कथा : दशैं

~मोहनहरि पौडेल~

अरू वर्षहरूमा झै यस वर्ष पनि दशैं आयो । किन हो कुन्नि यस वर्ष भने अलि अवेर गरेर ढिलो आयो ।शायद उसलाई आउकी नआउ दुई मन भएको पनि हुनसक्छ ? नयाँ नाना लगाउने ,चिचि, पापा खाने रमाउने वच्चाहरूले दशैं कहिले आउँछ सोध्थे । पु¥याउन पर्ने अभिभावकहरू भन्थे, नारनघाट आइपुग्यो,डुम्रे आईपुग्यो, दमौली आईपुग्यो, अव छिटै आउदैछ । दशैं आयो आएरै छाड्रयो । थोरैका लागि उत्साह र उम· लिएर आयो भने धेरैका लागि दशा बनेर आयो । क्रान्तिकारी भनिएको पार्टीका बौद्धिक नेताको नेतुत्वमा सरकार वन्यो । सरकारले जनतालाई राहतको कार्यक्रम ल्याउने सार्वजनिक वक्तव्य दियो । त्यसको लगतै आकाश छुने गरी महंगीको ग्राफ बढयो । मान्छेहरूले भेटाउन नसक्ने गरी महंगी दौडिरहयो दौडिरहयो ।

घटस्थापनाको अघिल्लो दिन मेलिना बजार गई मान्छेको चहलपहल बढदो थियो । पसलेहरूलाई सामान दिन र पैसा थन्काउन हम्यहम्य परेको थियो । बजारको रन्को नै अर्को थियो । हिन्दी अग्रजी र नेपाली गीतका चक्कहरू घन्की रहेका थिए । बाहिरबाट आउने र अल्ली फुर्सद भएर छिटै गाऊ तिर र्फकने मान्छेको आवगमनले सवारी साधन पनि अरू बेला भन्दा अल्ली ओजनदार देखिन्थ्यो । मेलिनाका चाचा, पापा र नाना किन्निदिनु पर्न भुराभुरी त थिएनन तर देवि दुर्गाको स्थापनाका लागि आवश्यक पुजाका सामान किन्न गएकी थिइन् । उनि आस्तिक,धार्मीक र प्राकृतिक छन् । त्यसैले भगवान, भाग्य,पूर्वजन्म,परजन्म सबैमा उस्को विश्वास छ । के सोचि कुन्नी उसले रोहितलाई सम्झीई प्रत्यक्ष भेटन पाएको भए के–के भन्थी ? फोन गरी — “रोहित तिमी कहाँ छौ, के गदै छौ, थकित छौ कि मस्ति ?” म पूजाका लगि समान किन्न बजार आएकी छु छया ¤ कस्तो महंगि उसले थपि कहाँको मस्ति हुनु ? रोहितले आनो पीडालाई पन्छाएर भन्यो दशा दशैं वनेर आउछ, मेलिना । यसलाई सहज,छोटो र मितव्यायि मनाउनु पर्छ है उसले स्विकृति जनाई ।

उ पीडामा छ । समस्या, प्रश्नहरूमा जेलिएर, बेरिएर कुन्ठा हुर्काउदै मनभरि अभावमा बाचिरहेकी छ । हुन त एक पेट खान, एक सरो लगाउन उसलाई खासै समस्या होइन तर पनि उसलाई आनो भनेर आपनो ठान्ने खासै कोहि छैन । छ भने पनि छैन भने पनि एउटा लोग्ने हो । जसले उसलाई कान्छी बनाएर त ल्यायो तर कहिल्यै घर लगेन । जो बषैदेखि उसँग वस्थ्यो तर उसको सहकार्मी, सहधर्मी हुन सकेन । जीवनका धेरै बसन्तहरू पार गर्दा मेलिनाले धेरै उकाली चढी र धेरै ओराली पनि झरी । धेरैे दुःख र हण्डर पनि झेली जीवन संघर्षमा । तर पनि उ कहिल्यै दुःखमा साथ दिएर रोएन, कहिल्यै रोएन मेलिना त्यही गुनासो गर्दछे ।

माया प्रेमका रसिला प्रसँग उठाउथ्यो मेलिनाका साथीहरू उ मात्र कल्पना गर्दथी र कल्पनाकै दुनियाँमा हराएकी हुन्थ्यी । यस्तो पनि हुने गर्दथ्यो कहिलेकाँहि त कल्पनाको दुनियाँबाट यर्थाथको संसारमा फर्कने गोरेटोसमेत विर्सन्थी उ । भन्थी “एउटा पुकार छ—रोहित भगवानसँग—मलाई मानसिकता गुमाएर बाच्नु नपरोस । मात्र यति भए पुग्छ ।” रोहित गम्भीर हुन्थ्यो सान्त्वना दिने प्रयत्न गर्दथ्यो । तर उ भन्थी “नाताले केही गर्दोरहेनछ रोहित, जे गर्छ न्यानो माया र जिम्मेवारी वोधले गर्छ ।” रोहित भावुक,गम्भीर स्तव्ध भयो । मेलिना आना पीडाका पोकाहरू फुकाउदै मनलाई हलुका पार्दै थिई ।

रोहित सोच्दै थियो—स्वास्नीलाई लोग्ने र लोग्नेलाई स्वास्नी जवानीका आवश्यकता र बुढौलीका अनिवार्यता हुन तर जीवन जति आर्दशपूर्ण हुन्छ त्यति यर्थाथपरक हुदोरहेनछ ।

मान्छेमा सबभन्दा हुनु पर्ने गुण इमान्दरिता हुन तर उसको लोग्नेबाट उ त्यस्तो अनुभुति गर्न सकिरहेकी छैन,पाईरहेकी छैन ।

केका लागि र कसका लागि उसले भाकल गरी वा उसको लोग्नेले । एउटा छिपिएको गनाउने बोका पालेकी थिई मेलिनाले मनकामनामा चढाउने भनेर । बोका निकै मातिएको थियो । दानापानी गर्न जादाँ उ मान्छेसँग पनि बाख्रीसँग गर्न व्यवाहार गर्दथ्यो । यसलाई काट्रने दिन कहिले आउला मेलिना रिसाउथी । उसलाई अर्काे पिर पनि परिरहेको थियो कतै यो पेट बोल्ने मुख नवोल्ने लोग्नेसँग मनाकामना जानु पर्न त होईन ? तर परेन । फुलपातिको दिन आयो । उसको लोग्ने बोको डो¥याउदै मनकामना गयो । पूजा ग¥यो । भाकल पूरा गर्न बोकाको बली दियो मासु बोकेर साझ घर र्फक्यो ।

विज्ञान र प्रविधिको चमत्कार—मनका कुरा, भावना र विचार आदान प्रदान गर्न अत्याधुनीक सामानहरू । “रोहित तिमीले देवता नमानेर ठीक ग¥यौ । मत आज गोहीको आँसु रोएर…” उसले वाक्य पूरा गरी न । सायद भावुक भई । “अब त म जीवनमा कहिल्यै पनि वलि दिने छैन । बोकाको माया पश्चातापको ग्लानिले मेरो दशैं खल्लो भयो त्यसको मासु देख्योकि मन भक्कानियर आउँछ । आँसुले आँखा भरिन्छ मासु खानै सक्त्तिन । ठूलो पाप भएछ । रोहित र मेलिनाबीच विचार र भावनाको छलफल भई रहन्थ्यो । रोहितले भनेको थियो—“ए मेलिना सबै प्राणी इश्वरका सन्तान हुन भने बलियो सन्तानले निर्धालाई मारेर बली चढाउदा कुन बाबु आमा मान्छन होला ? कुनैपनि धर्मग्रन्थमा बली चढाउने लखेको छैन मेलिना । यस्तो अन्ध विश्वासमा लागेर काम नगर्नु । शायद यही भनाइले मेलीनाको मन छोए क्यारे ।आज उसको मानवता जागृत भएर आएको महसुस ग¥यो रोहितले ।

कात्तिक महिनाको सुरवातसँगै जाडो पनि बढदो क्रममा छ । फाँटहरूम धान पहेलिएको छ । शिशिर ऋतुको मनमोहक दृश्यले त्यसै पनि रोमान्चित बनाई रहेको बेला यो । त्यस माथी दशैं को रमझम, आज त टिकाको दिन ज्योतिष पण्डितले पात्रो पल्टाएर ११ः३० बजेलाई अमृत समय निर्धारण गरेका थिए । टिका लगाउनलाई टिकाको तयारी गरी मेलिनाले टिकाको दिन आपसमा कटुता भएका दाजुमाई पनि दशैं को टिका लगाएर कटुता विर्सने किम्वदन्ती । लोग्ने स्वास्नी, पाहुनापाछा आउलान भनेर उसले भात भान्छाको राम्रो व्यावस्था गरेकी थिई । दश बज्यो,एघार बज्यो,बाह्र बज्यो तर उसको लोग्ने घर आएन । उ टिका र भान्छा कुरिरही । समय गुज्रेपछि उसको लोग्ने घर आयो । तर घरायसी बातावरण सरल,सरहज मैत्रीपूर्ण भएन । खासै कारण विना नै उनीहरू बीच असमझदारी बढ्यो । दुई नाउमा खुट्टा राख्नेसँग झगडा हुन कुनै निहुँ नै नचाहिने रहेछ ।

गाँसबास एकातिर माया, ममता र भलाकुसारी अर्कातिर भएपछि यस्तै हुदो रहेछ मेलिना गुनगुनाउदै थिई । लोग्ने टिका टालो पनि नगरी घरबाट निस्कियो । कता गयो कुन्नी ? मेलिना पनि खाना त्यसै छाडेर माइतीतिर हिडी । घरमा असमझदारी भए माईतीको शरणमा जाने महिलाहरूको पुख्यौली परम्परालाई मेलिनाले पनि निरन्तता दिई । उसको मनको आकाशमा बादलले ढाक्यो । औसीको रात झै अध्यारो, कालो देखियो उसको मन खिन्न भएर कुडियो ।

“रोहित म काठमाडौं जाने बसमा चडे” । दुरसञ्चारबाट उसले सन्देश पठाई । दुखको बेला सम्झने उसको साथी, आफन्त जे भने पनि त्यही रोहित हो । पूरानो साथी । आ–आनो जीवनको लामो यात्रा पारगरी सकेका खोलाका दुई किनार जस्ता नत जुटन सक्ने नत छुट्न सक्ने । यही हो उनीहरूको सम्बन्ध, नाता जे भने पनि “रोहितले पनि सन्देश पठायो ।” “राम्रोसँग जानु पुगेपछि सन्देश पठाउनु ।” रोहितले पनि सन्देश पठायो । आजको दिन चाडवाडको दिन गाडी कम चल्ने मान्छेहरू धेरै आवतजावत गर्ने दिन कसरी पुग्ली दुःख पाउछेकी रोहितले कुरा खेलायो । दशैं खल्लो भो बेकारमा बसेछु यतिका दिन सम्म हुनत तिमीलाई भनेर के भो र ? जसलाई चाडबाडको महत्व नै छैन । मेरो त बर्मा गए कर्म सँगै भने जस्तो भयो मेलिनाले अर्को सन्देश पठाई ।

घरायसी सम्वन्ध र परिस्थिति सरल र स्वाभाविक थिएन । ऊ पहिले नै हिडिदिन सक्थी तर त्यसो गरी न, उसले बिहे र नाताको धर्म त निभाउनै प¥यो । किनकी उ स्वास्नी मान्छे थिई । उ आनो मन लाई सम्झाउथीँ, सान्त्वना दिन्थी । उ ठान्थी जसको भाग्यमा जती छ त्यती मात्र पाइने हो । मेरो भाग्यमा लोग्नेको माया सामिप्यता तथा सन्तानको सुख लेखेको रहेनछ त कताबाट पाउनु ।

मान्छेहरू निधारभरि रातो टिका कानभरी पहेँला जमारा उनेर हर्ष र उल्लासका साथ गन्तव्यमा पुग्न व्यस्त थिए । आतुर थिए । तर मेलिना खाली निधार अध्याँरो मन लिएर मुखमा पानीसमेत नहाली माईतीमा एक्लै पुगी ।सामान्य हाइहेलो भलाकुसारी त भयो नै । आफन्त, नातेदार, दिदीबहिनीहरूका जोडीहरू हाँस्दै, रमाउँदै कुममा कुम जोड्दै पारिवारिक पे्रमका उत्पादनहरू छोराछोरीसमेत आएको देख्दा उसको मन झन्् भक्कानिएर आयो । आनो भाग्य र कर्मलाई आफैले धिक्कादै उ खुम्चिएर बसी । समय काट्न उसलाई निकै गाह्रो भयो । दिदीबहिनीहरू आना सन्तान र श्रीमानको स्याहार सुसारमा तल्लिन भए । उसँग न सन्तान न लोग्ने उ त बस पाहुनाको स्वागत, सत्कार,सेवा र जुठा भाँडा माझने बुहारी र घरेलु कामदार जस्ती भई उसले ठानी यहाँ पनि उस्तै त हो कहिले आउली र काम गर्ली भन्ने मात्र त हो । लोग्ने र आमा उस्तै हुन मेरा लागि मेलिनाले निष्कर्ष निकाली ।

मेलिनाको विग्रदो पारिवारीक सम्वन्धका कारण स्थायित्व नदेखेका उसका बाबु निकै चिन्तित भए मेलिनाको बैबाहिक सम्वन्ध भए देखिनै उनी प्रश्न थिएनन । सम्भावित भविष्यको पूर्व अनुमान गरेका उनले मन मष्तिस्कमा जुन कल्पना गरेका थिए घटना क्रमले पुष्टि गर्दै थियो । जागिरमा बाहिर भएका लोग्नेको परामर्श विना नै आमाले सुम्पिएकी थिइन मेलिनालाई । छोरी उनका लागि बोझ थिई या के थियो तर निर्णय उनको अनुकुलमा थिएन । बाध्यतामा मेलिना बेहुली बनेकी थिई । आमालाई खासै चिन्ता नभए पनि बाबुले घुमाउरो पाराले दुःख मान्दै उनले आनो मनको डर र चिन्ता छोरा सँग पोखे । अन्य सदस्यहरूको पनि उनिप्रति अविश्वास भएको उसले अनुभूती गरी ।

समस्या, मनका पीडा नबुझ्ने सधै चोर औला उठाई रहने समाज र परिवाप्रति उसले मौन संघर्ष गरी माइतीमा पनि उसलाई रमाइलो लागेन उ घर र्फकी ।

(स्रोत : सुनाखरी सन्देश साहित्यिक पत्रिका अंक २)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.