कथा : तान्या, इन्द्रकमल र अन्धकार

~अविनाश श्रेष्ठ~

अन्धकार केही कोमल भएर तान्याको आङभरि टाँसिन आइपुगेको थियो जाडो रातको चिसो सिरेटोझैँ । रात तान्याका आँखामा विलाप बनी तन्किँदो थियो ।

बाहिर दलिनमा झुन्डिएका सुनाखरीका पातहरुको छाया तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो । निकै रहस्यमय थियो समय । तान्याको यौवनजस्तै रन्थनिएको ब्रह्मपुत्र केही पर बालुवामा मुख गाडी केही ताल ओर्ली भित्रभित्रै उर्लिदै बगिरहेको देखिन्थ्यो ।

तान्याको कुइरा, नीला दहझैँ आँखाहरुमा राजहाँस उडिरहेझैँ लाग्ने मेरो आरुनै झीनो छायाँको सलबल्याइँ अङ्कित थियो ।

“तान्या ! कस्तो लाग्यो त हाम्रो सहर ?”

“मेरो आरुनै सहरजस्तै ग् के फरक छ र ? त्यहाँ पनि मान्छे आइरिन्थे, यहाँ पनि जिन्दगीको त्यही अटुटता रहेछ । केवल संस्कृतिको फरकले त मान्छेको कथामा फरक पर्ने होइन, विवशता मर्ने होइन, दुःखले कोल्टे फेर्ने होइन ।”

“तान्या के तिम्रो सहरमा पनि नदी सुसाउँथ्यो ?”

“म जन्मेको सहरमै म हुर्के, ठूली भएँ । नदीको खोजीमा थिएँ । त्यहाँ छेउ लागेर बगेका नदी त के, खोलासम्म भेट्न सकिनँ ।”

“अनि….”

“अँ, हाम्रो सहरबाट तीसरुबत्तीस किलोमिटर पर हरियो, शान्त क्रोजर पर्वत छ । त्यसैको फेदमा घुमाउरो गरी बगेको एउटा बालुवे खोलो भने सम्झन्छुरु ढुङ्गैढुङ्गाको बगर भएको वाल्ज खोलो । त्यहाँ गर्मीका दिनहरुमा वनभोज मनाउन हामी टोलीका टोली हानिन्थ्यौँ ।”

“खुपै रमाइला हुन् ती दिनहरु ?”

“जर्जियाली लोकगीतहरुझैँ ती घमाइला दिनहरु निकै घतलाग्दा थिए । हामी पाखाका वनहरुमा जङ्गली फूलहरु बटुली हिड्थ्यौँ । ठिटाहरु बल्छी थापी माछा मार्नमा तल्लीन हुन्थे । म भने त्यो हिंसादेखि टाढा थरीरुथरी रङ्गीबिरङ्गी पुतलीहरुको खेदो गर्दै पछिरुपछि दगुरिहिँड्थें । त्यो त्यस्तै उमेर थियो जित, जो बितेर गयो ।”

तान्या किर्सानोभाका कुइरा, नीला तालजस्ता आँखा उदास हुन थालेका थिए । उसभित्र विषाद टुसाउन थाल्दा माउथ आर्गनको सिम्फोनीझैँ उसका कातर ओठ थरथराएर काँप्न थाल्दथे । पारदर्शी सिसामा थुपै्र छायाँहरु खनिएर जथाभावी खप्टिएझैँ उसका आँखामा थुप्रैरुथुप्रै केरुकेजाति मडारिन थाल्दछन् । नीला आँखा भएकी भिनसजस्तै ऊ आरुनो अस्तित्वभन्दा कयौं गुना बढी विलास र तिर्खा ओगटेर कुनै उदास लयको साम्राज्यमा भित्रिन थाल्दा रात उसभित्र पसेर कहालिन्छ ।

घरबाहिर झ्यालनेरको भित्तामा अडेसिन आइपुगेको इन्द्रकमलको बोट छ । त्यहाँ इन्द्रकमल फूलको श्वेत कोमलतालाई नछोई बोटको पाते झ्याङमा अन्धकार आई गुजुल्टिएको छ । त्यस्तै तान्याको मुहारको दिव्यतालाई छुँदैँ नछोई उसको वरिपरि मेरो सम्मोहन फिँजिएको छरु बतासजस्तै, रातजस्तै, ब्रह्मपुत्रको सुसाइजस्तै ।

बालुवामा डोवहरु बनाउँदै हामीहरु ब्रह्मपुत्रको बगरमा पररुपरसम्म हिँडिरह्यौं । आज घाम लागेको छ, चहकिलो घाम जाडोका कक्रयाउने यी दिनहरुलाई तताउँदै । केही परको पहाड, जसको फेदीलाई छुँदै ब्रह्मपुत्र तन्किएको छ, ओझेल परेकाले अँधेरी पाखा बनेर म्लान थियो ।

तान्यामा आज उत्साह ज्यादै उर्लदो छ नदीको भेल भएर, तरङ्गको गुनगुन्याई ओसारेर, पानीको अविरल चञ्चलता बनेर ।

हामी दुवै नाङ्गा खुट्टाले पैतालाको डोव बालुवामा कप्दै हिँडिरह्यौ । बालुवाझैँ शुष्क थियो वरिपरिको वातावरण , बालुवाझैँ मुठी नपर्ने फुक्कारुफुक्का थियो त्यस बेला हाम्रो मन ।

मास्काभित्तका फेसन डिजाइनरले तयारी पारेको हलुका मेहरुन रङ्गको सिङ्गलब्रेस्ट ओभरकोट, त्यही रङ्गको पातलो कम्मरमा बाँधिएको पेटी र त्यसै रङ्गको गोलाकार लेडिज क्याप(महिला टोप) मा तान्याको सौन्दर्यले अनिन्द्यतालाई आमन्त्रित गरिरहेथ्यो ।

हामी हिँड्दै पहाडको फेडीमुन्तिर पुगेथ्यौँ । त्यहाँ पहाडको निकै बाक्लो र फराकिलो छायाँको ओझेल बालुवामा आएर रुयाँकिएको थियो लम्पसार परेर । त्यसैले त्यहाँ केही जाडोरुजाडो लागिरहेथ्यो । वातावरणमा एकनास निःशब्दताको आवाज बत्ताइरहेथ्यो । तान्याका केशहरु बतासमा घरीरुघरी फरर्र उडेर फेरि काँधमा बिसाउन झर्दथे । त्यसबेला तान्या र म ब्रह्मपुत्रको बगरमा उभिएका थियौँ, तर तान्याका गहिरा नीला दहजस्ता आँखाहरुमा दोन, निपार वा दुनाई नदीको अदेख्य भेल उर्लिदो थियो ।

अनौठो व्यक्ति छ तान्याको । एक साता पुरानो हो हाम्रो सम्बन्ध । सात दिनअघि भएको हो हाम्रो परिचय ।

अडिोरियममा दर्शकहरुको भरिभराउ । रसियाली ब्याले नृत्यदलको सद्भावरुयात्रा हाम्रो महानगरीमा पनि । उनीहरुको सातदिने कार्यक्रमको पहिलो रात्रि ।

ब्यालेको माझरुमाझ अन्तरालमा हाम्रो स्थानीय सङ्गीतज्ञरुदलबारा प्रस्तुत गरिनु थियो अरकेस्ट≪ा म आरुनो ‘नोटेसन पिसग् र ‘स्ट्यान्डग् बोकी नेपथ्यको एउटा अँध्यारो कुनामा पुगेथें । म तन्मय भई भायोलिनमा आरुनो ‘नोटेसन पिसग् बजाइरहेथें ।

“हेलो ”

“मेरो नाम अजित शाक्य ।”

“मिस्टर शाक्य तपाईलाई भेटेर खुसी लाग्यो । तपाईको एकान्त रियाजमा बाधा पु¥याएँ, क्षमा चाहन्छु । अनि मेरो नाम जान्ने उत्सुकता छैन कि ?”

“………………।”

“ठीकै छ, म नै भनिदिऊँ । मेरो नाम हो तान्या किर्सानोभा । तपाई मलाई ‘तानेच्का” भनेर बोलाउन सक्नुहुँछ । म यस ब्याले नृत्यदलकी एउटी सदस्य हुँ ।”

अनि खिस्स हाँसी तान्या अँध्यारोतिरै हिँडेर बिलाइसकेकी थिई । म अलमल्ल परेको थिएँ । एउटा नीलो सागरको लहरको बाक्लो तह किनारालाई छोएर फेरि माझतिरै फर्केर विपत्ता भइसकेको थियो । बेविलोनेली देवी इस्तर एक्कासी मलाई दर्शन दिएर अन्तध्र्यान भइसकेकी थिइन् । म जिल्ला परिरहेकै बेला कोही आएर म१चमा डाकिएको सूचना दिएर गएथ्यो ।

हाम्रो दोस्रो पल्ट देखादेखी र परिचय फेरि मञ्चमा भएथ्यो । दुवैतिरका टोलीका नाइकेहरुको आआरुनो पक्षका सदस्यहरुको चिनारी गराइरहेथे । रसियाली ब्याले दलका नाइके सर्गेई पेनाकोभ निकै शिष्ट र मिष्टभाषी मानिस हुन् ।

तान्यातिर औंल्याउँदै पेनाकोभ भन्छन्रु “यिनी हाम्रो टोलीको गौरव, मिस तान किर्सानोभा, ब्याले नृत्यकी निकै सेन्सिटिभ र गहिरो रुचिले विविधता यस कलामा भित्र्याउने कलाकार । तान्याको चाख प्रत्येक मौलिक विषयमा अत्याधिक छ । नृत्यबाहेक फोटोग्राफी, यात्रा अध्ययन र मित्रता तान्याका अन्य रुचिहरु हुन् ।”

हाम्रो टोलीका नाइके रथिन बेजबरुवा मेरो छेउमा आएर उभिएका थिए । मञ्चको पर्दापारिपट्टिबाट दर्शकहरुको जिज्ञाशु उत्सुकता थरी–थरीका आवाजहरुमा यतापट्टि कति–कति बेला सुनिन्थ्यो । माइकेलेन्जेलोको अन्यतम

जीवित कृतिजस्ती तान्या मतिर उत्सुकताले हेरिरहेकी थिई । हामीमाझको अन्तरालमा कसैले पछिपट्टि बजाइरहेको पियानोको हलुका सङ्गीत भरिँदै जाँदो थियो, मानौँ एउटा नीलो आकाशको एक्लो विस्तारमा म र तान्या मात्र छौं, मेघैमेघको थुप्रोमाझ ।

“भायोलिनको व्याकुल छातीमा अझ व्यथा भरिदिन सक्ने खप्पिस औंलाहरु र मौलिकता उमार्न सक्ने संवेदनशील मस्तिष्कको मानिस हुनुहुन्छ हाम्रा मित्र अजित शाक्य । उहाँ अति मौनप्रिय व्यक्ति हुनुहुन्छ तापनि अरुलाई सहने र स्वीकार गर्ने उहाँमा गतिलो क्षमता पनि छ ।” रथिनको यस हलुकासित उछिट्ट्याइएको विनोदले सबै मतिर हेरी मुस्काइरहेथे ।

तान्या चुप लागी मतिर हेरिरहेकी थिई, पियानोका मूच्र्छनाहरुका अन्तरालमा ।

त्यस रात तान्या साँच्चै नै जिउँदो विस्मय बनेकी थिई मेरा नम्ति । भन्ज्याङैभन्ज्याङको दुर्गमतालाई छिचोल्दै कुदिरहेको बाटोझैँ निर्जनता र अभेद्यता दुबैको बराबर बोध गराउने तान्याको सुकुमारी देहगन्ध थियो । मञ्चमा बिजुलीझैँ गतिमय थियो तान्याको देहसञ्चालन । ब्याले नृत्यका निम्ति उपयोगी सुगठित शरीर–सौष्ठव थियो तान्याको । चेखभको नाटक ‘सिंगल’ लाई त्यस रातको ब्याले मुद्राहरुमा ब्यक्त्याइँदै थियो । ‘सिंगल’ मा सबै पा त्रले प्रेम गर्दछन् तर कसैको प्रेम सफलतासम्म पुग्दैन ।

यही विषय थियो त्यस रात । तान्या मञ्चमा जानुअघि मलाई भन्दै थिई– ‘ब्याले नृत्य सबै भावनालाई अभिव्यक्ति दिन सक्षम छ ।’

त्यस रात तान्याको प्रदर्शन अभूतपूर्व थियो । लाग्दथ्यो– सङ्गीतको समुन्द्रमा आवेग र मूच्र्छनाका सग्ला–सग्ला लहरहरु आफ्नो विकराल सौम्यतााथ त्यहाँ वर्तमान छन्, जसमा परेर तान्याको देह सानो डुङ्गाझैँ फनफनी रिङ्दथ्यो । दर्शक स्तब्ध थिए ।

वाद्ययन्त्रमा औंलाहरु अति सक्रिय देखिन्थे ।

तान्याको सहनर्तक स्तारुखिन नाच्दानाच्दा पसिनामा लुछुप्प भिजेको थियो । मञ्चको वातावरण रङ्गीविरङ्गी झ्यासमिसे अन्धकारमा सरोवर थियो जसमा नृत्यरत देह घरि–घरि अल्पिन्थे ।

त्यस रातकी तान्या भायोलिनको करुण लयझैँ ममा सधैभरिका लागि स्थापित भैसकेकी थिई ।

त्यसैगरी साताभरि आत्मीयताको नौलो क्षितिजमा हिँडेर होला हामीलाई अपनत्वको अकास निक्कै नजिक भएको भ्रम भइरह्यो ।

त्यसपछिका रातहरुमा ‘एफ्रोडाइट’ शीर्षकको ब्याले अति लोकप्रिय भएथ्यो । ‘एफ्रोडाइट’ को भङ्गिमालाई जब आफ्नो देहसञ्चालनद्वारा तान्याले फुस्काउँथी, उसको धपक्क बलेका रुपशिखामा आफ्नो अस्त्वि होमिदिऊँ–होमिदिउँ लागेर आउँथ्यो । लागिरहेथ्यो– साँच्चैकी एफ्रोडाइटले आपूm स्वयम् आएर आफ्नै अभिनयलाई साकार पारिरहेकी छे ।

त्यस राति तान्या निकै भावुक र मर्माहत देखिन्थी । ऊ नाच सिद्धिएपछि मेरो छेउमा आएर बसेकी थिई निकै बेरसम्म चुपचाप । म भायोलिन रेट्ने उपक्रम गरिरहेथें ।

अनि त्यसपछिका रात्रीहरुमा सेक्सपियरका नाटकहरुको ब्याले रुपान्तरण–म्याकवेथ, रोमियो–जुलियट, ह्याम्लेट, ओथेलो देखाइएका थिए । तर तान्याको शरीरमा भने अथक दिव्यता थियो नृत्यका निम्ति खाँदिएको । ऊ सायद त्यसरी नै युगयुगान्तरसम्म, अनन्त–अनन्तसम्म नाचिरहन सक्थी ।

अन्तिम रात्रि फेरि ‘एफ्रडाइट’ को प्रदर्शन । अनि विराम । सुस्ताएर बिताएका ती दिनहरु तान्या र ममाझ घनिष्ठता उमार्ने घडीहरु थिए । कार्यक्रमअनुसार अझ छ–सातेक दिन उनीहरु हाम्रो सहर र छिमेकका अञ्चलहरुमा भ्रमणका निम्ति रोकिने भएका थिए ।

हिजो राति तान्या र मु डुल्दै निकै पर निस्केका थियौं । तान्यालाई आफ्नो घरसम्म पनि लगेको थिएँ । तान्या एउटा लयको क्रमबद्ध तारतम्य महसूस गरिरहेथें जो कहिल्यै टुट्दैनथ्यो । कहालिन्थे– एकलासको नदीझैँ रात्रिको चकमन्नतामा एक्लै ब्युँझँदा । एक्लै हुनुको बोधमा रन्थनिन्थें पिचर–प्लान्टमा थुनिन पुगेको कीरोभ्रंm । मेरा बुबा–मुमा र बैनी देवयानीसित तान्या एकैछिनमा मिसिएर पुरानो परिचितझैँ बनीसकेकी थिई । विशेष ममालेतान्याको मुक्त आचरण मन पराउनुभएथ्यो । हाम््रो परिवारको उन्मुक्त–खुलस्त व्यवहार तान्यालाई सारै चित्तबुझ्दो लागेको कुरो उसले बारम्बार उल्लेख गरेकी थिई ।

त्यसपछि ऊ पहिलो पटक मेरो निजी कोठामा भित्रिएकी थिई– आफ्ना सम्पूर्ण मादकताहरुसहित । मेरो काठाको बाहिरी दैलो पोर्टिकोसित जोरिएजोरिएझैँ छ । त्यहींबाट थालिएको छ हरियो दूबोको छप्टाइएको मखमली लन ।

मेरो कोठाको बाहिरी भित्तामा केही अडेसिएको छ इन्द्रकमलको बोट । केही फूलहरु थिए त्यहाँ ।

तान्याको देहको अनौठो सुवासमा इन्द्रकमलको मगमगाउँदो बास्ना मिसिन पुगेको थियो । तान्याले आफ्ना स–साना रुचिहरुबारे पनि विस्तारपूर्वक मलाई भनेकी थिई, आफ्नो परिवारबारे जनाएकी थिई । साँच्चै ऊ अनजान शिशुझैँ निरीह लागिरहेकी थिई त्यस बेला ।

निक्कै पर आइपुगेर हामी दवै ढुङ्गे छपनीमा अडेस लागेर विसाउन पुगेका थियौँ । जाडोका दिनहरुको ब्रह्मपुत्र घटेर निकै कृशकाय बनेको थियो– ठीक सुकेनासले थलिएर खिइएकी कनै ठिटीझैँ ।

“यो नदी सधैं यस्तै हो त जित ?”

“होइन, हिउँदभरिलाई मात्र हो यसको यो मरन्च्याँसे काया । वर्षा ऋतुमा त यसका भेलहरुलाई तत्छाड र मछाड गरेरै उछार मिल्दैन । अहिले जहाँ हामी उभिएका छौं तान्या ! यो ठाउँ बाढी आएको बेला नदीको माझथलोमा पर्छ ।”

तान्या एकोहोरिएर पर–परसम्म लम्पसारिएको ब्रह्मपुत्रको विस्तारलाई हेरिरहेकी थिई धेरै बेरसम्म म पनि आपूmभित्रको अर्कै संसारको विशालतामा कता–कता पुगिरहेको थिएँ ।

सूर्य डुब्दै थियो– शराइघाटको साँघुपारिपट्टि । पहेंलै भएको थियो ब्रह्मपुत्रको पानी । अनौठो रहस्यमय बन्दै गइरहेथ्यो परिवेश । यो सहर अर्कै कुनै काल्पनिक सहरमा पेmरिएझैँ भएथ्यो ।

साँझ–नदीभरि खनिएर सहरतिर पस्दै छ ।

“जित ! यहाँ आएर मलाई आफ्नै सहर बेहोरिरहेझैँ नै लागेको छ । तिमीले हिजो ‘फरक के छ ?’ भनी सोधेका थियौ नि । खै म केही फरक अनुभव गर्नै सक्दिनँ ।”

“मानिसको मनस्थिति ठूलो कुरा रहेछ तान्या ! कहिले कै कुनै–कुनै स्थितिमा मस्तिष्कको व्यवहारले विभिन्नतालाई पनि एकरुप पारिदिन सक्छ ।”

“विचित्र लाग्छ, सबै देश, सबै समय, सबै स्थिति कहिले कतै चेतनालाई एकैनाश लाग्ने । मेरा निम्ति जुन व्यवहार मेरो देशको सत्य हो, त्यो यहाँको पनि त्यसरी नै त्यती नै यथार्थ होएन भन्न सक्दिनँ ।”

“दुवै देशको जीवनमूल्यमा भिन्नता केही अनुभव ग¥यौ तान्या?”

“पेजोरा, लेना, तुङ्गस्का र अङ्गारामा पनि पानी नै बग्छ जित ! तिम्रा ब्रह्मपुत्र, गङ्गा र काबेरीमा झैँ । यस्तै लयबद्ध हुन्छन् त्यहाँका साँझहरु पनि । यस्तै लट्ठ्ययाउने ।

यस्तै आत्मविस्मृतितिर धकेल्ने । हाम्रो देशका खेतबारीहरुमा पनि अन्न नै उब्जन्छ । त्यहाँ कुनै ईश्वरत्वको चमत्कारले अरु केही विशेष फल्ने–फूल्ने कुरा मलाई थाहा छैन । तैपनि….. ।”

“उत्पादनको फरक छ तान्या ! तिम्रो देशमा सम्पूर्ण मानवीय शक्तिको उपयोग आधुनिक प्रविधिका उपलब्धिहरुसित मिसाएर गरिदैं छ । उत्पादनसितै समृद्धि गाँसिएर आउँछ । दुबै देशको जीवनमूल्यमा भिन्नता शायद यही थलोबाट थालिन्छ ।”

“अझ एउटा कुरो जित ! सामूहिकबोधलाई एकदमै सखाप पारेर व्यक्तिवादितातिर लम्किरहेछ तिम्रो सम्पूर्ण देशको मनस्थिति । त्यसैले सुख, दुःख, सम्पन्नता, विपन्नताजस्ता साँघुरा शब्दहरुको चेपबाट जिन्दगीलाई हर्ने बानी लागेको छ मानिसहरुलाई । यसको साटो हाम्रो मुलुकमा साहूहिकताको अतियथार्थ छ । यो स्थिति पनि मलाई कहिल्यै मन परेन । के हामीले सामूहिकताको नाउँमा व्यक्तिगत स्वच्छन्दता, प्रतिभा र वेदनाको स्थितिलाई स्विकारै नगर्नु ? मेरो भनाइ त्रुटिपूर्ण पनि हुन सक्छ, तर जित ! मैले कहिले कतै सोचेकी छु– के साहूहिकताबोध र व्यक्तिसङ्गतताको सन्तुलित समन्वयले कुनै नयाँ दिशा उघार्न नसकिएला र जीवनमूल्यको ?”

तान्या जटिल कुराहरुझैँ साँझको निविहताले ब्रह्मपुत्रलाई छोपिसकेको थियो । हाम्रो वरिपरि अँध्यारोको अभेद्यता बुनिन थालिसकेको थियो ।

मेरो छेउमै उभिएकी छे तान्या– मायाकोभ्स्कीको कविताझैँ तन्मय, शिष्ट र उदार । “तानेच्का !” म पहिलो बाजि उसलाई यसरी सम्बोधित गरिरहेको हुन्छ जब उसले भने मेरी मुमालाई भेटेदेखि नै मलाई घरको नामले बोलाउन थालकी थिई ।

“भन जित !” ऊ मबाट शायद “तानेच्का” सम्बोधन सुनेर आत्मविस्मृत भएकी थिई । उसले सुस्तरी आफ्ना दाहिने र देब्रे हात मेरा दुबै हत्केलामाझ राखिदिएकी थिई । तिनमा रुसका वसन्त, ग्रीष्म र शरद्को समशीतोष्णता एकैसाथ खप्टिएको थियो ।पुस्किनको काव्यमर्म तान्याको देहसुवासमार्पmत ममा भित्रिरहेथ्यो ।

“तिम्रो आगमन पनि त यही साँझको रङ्गजस्तै क्षणिक छ तानेच्का !” मेरो आवाजको विषादलाई बुझेरै उसमा प्रतिक्रिया भएको हनुपर्छ– उसका आँखा कातर भएका थिए । ओठ आवेशमा काँपेका थिए– जुरेली उडिसकेपछिको बकाइनोको डालोझैँ । सयपत्रीको थुँगालाई झैँ उसका दुई गालालाई हत्केलाले छोएथें । हजारौं वर्गमिल परको माटो, पानी, बतासले बनेको त्यो शरीर मेरै अझै केही नजिक आएको थियो ।

पर, ब्रह्मपुत्र सुसाइरहेको अब स्पष्ट सुन्न सकिन्थ्यो । हाम्रा वरिपरि जूनकीरीहरुको मेला लागेको थियो ।

मे बोलेथें– “तिम्रा देशका खोला, नदी, खेत, शस्यहरुको सुगन्ध बोकेको छ तिम्रो देहले तानेच्का ! तिम्रा आङमा तिम्रो देशका लिली, फ्रिजिया र ट्युलिपझैँ बास्ना आउँछ । तुङ्गुस्का र भोल्गाझैँ यो सुसाउँछ । साँच्चै तानेच्का ! तिमी कति राम्री, कति सुन्दर– तिम्रो देशजस्तै आकर्षक र उदार, साइबेरियाको हिउँजस्तै उज्ज्वल र त्यसै हिउँको विस्तारमा दगुर्ने ‘स्लेज’ झैँ गतिमय कर्मठ ।”

तान्याका कुइरा, नीला दहजस्ता आँखा र मेरा आँखाहरुमाझ अब धेरै अन्तर रहेको थिएन , ती एकअर्कालाई अब अझ स्पष्ट पढ्न सक्थे ।

“हुन्छ जित ! तिमी ममा मेरो देश खोज । म तिमीमा आफ्नो हराएको अतीत कोट्ययाउँछु….. ।” मैले देखरहेथें ती उदास आँखाहरुमा आँसु सलबलाइरहेको थियो । आवेश र नोस्टलजिया दुवै खप्टेर अनुहारभरि करुणा विस्तारिएको थियो ।

“तिमीलाई थाहा छ जित ! यी केहक्ी दिनहरुभित्रै म तिमीसित यति धेरै घनिष्ठ कसरी भएँ ? तिमीप्रति यति धेरै, यतिबिघ्न अपनत्व मभित्र कहाँबाट पलाएर आउँछ ? थाहा छ जित ? किनभने– म तिमीमा मेरो भिक्तरलाई खोजिरहेकी छु । तिम्रो बानीबेहोरा र व्यक्तित्वमा मात्र होइन, तिम्रो जीउडाल र रुचिहरुसम्ममा भिक्तर नै लुकेको छ । जब तिमी भायोलिनमा एकाग्रिन्छौ मलाई भिक्तरकै अनुवाद लाग्छौ जित ।”

उसका आँखामा आँसुका ढिका छचल्किएका थिए ।

मभित्रको अन्तरिक्ष अब एक चोक्टा निलो आकाशको क्लोजअपमा फेरिएर स्थिर थियो ।

त्यहाँ पीडाको नील नक्षत्र प्रोज्ज्वलित थियो समयको अनन्ततामा एक्ले बुँझेर ।

“मेरो आवेशका निम्ति मलाई क्षमा गरे जित, तर यही सत्य हो । कटु वास्तविकता ।”

भिनसका आँखामा आँसुका थोपा थिए । झन् मायालाग्दी देखिँदै थिई तान्या । “तिमीले मलाई ‘तानेच्का’ सम्बोधित गर्दा मलाई मेरै भिक्तरले मृत्युको संसारपारिबाट फकिर्आएर बोलाएझैँ लागेथ्यो ।

त्यसपछि टुक्रा–टुक्र वाक्यमा नोस्टलजियाका मायावी प्रकराहरु मेरो अघि छरिदैं गए, छरपस्टिँदै गए….

भिक्तर मिखाइलोभ बाल्सोई थिएटरको कर्मठ सदस्य थियो । भायोलिनप्रति अति आसक्त थियो ऊ । आठ वर्षअघि तान्यासित, झन्नै–झन्नै परिकथाको नायक इभानजस्तै लाग्ने भिक्तरको परिचय भएको थियो । परिचय गहिरो आत्मीयता र पछि चालै नपाई प्रेममा फेरिएको थियो । थिएटर टोलीको विभिन्न राज्यहरु र देश–विदेश भ्रमणमाझ भिक्टर र तान्याको प्रेम हुर्किन्छ, विकसित हुँदै जान्छ । चार वर्षअघि भिक्तरलाई घाँटीमा क्यान्सर भएको कुरा स्वास्थ्यपरीक्षणमा थाहा भएथ्यो । एक वर्षको क्यान्सरग्रस्ततापछि, तीन वर्षअघि वसन्तको याममा भिक्तरको मृत्यु हुन्छ । विज्ञानलको खोज र प्रविधिको विकासले आकाश छोएको देशमा पनि भिक्तरले जिन्दगी फिर्ता पाउन सकेन । तान्याको सुषुप्त मनमा यो कुरो परोक्ष रुपमा गहिरिएर कतै विद्रोह बनी सकेको छ । क्यान्सरग्रस्त भिक्तरसितको तान्याको अन्तिम वर्ष निकै करुण थियो । मृत्युतिर बग्दै गइरहेको भिक्तरलाई बचाउने अथक प्रयास मिखाइलोभ परिवार र तान्याद्वारा भइरह्यो, तर प्रत्येक प्रयत्न विफल भयो ।

अन्तिम दिनहरुमा भिक्तरको प्रेम अझ बढेर गएको थियो तान्याप्रति । उसलाईथाहा थियो अब केही दिनमै उसको कथाको अन्तिम परिच्छेदको शेष पातो उघ्रनेछ । हुन सक्छ उसले चिताएझैँ त्या दिन घमाइलो नहोला ।झरीले लछुप्प रुझाएको पनि हुन सक्छ । उसको जन्मबाट मृत्युसम्म तन्केको यो नगरीलाई सेनिटोरियमका काँचहरुको पारदर्शी आचरण शायद जन्म–जन्मान्तरसम्म फेरिनछैन ।

क्यान्सर सेनिटोरियमबाहिर त्यस दिन घाम लागेको थियो ।

तान्याले डायरीमा लेखेकी थिई ।

भिक्तरको मृत्युले घस्री–घस्री तन्केर वसन्तको यामलाई छुन सफल भएको थियो । त्यसबेला हिमपात थामिने याम थियो । अचेल छानाहरुमा सेतै ओछिएको हिउँ पग्लिसकेकाले देखिँदैनथ्यो । आरुबखडाका रुखहरुमा सेतै फूल फुलेका थिए ।
‘मर्निङ ग्लोरी’ त्यो दिन बिहानबाटै अकर्मण्य देखिन्थे बोटहरुमा ।

यस्तैमा भिक्तरको कथा सकिएको थियो ।

फूलहरु उदास थिए । सेनिटोरियमका पारदर्शी काँचहरुमा घामको अस्पष्ट इन्द्रेनी रङ्ग चलमलाइरहेथ्यो । त्यसरी नै अरकेस्ट्राको कुनै अदृश्य भ्न्ज्याङमा भायोलिनको स्वप्नदर्शी एकाग्रता एकाइक थरथराएर खण्डित भइसकेको थियो । त्यहाँ कुनै विरह थिएन । अप्राप्तिको दुःख र प्राप्तिको कामना थिएन । शायद यही स्थिति मृत्यु हो ।

दुई करोड वर्षबाट धरतीमा रहिआएको साइबेरियाको ताल बाइकालझैँ उसका आँखा, नील स्फटिक जलले भरिएका । बाइकाल तालमा तीन सयभन्दा बढी नदीहरु खनिन्छन् र त्यहाँबाट निस्कन्छ एउटै नदी– अङ्गारा । त्यस्तै शायद उसको मानसिक अन्तद्र्वन्द्ध, आघात, अतीतविरह, पीर, दुःख, व्याकुलताका अनेकौं नदी आई उसका आँखाको नीलो तालमा भित्रभित्रै अप्रत्यक्ष अनिँदा हुन्, तर प्रत्यक्षमा एउटै नदी थालिन्छ– आँसुको नदी ।

आँखाको प्रचीन बाइकाल तालबाट थालिन आँसुको नदी– अङ्गारा । तान्यासित अब केवल अतीत थियोण् ।

हामी फर्कदा रात छिप्पिन थालिसकेको थियो । झ्याउँकिरीको लयबद्ध गीत गुञ्जायमान् थियो त्यहाँको एकान्त र पर–परसम्मन् अनकन्टारमा ।

तान्याभित्र ब्युँझेको थियो अतीत– मध्यरातमा टाढा कतै संसारभित्रकै कुनै एक महानगर ब्युँझेझैँ निद्रालाई हेपे र उसले मेरो देब्रे काँधमा हलुकासित आफ्नो शिर ल्याएर ढल्क्याइदिएकी थिई । उसको कम्मरमा मेरो हात अनायस बेरिन पुगेथ्यो । त्यही मुद्रामा हामी दुवै खप्टिएका दुई भिन्नाभिन्नै विचारझैँ वरसम्म हिँड्दै आएथ्यौं । सहरको जटिल शब्दलाई नियोनहरु उच्चरित गर्नपट्टि लागेका थिए । तान्याको स्थिति त्यस बेला लेलिनग्राद सहरजस्तै थियो होला आपूmभित्र । एक सय एक द्वीपहरु सागरमाझ ।

स्मृतिका एक सय एक द्वीपहरु अतीत सागरमाझ । थुप्रै–थुप्रै विचारका साँघुहरुले जोरिराखेको । लेनिनग्राद सहरजस्तै तान्या ।

विचारका साँघुहरु हटाइदिनु हो भने द्वीपहरु जोरिएर बनेको सहरको त्यो खण्ड–खण्ड व्यवस्था छिन्नभिन्न हुनेथ्यो होला । त्यसबेला त्यस्तै मनोदशा थियो तान्याको–ठीक लेनिनग्राद सहरजस्तै एकसय एक द्वीपलाई साँघुहरुले गाँसेर सागरमाझ …..।
बाहिर ऊ मसित तन्मय भई बाँधिएकी थिई । अन्ध्यारोमा हामी दुबैका छाँया शायद हामीसितै कतै खप्तिइका थए ।

तान्याको कौमार्यको उन्माद रुसभरीका थरी–थरी फूलहरुको सुवासमा फेरिएर मभित्र पस्दै गइरहेथ्यो । फिँजिदै गइरहेथ्यो– भित्र–भित्रसम्मन् ।

बाल्खस् र उनेगा तालको सङ्लो, नीलो पानीको सङ्गीत– तान्याको रसियाली बैंस । सुस्तर तान्या फुस्फुसाएकी थिई– “वसन्तलाई म घृणा गर्छु । मेरो जीवनमा कुनै वसन्त छैन जित, कतै वसन्त छैन ।”

मेरो कोठामा आइपुगेर तान्या झन् सारो विचलित भएकी छे । म धेरै बेरसम्म भायोलिनमा ‘मेलोडी’ पिस बजाइरहन्छु । आजको मेलोडीलाई पनि विषादले कता–कता छोएर गएको छ । तान्या त्यसपछि कसैगरी खुसी हुन सकिन– झरीमा सूर्य गुमाएको दिनझैँ । रेलिंङमा पहेंलै फुलेको सुनाखरीको मादक सुगन्धको विह्वलता कोठाभरि बत्ताएर प्रफुल्लित थियो । बाहिर रात थियो ।

इन्द्रकमलको झ्याङमा आएर खनिएको अन्धकारमा कुनै कोलाहल थिएन । बोटमा फूलहरु थिए इन्द्रकमलका कुनै रातझैँ रहस्यमय, कुनै तान्याको सौन्दर्य पीडाझैँ गहन र लावण्यमय ।

राति तान्यालाई गेष्टहाउससम्म पु¥याउन, बुबाको गाडी लिएर देवयानी र म गएका थियौं । जाडो झन्–झन् बढ्दै गइरहेथ्यो । चिसो सिरेटोले हत्केला र कान कठ््याङ्ग्रिरहेथ्यो । तान्या माझमा मेरो अनुभूतिसित छोइएर बसेकी थिई । उसको आकृतिमा विषाद अझ पनि उस्तै, जस्ताको तस्तै थियो ।

“स्पकोइना नोछी, तानेच्का !’ (शुभरात्रि तान्या !)

मैले तान्याबाट सिकेका शब्दहरु अड्की–अड्की उच्चारण गरेथें । सबै दुःखहरुमाझ पनि ‘भाषा–मर्म’ ले होला तान्या मुस्काएकी थिई ।

“स्पकोइना नोछी !” उसले देवयानी र मलाई एकैसाथ भनेकी थिई ।

तान्या स्वेदश फर्केको आज अठार दिन भइसकेछ । उनीहरुको टोली दुई दिनजति अझै दिल्लीमा रोकिएर सीधै कजाख जानु थियो ।

त्यसदिन एकाबिहानै तान्या हाम्रो घर आएकी थिई । त्यस बेला ऊ प्यारी–प्यारी र निरीह लागिरहेकी थिई ‘सिन्ड्रेला’ झैँ । श्रीमान् सर्गेई पेनकोभ, तान्याकी अन्तरङ्ग बान्धवी जारुविना तागियेना र इरा नेभिरोभा पनि आएका थिए केहि बेरपछि । त्यसदिन मेरो मन निकै गह्रुँगो थियो बिहानैदेखि । आँखामा निद्रा पटक्कै परेको थिएन । कोल्टेफेराइमै रात कसरी बित्यो थाहै भएन । तान्याका आँखा पनि राता–राता भई डम्म सुन्निएका थिए ।

“एई…. जित ! थाहा छ आज हामी फर्किरहेछौं ? के भो तिमीलाई हँ ? निकै उदास देखिँदै छौ ।” तान्याको मुहारभरि उज्यालो ओसार्ने प्रयास गर्दै बोलेकी थिई– “तिमी एअरपोर्टसम्म सि–अफ गर्न जानुपर्नेछ है ।” उसले बोलीमा उमङ्ग उमार्ने भरिसक्य कोशिश गरेकी थिई ।
आधा दिनसम्म हामीहरु त्यसरी नै कुरा गर्नमा मग्न थियौं । बोलीमा विषाद ओर्लन खोज्दथ्यो घरी–घरी ! तैपनि एकअर्कालाई ढाँटिरहेका, छलिरहेका थियौं ।

विमान छुट्नु केहि छिनअघि आकाश बादलिएकाले घाम ओझेल परेको थियो । दिन केही अँधेरिएको थियो । रसियाली टोलीका छयालीस जना सदस्य हामीहरुसित बिदा भई एअरपोर्ट आउन्जभित्रबाट हुँदै रनवेतिर बढिरहेका थिए ।तान्या मलाई कुरिरहेकी थिई एअरपोर्ट पेभेलियन पुछारको एक कुनामा उभिएर । कातरताका मेघहरु गुजुल्टिएका थिए नीलो दहझैँ उसका कुइरा आँखाभरि ।

म छेउमा पुगेको थिएँ । ऊ सुस्तरी फुसफुसाएकी थिई– “जित ! आफ्नो तानेच्कालाई नबिर्से है !” अनि तान्याका काव्यिक ओठहरु काँपेका थिए बतासमा निगालोका पातहरु फरफराएझैँ ।

अन्तमा मेरो भित्री अन्र्तद्वन्द्ध दुईओटा शेष शब्दमा आई थामिएका थिए समुन्द्री तुफान थापमएझैँ – “दास्भिदानिया तानेच्का !”

तान्या रोइदिएकी थिई हिक्का काढ्दै । उसका दुवै हत्केला सुस्तरी आफ्नो हातमा लिएथें । एफ्रोडाइटका कुइरा, नीला दहजस्ता आँखाहरुमा आँसुका ढिका छचल्किएका थिए ।

“दास्भिदानिया जित !” अनि ऊ फनक्क फर्केर लाउन्जमाझबाट हुँदै रनवेतिर हानिदैँ गएकी थिई आँसु पुछ्दै । अब हामी दुवैमाझको अन्तराल बढ्दै गइरहेथ्यो तान्याको प्रत्येक पाइलोचालाइमा । अन्तरालमा भास्सिँदै थियो बिदाइ– ब्याले नृत्यका मुद्राहरु, उन्माद र विस्मयहरु । नेपथ्यमा अप्रत्यक्ष उडिरहेका भायोलिनका मूच्र्छनाहरुका अमूर्त गौंथलीहरु । माथि बादलिएको आकाशको क्षणभङ्गुरता ।

रसियाली टोलीले विमानमा चढेर बिदाइमा हात हल्लाइरहेथ्यो । केही छिनमा विमान अकासिएर बिपत्ता भइसकेको थियो । शेष थियो एउटै शब्द– ‘दास्भिदानिया !’

दलिनमा झुन्ड्याइएका गमलाहरुमा सुनाखरी पहेंलै फुलेर मगमगाइरहेछ । रात त्यसरी नै इन्द्रकमलको झ्याङभरि खनिएर छरपस्टिएको छ । छचल्किएको छ फूलहरुको उच्चारण सुगन्धमा । अन्धकार त्यहाँ आएर गुजुल्टिएको छ । इन्द्रकमल निस्तब्ध छ, तर आज तान्या छैन । केही पर ब्रह्मपुत्र त्यसरी नै सुसाइरहेछ एकनास– शायद त्यहाँ एनेसी र भोल्गाको पीडा पनि आएर थपिएको छ ।

तान्या छैन आज । एउटा शब्द शेष छ भित्तामा ओगटिएको सुनाखरीका पातहरुको छायाझैँ , इन्द्रकमल फूलको सुवासमा रन्थनिएको– ‘दनस्भिदानिया !’

(स्रोत : रत्न पुस्तक भण्डारद्वारा प्रकाशित कथाकार अविनाश श्रेष्ठको कथासङ्ग्रह ‘तान्या इन्द्रकमल र अन्धकार'(संस्करण 2063) बाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.