~इश्वर देवकोटा~
त्यो परि खेत को डिलैमा बसी कोयेली गाउछे गीत
कसले पो भुल्न सक्छ र साथि गाउघरको माया प्रित !!
भदौरे झरी हटेर गयो खुल्दैछ आकाश
सुबाश छर्दै सप्तरंगी फुलको चल्दैछ बतास !!
क्या राम्रो भाको सिम्लेको पाखो गाइतिहारे बुकिले
पहेलै फुल्दा तोरीको फुल मन रम्छ खुशीले !!
मच्चिन थाले लिंगे पिंग अनि रोटे पिंग सरर
रमाइलो छायो यसपाली पनि गाउबस्ती सहर !!
खशी को मासु , त्यो राम्रो नाना प्यारो त्यो मामाघर
जमरा टिका दक्षीणा थाप्ने धेरै छ रहर !!
दसैमा टिका जमरा लगाई आसिर्बाद थापौला
तिहारै आउदा घन्काउदै मादल छमछमी नाचौला !!
उज्यालो भयो आमाको मुहार मै फर्की आउदा
बिर्सेर पनि म भूल्ने छैन परदेश मा म हुदा !!
– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा झाराङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)