नैतिक कथा : छोटो बाटो

~अज्ञात~

एकपटक राजा अकबर र उनका सल्लाहकार बीरबल अरु सेना तथा मन्त्रीगणसंग कुनै गाउँमा जान निस्केका थिए । बाटो लामो थियो । केही समय हिंडेपछि राजा अकबरले भने, ” यो बाटोलाई छोटो बनाउन सकिदैन ? “।

बीरबलले उत्तर दिए , ” सकिन्छ महाराज । तर त्यो भन्दा पहिले हजुरले एउटा कथा सुन्नुपर्छ” । अरु सबै अचम्म परे। किनकी, त्यहाँ पुग्नको लागि त्यो बाहेक अरु कुनै छोटो बाटो थिएन । यत्तिकैमा बीरबलले कथा सुनाउन थाले । उनले भनिरहेको रोचक कथा सुन्दा र त्यसमै छलफल गर्दा गर्दै उनीहरु गाउँमा पुगे ।

अकबरले भने , ” कस्तो अचम्म ! कति छिटो आइपुगियो” । बीरबल उत्तर दिए , ” मैले हजुरलाई भनेकै थिएँ नि, बाटो छोटो बनाउँछु भनेर ” । बीरबलको बुद्धि देखेर राजा खुशी भए ।

कुनै पनि काम तपाईंले लगातार उही तरिकाले मात्र गरिरहनुभएको छ, त्यो काम सफल बनाउने आफ्नो कर्तव्य मात्र ठान्नुभएको छ, तर त्यसमा तपाईं रमाउन सक्नुभएको छैन भने तपाईंलाई काम गराई झन्झटिलो लाग्छ, सफलताको बाटो धेरै लामो लाग्छ र त्यसले तपाईंको जीवनलाई पनि पट्यारलाग्दो बनाइदिन्छ। त्यसैले काम गर्दा हरेक दिन केही नयाँ कुरा सिक्ने, काममा केही नयाँपन ल्याउन खोज्ने, आफ्नो केही सिर्जनात्मक क्षमता प्रयोग गर्न खोज्ने, कामलाई कर्तव्य मात्र नठानी त्यसमा रमाउन सक्ने हो भने तपाईंलाई आफ्नो लक्ष्यमा पुग्ने यात्रा रोमाञ्चक लाग्न थाल्छ ।

यस रचनाका रचनाकारको बारेमा तपाईंलाई थाहाभए कृपया Kritisangraha@gmail.com मा सूचित गरेर हामीलाई मद्दत गर्नुहोला । धन्यवाद !
– साहित्य सङ्ग्रहालय

This entry was posted in नैतिक कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.