११४–१३५ ।
३५. ‘मुनामदन’मा बिम्बविधान, चरैवेति, १÷१, २०६७), पृ.६–११ ।
३६. नेपाली साहित्यमा यौनकथा ः कृतिगत सन्दर्भ, शिवपुरी सन्देश, (१६÷५०, २०६७), पृ.१७–३२ ।
३७. ‘एक हातको ताली’मा चेतनाको पीडा, गरिमा, (२८÷४, २०६६), पृ.४४–५१ ।
३८.अनुवादविज्ञानको सैद्धान्तिक स्वरुप, गरिमा, (२७÷१२, २०६)६, पृ.५–१७ ।
३९. वस्तुवादी र पाठकवादी समालोचनाको मानक प्रतिरुप, समकालीन साहित्य, (२०÷२०६६÷६७), पृ.१३६–१४२ ।
४०. प्रमिथस महाकाव्यमा बिम्बविधान, भृकुटी, (५÷२०६६), पृ.१७१–१८५ ।
४१. जनआन्दोलन २०३६ र सडक कविता क्रान्ति ः समकालीन नेपाली कवितासन्दर्भ, कविता, (८७÷२०६६÷६७), पृ.११६–१२६ ।
४२. देवकोटाको महाकाव्यकारिता, वागीश्वरी, (२०÷१७, २०६६), पृ.४९–५४ ।
४३. अनर्गल प्रलापभित्रका निबन्धमा वस्तुविधान, उन्नयन, (७३÷२०६६), पृ.५–१२ ।
४४. लोकसाहित्यमा स्थलगत अध्ययनका बेजोड नमुना, हाम्रो मातृभूमि, (७÷२,२०६६), पृ.११–१४ ।
४५. उदयानन्द अज्र्यालको ‘पुरानु बातको अर्जी’ कविताको वस्तुविन्यास, वाङ्मय, (१३, २०६५) ।
४६. नेपालीमा बहुलवादी समालोचनाको प्रतिरूप ः उत्तरआधुनिक जिज्ञासा, गरिमा, (२६÷१२—३१२, २०६५) ।
४७. ‘उताको बाघ ’को वस्तुविश्लेषण, गरिमा, (२६÷७—३०७, २०६५), पृ. ५५—६५ ।
४८. पाश्चात्य समकालीन कविताका प्रमुख सम्प्रदाय र अभियानहरू, रश्मि, (२४÷१, २०६५), पृ. ८७—९६ ।
४९. समकालीन नेपाली कविताका आन्दोलन र अभियानहरू, मिर्मिरे, (३७÷४—२७५, २०६५), पृ. ५९—८० ।
५०. आजका नेपाली कवितामा लोकतान्त्रिक चेतना, गरिमा, (२५÷५—२९२, २०६४), पृ. १९५—२०५ ।
५१. ‘तेस्रो विश्वयुद्ध’ सङ््गतिहीनताको प्रस्तुति, गरिमा, (२५÷१०—२९८, २०६४), पृ. ६०—६४ ।
५२. नीलमका कविता, गरिमा, (२६÷४—३०४, २०६४), पृ. १२६—१२७ ।
५३. मोहन कोइराला ः काव्ययात्रा, प्रवृत्ति र योगदान, मधुपर्क, (३९÷१२—४५५, २०६४), पृ. १४—१८ ।
५४. नेपालीमा संरचनावादी समालोचना, मधुपर्क, (४०÷७—४६२, २०६४), पृ. ८—१० ।
५५. प्रेमान्तरमा बिम्बविधान, जनमत, (२४÷१०—१२५, २०६४), पृ. ३५—३७ ।
५६. कपिल अज्ञातको समालोचकीय कौशल, जनमत, (२५÷३—१२९, २०६४), पृ. ३५—३८ ।
५७. पाश्चात्य र नेपाली समालोचनाका उत्तरवर्ती प्रवृत्ति, शारदा, (१÷७, २०६४), पृ. ५३—६३ ।
‘पारिजातको साहित्यिक मूल्याङ्कन’ को समालोचकीय बिन्दु, वेदना, (३४÷१—७३, २०६४), पृ. १०५—१०८ ।
५८. लघुकथाको संरचनात्मक स्वरूप, अक्षर, (४÷१—१०, २०६४), पृ. १६—१९ ।
५९. आधुनिकता, समकालीनता र समकालीन नेपाली कविताका प्रवृत्ति, मिर्मिरे, (३६÷११—२७०, २०६४), पृ. २०६—२२० ।
६०. पठनीय कृति ः गजल तिम्रो नाम होइन, गरिमा, (२४÷१२—२८८, २०६३), पृ. ११४—११५ ।
६१. ‘उत्तरआधुनिक ऐना’ मा प्रतिबिम्बित आजको नेपाली साहित्य, गरिमा, (२५÷१—२८९, २०६३), पृ. ४३—५३ नरेन्द्रराज पौडेलका तीन कथाको वस्तुविन्यास, स्रष्टा नरेन्द्रराज पौडेल द्रष्टाहरूका आ“खामा, कालिका एफ्.एम्., २०६३ ।
६२. सामाजिक यथार्थका वृत्तचित्र ः ‘सनत रेग्मीका प्रतिनिधि कथा’, सनत रेग्मी ः सृजनसन्दर्भ, मध्यपश्चिमाञ्चल स्रष्टा समाज, २०६४ ।
६३. समकालीन नेपाली कवितामा पाइने सबल र दुर्बलपक्षको विश्लेषण, मिर्मिरे, (३५÷२—२४९, २०६३), पृ. १५—२३ ।
६४. युगीन पीडाबोधको प्रस्तुति ः ‘आँखाको खोजीमा’, मिर्मिरे, (३५÷३—२५०, २०६३), पृ. ८०—८१ ।
६५. हुस्सुभित्रको घाम ः एक समीक्षा, मधुपर्क, (३९÷७—४५०, २०६३), पृ. ४५—४६ ।
६६. लोकवाङ्मयको मानकग्रन्थ, मधुपर्क, (३९÷१०—४५३, २०६३), पृ. १९ ।
६७. समकालीन नेपाली कवितामा सशस्त्र द्वन्द्वजन्य प्रभाव, शारदा, (१÷२, २०६३), पृ. ८४—८७ ।
६८. महाकवि देवकोटासम्बन्धी अर्को नयाँ कृति, हाम्रो पुरुषार्थ, (३३÷२—५२, २०६३), पृ. २७—२८ ।
६९. पाश्चात्य साहित्यका प्रमुख तŒव वा संरचक घटकहरू, वागीश्वरी, (१८÷१४, २०६३), पृ. २५—२९ ।
७०. प्रेमा शाहको ‘लोग्ने’ मा आवेगको प्रतिफलन, अस्तिता, (१÷१, २०६३), पृ. ७८—८३ ।
७१. पाठकीय अनुक्रियापरक समालोचनाको सैद्धान्तिकस्वरूप, विवेक, (१८÷७, २०६३), पृ. ८१—८८ ।
७२. प्रेमान्तर ः एक समीक्षा, गोरखापत्र, (१ माघ, २०६२), पृ. ख ।
७३. रचनागर्भ र रचनाको शल्यक्रिया, मधुपर्क, (३८÷६—४३७, २०६२), पृ. २८—२९ ।
७४. युगीन विसङ्गतिमाथि प्रहार, मधुपर्क, (३८÷९—४४०, २०६२), पृ. १६ ।
७५. साहित्यको इतिहासलेखनमा सिद्धान्तीकरणका आधार, गरिमा, (२४÷२—२७८, २०६२), पृ. ५४—५९ ।
७६. अमेरिकाली कविताको समकालीन सन्दर्भ, समकालीन साहित्य, (१५÷३—५७, २०६२), पृ. १४०—१४४ ।
७७. ‘यथार्थ कुरा’ अभिनन्दन अङ्क — ४४ को यथार्थ कुराको एउटा पाटो, यथार्थ कुरा, (११÷१—४५, २०६२), पृ. १२८—१२९ ।
७८. स्वरगत वैविध्यका दृष्टिले समकालीन नेपाली नारीकवितालेखनको स्वरूप, अक्षर, (२÷१—५, २०६२), पृ. २२—३३ ।
७९. लीलालेखन, विनिर्माण र कठपुतलीको मन ः सूत्रसमालोचना, वनिता, (६÷२३, २०६२), पृ. १९०—१९८ ।
८०. साहित्यिक पत्रकारिता र यसका चुनौती, हाम्रो पुरुषार्थ, (३२÷२—५०, २०६२), पृ. २३५—२३९ ।
८१. समकालीन नेपाली नारीकविता लेखनमा अन्तर्वस्तुको विविधता, नोबेल, (४÷४, २०६२), पृ. १३५—१४८ ।
८२. ‘नवमाधुरी’ साहित्यिक पत्रिकाको प्रवेशाङ्कको सङ्क्षिप्त अनुशीलन, धवलप्रभात, (५÷१, २०६२), पृ. ८—११।
८३. नेपाली महिला कथाकार, गोरखापत्र, (९ असोज, २०६१), पृ. ख ।
८४. स्व. नयराज पन्तबारे भिन्नैखालको कृति, गोरखापत्र, (२४ पुस, २०६१), पृ. ख ।
८५. सार्थक साहित्यिक कृति, अन्नपूर्ण पोस्ट, (२६ भदौ, २०६१), पृ. ७ ।
८६. सांस्कृतिक परिवर्तनप्रति प्रगतिवादी दृष्टिकोण, मधुपर्क, (२७÷१२—४१९, २०६१), पृ. २७—२८ ।
८७. सूत्रात्मक प्रस्तुतिका लघुकथाहरू, मधुपर्क, (३७÷५—४२४, २०६१), पृ. ४०—४१ ।
८८. परिमार्जनको अपेक्षा, मधुपर्क, (३७÷१०—४२९, २०६१), पृ. ५४—५५ ।
८९. कथ्यको गम्भीर प्रस्तुति ः ‘पृथ्वीवादको मर्म’, गरिमा, (२३÷२—२६६, २०६१), पृ. १२१—१२२ ।
९०. कविता सिद्धान्त र नेपाली कविताको इतिहास, गरिमा, (२२÷१२—२६४, २०६१), पृ. ६१—६६ ।
९१. जीवनानुभवको इतिवृत्त ः ‘उत्तरोत्तर’, समकालीन साहित्य, (१४÷३—५३, २०६१), पृ. ८२—८५ ।
९२. गोपाल पराजुलीको ‘समयको प्रस्थान’ ः सूत्रसमालोचनात्मक आरेख, नोबेल, (३÷३, २०६१), पृ. १६५—१७२ ।
९३. अक्षरबिम्बमा शब्दक्रीडा, मिर्मिरे, (३३÷६—२२९, २०६१), पृ. ४४—५० ।
९४. पौराणिक मिथकमा समकालीन चेतनाको प्रतिरूप ः ‘अश्वत्थामा’, वागीश्वरी, (१६÷१२, २०६१), पृ. ७५—८० ।
९५. छन्दोबद्ध कवितामा चितवन, चितवन महोत्सव स्मारिका, (२०६१), पृ. ६३—६६ ।
९६. समालोचनामा उत्तरआधुनिकता, गोरखापत्र, (१७ साउन, २०६०), पृ. ख ।
९७. मायाप्रीतिमा मन बुझाउने चौतारी ः लोकदोहोरी, मधुपर्क, (३६÷२—४०९, २०६०), पृ. १२०—१२३ ।
९८. नेपाली यौनकथामा प्रयुक्त यौनप्रतीकहरू, मधुपर्क, (३६÷४—४११, २०६०), पृ. ११२—१२६ ।
९९. आफ्नैपनको नयाँ प्रस्तुति, मधुपर्क, (३६÷८—४१५, २०६०), पृ. ३१—३२ ।
१००. चितवनका नारीहस्ताक्षरहरू ः सङ्क्षिप्त चर्चा, वागीश्वरी, (१५÷११—२०६०), पृ. १९—२२ ।
१०१. कथामा यौनवादी प्रवृत्ति ः नेपाली यौनकथाका सन्दर्भमा, सगर, ८८÷२५—२६, २०६०), पृ. ६—२१ ।
१०२. परशु प्रधानको ‘टोकियोमा सानो बुद्ध’ ः सूत्रसमालोचनात्मक आरेख, अभिव्यञ्जना, (१÷१, २०६०), पृ. ८३—८९ ।
१०३. विसङ्गत परिदृश्यको चरम नमुना ः ‘तथाकथित’, गरिमा (२१÷१०—२५०, २०६०), पृ. १३३—१३४ ।
१०४. समकालीन नेपाली कविता ः प्रवृत्तिगत सन्दर्भमा, समकालीन साहित्य, (१३÷४—५०, २०६०), पृ. ६५—८५ ।
१०५. पत्रसाहित्य ः सङ्क्षिप्त चर्चा, पल्लव, (८÷४, २०६०), पृ. ६३—६६ ।
१०६. नेपाली लोकगीत ः स्वरूप र तŒव ः सङ्क्षिप्त चर्चा, विवेक, (१५÷६, २०६०), पृ. ९५—९८ ।
१०७. समकालीन नेपाली कविताको यात्रापथ, गोरखापत्र, (१ चैत्र २०५९), पृ. ख ।
१०८. वर्तमान नेपाली साहित्यको गतिधारामाथि बहस—२, गरिमा, (२०÷९—२३७, २०५९), पृ. १०५ ।
१०९. वर्तमानबोधको ज्वलन्त काव्यबिम्ब ः ‘समयको प्रस्थान’, गरिमा, (२०÷१०—२३८, २०५९), पृ. ९६—९७ ।
११०. समकालीन नेपाली कवितामा यौनबिम्ब, गरिमा, (२०÷१२—२४०, २०५९), पृ. ५६—६३ ।
१११. विविध विषयवस्तु र नवीनप्रयोगको अनुभव, मधुपर्क, (३५÷३—२९८, २०५९), पृ. २४ ।
११२. बिम्ब र पूर्वीय अर्थालङ्कार, प्रज्ञा, (३२÷९६, २०५९), पृ. ११४—१२१ ।
११३. नेपाली कथामा उत्तरआधुनिक चेतना, समकालीन साहित्य, (१२÷३—४५, २०५९), पृ. १०९—१२९ ।
११४. नेपाली साहित्यको शान्त पोखरीमा उत्तरआधुनिकताको तरङ्ग, गोरखापत्र, (२५ फागुन २०५८), पृ. ख ।
११५. आधुनिक गद्यकविताको स्वरूप, गोरखापत्र, (जेठ ४ २०५८), पृ. ख ।
११६. मौलिक लोकसाहित्यको संरक्षणको खा“चो, मधुपर्क, (३४÷७—३८७, २०५८), पृ. २८—२९ ।
११७. समकालीन नेपाली कवितासन्दर्भ र नरमेध, गरिमा, (२०÷३—२३१, २०५८), पृ. १०४—१०८ ।
११८. सनत रेग्मीको रूपबजार ः सूत्रसमालोचनात्मक आरेख, समकालीन साहित्य, (१२÷१—४३, २०५८), पृ. १०७—१११ ।
११९. उत्तरआधुनिकतावाद ः सङ्क्षिप्त पर्यवलोकन, मधूलिका, (७÷५, २०५८), पृ. ११—१३ ।
१२०. चर्चको साँझ’ कवितामा प्रयुक्तिविचलन र अर्थताŒिवक विचलन, मृगतृष्णा, (२, २०५८), पृ. १९—२४ ।
१२१. नेपाली बालकविताका प्रमुख प्रवृत्ति र स्वर ः सूत्रात्मक पर्यवलोकन, बालसाहित्य, (१३, २०५७—०५८), पृ. २३—२५ ।
१२२. समाजपरक समालोचना र प्रगतिवाद ः सङ्क्षिप्त चर्चा, कुञ्जिनी, (९÷६, २०५८), पृ. २८—३१ ।
१२३. दौलतविक्रम बिष्टका औपन्यासिक प्रवृत्ति, वसुन्ददधरा, (१०÷१, २०५८), पृ. ४३—४९ ।
१२४. बिम्बसँग मिथक र रूपकको तुलना, विवेक, (१३÷५, २०५८), पृ. ९०—९३ ।
१२५. भ्रष्ट नेतालाई झापड ः एक समीक्षा, कान्तिपुर, (३ वैशाख, २०५७), पृ. ख ।
१२६. एउटा प्राप्तिपूर्ण अनुशीलन, कान्तिपुर, (२१ साउन २०५७), पृ. ख ।
१२७. ‘छहरो’ को जीवन्त इतिहास र यसभित्रका उपकरणहरू, छहरो, (३१÷१, २०५७), पृ. ८३—९४ ।
१२८. बिम्बको परिभाषा, स्वरूप र विकास, मधुपर्क, (३३÷८—३७७, २०५७), पृ. ३३—३४ ।
१२९. एउटा प्राप्तिपूर्ण इतिहासको अध्ययन, विश्वज्ञानमञ्च, (५÷३०, २०५७) ।
१३०. चितवनको साहित्य ः यात्रा र प्रवृत्ति, चितवन महोत्सव स्मारिका, (२०५७), पृ. ९५—९९ ।
१३१. पाश्चात्य साहित्यको नवीनतम चिन्तन ः पाठकीय अनुक्रियापरक समालोचना, कुञ्जिनी, (८÷५, २०५७), पृ. ८६—९१ ।
१३२. औपन्यासिक नवप्रयुक्तिका रूपमा ‘बाढी’ र यसको आनुभवन्यासिक विश्लेषण, समकालीन साहित्य, (११÷१—३९, २०५७), पृ. १४२—१६० ।
१३३. नवकविता र यसभित्रका कवितामा विविध संवेदनाका विविध स्वरहरू, नवकविता, (५०÷२०५७), पृ. ५—३७ ।
१३४. सगरकविताहरूमा विविध संवेदनाका स्वरहरू, सगर, (७÷१—२२, २०५७), पृ. १—११ ।
१३५. ‘नरसिंहअवतार’ ः सूत्र समालोचनात्मक आरेख, मधूलिका, (६÷४, २०५७), पृ. २५—३५ ।
१३६. बिम्ब र प्रतीक ः एक सङ्क्षिप्त चर्चा, मिर्मिरे, (२९÷३, १७८, २०५७), पृ. ६८—७८ ।
१३७. लघुकथाको स्वरूप, संरचना र तŒव, मधुपर्क, (३२÷४, ३६२, २०५७), पृ. ६१—६२ ।
१३८. जीवनका विविध यात्राको समुद्घोषण, मधुपर्क, (३२÷११, ३६८, २०५६), पृ. १५—१६ ।
१३९. शैलीविज्ञानमा अग्रभूमि निर्माण, वागीश्वरी, (११÷७, २०५६), पृ. ६१—६३ ।
१४०. समकालीन नेपाली कविताका मूल प्रवृत्ति र स्तर ः सूत्रात्मक पर्यवलोकन, सगर, (४÷१२—१३—१४, २०५६), पृ. ७८—८२ ।
१४१. ‘नवकविता’ का प्रारम्भिक सात अङ्कहरूमाथि सङ्क्षिप्त दृष्टिप्रक्षेप, नवकविता, (४८, २०५६), पृ. ३९—४८ ।
१४२. ‘गोठालेको ‘भाँडो’ सूत्र समालोचनात्मक आरेख, हाम्रो पुरुषार्थ, (२६÷२—३८, २०५६), पृ. १५६—१५८ ।
१४३. समकालीन नेपाली कवितामा यौनबिम्ब, गरिमा, (१७÷११—२०३, २०५६), पृ. ९४—९८ ।
१४४. समकालीन नेपाली कवितामा प्रयुक्त केही प्रतीकात्मक बिम्ब, मारुनी, (३८÷८, २०५६), पृ. १५—२० ।
१४५. इन्द्रबहादुर राईको ‘महारुदन’ ः सूत्रसमालोचनात्मक आरेख, मधूलिका, (५÷३, २०५६), पृ. ३१—३४ ।
१४६. सूत्रउपन्यासमाथि सूत्रसमालोचनात्मक आरेख, नवप्रज्ञापन, (७÷२९, २०५६), पृ. १२५—१३१ ।
१४७. मोहनराज शर्माको ‘माछोकथा’ ः एक सूत्रसमालोचनात्मक आरेख, मनोभाव, (५÷२, १९, २०५६), पृ. ४५—५१ ।
१४८. पश्चिमी साहित्यलोचनको नवीनतम चिन्तन ः नवआलोचना अर्थात् न्यू क्रिटिसिज्म, मधुपर्क, (३१÷४—३५०, २०५५), पृ. १५४—१५७ ।
१४९. चितवनको साहित्यिक पत्रपत्रिका ः सङ्क्षिप्त रेखाङ्कन, मुद्रण स्मारिका, (१÷१, २०५५), पृ. २२—२५ ।
१५०. नेपाली साहित्यको समकालीन लेखन र समालोचना ः सङ्क्षिप्त चर्चा, वागीश्वरी, (१०÷६, २०५५), पृ. १७—२० ।
१५१. बिम्बआयोजना ः केही समकालीन नेपाली कवितामा, गरिमा, (१७÷१—१९३, २०५५), पृ. ८७—९४ ।
१५२. ‘परालको आगो’ मा सामाजिक सन्दर्भ, कोसेली (जापान), (१÷१, २०५५), पृ. ६६—६७ ।
१५३. साहित्यिक पत्रकारिता, ऋद्धिबहादुर मल्ल र ‘शारदा’ पत्रिका, उन्नयन, (२५, २०५४), पृ. ३८४—३८९ ।
१५४. अपाङ्ग बालबालिकाका लागि बालसाहित्य, बालसाहित्य, (९, २०५३), पृ. ४३—४६ ।
१५५. भानुभक्त आचार्यको आदिकवित्व ः केही प्रश्न केही उत्तर, भानु स्मारिका, (२०५३), पृ. १७—१८ ।
१५६. ‘इतिवृत्त’ भित्रका वृत्तहरू पात्रविधानका कोणबाट, वागीश्वरी, (८÷४, २०५३), पृ. ३३—३९ ।
१५७. चितवनको वर्तमान साहित्ययात्रा ः प्रवृत्तिगत केन्द्रीयतामा सङ्क्षिप्त दिग्दर्शन, वागीश्वरी, (७÷३, २०५२), पृ. ४—९ ।
१५८. चितवनको निबन्धविधा एक सङ्क्षिप्त अवलोकन, मधूलिका, (१÷१, २०५१), पृ. ३१—३६ ।
१५९. वागीश्वरीको पहिलो पाइलोतिर एक फन्को मार्दा, वागीश्वरी, (६÷२, २०५१)
१६०. वी.पी. कोइरालाको सुम्निमा ः एक समीक्षा, राष्ट्रसन्देश, २०४८ मार्ग–१० ।
यसका अलवा भाषा÷व्याकरणका क्षेत्रमा गौतमका निम्न लिखित लेखहरु प्रकाशित भएका छन् ः
१. वाच्य, वाच्यपरिवर्तन ः केही बिझाउदा समस्या, सोपान, (१÷१, २०४८), पृ. ४१—४६ ।
२. सांरचनिक आधारमा वाक्य, स्मारिका, (२०५१), पृ. ७—१० ।
३. नेपाली काल र पक्षको सांरचनिक ढाचा, अभिनव प्रस्तुति, (२०५१), पृ. ९—१२ ।
४. भाषिक वैविध्यका आधारमा चितवन, चितवन महोत्सव स्मारिका, (२०५५), पृ. १०५—११३ ।
५. सामासिक प्रक्रियाद्वारा शब्दनिर्माण ः एक सङ्क्षिप्त आरेख, दीपशिखा, (११÷१, २०५३),
पृ. ५८—६२ ।
गौतमले हालसम्म : नेपाल प्रज्ञा प्रतिष्ठान, वाणी प्रकाशन, साझा प्रकाशन, त्रिभुवन विश्वविद्यालय, भोजपुरी वाङ्मय प्रतिष्ठान, चितवन वाङ्मय प्रतिष्ठान, चितवन साहित्य परिषद् लघुकथा समाज , नेपाली कला साहित्य डट कम प्रतिष्ठान आदि विभिन्न साहित्यिक ,शैक्षणिक तथा प्राज्ञिक समारोहहरूमा विविध शीर्षकहरूमा कार्यपत्र प्रस्तुत गरिसकेका छन् । नेपाली लेखक सङ्घ (केन्द्रीय सदस्य), नेपाल जापान नेपाली लेखक सङ्घ (केन्द्रीय सदस्य), नेपाल म्यानमार नेपाली लेखक सङ्घ (केन्द्रीय सदस्य) तथा अन्य विभिन्न साहित्यिक पत्रिका र सङ्घसंस्थाहरूसँगसमेत सम्बद्ध गौतमले विशेषतः नेपाली साहित्य, भाषा तथा समालोचनाको क्षेत्रमा निकै महŒवपूर्ण योगदान दिदैँ आइरहेका छन् । अध्यापन कार्यमा पनि उत्तिकै माहिर मानिने गौतमले समकालीन नेपाली कविताको प्रवृत्तिमाथि विद्यावारिधि हासिल गरेको पाइन्छ भने उनले नेपाली कविताको क्षेत्रमा सबैभन्दा बढी योगदान दिएका छन् । सदैव प्राज्ञिक उन्नयनमा समर्पित गौतमका कलमले अझ नेपाली भाषा तथा वाङ्मयको क्षेत्रलाई तिखार्दै यसको श्रीवृद्धिलाई निश्चित मोडमा लैजान सक्नेछन् भन्ने अपेक्षा उनका पाठक, अध्येता तथा शुभचिन्तकहरुमा रहिरहनेछ ।