~ए. अमात्य~
चालिस दिन मात्र बाकि थियो , ऊनीसंगको पहिलो अनलाइन डेटिङ भा’को एक वर्ष हुन । हामि कसरि साथी भयौ ? न उनलाई थाहा छ रे , न मलाई नै । राम्रो फोटो देख्यो कि रिक्वेस्ट पठाईहाल्ने बानि सायद म नै पुगेको होला, फ्रेण्डसिप प्रपोजल लिएर उनको प्रोफाइलसम्म । खै जे जसरि भएपनि हामी अनलाईन साथी भयौ । एक—दुई महिनाको हेलो—हाई पछि उनको र मेरो बानिबेहोरा एउटै जस्तो लाग्न थाल्यो । मिलनसार साथी देखेर मेरो उनीसंग नजिक हुने रहर । म त आजकल उनलाई मात्र अनलाईन कुरेर बस्ने बानि पो परेछु —सायद उता पनि यस्तै भा’को अवस्था हो कि ???
हाई सञ्चै छौ ? , उनको म्यासेज
हाई म तिम्लाई नै कुरेर बसेको थे नि । म ठीक छु तिलाई नि ?? — अलि थपेर भने ।
हो र ? ठिक छु , म पनि तिमि छौ कि , यसो गफ गरम भनेर आ’कि ।
सुन न तिम्लाई एउटा कुरा सोध्न मन ला’को थियो…. खै भन्नै कस्तो —कस्तो लाग्छ , उनको म्यासेज ।
के कुरा हो ? केहि अप्ठ्यारो परे भन ।। मैले सहजै रुपमा लिए उनको कुरा ।
हैन, त्यस्तो केहि पनि हैन । म पछि भन्छु नि ल… अहिले जान्छु, ओके बाई टेक—केयर ।
अफलाईन भईन् मोरि, म पनि बन्द गरेर सुते — पर्खेको मान्छे नै गएपछि बसिराख्न मन लागेन । उनको भन्ने नसक्ने एटटा कुरा थाहा पाउन हतार भा’को । बिहान ओछ्यानबाटै अनलाईन आए । उनीपनि आ’कि रैछिन् ।
गुड मर्निङ के कुरा हो भन न ? मैले ढिला गरेन सोध्न ।
मर्निङ , त्यस्तो केहि हैन ।
केहि बेरपछि……
भन्न त एकदम मन छ , तर तिमी रिसाउछौ कि ? डर लाग्छ ।
ओके, म रिसाउदिन प्रोमिस्…ल अब त भन ? मेरो अनुरोध ।
हुन्छ तर अहिले नाई , भरे बेलका भन्छु ल ? उनको म्यासेज ।
भन्ने भए भन नत्र म बोल्दिन.. मेरो रिसाएजस्तो प्रतिक्रिया ।
ह्या तिमी त कस्तो रिसाउने यार् मेरो लागी एकदिन कुर्न सक्दैनौ ??उनको गुनासो ।
ल.ल.. जिन्दगी नै कुरम्ला नि एकदिन मात्र किन … । म नि के कम अलि बढि नै थपेर भनिदिए ।
थ्यान्क्यू, बाई , मिस् यु , बेलुका कुरा गरुला । मोरि अनलाईन बाट गायब ।
जे होस् पहिले चोटि कसैले मिस् यु भन्यो —त्यो पनि चाहेकै बाट पाइयो । खुशि लागेर मुस्कुराए अनि मन मनै भने — मोरि बल्ल लाईनमा आईन । दिन बसिबसाईमै बित्यो । बेलुका भुडिपुजा पछिको समय उनकै पर्खाईको । केहिबेर पछि दर्शन गर्न पाईयो । यसपालि उनि आफैले सुरु गरिन् कुरा ।
हाई ,व्यस्त छौ जस्तो छ , तिम्रो गर्लफ्रेन्ड छ होला नि ?
छैन हौ , ख्ँँसै मनको कुरा बुझ्ने कोहि भेटेको छैन। किन नि ? मेरो तर्फबाट ।
सोधेको नि , के सोध्न मिल्दैन र ? उनको म्यासेज
मिल्छ, किन नमिल्नु । अनि तिम्रो नि ? मलाई थाहा पाउनु जरुरी पनि थि यो ।
सेम हियर् , उनको जवाफ ।
अनि तिम्रो भन्नुपर्ने एउटा कुरा यहि हो ? अलि चित्त नबुझेको पाराले सोधे ।
हैन हैन , भन्नै बाकि छ नि । उनले भनिन्
अनि किन ढिला ? भनिहाल न , सुन्न हतार भैसक्यो यार । मेरो पारा
हो र ? त्यसो भए म तिम्लाई कस्तो लाग्छु ?? अर्को प्रश्न उनको ।
मलाई त राम्री लाग्छ्यौ अनि सुन्दर पनि , अरुको आफ्नो सोचाई थाहा भएन । अनि म नि ? मैले पनि ढिला गरेन सोध्न ।
अलिबेर पछि उनको म्यासेज
तिमी पनि राम्रो छौ । तिम्रो आनिबानि राम्रो लाग्छ । म तिमीलाई मन पराउछु । आई लभ यु ।
मोरिले यसपालि त केहि बाकि नराखि सबै भनिन् , पालो मेरै थियो जवाफको तर खै के भन्नु एकछिन मोरीले मौनसंकटमै परिन् नि । हुन त मैले नि उनलाई त्यै भन्न चाहेको त हो… फेरी पनि म एकछिन नबोलि बसे । उनि मेरो प्रतिक्षामा थिइन् ,मैले नि ……टु भनेर जवाफ फर्काए एकछिनपछि । अब लभ यु —सभ यु के के हो साटासाट भैसकेपछि अनलाईनबाटै लभ प्रपोजल सिफारिश गरेर फेशबुकले मेरो नयां जिवन सुरु गरिदियो । आज देखि हामी साथी भन्दा पनि प्रेमजोडि भएर कुरा गर्न थाले । राति नौ बजेपछिको करिब एक घण्टाको समय पुरा फेशबुकमय हुन थाल्यो ।
सात महिना भैसक्यो हाम्रो अनलाईन को प्रेमसम्बन्ध विश्वासको भरमा सुमधुर बन्दै छ , कार्यव्यस्तताका कारण मैले उनलाई भेटेको भने छैन । केहि दिन देखि बिदा कहिले हुन्छ भनेर मात्र सोध्छिन । उनको भेट्ने चाहना पनि धेरै हुन थालेको छ तर मेरो समस्या थाहा पाएर उनि मौन छिन् त्यो मलाई थाहा छ । तर मैले एकोहोरो नभ्याउने मात्र कुरा गर्छु— के गर्नु काम नगरि खान पुग्दैन, अरु कुनै विकल्प पनि छैन त्यो भन्दा ।
सधै जस्तो अफिसबाट आएर खाना खाएपछि उनिसंग अनलाईन बसे ।
हाई डार्लिङ, — मैले कुरा सुरु गरे
हाई खाना खायौ ? उनले मायाले सोधिन्
अ खाए अनि तिम्ले नि ? मैले भने
मैले नि खाए, तर म आज धेरै बस्दैन ल काम छ । भोलि कतै जानु छ ।
मैले भने —हुन्छ म पनि आज थाकेको छु । कता जाने हो राम्रोसंग जाऊ, बरु म सुत्छु ल ?
हुन्छ , बाई गुड नाईट । — सधै लभ यु मिस यु भन्थि तर आज यति मात्र भनेर अफलाईन भई । उदास जस्ति लाग्थिन् सायद मैले नभेटेर पो हो कि ? नरमाईलो लाग्यो , उनलाई सम्झिदै निदाए ।
बिहान अलि ढिला उठे, चिया खानेबेलमा सम्झिन्छु भनेको तर अनि अनलाईन थिईन । अफिसमै दिन वित्यो, बेलुका उनलाई अनलाईन पर्खिबसे, तर खै के भएछ उनि हिजोदेखि अफलाईन । आज दिनभरी अनलाइन नै आईंन कतै केहि भयो होला, बेलुका आउछ की भनेर चित्त बुझाए । बेलुका उनलाई नै कुरेर बसेको थिए , छ बज्यो , सात, आठ , नौ, हेर्दा हेर्दै दश पनि बज्यो तर ऊनि आउदैनन् त ? म एघार बजेसम्म कुरिरहे तर भेट भएन निराश हुदै अफलाइंन भए र उनलाई सम्झिदै निदाउने प्रयास गरे । के को निद्रा लाग्थ्यो नि रातभरि उ किन अनलाइंन नआकि होला त ? भन्ने प्रश्न ले सताइरहयो । अनलाइंन बाटै लभ परेको भएपनि मोरीको माया भने साच्चै नै धरै लाग्थ्यो फेरी यस्तो भको पानी कहिले थिएन, पहिलो चोटी महसूस गर्दै थिए आफ्नो मायालुबाट टाढा हुदाको पीडा कस्तो हुदो रैछ भनेर ।
उनलाई कुरेर बसेको आज तीन दिन पनि बितिसक्यो तर ऊनि गको दिनदेखि एकचोटी पनि अनलाइंन आकि छैनन् । अब त आश पनि मरिसक्यो , मैले नि ऑनलाइन आउन बिस्तारै कम गर्न थाले , २ दिन पछि फेरी एकचोटी खोलेर हेरे उनको फेशबुक नै डिएक्टिभेट पाए । अब त झ न मेरो मायाको बारी नै सुकेको पक्कापक्की जस्तो महसूस भयो । त्यति भएपछि अरु केहि हेर्ने मन पनि लागेन, मैले वास्ता नगरी आफ गरे ।
उनिसंग टाढा भको १५औ दिन थियो आज फेरी एकचोटी उनीसग भएको कुराहरु पढ्न मन लाग्यो र फेशबुक खोल्ने प्रयास गरे तर मोबाइलमा १ रुपया मात्र ब्यालेन्स रहेछ । तैपनि खोल्ने मन लाग्यो , एकछिन खोलेको मात्रै के थिए ब्यालेन्स सकियो । एउटा फ्रेण्ड रिक्वेस्ट अनि एउटा म्यासेज आको देखे मात्र तर कस्को थियो हेर्नै पाएन । भोलीपल्ट सबेरै उठे र ब्यालेन्स हाल्न जाउ भनेर मोबाइल खोजे तर खै त ? मोबाइल नै छैन , बेड ओलटाईपलटाई हेरे । राती सुत्ने बेलामा दाम्लोले मज्जाले बाधेर राखेको त बिहान डाम्नो मोबाईल नै पो बेपत्ता , नहुने बेलामा बोका ब्याउछ भनेको यहि त होला नि । चोरलाई पनि त्यै दिन आएर मेरै मोबाईल चोर्नुपर्ने — मोरो भोलिपल्ट आको भएनि हुन्थ्यो नि ।
मैले नम्बर डिएक्टिभेट गरे हत्तपत्त अनि तनावपूर्ण अवस्थामा अफिसतिर लागे । एकछिन अनलाईन आऊ भनेर बेलुका साथीको मोबाईल सापटि मागे । खोल्दा पो याद आयो , साच्चै फेशबुक त मोबाईल नम्बरबाट थियो । नम्बर डिएक्टिभेट भएपछि विचरा फेशबुकको पनि बलिदान भयो ।
त्यो फ्रेण्ड रिक्वेस्ट र म्यासेज कस्को थिए होला त ??? म यहि प्रश्नको वरिपरी घुमिरहे , जवाफको लागी मैले अर्को नम्बर नलिदा सम्म कुर्नु पर्ने भयो ।
जुरुक्क उठे कोठा झलमल्ल उज्यालो छ । घडी हेरे , नौ बजिसकेको थियो । दशैको बिदा कलेज जानुपर्ने टेन्सन थिएन, टेलिकम भएर अफिस जाउला भनेको ढिला भैसक्यो । छिटो छिटो हातमुख धोएर तयार भए र मैलो कालो झोला भिरेर हस्याङफस्याङ गर्दै गाडी समाते । बल्ल—बल्ल टेकुको जाम कट्यो, म त्रिपुरेश्वर टेलिकममा झरे । त्यै नम्बरको नयां सिमकार्ड लिए र उतै बाट अफिसतिर लम्किए । सिमकार्ड त लिए तर मोबाईल पो छैन । नयां किनम भने पैसा नभएर गरिबी अवस्था । खाजा खाने पैसो नभाको बेला कहाबाट मोबाईल किन्नु । भोकले पेटमा मुसा कुदिराको थियो ।
म बसको सबभन्दा पछाडीको सिटमा बसे । सिमकार्ड खोलेर हेरे । सिमकार्डको अनुहार देख्दा उनकै अनुहार देखैझै भयो । एकछिन टोलाएर त्यसमै हेरिरहे र जतन गरेर झोलामा राखे । मसंग पकेट क्यालेन्डर थियो, गोजिबाट झिकेर उनिसंग कुरा नभाको दिन गन्न थाले । सिमकार्ड हराकै एक हप्ता भैसकेछ, झन उनको माया नपाएको त बाईस दिनपनि बाईस बर्षजस्तै लाग्यो । महिनाको अन्तिम तारिख पो भैसकेछ, क्यालेन्डर हेरेर थाहा पाए । आज त मेरो तलब आउने दिन । पुल्चोक आइपुग्यो म यतै झरेर अफिस गए ।
भरे, अफिसबाट अलि छिट्टै निस्किए, अनि मोबाईल किन्न भनेर न्युरोडतिर गए । बेलुका अबेर कोठामा पुगे । सिमकार्ड मोबाईलमा राखे । १४९८ थिचेर ग्राहक सेवामा सम्पर्क गरेर नेट एक्टिभेट गरिदिन भने ७२ घण्टा लाग्ने रे । भोक निद्रा जति सबै उनीसंगै हराईसकेको थियो, तैपनि अल्छि नगरि खाना तयार गरे । खानेबेलामा सधैजस्तै उनलाई सम्झिदै खाए । नेट एक्टिभेट हुन अझै एक दिन दुई रात पुरै बाकि छ। उनलाई फोन गरम भने नम्बर नै छैन, मर्न नसकेको चोरलाई थाहा होस् उनको नम्बर ।
तेस्रो दिन नेट एक्टिभेट भयो । मैले फेशबुक खोल्ने प्रयास गरे तर भएन । मलाई खासै फेशबुकको उनाकुना सम्म पुग्न आउदैनथ्यो तै पनि बन्छ कि भनेर प्रयास गरे । कुनै हालतमा सकिएन ।मेरो साथीलाई यस्तो कुरा अलि बढि नै आउथ्यो । मैले उसलाई बनाईदिन अपिल गरे र उसको सफल प्रयासले मेरो फेसबुकको पुर्नजन्म भयो ।बढिरहेको कौतुहलता कम गर्न मेलै हत्तपत्त फेशबुक खोले । त्यहि पहिलाको रिक्वेस्ट र म्यासेज थियो । मैले पहिला रिक्वेस्ट हेरे । चितवनबाट मेरो साथी अर्जुनको रहेछ । अनि म्यासेज पनि उनको छैन । कोहि अपरिचित साथीको “हेलो” मात्र थियो । उनको थियो कि भन्ने आश सेलायो ।
उनि मेरो लागी एउटा रहस्य बनेर रहिन । मलाई लाग्न थाल्यो त्यो रहस्य त्यति सजिलै थाहा नहोस् । मैले मनमनै कामना पनि गरे त्यो रहस्य पत्ता लगाउनको कुनै बिशेष परिस्थिति आओस् ता कि कैयो दिनदेखि मेरो मनभरि स्थिर भएर बसेको रहस्य पत्ता लगाउने प्यास मेटिदाको मिटास् त्यो रहस्य भन्दा झन आनन्दमय होस् ।
अब के गर्नु उनलाई फेशबुकमा सर्च गर्न शिवाय म संग अरु कुनै विकल्प नै छैन । भेलिपल्ट बिदाको दिन, मैले उनलाई खोज्न धेरै प्रयास गरे तर भेटाएन । कतै भेटिन्छिन कि भन्ने आशाले मेरो खाली समय फेशबुकमा मात्र बिताउन थाले । अरु कसैैको सहयोग मागम् भन्दा पनि के भनेर माग्नु ? एक्लै खोजिरहे । एक महिना जति भैसक्यो, म उस्तै छु, मेरो चाहना उस्तै छ, उनको पर्खाईमा रुने यो मन पनि उस्तै छ । यतिका दिन भैसक्यो उनले म भनेर उनले एकचोटि पनि सम्झेकि छैनन अहिलेसम्म । उनको माया झुठो थियो जस्तो महसुश गरे । मेरो मनले नभेटिएको माया सोचेर बिर्सिन भन्छ । फेरि तलबाट मुटूले फेरी एकचोटी प्रयास गर्न — उनले किन यो सब गरिन त ? कतै समस्या पो हो कि ? मुटुको एकोहोरो जिद्दी । यसरी मेरो मन र मुटुको घमासान युद्द हुन थाल्यो । त्यो केवल उनको लागी मात्र थियो ।
बेलुका खाना खाईसकेपछि बेडमा पल्टिए । सुत्ने प्रयास गरे । तर के गर्नु आज पनि एकचोटि फेरी फेशबुक नखोलि सुत्न सकिएन । सर्च बक्समा गए । नाम टाईप गरे— आसुबि अधिकारी । त्यहा थुप्रै आसुबि थिए । मेरो केन्द्रबिन्दु अरु हैन त्यहि एक महिनादेखि नभेटिएकि आसुबि थिईन् । एक एक गरेर खोज्दै थिए । यसै बेलामा आरोही भन्ने एउटी सुन्दरी आईन बिच्चमा कताबाट ।
“आरोही लामिछाने” यो नाम मैले कतै सुनेको जस्तो लाग्छ । एकछिन सम्झिने प्रयास गरे तर याद आएन । मैले उनको प्रोफईल हेरे खै को हुन ? मैले चिन्न सकिन । फोटो हेरे उत्पाद राम्री लागी । अरु फेटो पनि हेर्न उत्सुक भए । हेर्दै थिए एक्कासी त्याहा त नभेटिएकि आसुबि अधिकारीको फोटो पनि भेटियो । अनि बल्ल याद आयो कुनै बेला उनीले नै मेरो एकदम् मिल्ने साथी आरोही भनेकि थिईन् । मलाई त ढुंगा खोज्दा देउता भटिएझै भयो ।
एक मनले सोच्दा म अब उनलाई भेट्न सक्ने सम्भावनाको चुचुरो मा नै पुगे झै लाग्यो । फेरी अर्को मनले सोच्छु , म अपरिचित मान्छे, न उनले मलाई चिनेको छ न कहिले भेटेको नै । यत्रो दिन हुदासम्म उनी मलाई नै कुरेर बसिरहेकि होलिन् र ? मैले आफैले आफैलाई प्रश्न गरे । अनि भने खै एकचोटि प्रयास गरेर त हेरु के थाहा सम्पर्कमा नआउनुको रहस्य उनले मलाई बिर्सेको नभएर अरु नै समस्या पो थियो कि ? मलाई उनको रहस्य थाहा पाउन मन लाग्यो तर कसरि थाहा पाउने त ? जवाफ आरोही लामिछाने थिईन । मैले आरोही लाई रिक्वेस्ट पठाए । भोलिपल्ट फेशबुक खोलेर हेर्दा उनले एक्सेप्ट गरेकि रैछिन । बेलका उनीसंग सामान्य परिचय भयो । मैले एकेचोटिको समान्य चिनजान मै आफ्नो स्वार्थ देखाईहाल्न अलि अनुपयुक्त ठाने । र उनीसंग पहिला राम्रो सम्बन्ध बनाउने अनि मात्र आसुबिको बारेमा सोध्ने बिचार गरे । कुरा हुदै जादा हामी राम्रो अनलाईन साथी बन्यौ । साच्चै भन्नुपर्दा आरोही एकदम बुझक्की र सहयोगी भावनाकि थिईन ।
मंसिर २३ गते थियो । मोबाईल एकाबिहानै कसैले मलाई खोजिरहेको ईसारा गरिरहेको छ । बिहान अलि जाडोको थियो अल्छिले उठ्नै मन छैन तर मोबाईले जिद्दि गरेपछि नउठि भएन । मोबाईलमा हेरे । नया नम्बर देखे ।
मैले भने— हेलो
उताबाट — हेलो गुड मर्निङ आयो कुनै अपरिचि आवाजमा ।
मर्निङ तर मैले चिनिन को बोल्नु भएको ? प्रश्न गरे ।
अपरिचितले भनिन् — म आरोही लामिछाने हो ।
मैले अचम्म परेको तालमा सोधे — अनि मेरो नम्बर तिमीसंग कसरी ?
उनले भनिन् — फेशबुकबाट नि, ।
मेरो नम्बर फेशबुकमा राखेको थिए र ? । साच्चै भन्नुपर्दा मलाई थाहा थिएन । मैले उसलाई पत्याए नपत्याएर नि के गर्नु , अनि सोधे
केहि काम थियो कि ? यति बिहानै फोन………
छ, नि काम भएर त । हिजो बेलुका तिम्लाई भन्नै बिर्सेछु आज मेरो बर्थडे हो बेलुका ४ बजे बानेश्वर शान्तिनगर गेटमा आउ म लिन आएछु भन्न फोन गरेकि । आउछौ नि ?
मैले भने — तिमीहरु को को छौ ?
साथीहरु सबै आउछन् तिमी पनि आउन ल । असिम ले पनि तिम्लाई बोलाउन भन्दैथ्यो ।
उसको ब्वाईफ्रेन्डले पनि बोलाको रैछ , अनि आसुबि पनि आउछिन कि भनेर मैले नि हुन्छ भने ।
बेलुका ४ बज्यो । झोलामा एउटा गिफ्ट बोकेर म शान्तिनगर गेट अगाडी पुगे । आरोही लाई फोन गरे । उ त्यतै बसिरहेकी रहेछ । एकछिन सुटुक्क आगडी आएर हाई जाउ हिड अलि भित्र हिड्नु पर्छ भनि । म उत्तिकै त केटि भनेपछि लाजको पोको झन पहिलो चोटि भेट्दा त के बोलु के बोलु झै भयो । मैले ह्याप्पि बर्थडे भनेर wish गरे । अनि उनको पछि पछि लागे ।
मैले सोधे— यहा को छ ? तिमी त थानकोट बस्ने हैन र ?
उनले भनिन् — असिमको कोठा के त तिम्लाई थाहा छैन ?
मैले टाउको हल्लाएर जवाफ दिए थाहा छैन ।
एकछिनमा कोठामा पुगे । आरोहीका साथीहरु अनामिका , अञ्जलि, साधना तिन जना र उसको ब्वाईफ्रेन्ड मलाई नै कुरेर बसिराको रैछन् । हाम्रो औपचारिक भेट परिचयबाट सुरु भयो । मैले नै सुरु गरे
हाई म अमात्य कुवर । यति भए पुग्छ होला नि ? बाकि को लागी उसलाई सोधे हुन्छ । (मैले आरोहीलाई औल्याउदै भने)
सबै जनाले मलाई एकचोटि हासेर गिज्याए । सायद् मेरो बाकि भन्ने कुरा सुनेर हुनुपर्छ ।
म असिम श्रेष्ठ , अनामिका पराजुलि , अञ्जलि सापकोटा, र म साधना अधिकारी भन्दै सबैले आआफ्नो परिचय दिए । मनमनै सोचे अधिकारीको मात्र के काम बरु त्यो साधना को ठाउमा पनि आसुबि भैदिएको भए हुन्थ्यो नि तर थिईन के गर्नु । मेरो आखाले आसुबि मात्र खजिरहेको थियो तर कसले बुझिदिओस् ।
मैले आरोहीको नजिकै गएर सोधे— अरु कोहि छैन । साथीहरु यति मात्र हुन ?
उसले मलाई जिस्काउदै भनि— किन कोहि मन परेन ? उसलाई के थाहा मैले मन पराउने मान्छे आसुबि भनेर ।
मैले हास्दै भने अह एउटा नि मन परेन । हेर्दै आलु टमाटर जस्ता … छि..छि….
उ पनि एकछिन खित्का छोडेर हासि अनि भनि तिमीसंग जोडी सुहाउने राम्रो साथी थिई तर आईन । तिमी अभागी रैछौ ।
मैले मनमनै कल्पना गरे म अभागीसंग सुहाउने जोडी मेरो नभेएिको माया आसुबि नै हुनुपर्छ । र उ नै होस् भनेर कामना पनि गरे ।
पाच बज्यो हामीले बर्थडे पार्टि सुरु गर्यौ । आरोहीलाई धष्कज गरिसकेछि साथीहरुले मचष्लपक गर्न थाले । आलुटमाटरहरु सबै खादो रैछन म नगर्ने एक्लै परे असिमले खान जिद्दी गरिराथ्यो मैले नाई भने । आरोही पनि आखिर बाहुनकी छोरी न परिन् , काहा drinks पच्थ्यो र , उ पनि मेरो साथी बनिदिई ।
एकछिनको रमाईलो पछि बेलुकी ६ बजे साथीहरु सबैले बाई बाई गरे । बाकि आरोही र म मात्र रहे ।
असिमले सोध्यो—अमात्य तिमी कता बस्ने ?
मैले कलंकी भने ।
ए त्यसो भए त झन राम्रो , आरोहीलाई पनि साथी हुन्छ । म बानेश्वर सम्म छोडिदिन्छु हुन्न ?
हुन्छ-जवाफ आरोहीले फर्काईन् ।
हामी एकछिनमा बानेश्वर आईपुग्यौ । साझा बस आयो । सिट नपाइएला कि भनेर हामी कोचाकोच गरेर बस चढ्यौ र हत्तपत्त सिटमा बसिहाल्यौ । बिचरा असिम बाई पनि भनेनौ उ हामीलाई हेरिराको थियो । सायद् बाई पनि गरेनन् कस्तो रैछन भनेर गाली गर्दो होला मनमनै ।
म मौन थिए बसमा । र भित्रभित्रै छट्पटिराको पनि । आसुबिको बारेमा सोध्न हतार भैसकेको थियो मलाई तर सोध्न सकिराको थिएन । आरोही अगाडी भिडियो हेरेर रमाईरहेकी थिईन तर मलाई भने त्यो फिटिक्कै मन परेको थिएन । मन पनि कसरि परोस् मलाई त उनिसंग आसुबिको कुरा गर्नु थियो । म त्यै चाहन्थे । एकछिन चुप लागेर मैले नि हेर्ने प्रयास गरे तर सकेन । मैले सोधे
तिम्लाई त्यो भिडियो मन पर्छ ?
उनले भनिन् हैन यसो टाइमपास को लागी हेरेको
मैले नि ए..ए.. भनेर टाउको हल्लाए अरु त केही भन्न सके पो । एकछिनपछि…..
अर्कै कुरा सोध्छु भनेर बोलेको तर जिब्रोबाट फुत्त तिमी आसुबि लाई चिन्छौ पो भन्न आएछ ।
उसले आखा तन्काएर दंग पर्दै मेलाई हेरिन । लौ खतम्
उसले सोधि— तिम्ले कसरि चिन्छौ ?
मैले नढाटि भने— हामी पहिला अनलाईन साथी थियौ । एकदमै धेरै मिल्ने गर्थी उ मसंग । तर दुई महिना जति भयो उ अहिले सम्पर्क बिहिन छ ।
उसले अलि संकालु भावमा सोधि — के हो मन पराउछौ जस्तो छ नि ?
म केही नबोलि चुपचाप रहे ।
के भयो ? मेरो साथी हो अनि तिमी उस्को लागी राम्रो पनि छौ , मन पराउछौ भने भन म मिलाईदिन्छु पक्का । आरोही मेरो लागी असल साथी मात्र हैन देउता पनि भईन मेरो लागी यतिखेर ।
म एकछिन फेरी मौन नै छु । आरोही बेला बेलामा पुलुक्क पुलुक्क मेरो अनुहारमा हेर्दै हास्दैछिन् अनि कस्तो केटिजस्तो लजाको केटा भएर भन्दै जिस्काईन् ।
यसो बाहिरतिर हेरे हामी कालिमाटि आईपुगका थियौ । एकछिनमा हाम्रो छुट्टिने गन्तव्य आउदै थियो । त्यसैले मैले समयमै मौकाको फाइदा उठाउदै भने
आरोही ?
अ भन बल्ल सोच्न भ्यायौ ? उसले असजिलो प्रतिक्रिया देखाईन् ।
मैले भने— हुन्छ मेरो नि कोहि गर्लफ्रेन्ड छैन तर त्यो भन्दा पहिला मेरो लागी दुईटा काम गर्नुपर्छ ।
उसले जान्न उत्सुक भएजस्तो हतार गर्दै सोधि— के हो भन न ?
मैले भने— पहिला उसले फेशबुक किन डिएक्टिभेट गरेकि अनि फोन किन अफ गरेकि पत्ता लगाऊ अनि उसको ब्वाईफ्रेन्ड छ कि के थाहा ? तिम्ले यस्सै म मिलाईदिन्छु भनेर हुन्छ ? त्यो पनि पत्ता लगाऊ । अनि म तयार छु ।
उसले मुस्कुराउदै भनि — हुन्छ , म तिम्रो लागी भन्दा नि आसुबिको लागी गर्छु यो काम ।
उसले किन मेरो लागी भन्दा पनि आसुबिको लागी गर्छु भनि होलि ?? म ट्वा पररे सोचिरहे, यस्तै बेलामा कसैले प्याट्ट मेरो टाउकोमा हान्यो । म एक्कासी निद्राबाट ब्युझे झै झसंग भए अनि बेहोसी तालमा आखां सन्काएर पछाडी हेरे । दुईजना विद्यार्थी केटि थिए रैछन । मैले हेरेको देखेर उनीहरु पनि दंग । एता छेउमा आरही खित्का छोडेर हासिराछिन किन थाहा छैन, म पनि बिना अर्थमा उसलाई देखेर हासे । एकछिन परै बस नै हासोमय भयो मैले गर्दा ।
उसले मुस्कान स्टाइलमा मलाई हेर्दै भनि — किन पछाडी हेरेको झन्नै ती बहिनीहरुको सातो गएन । मैले पो हानेको बुद्दु ।
मैले रिसाएर भने— अनि किन हानेको त ?
उ अझै हासिराकै हुन्छे — झर्ने बेला आयो त्यै भएर नि ।
अनि त्यो भैसिको जत्रो मुख के का लागी ? बोलाउन सकिदैन ?
केटिको एउटै बानि नराम्रो केहि नराम्रो भन्यो कि ठुस्स पर्ने मैले उसलाई भैसिको जत्रो मुख भनेको मात्रै के थिए उताबाट ठस्से प्रतिक्रियाको गन्ध ।
अनि रिसको पोको भएर बोलिन् — तिम्ले सुन्या भए पो ।
लौ खतम् आफैले नसुन्या पो रहेछु । अब उसलाई सरि भन्नु शिवाय अरु केही उपाय नै छैन ।
मैले भने— सरि यार अब सुनेन त मेरो के गल्ति ।
उसले पछाडी फर्केर हेरी अनि एक्केछिनको रिसको पोको बिलाएर हास्दै भनिन् — मलाई हैन पछाडी ती बहिनीहरुलाई चाहि भन न ।
उसले ठिकै भनेजस्तो लाग्यो । मैले पछाडी फर्किने प्रयास गरे तर लाज ले मेरो प्रयास असफल भयो । आरोही मेरो हालत देखेर हास्दा हास्दा हस्पिटल लानुपर्ला झै भैसकेकी थिईन। यत्तिकैमा हामी झर्नेबेला आयो । हामी बसबाट झरे अनि जवाफको प्रतिक्षामा छु , सम्भव भएजति छिटो खबर गर भन्दै मैले आरोहीलाई थानकोटको बस चाढाएर म कोठातिर लागे ।
बाटोमा हिड्दै थिए । आरोहीले उसै त मलाई उल्लु बनाएकि थिई यही बेलामा फेरी कसैले बेस्सरी काउकुति लायो । अध्यारो थियो एक फन्का पछाडि फर्किएर हेरे कोहि देखेन । काउकुति लागेकै छ , म बुरुक बुरुक उफ्रिए यस्तै बेलामा कताबाट गोजिमा हात पुग्यो अनि थाहा पाए उही आरोही पो रैछ । मैले हास्दै फोन उठाए उ भन्दै थिइ बिर्सेर अर्कैको कोठामा पस्लौ नि ।
काठमाडौको एक्लो बसाई । पढाई संगसंगैं कामको प्रेसर र आरोहीको बेखबरले मन उदास उदास थियो । जाडोयामको सुरुवाति दिन अर्थात पुस महिनाको पहिलो तिथि । साझ झमक्क परिसकेको थियो । गाडीहरु हेडलाईट बालेर आफ्नो गन्तव्यस्थान तर्फ हुईकिरहेका देखिन्थे । बल्खुको माईग्रेन जाम र कोलाहलयुक्त मान्छेहरुको भिड संगै कलंकीको आकाशे पुल पार गरेर म आफ्नो सुनसान कोठामा पुग्छु । दिनभरिको थकाई र उदासिनताका कारण खान र पढ्न फिटिक्कै मन थिएन । बिहान ५ बजेको अलार्म राखेर बेडमा पल्टिन्छु र एकछिनमै भुसुक्क निदाउछु ।
भोलिपल्ट ठिक पाच बजे उठे । कलेज पढेर उतै उतैबाट अफिस जानुपर्ने भएर दिउसोको लागी टिफिन तयार गरे । र झोलामा केहि किताब अनि त्यही खाजा टिफिन बोकेर साढे छ बजे कलेज निस्किए ।
दास्रो पिरियड सुरु भैसकेको थियो । झ्यालहरुबाट चिसो हावा आईरहेको थियो । म बेन्चमाथी कुहिना टेकेर दुईटै हातले गाला थामेर खुब ध्यान दिदै सरलाई सुनिरहेको थिए । घुइइय गरेर मोबाईल छट्पटियो गोजिमा । एक्कासि भयभित भएर मेरा दुबै हात तुफान भएर गालाबाट गोजिमा पुगेको पत्तो भएन । झन्नै टाउको बेन्चमा ठोक्किन पुगेन । मेरो यस्तो हरकत देखेर क्लासमेटहरु बेन्चमुनि टाउको लुकाएर मुख छोपि छोपि हास्न थाले । नहासुन पनि कसरि मेरो फोनले काउकुति लाग्ने अनौठो बानि देख्दा ।
मैले हत्तपत्त फोन काटे र सरको मुखमा हेरे । उता सर रिसले चुर भएर मलाई काचै खाउलाझै हेरिराख्नुभाको रैछ । सरको रिसाईको पारा देखेर मेरो दिमाग पुरै फ्युज । अब सरलाई के भन्ने ? म आफैमा निरुत्तर भए । मसिनो स्वरमा सरलाई सरि सर भन्न खोजेको थिए तर मुखबाट अनायासै सरि सर काउकुति लाग्यो भन्न पुगेछु । मैले भनेको सुनेर क्लासमेटहरु झन थपि थपि हास्न थाले । उत्तीकै त सर रिसको आगो हुनुभाथ्यो झन बिद्यार्थी हासेको देखेर रिसको मात चढेछ क्यार, कलेज नै हल्लिने गरेर थर्काउनु भयो ।
सबजना चुपचाप आ—आफ्नो मुन्टो यथास्थानमा फर्काएर पढेको नाटक गर्न थाले । म पनि लाजले थचक्क सिटमा बसे । सरले जति थर्काए पनि आफ्नो पारा उही त होनि, एकछिन पछि लुकि लुकि बेन्चमुनि मोबाइल झिकेर फोन चेक गर्न थाले । अरु कसको हुन्थ्यो र यस्तो बेलामा काउकुति लाउने फोन उही आरोहीको रैछ ।
म दास्रो बेन्चबाट उठे र सेकेन्ड लास्ट बेन्चमा गएर एक्लै बसे । एकछिन पछि फेरि काउकुति लायो तर म यतिखेर भने फेरि आउला कि भनेर चनाखो भएर बसेको थिए । उसले ननस्टप पाच चोटि मिसकल गरि । उसको एकोहोरो मिसकल देखेर मैले एसएमएस गरे ।
ओ हेलो मिसकल कुमारि, तिम्लाई अरु बेला फुर्सद हुदैन र अहिले नै कल गर्नु पर्ने ? झन्नै तिम्रा हजुरबाले मारेको हैन ।
उताबाट दंग परेको म्यासेज आयो — ह ….के भन्या ? मेरो हजुरबा त घरमै हुनुहुन्छ त
हाहाहा तिम्रा अर्का हजुरबा क्या, म यता क्लासमा छु बुद्दु ।
उताबाट खुच्चिङ भन्दै यत्रो लामो हाहाहाहा पठाई । अनि एकछिनमा कल गर भन्दै कुरा टुङ्ग्याई ।
आधा घण्टापछि क्लास सकियो । म हत्तपत्त कलेजको कौसिमा निस्किए र फोन लगाए ।
उसले अघिको प्रसङ्ग जोड्दै सरि भनि ।
मैल किन भनेर सोधे ।
उसले हास्दै भनि — अघि नै हजुरबाका अगाडी डिस्टर्ब गर्या सरि क्या ।
हाहाहा ईट्स ओके । मैले भने आज बल्ल फुर्सद भो तिम्लाई ? यत्रो दिनसम्म केही खबर छैन ।
उसले प्रसङ्ग बदल्दै भनि— आसुबिसंग हिजो मात्र भेट भयो । तर उसको त आजकल व्बाईफ्रेन्ड रैछ यार । तिमी अनलक्की ।
उसको एक्कासि यस्तो खबर सुन्दा म एकछिन अचेतझै भए । आफैभित्र अलमलिए । मेरो मुटु रकेटझै तेज रफ्तारमा धड्कियो । उताबाट हेलो—हेलो भन्दै आरोहि मलाई बोलाउदै थिई तर म यता सुन्दा सुन्दै पनि उसलाई प्रत्युत्तर दिन सकिरहेको थिएन । उसले फोन काटेर फेरी कल गर्यो ।
मैले फोन उठाएर हेलो भन्न नपाउदै उसले कुरा सुनाई हालि — के भयो ? तिमी किन यति धेरै सिरियस ? — ठ्याक्कै थाहा पाएझै गरि ।
मैले कुरा लुकाउदै भने— हैन केही भाको छैन । नेटवर्कले काम गरेन । बाकि केहि कुरा छ म बेलुका भन्छु । अहिले कलेजमा छु ।
उसले केहो भन न भन्दै थाहा पाउने सक्दो प्रयास गरि तर मैले बेलुका नै भनेपछि उसले हुन्छ भन्दै आसुबिको फेसबुकको रहस्य बताई । उसको फोन चोरि भाको रहेछ बसमा यात्रा गर्दा । अनि फेसबुक पनि त्यै नम्बरको भएपछि डिएक्टिभेट । मनमनै सोचे— ठ्याक्कै मेरो जस्तै समस्या । कस्तो कोइन्सिडेन्स । तर मैले आरोहीलाई मेरो फोन हराएको कुरा भनेको थिएन । केही नभनिकन चुप लागेर सुनिरहे ।
अनि उसले अहिले कुनै फेसबुक चलाउदैन ? मैले प्रसङ्गलाई कायमै राखेर सोधे ।
प्रत्युत्तरमा आरोहीले कुन चाही एउटा साथ्ीको “सिम्पल गर्ल” नामको आई.डी. चलाउथी रे तर अहिले धेरै भैसक्यो चलाउन छोडेको भनि ।
मैले यो कुरा थाहा पाएपछि आरोहीलाई बेलुका कुरा गरौ भनेर फोन राखे । अनि हत्तपत्त फेसबुक खोलेर चेक गर्न थाले । मेरो एउटा बानि थियो — म्यासेज कुनैपनि डिलिट नगर्ने । एक एक म्यासेज चेक गरे । “सिम्पल गर्ल” करिब एक महिना भन्दा नि केहि दिन पहिल्यै आएको “हाई” आसुबिकै रहेछ । उसको प्रोफाइलमा केही इन्फर्मेसन थिएन । एबाउटमा गएर हेरे त्याहा पनि केहि थिएन । अन्त्यमा टाइमलाइनमा गएर हेरे
रहर गरेकी थिए चोखो प्रीत लाउने तर,
दुःखीको मनभरि पिडा भो आज मेरोे,
उसलाई बास्तविकता भन्न नपाउनु ।।
पर्खाईमै वियोगी भए आज उबाट,
एउटा चाहना अझै बाकि छ मेरो,
उ आजकल काहा छ जान्न नपाउनु ।।
आसुबिले यो मुक्तक अन्तिम पल्ट नोभेम्बर २१मा पोस्ट गरेको थियो । यसपछि उसले फेसबुक नै नचलाएको थाहा पाए । उसको यो मन छुने मुक्तक—लाग्यो, मेरै यादमा लेखेको हुदो हो — म पागलझै भौतारिए । मनमनै रोए, कराए । झ्वाट्ट उसको ब्वाईफ्रेन्ड भएको कुरा याद आएपछि बल्ल होसमा आए । अनि आफुलाई सम्हाल्ने प्रयास गरे । कलेज सकियो । म लुरुलुरु अफिसतिर लागे । दिनभरि काम गरेर उस्तै, बेलुका कोठामा आए अनि खाना नखाईकनै — बिरामीझै भएर बेडका थचक्क बसे अनि त्यसै पल्टिए ।
“यु कुल्ड वि ह्याप्पी” मेरो मोबाईलको रिङ्टोन बज्यो । आरोहीको थियो । बेलुका भन्छु भनेको भएर, केही फर्मल कुरा भएपछि मैले उसलाई आफ्नो प्रेमकहानी सुनाए । आसुबिलाई पर्खेर बसेको दिनहरु औला भाचि—भाचि गनेर सुनाए । अनि मेरो फोन चेरि भएको घटना देखी लिएर ओरोहीलाई फ्रेन्डरिक्वेस्ट पठाउनु र यसरि असल साथी भएर नजिक हुनुको स्वार्थ पनि सबै भने ।अनि अन्तिम पटक उसले फेसबुकमा लेखेको मुक्तक पनि पढेर सुनाए । उ एकछिन केहि नबोलि मौन रहि । मैले उसलाई धन्यवाद र सरि एक्कैचोटि भने । तर उसले मेरो स्वार्थलाई सहजै रुपमा लिई अनि भनि त्यस्तो नभन जे भएनि अहिले हामी साथी हौ । अनि भनि तिम्ले मलाई पहिला किन नभनेको त ?
मैले केही भनेन । चुपचाप उसलाई सुनिरहे । उ पनि केही बोलिन । निकै बेरपछि म आफै बोले । म फोन राखु आरोही ?
उसले नाई भनि । अनि कहिले भेट भएको छ कि छैन ? भनेर सोधि ।
मैले भने— अह छैन । कतै देख्यो भनेपनि चिन्दैन होला । मैले कुराको शिलशिला टुङ्ग्याउने मनशायले भने — उसलाई हेर्ने धोको थियो यार । बरु सक्छौ भने अन्तिम दुःख दिन्छु उ संग एकचोटि भेट गराईदेउ न । तर मेरो नाम बिर्सेर पनि नलिनु नि उसको अगाडी ।
किन केही भाको थियो र ?
मैले भने— हैन, भने पनि पहिला उसको ब्वाईफ्रेन्ड थाहा पाउ अनि मात्र भन । मेरो कारणले उसलाई किन अप्ठयारोमा पार्नु ।
आरोहीले हुन्छ भन्दै फोन राख्छु भनि । ब्यालेन्स सकिएको रहेछ । मैले हुन्छ गुड नाईट भनेर फोन राखीदिए ।
बिस्तारै रिकभर हुदै थिए । मनबाट आसुबिको यादहरु पातलिदै थिए । तर जति जे गरेपनि एकचोटि मनमा बसिसकेको मान्छेलाई बिर्सन त्यति सजिलो नहुने रहेछ । खै आसुबिले कसरि गरिन त्यो सब, उसैलाई थाहा होस । मेरो भने अझै पनि मनको कुनामा उसको नामको झिनो आशाको दियो बलिरहन्थ्यो ।
पुस १५ गतेको दिन थियो । राति करिब नौ बजेतिर “यु कुल्ड वि ह्याप्पी” उहि रिङटोन दोहोरियो । आरोही बाहेक अरु को थियो र मेरो वास्ता गरिदिने साथी । साथी भनेपनि देउता भनेपनि मेरो भन्नु आरोही नै थिइ । उसैको फोन थियो । मैले फोन उठाए । खुशि नै छु जस्तो पार्न अलि मुस्कुराएको आवाज दिए तर मन नलाई नलाई देखाएको खुशि नि के खुशि हुदो हो । अर्थहिन खुशि भन्दै आरोहिले फोनबाटै मेरो फेस रिडिङ गरिसकेछ । यसरि तिमी कति दिन ढाट्न सक्छौ भनेर केही कुरा सम्झाई अनि पुस १७ गते ईङिलस न्यु ईयर सेलिब्रेसन गरौ भनि । मलाई पनि मन हलुका पार्न केहि रिफ्रेसमेन्टको कमी आभाष भैराको थियो । मैले हुन्छ भने । उसले खुशि हुदै भनि अब अरुको त टेन्सन नै छैन । सब फोकटका— दिनभरि फ्रि हुन्छन । तिमीले हुन्छ भन्यौ एकदम खुशि भए । म आजै पक्का गर्छु अनि बेलुका फोन गर्छु । अहिले राख्छु ल बाई । राम्रो संग केयर गरेर बस । मैले हुन्छ भन्दै बाई भने । बेलुका उसले चोभारको चिया—चौतारी क्याफेमा सेलिब्रट गर्ने निर्णय सुनाई अनि ठिक तिन बजेको समय दिई ।
पुस १७ गते । यानेकी ईङ्लिश नया बर्ष । जताततै नयावर्षको चहलपहल थियो । मैले अफिसको न्यु ईयर सेलिब्रेसन भ्याए । करिब तिनबज्न आटेको थियो । म बल्खु पुगे । त्याहा मलाई लिन असिम आएको थियो । बाइक भएर हामी एकछिनमै चोभारको चिया—चौतरी क्याफे पनि पुग्यौ । रमाइलो ठाउ रहेछ । मान्छेहरुको आवागमन बाक्लो देखिन्थ्यो । भनौ त्यसमा पनि अझै जोडिहरु बढि देखिन्थे । असिम, कान्छी औला देखाउदै ट्वाईलेट कुद्यो । म एक्लै आखा डुलाउदै साथीहरु बसेको ठाउ खोज्न थाले । अलि पर कुनातिर बसेका रहेछन । मलाई हात हल्लाउदै बोलाइरको देखे । उतैतिर गए । त्यहा केही साथीहरु नया थिए । सात जना — जसमा दुईजना साधना र अन्जलिको ब्वाईफ्रेन्ड थिए । बाकि तिनजना को नाम नै थाहा भएन । चिसो हावा चलिरहेको थियो । सबैजनाले बाक्लो लुगा लगाएका थिए । झन नयाहरुको त अनुहार देख्नै मुस्किल —पुरै मुखजति घपक्क छोपेका थिए मफलरले ।
जाडो एकदमै बढेको थियो । मलाई कफीको तलतल लागेर भनिहाले — कफी खाउ न सबै जना । कस्तो जाडो छ है ?
हो नि भन्दै सबैले सहमति जनाए । अनि मैले आरोहीलाई कफी अर्डर गर्न भने ।
निकै बेर भइसक्यो तर कफी नै आउदैन । हामी एक आपसमा गफ गर्दै टाइम पास गरिरहेका थियौ । संगसगै म बेला—बेलामा आखा घुमाएर आसुबि छ कि भनेर हेर्दै थिए । साच्चै यो माया भन्ने चिज नै यस्तै रहेछ । उसलाई जति बिर्सन खाज्यो उति धेरै याद आउने । उसको आश मेटिसक्दा पनि कता—कता मनमा झिनो आश त पलाएकै हुने । त्यहा नयाहरुमा आसुबि छ कि छैन थाहा थिएन । थाहा पनि कसरि होस्— कहिले उसलाई देख्या भएपो ।
हामी पुरै दश जना साथी भेला थियौ । जसमध्ये म लगायत सात जना पहिला नै चिनजान भैसकेका थिए । एउटा केटा र दुईजना केटी नया थिए । मैले उनिहरुलाई नियाल्दै हेर्ने प्रयास नगरेको हैन तर मरेकाटे सकेन । पुरै मुख छोपेर आखा मात्रै देखिन्थ्यो — जहा धेरै बेरसम्म हेर्न पनि नमिल्ने । कसैले नामले बोलाउछ कि भनेर साईत कुरेर बसे ।
अझै कफी आएको थिएन । म बसेको ठाउबाट अलि पर एक्लै गएर उभिए । यताउता मान्छेहरु आ—आफ्नै गफमा मस्त देखिन्थे । म भने चोभारबाट देखिने रमणिय दृश्यावलोकनको मज्जा लिरहेको थिए एक्लै । पछाडीबाट अपरिचित आवाजमा कसैले सर कफी आयो भनेर बोलायो र । तुरुन्तै मैले आफ्नो टाउको पुरै १८० डिग्री पछाडी घुमाए । तिनै दुइजना नया मध्येको एउटा रहेछ —गहुगोरो वर्णकी, दुबैतिर खुल्ला छोडको कालो कर्लि कपाल,कालो गाजलले पोतेका मृगनयिनी आंखा, अनि चुमौ चुमौ लाग्ने ललिपप ओठमा गुलाबि लिपिस्टिक । मैले नजिकैबाट नियालेर हेरे । उसले घाटीमा सेतो बुट्टा भएको कालो लेडिज मफलर लगाएकी थिई । अनि कोरियन पाईन्टमाथी ब्ल्याक लङ्ग कोट र ब्ल्याक बुट । उसको स्लिम बडिको फुल ब्ल्याक ड्रेसअप साच्चै नै कुनै हिरोइनको भन्दा कम थिएन ।
अघि देखि हेर्न नपाएको धोको पुरा त गरिदिई उसले तर नाम के हो थाहा छैन । कौतुहलता अझै कायमै रह्यो । ¬सबै जोडीहरु विपरित दिशामा बसेर आफ्नै गफमा ब्यस्त । म र त्यही स्लिम गर्ल मात्र थियौ सि¨ल । भित्र भित्रै अलि नमज्जा फिल भैराको थियो । कफी खाने निहुमा म पनि ठिक उसको विपरित कुर्सिमा बसे । कफी टेबलमा आइसकेको थियो । सबैले पालैपिलो समाते । मैले नि समात्न भनेर कफीतिर हात बढाए । नभन्दै कस्तो संयोग उसले र मैले छानेको कप एउटै पर्यो मनमनै सोचे कुच तो होने वाला है अनि उसको अनुहारमा हेरे, कपमा हात लगाउदै उसले मलाई छोलास् को भावमा हेरिरहेकी रहेछ । मैले सुटुक्क हात कपबाट झिकेर टेबुलमुनि पुर्याए । साथीहरु जिस्काउदै खितिति हास्न थाले । मैले पनि हासाम्य शैलीमा उसैलाई खान ईसारा गरिदिए र आर्को कप समाउन खोजे । उसले कप म तिर बढाउदै मसिनो स्वरमा भनि तिमी नै खाउ म अर्को लिन्छु । कफी खादै उ संग लुकामारी खेलिरहेको थिए । साथीहरुले चाल पाएछन क्यार जिस्काउन सुरु गरिहाले ।म लाजले भुतुक्क भएर टाउको निहुराई बसे । उता उ पनि रिसले गाला रातो बनाएर बसेकी थिई । मेरो गेम नै ईन्ड गरिदिए । यत्रो बेरसम्म कसैले उसको नाम पनि बोलाउदैन । भित्रैभित्रै मलाई के भनौ के भनौ झै काउकुति लागीरहेको थियो । सोधु भने नि के भनेर सोध्नु त्यत्रो बेर भैसकेको थियो, आफैलाई लाज । चुप लागेर बसिरहे ।
केही बेरपछि आरोहीले भनि — ओई लुरी किन चुप छस् त ? कफी खा न ।
आरोहीले लुरी भनेको सुनेर मैले नि थपिहाले— तिम्रो नाम लुरी ?? कस्तो सुहाएको ठ्याक्कै भनेर जिस्काई पनि दिए ।
उसले आखीभौ माथी सारेर “तलाई पख”को भावमा हेरी ।
अनि भनि — किन चाहियो नाम ?
मैले भने— बोलाउन, नाम अरु किन चाहिन्छ र ? सबैजनाले हासेर मेरो सपोर्ट गरे ।
बिचरी उ एक्लै परि, मलाई दया लागेर धेरै जिस्काउन मन लागेन । उसलाई सिरियस स्वरमा भने— सरि । अनि केही नबोलि चुप लागेर बसे । कफी सकियो । मैले आरोहीलाई एकछिन यता आउन भन्दै बोलाए ।
उसले प्रतिप्रश्न गरि— किन ?
मैले भने प्राइभेट हो । अनि अलि पर लगेर सोधे — आसुबि खै त ?
उसले भनि— नभ्याउने भन्यो , अनि मैले नि धेरै कर गरिन । अनि तिम्लाइ मेरो बर्थडेमा भनेको साथी उ नै हो उसले प्रसङ्ग थप्दै भनि कस्ती लागी ?
मैले भने ठिकै छ । तर मनले मान्नु पर्यो नि ।
प्राइभेट सकियो । हामी पुर्नस्थानमा आयौ अनि मिक्सड पिज्जा खाने भनेर अर्डर गर्यौ । पिज्जा मिठो थियो । मलाई मसरुम सुप खान एकदम रहर लाग्यो । चिसो पनि भैराको भएर मैले हतार नगरी एक एक अर्डर गरे । अन्य केही थप खानेकुरा पनि मगाए । साथीहरुले ड्रिङ्क्स पनि अर्डर गरे। मज्जाले रमाइ रमाई खाइयो सबैकुरा । एकछिनपछि साथीहरुको ड्रिङ्क्स पार्टि पनि सुरु भयो । मलाई जबरजस्ति खुवाउने दुस्प्रयास गर्न थाले । झण्डै मुखमा नकोचाको । मैले पहिला कहिले नखाको अनि मलाई पटक्कै मन नभएको भन्दै उनीहरुको आग्रह अस्वीकार गरे । उनीहरुलाई हल्का नसाले समातिसकेको थियो — मलाई सर भनेर जिस्काउन थाले । अनि मेरो लागी भनेर असिमले एउटा रेडबुल अर्डर गर्यो । उता केटीपट्टि पनि आरोही र लुरी बाहेक अरु सबै उही पार्टिका परेछन् ।
हामी तिनजना उठेर अलि पर अर्को टेबलमा बसे । बाहिरको दृश्य एकदमै रमाईलो थियो । हामी खुल्ला आकाशमुनि गफ गर्दै खादै रमाईरहेका थियौ । बेला बेलामा चिसो हावाको झोक्काहरु आएर गालामा ठोक्किदा मन सिरिङ्ग हुन्थ्यो । निकै बेरपछि लुरीको आवाज सुन्न पाइयो ।
उसले अलि हासो मिसाएर भनि— एक्लै आउनुभएछ त अनि म्याडम् खोई ?
मैलै पनि अघिको बदला लिदै भने— किन ? ल्याउनै पर्छ भन्ने छ ? अनि एकछिनमा दात देखाउदै भने— घरमा छोरा छोरी हेर्ने कोहि भएन । त्यै भएर नल्याएको ।
मेरो कुरा सुनेर दुबै जना केहीबेरसम्म मज्जाले हासे । अनि आरोही ले भनि यो त अत्ति भो यार । म एकछिन अघि हासिरहेको मान्छे एकाएक सिरियस हुन पुगेछु । मौन, केही नबोली चुपचाप, पुरै जाम भएझै एकोहोरो सोचिमात्र रहेछु ।
उसले सोधी— सरलाई के भयो ?
मैले उसलाई पुलुक्क हेरे मात्र , केही नभनी सुन्य बसिरहे ।
एकछिनको सुन्यतापछि मैले भने— अघि मजाक गरेको थिए । त्यो वास्तविक हैन ।
उसले आग्रह गर्दै भनि— वाप्तविक नै सुनौ न त ।
मैले भने — किन ? माया यो सब रमाइलो गर्नका लागी मात्र गर्नुपर्छ भन्ने छ र ? यतिभन्दै मैले आसुबिले कुनै बेलामा मलाई सिकाएको डायलग बोले— कसैलाई पाउनु मात्र माया हैन, गुमाउनु पनि त माया हुनसक्छ । अनि भने म गुमाउने क्याटेगोरीको प्रेमी परे । यो सब रमाइलो मेरो प्रेममा असम्भव हुन सक्छ ।
करिब पाच बजिसकेको थियो । उता तिनपाने ग्रुपको कार्यक्रम सकिन अझै बाकि नै रहेछ । म गएर अनिहरुलाई ननभेज कुरा गरेर जिस्काइदिए । बदलामा सबैजना म माथी झन्डिए अनि चार बोतल भोड्का भन्दै हात समाएर नचाउन थाले । बल्ल बल्ल फुत्किन सके तिनीहरुको पञ्जाबाट त्यो पनि ट्वाईलेट जान्छु भनेको भएर छोडेका । लामो सुस्केरा लिदै अलि पर गएर चिसो हावाको सुगन्ध लिए । झण्डै भोमिट नभाको रक्सीको गन्धले ।
मैले आरोहीलाई खोजे — खोई त दुबै जना गायब छन पहिलाको ठाउबाट । खोज्दै गर्दा एकछिन पछि देखे । उता पर गएर बसेका रहेछन । म पनि उतैतिर लागे । हत्तपत्त म आएको चाल पाएर होला उनीहरु दुबैजना आत्तिएजस्तो देखिन्थे । म नजिकै पुगे अनि के गरिराको यहा एक्लै तिमीहरु भनेर साधे ।
केही हैन तिमी किन आको त याहा ? आरोहीले असहजिलो मानेको जस्तै व्यबहार गरि ।
मैलै भन— त्यसै आको नि अब किन भन्नु । यसो भन्नासाथ उस्को लुरी साथीले उतापट्टि फर्केर आशु पुछेको चाल पाए । नभन्दै ऊ रोइरहेकी रहेछ । एक्कासी उसको यो हालत देख्दा मेरो मन निथ्रुक्क भिज्यो ।
मैले आत्मिय स्वरमा उसको वाया पाखुरामा बिस्तारै हातले छोएर सोधे — के भयो लुरी तिम्लाई । हुन त मैले उसलाई लुरी भनेर बोलाउन नहुने थियो तर अरु नाम थाहा पनि त थिएन । फेरी मैले उसलाई जिस्काएर भनेको पनि थिएन् त्यसैले उसले आखा भरि टिलपिल्ल आशु बनाएर मलाई नजिकबाट हेरी मात्र, अनि केही हैन भन्ने ईसारा गर्दै टाउको हल्लाई ।
मैले फेरी सोधे तर उसले त्यही कुरा दोहोर्याई ।
अनि मैले आरोहीलाई सोधे के भाको भनेर— सायद उसले कुरा लुकाउने प्रयास गरेको हुनुपर्छ , उसको पर्सनल समस्या हो भनि ।
मैले आरोहीको कुरालाई नचाहेर पनि पत्याउनु पर्ने देखिन्थ्यो, तैपनि मैले कुनै न कुनै हालतमा लुरीको ओठमा हासो ल्याउनुपर्नेझै लाग्यो ।
मैले मायाले सम्झाउदै भने— लुरी तिमी यसरी रोएर समस्या समाधान हुन्छ त ? यदि रोएरै समस्या समाधान हुन्थ्यो भने त म केटा मान्छे भएर नि कति धेरै रोए तर खै मेरो चाहना कहिले पुरा भएन । जाउ हिड बरु केही खाउ उता गएर—मैले उसको हात समात्दै हिड भने अनि आरोहीले पनि उसलाई सम्झाई ।
हामीले फेरी एक एक कप कफी थप्यौ अनि करिब छ बज्न लागेको थियो । त्यहाबाट निस्किने तरखर गर्यौ । आरोही बिल लिन गई । खासै धेरै भको रहेनछ मात्र रु.१०३८० भएको रहेछ । यस्तै एक जनाको भागमा एक हजार चानचुन । बिल तिरी सकेर हामी निस्किन तयार भयौ । एक्कासि आरोहीले मलाई गिफ्ट सर्प्राइज गरि । मलाई समात्न अलि अप्ठ्यारो भएर म थोरै आत्तिए । सायद उसले मेरो मनोभाव बुझेको हुदो हो, आफैले भनि— अप्ठ्यारो मान्नु पर्दैन । यसमा तिमलाई मनपर्ने फोटो छ । तिमलाई खुशि बनाउने सानो प्रयास मात्र हो भन्दै मेरो हातमा थमाइदिई । अनि हामी त्यहाबाट निस्कियौ र बल्खुमा सबै जना छुट्टिएर आ—आफ्नो गन्तव्यस्थान तर्फ लाग्यौ ।
झिसमिसे उज्यालो थियो । अलि परबाट हेर्दा, बिपरित दिशाबाट आउने मान्छेको कालो आकृति मात्रै देखिन्थ्यो । कलंकीको सानो गल्लिभित्र छिरेर म कोठामा पुगे । मैले आरोहीलाई फोन गरे । उ बाटोमै रहेछ ।
मैल भने—घर पुगेर फोन गर है ।
उसले हुन्छ भनि ।
मेरो मनमा आज फेरी आसुबिका यादहरु ओइरीरहेका थिए । खास त त्यो सब त्यै लुरीको कमाल थियो । दिक्क भएर म बेडमा पल्टिए । केहीबेर पछि आरोहीले फोन गरी ।
मैले सोधे— घर पुग्यौ ?
उसले भर्खर आईपुगेकी भनि ।
अनि लुरी नि ? मैले हल्का हासो मिसाएर सोधे ।
उसले भनि यही छ । आज मेरो घरमा बस्ने भई । किन लभ पर्यो कि क्या हो ? जिस्काई ।
मैले हत्तपत्त भने — नाई हैन । तर उसलाई देखेपछि फेरी आसुबिको धेरै याद आयो त्यसैले सोधेको नि ।
उ धेरै केही बोलिन । आफुलाई कन्ट्रोल गर मात्र भनि । अनि भनि गिफ्ट कस्तो लाग्यो ?
ला… मैले त हेर्नै बिर्सेको यार सरी है । दिमाग कता—कता छ केहि होस नै भएन । अब हेर्छु । अनि म फोन गर्छु । ल राख । मैले फोन कोटेर गिफ्ट बक्स खोले ।
रातो । टेबुलमा राख्न मिल्ने लभ—आकारको फ्रेम थियो । मेरो दुई बर्ष पहिलाको फोटो । आसुबिलाई सबभन्दा मन पर्ने फोटो थियो त्यो । जुन म संग अहिले थिएन । मैले फ्रेम हातमा समाते । घुम्ने रहेछ । दुबैपट्टि फोटो राख्न मिल्ने । मैले आर्को तिर घुमाएर हेरे । त्यै लुरीको फोटो । अनि दाया कुनामा सानो अक्षरमा लेखेको देखे—आसुबि ।
म दङ्ग परे । लुरीसंग भएका सारा गतिविधिहरु त्यै फोटोसंग टासिन थाले । मनमनै आफैमा खशिले गदगद उम्लिए । एकछिन त कोठाभरि उफ्री उफ्री खुब नाचे ।
आफैले फोन गरे । उताबाट—कस्तो लाग्यो सर्प्राइज ? उसलाई पनि सोध्न हतार भाको हुदो हो । सोधिहालि ।
मैले खुुशि हुदै भने— थ्यान्क्यू सो मच यार । तर तिमीहरुले दिउसै किन नभनेको ?
उसले भनि— खै मलाई थाहा छैन । आसुबिलाई नै सोध । साच्चै थाहा नभएझै नाटक गरी ।
मैले भने— आसुबिसंग बोल्न मिल्छ ?
होल्ड अन । उ फोन राखेर उ कतै गई । एकछिनमा उसलाई फोन दिदै भनि । ल कुरा गर ।
करिब साढे दुई महिना भैसकेको थियो । आसुबिसंग कुरा नभाको ।
उसले उताबाट मेरो नाम मात्र बोली — अमात्य ।
मलाई केही आत्मिय फिल भयो । मैले पनि नाम मात्र भने— आसुबि ।
उ एक्कासी रुन थाली । मैले सम्झाउदा पनि अह मानिन । अनि मैले रिसाएझै गरि भने— तिमी रुन्छौ भने म फोन राखीदिन्छु ।
उसले रुन्चे स्वरमा भनि— यत्रो दिनसम्म तिम्रो दुःखमा त रुन पाएन । आज एकदिन तिम्रो खुशिमा त रुन देउ । उसको यस्तो आत्मिय कुराले म पनि पग्लिए । केही भनेन । आसुबि… आसुबि…। रुन्चे स्वरमा । म उसको नाम मात्र लिएर साहारा बनिरहे ।
उ एकछिनमा आफै ठिक भई । धीत मरुञ्जेल कुरा भयो । करिब रातिको १ बजेसम्म । धेरैबेर हामीले केही आत्मियताका कुराहरु गर्यौ । मैले उसलाई बिच बिचमा धेरै पटक सोधे— तिमी दिउसो किन रोएको ? अनि आफ्नो नाम किन नभनेको ?तर उसले किन रोएको आफैलाई थाहा छैन भनेर कुरा लुकाउथी ।
अनि नाम नि ? मैले प्रश्न दोहोर्याउथे ।
उ हास्थि मात्रै केही नभनि ।
निकैबेरपछि उसले भनि— यतिका दिनपछि भेट हुदै थियो । तिम्लाई त्यत्तिकै थाहा दिन अलि मज्जा लागेन । मैले यो सब गरे । ता कि तिम्रो मनमा लुकेर रहेको रहस्य थाहा पाउदाको बेग्लै अनुभुति होस । नभन्दै मैले चाहेजस्तै उसले कुनै खास परिस्थिती र माहोल क्रियेट गरेर मेरो रहस्य खोलिदिई ।
धेरै बेर भैसक्यो म निदाउछु भनेर उसंग छुट्टिने अनुमति मागे । उसले पनि हुन्छ भनेर गुडनाईट भन्दै आफैले फोन राखी ।
फोन राखेपछि मैले उसको फोटो समाते । उसको अनुहारमा हेर्दै मुस्कुराए । फोटो भरि किस गरे । उसलाई एकछिन फेरी जिस्काउन मन लाग्यो । फोन गरे ।
उसले भनि— के भयो ?
मैले भने— केही हैन गर्न मन लाग्यो सो ?
उसले भनि— निद्रा लाग्यो भन्या हैन ?
हो त । मैले भने एडभान्टेज लिन मिन्छ ?। अलि लाज संगै हासो मिसाएर भने ।
उसले भनि —कस्तो एडभान्टेज ? बुझ्ने गरी भन न ।
जे पर्ला पर्ला , मैले भने —किस ।
उसले लजाउदै भनि — काले । दिन्न । गुड नाईट। फोन काटि ।
मैले फेरी गरेन । धेरै बेरसम्म निद्रा नै लागेन । फेरी—फेरी उसको फोटोमा हेरीरहे । हेर्दा हेर्दै । कतिखेर आखाबाट आशु आएको रहेछ थाहै पाएन । म त उसको फोटो हेर्दै रोइराको पो रहेछु । सायद । सबैले भिन्न भिन्न परिभाषा दिने माया । मेरो लागी पनि यही हुदो हो । साथमा हुदा पनि रुवाउने नहुदा पनि रुवाउने । जे होस मेरो भने यो पहिलो अनुभव थियो ।
यसरी महिनौ देखि रहस्यमय बनेको हाम्रो माया — यतिखेर हाम्रो बिश्वासको बलियो आधार बनिदियो । दिनहरु बित्दै गए । हाम्रो सम्बन्ध आत्मिय बन्दै गयो । रातीको समय हाम्रो लागी महत्वपूर्ण हुन्थ्यो ।
सेल्फी पोज र म्यासेन्जरले गर्दा हामी रातभरि जिस्किने । फोटो साटासाट गर्ने । यस्तै यस्तै क्रियाकलापमा व्यस्त हुन्थे । अनलाईन हुने अरु सबलाई इग्नोर गरेर ।
एकदिन उसले भविष्यका कुरा गरौ न भनि । हामी म्यासेन्जरमा फन्नि फ्यामिली फोटो सर्च गरेर साटासाट गरिरहेका थियो । बेला—बेलामा मरि—मरि हासेको स्टिकरहरु पनि । खुब रमाइलो पल थियो ।
आई मिस यु — उसले उताबाट फोटो सर्च गरेर पठाई ।
मैलै पनि म्यासेन्जरको इमेज सर्चमा गएर सेम सर्च गरे — आई मिस यु ।
सेनड गरे । तर अर्कैलाई पो परेछ । त्यो पनि आफ्नै दाईलाई ।
दाई पनि अनलाईन । उताबाट म्यासेज आयो ।
मिस यु टु । बाबु ? घरको याद आयो कि क्या हो ?
याद त कस्को आको हो मलाई मात्र थाहा थियो । तैपनि भन्नै पर्यो । हो दाई । के छ खबर ?
उताबाट दाईले भन्यो — ठिकै छ । पख म फोन गर्छु ।
लौ खतम् । पर्यो नि अब फसाद । भन्नासाथ फोन आइहाल्यो । मैले एकछिन कुरा गरे । अनि काम पर्यो भन्दै ढाटेर फोन राखे । साच्चै म कति बदमास भाको त्यो बेला । मैले आसुबिलाई सबै कुरा सुनाए । उसले खित्का छाडेर हासेको स्टिकर पठाई उताबाट ।
केहि दिनपछि । हामी सधैझै कुरा गर्दै थियौ । तर आज उ अलि एक्साईटेड देखिन्थी । राती अबेर सम्म मलाई इमोशनल कुरा गरेर मात्र सताई । मैले साच्चै उस्लाई बुझ्नै सक्या थिएन । लास्टमा उसले मलाई किस गरेको स्टिकर सेन्ड गरि र अफलाईन भई ।
भोलिपल्ट । एकाबिहानै मलाई कसैको नम्बर बाट फोन गरी । मेरो फेसबुक आई.डी र पासवर्ड मागी ।
मैले सोधे — के भो ? किन ?
उसले झोक्किएर भनि— जे नहुनु थ्यो त्यै भो । छिटो देउ न । पछि भन्छु म ।
हाकिमको आदेश थियो । मान्नै पर्यो । मैले दिए ।
उताबाट — यो नम्बरमा फोन नगर । बाई । भन्दै फोन काट्यो ।
खै के ? खै के ? मैले केही कुरो बुझ्न सक्या हैन । उसले भने जस्तै गरे । भरे फेसबुक खोलेर हेर्छु त छैन ? । लग ईन नै हुदैन । उताबाट पर्मानेन्टली डिएक्टिभेट हानिसकेछ । म अन्योलमा परे । अखिर भयो के ? । थाहा छैन । चुप लागेर बसे ।
निलो आकाशमा छरिएर बसेका ताराहरुझै, पल—पलका यादहरु मनभरि छताछुल्ल थिए । हरेक साझबिहानीहरु आसुबिका यादहरुसंगै बिते । लगातारको तीनचार दिनसम्म कुनै फोन आएन । न कुनै म्यासेज नै । उसको नम्बर जतिबेला नि स्वीच अफ मात्र भन्छ । बाकी केही दिनसम्म पनि पाखाई निरन्तर नै रह्यो । यसरी हाम्रो सामिप्यतामा लागेको एकाएकको फुलस्टपले मन उदास बनाइदियो । उसको यादले मेरो उदासीपन बढ्दो थियो । यस्तै बेलामा माघको पहिलो विकेन्डमा अफिसले तिन दिने रिट्रिट टूर जाने निर्णय सुनायो ।
मागको महिना । केही दिनदेखी काठमाण्डौ वर्षामय बनेको थियो । वर्षासंगै जाडो अत्याधिक बढेको थियो । मान्छेहरु बाक्लो लुगामा, कोही रेनकोट ओढेर बाईकमा देखिन्थे त कोही छाता ओढेर ओहोरदोहोर गरिरहेका । सबैको अनुहारले पानी रोकियोस् भन्दै मनोकामना गरिरहेको थियो । सबै न्यानो घामको पर्खाईमा भएको देखिन्थे जसरी म आसुबिको फोनको पखाईमा थिए ।
शनिबारको दिन थियो । आकाश पुरै बादलले भरिएजस्तो डरलाग्दो पाराले गड्याङगुडुङ गरिरहेको भयङकर आवाज सुनिन्थ्यो । बिहानीपख झ्यालबाट बहिरतिर हेरे । पानी परिरहेको थियो । धेरै बाक्लो भने हैन । पातलो थियोे । हिड्दा एक्कैचोटी भिजाईहाल्ने खालको छैन । रिट्रिट टूर जान तयार भईयो । ब्यागमा केही लुगा र फुटबल सुज प्याक गरे । कोठामा भोटे ताल्चा ठोके र निस्किए । करिब आठ बजेको थियो— हामी कलंकी बाट निस्कियौ । एक बजे होटेल रिभर साईड, त्रिशुलीमा लन्च गर्यौ र बेलुकी करिब चार बजेतिर बन्दिपुर पुग्यौ । फुटबल, बिङ्गो, पेपर डान्स, डिनर रोमान्स । विभिन्न गेमहरु खेलियो । खुब रमाईयो । फोटोहरु पनि अघाउन्जेल खिचियो । मेरो त फोन मेमोरी नै फुल थियो । चौथो दिन हामी फर्कियौ ।
समग्रमा बन्दिपुरे तीन दिने टुर एकदम रमाईलो रह्यो । त्यहाका एकएक गतिविधिहरु आसुबिलाई सुनाउने रहर त उतै लागीसकेको थियो तर सेयर गर्ने कुनै माध्यम नै थिएन । तीन दिनपछि । म काठमाडौ फर्किए । बेलुकी साढे छ बजे बसले कलंकीमा छोड्यो । पछिल्लो चारदिन देखि काठमाडौमा लगातार पानि परेको परेकै थियो । आजसम्म पनि रोकिएको थिएन । म पुरै थकित थिए । कलंकीमा एक प्लेट मःम खादा पेट टन्न भयो । बेलुकीको भोजन त्यै भयो । चाडै निद्रादेवीको काखमा पल्टिए ।
भोलिपल्ट । अफिस जान अनिवार्य थिएन । काम भए आउने नत्र नआए हुन्छ भनेको भएर मैले नजाने निर्णया गरे । आज इच्छा दिवस मनाउछु दिनभरि सुतेर— मनमनै सोचे कसैले डिस्टर्व नगरोस् । सायद् जिवन सोचेजस्तो नहुने भएर नै होला, मेरो ईच्छा कसैले भङ्ग गरिदियो ।
म्यासेज आएको टोन बजायो मोबाईलले दुईचोटी । म भन्दा अलि पर टेबुलमा थियो मोबाईल । करि २ मिटर जति टाढा । तान्दा हातले नभ्याउने । के के न भयो जस्तो गरेर उठ्दै मोबाईलकहा पुगे । नया“ नम्बरको म्यासेज थियो ।
पहिलो म्यासेज…..
हाई, म आसुबि हो । ड्याडको मोबाईलबाट म्यासेज गरेको । तिमी पर्खाईमा छौ होला भनेर गरेकी । अनि एउटा कुरा भन्न गरेकी खास त । दाईले हाम्रो बारेमा पुरै थाहा पायो । फेसबुकको सबै म्यासेज पढिसकेछ, मैले डिएक्टिभेट गर्नुपूर्व नै । त्यसैले तिम्रो बारेमा केही थाहा नपाओस् भनेर त्यो सब गरेकी थिए । मलाई गर्नुसम्म गाली गर्यो । मेरो फोन पनि खोसेर राखेको छ । सिमकार्ड नै भाचिदियो । अनि रिसाएर अहिले सम्म पनि बोलेको छैन । मेरो भन्नु नै दाई र ड्याड हुन् । दाई यसरी रिसाएपछि मेरो मुड नै अफ छ यार । मलाई कुनै लभसभ गर्न मन छैन अब । जुन दिन म ठिक हुन्छु त्यै दिन फोन गर्छु । यदि केही भएन भने । तर तिमी हरेश नखाउ ल । सरी ।
दोस्रो म्यासेज….
अनि सुन । बिर्सेर पनि यो नम्बरमा सम्पर्क गर्ने हैन नि । र आफ्नो नाम को फेसबुक नबनाउ । फोटोहरु केही नराख, खोले पनि । दाईले थाहा पायो भने मलाई जिउदै मार्छ । आशा छ, मेरो बध्यता बुझ्ने प्रयास गर्नेछौ । बाकि तिम्रो ईच्छा जे जे गर्छौ गर ।
तत्कालै ,चारदिने झरीपछि फाटेको बादलसंगै मेरा सम्पूर्ण यादहरु फाटे मनबाट । बहिर बादल फाटेर घाम लागको थियो तर मेरो लागि भने मनै फाटेर होला, सिङ्गो संसार नै अध्यारो भयो ।
म एकोहोरो सोचिरहे । अब के गर्ने ? के नगर्ने ? दिमागमा केही घुमेन । रनभुल्लमा परे । मान्छेको मन पनि कतिसम्मको हुने— प्रेम भनेपछि । किन प्रेमलाई मान्छेले यसरी हेर्छन ? किन प्रेम भन्ने शब्दलाई नै घृणा गर्छन् ? कुन जूनीको दैवको श्राप हो र कसैलै कसैलाई साचो प्रेम पनि खुलेर गर्न नपाउने ? मनमा यस्तै यस्तै अनेकौ पश्न खेलाएर बसे केही दिनसम्म । रिस उठेर नम्बर नै भाचेर फालिदिए । अनि टाईमपासको लागी नया फेसबुक खोले ।
सिमकार्ड त भाचे तर जति सजिलो मलाई सिमकार्ड भाच्न भाथ्यो त्यती सजिलो, शरीरका प्रत्येक अङगमा रुखको हागासरी फैलिएका यादहरु भाच्न नहुदो रैछ ।
चुरोट नखाने म— धुवासंग उड्छ कि भनेर त्यो पनि प्रयोग गरे ।
रक्सी नपिउने म— ह्वीस्किको प्याकसंगै सकिन्छ कि भनेर त्यो पनि प्रयोग गरे ।
गाजा नखाने म — गाजाको झ्यापनेससंगै सकिन्छ कि भनेर प्रयोग गरे ।
थाहा र सम्भव भएको सबै प्रयोग गर्नेसम्म भए । तर पर्मानेन्टली जस्ताको त्यस्तै । छिनभरको लागी मात्र बिर्सिन सकिदो रहेछ नसाले त । त्यो सबै फेरी तत्काल त्याग्नुपर्छ भन्ने मनमा लाग्यो । त्यागे । ती यादहरुबाट टाढा भाग्ने अथक दुस्प्रयास नगरेको हैन— तर कसैगरी सकिएन । मन कठोर बनाए । फलामले फलाम काट्छ भन्ने सिद्दान्त लागु हुन्छ कि भनेर अर्कै संग प्रेमप्रस्ताव राख्ने सोचे दिमागले । तर यो मुटुलाई प्रस्ताव राख्न त के सोच्न सम्म नि दिन्थेन आसुबिको प्रमले । पुरै मुटुको प्रतिरक्षा गरेको थियो गलर््स् आर नो ईन्ट्री भन्दै ।
साला यो प्रेम भन्ने रोग नै अजीवको । जे गर्दा पनि निको पार्न नसकिने । म जति जति टाढा भाग्न चाहन्छु त्यति त्यति मलाई उसका यादहरु पछ्याउदै हिड्छन् । म जति जति उसलाई बिर्सिन खोज्छु उ त्यति त्यति झन याद आउने गर्छे । म जति जति उसलाई पराई ठान्छु, उ त्यति त्यति मेरो खास आफ्नो भईदिन्थी—कमसेकम यादहरुले ।
अनायासै, किन यो जिन्दगीमा कोही यसरी खास बनिदिन्छ ?
जसरी लाखौ ताराहरुको बिशाल संसारमा ताराहरुलाई पन्छ्याउदै उदाईदिन्छ जून बनेर—खास । अनि छर्छ उज्यालो त्यो अध्यारो जगतभरि ।
त्यसरी नै फेसबुक संसारबाट सयौ फ्रेण्डहरुलाई पन्छ्याउदै बनिदिई आसुबि मेरो कोही खास । छाईदिई अन्ध,उदास जिवनमा मायामुखी चम्किलो किरण । बनाईदिई जिन्दगीलाई खुशीमय र आशामय । सजाईदिई जिन्दगीलाई मायाको उज्यालो छरेर पलभरकै लागी भएपनि । जसरी जूनले अधेरी रातलाई सजाउछ छरेर शीतल किरण ।
जून बनेकी आसुबि मेरो लागी पूर्ण अपरिचित थिईन् । तर खै किन लाग्छ,? उ संग जूनी—जूनीको पुरानो साईनो गासिएको जस्तो ।
मैले त सोचेको थिए । जिन्दगी सधै पुर्णि मात्र भइराख्छ । तर औसी पनि हुने रैछ । थाहै थिएन ।
जसरी आउछ पुर्णिमा पछि औसीको रात अनि जून बनाएर जान्छ जगतलाई अध्यारोमय । ठिक त्यसरी नै आसुबिले पनि औसीको रात जस्तै जिन्दगी डुबाएर गई—अधेरीमा ।
थाहा थियो । औसी पछि अवश्य पुर्णिमा आउछ । यो प्रकृतीको नियम हो अरे । आशा पलायो मनमा । आसुबि पनि एकदिन पक्कै आउनेछ उज्यालो छर्दै, जसरी आउछ पुर्णिमाको जून उज्यालो छर्दै । पखाईमा थिए । थाहा छैन । प्रेममा औसी—पुर्णिमाको नियम लागु हुन्छ या हुदैन । हेर्न हाकी छ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)