~सन्तोष आचार्य~
म कथा लेख्न बस्छु,
कथाको पाटो छिचोल्न खोज्छु,
नायकलाई स्थापित गर्नखोज्छु,
तर नायक मान्दैन,
थकित स्वरमा उ इन्कार गरिरहन्छ।
उता खलनायकले मलाई धम्काईरहेकोछ,
कथा चाडो सुरु गर
र सकेसम्म लम्बाईराख।
आजकल नायक थाकेको छ,
पुरा कथाभर उ संगर्ष गरिरहन्छ
जब सफलता हात पार्छ
कथाको अन्त्य हुन्छ,
जब कथा नै बाँकी रहेन भने
के कामको रह्यो र उसको सफलता।
फेरी कथा सुरु हुन्छ
अनी नायकको दु:ख पनि
यसो अन्त्यमा सुख के भोग्दै हुन्छ
कथाको नै अन्त्य हुन्छ
फेरी दोहोरिन्छ दु:खको कथा
र त आजकल
कथाको नायक थाकेर लखतरान छ।
उता खलनायक सधैं रमाईरहन्छ
सबै आनन्द उसैको हुन्छ
दु:ख त एकछिन हुन्छ
तर सदा रहन्न
किनकी उस्को खुशीको अन्त्य सँगै
कथाको पनि अन्त्य हुन्छ
फेरी कथा दोहोरिन्छ अनी उस्को सुख पनि।
अब नवयुगको नौलो कथा लेखिनुपर्छ
नायकले काम अनुसार सफलता पाउनुपर्छ
जिवनको सुखभोग गरिरहनुपर्छ
आओस् खलनायक उस्को सुख खोस्न
अनि पछारियोस् खलनायक दु:खको भुमरीमा
हामी पनि सुन्न पाऔ खलनायकको दु:ख ब्यथा
अनी चली नै रहोस् नायकको गौरबपूर्ण जिबनकथा ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)