गीत : क्षितिजको अग्लाई

~यादव खरेल~yadav-kharel

क्षितिजको अग्लाई नाप्छु भन्थें
कि तिम्रो उचाई पनि छुन सकिन
सपना देख्थेँ ठूला ठूला
तर म केही पनि हुन सकिन

मेरा हातहरू आकासको बिस्तारलाई थाम्न खोज्थे
मेरा सपना जिवनको ढुकढुकी छाम्न खोज्थे
म त देशको शान बन्छु भन्थें
कि तिम्रो मान पनि पाउन सकिन
सपना देख्थेँ ठूला ठूला
तर म केही पनि हुन सकिन

मेरा पाउहरू हिमालका श्रृंखला नाग्न खोज्थे
मेरा पाखुरी अँगालोमा बाधाहरू बाँध्न खोज्थे
म त सबको जित हुन्छु भन्थेँ
कि तिम्रो जित पनि बन्न सकिन
सपना देख्थेँ ठूला ठूला
तर म केही पनि हुन सकिन

शब्द: यादव खरेल
सङ्गीत / स्वर : दिप श्रेष्ठ

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.