गजल : भेट्न पाए हुन्थ्यो बरै

~माधव सिग्देल माइला~

एकान्तमा तिम्‌लाई कतै भेट्न पाए हुन्थ्यो बरै
धेरै दिनको पर्खाइ यो मेट्न पाए हुन्थ्यो बरै ।

अँध्यारो भो बस्ती मेरो खोज्छु जून छ कि कतै
लोभ्याउने तिम्रो अधर देख्‍न पाए हुन्थ्यो बरै ।

चखेवाको जोडी जस्तै रङ्गाउँदै जिन्दगीलाई
कथा हाम्रो जिन्दगीको लेख्‍न पाए हुन्थ्यो बरै ।

बाधा अनेक बाटा अनेक, अनेक छन् लक्ष्य यहाँ
पाइला हाम्रो एउटै पथमा समेट्न पाए हुन्थ्यो बरै ।

एकान्तमा तिम्‌लाई कतै भेट्न पाए हुन्थ्यो बरै
धेरै दिनको पर्खाइ यो मेट्न पाए हुन्थ्यो बरै ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.